स्ट्राइकर एडिसन कवानी र फाकुंडा पेलिस्ट्री म्यान्चेसटर युनाईटेडमा
इंग्लिश प्रीमियर लीग क्लब म्यान्चेसटर युनाईटेडले स्ट्राइकर एडिसन कवानी र फाकुंडा पेलिस्ट्रीसँग सम्झौंता गरेको छ । कवानीले क्लबसँग एक बर्षका लागि सम्झौंता गरेका हुन । तर सम्झौंतामा करार अवधि लम्ब्याउन सकिने व्यवस्था रहेको छ । साथै पेलिस्ट्रीले क्लबसँग ५ बर्षको लागि सम्झौंता गरेका छन । साथै उनको सम्झौंतामा पनि करार अवधि लम्ब्याउन सकिने व्यवस्था रहेको छ ।
कवानीले फ्रान्स लिग र ईटालीको सिरी ए मा गोल्डेन बुट जितेका छन । युरोपमा सन २००७ मा आएपछि उनले कुल ३४१ गोल गरेका छन । जसमध्ये यूईएफए च्याम्पियन्स लिगमा उनको ३५ गोल रहेको छ । यी फरवार्डले फ्रान्सको क्लब पीएसजीलाई ६ वटा लिगको उपाधि जिताउन मद्दत गरेका छन । जाहा उनले ब्यक्तिगत २०० गोल गर्दे सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन । अन्तराष्ट्रिय खेलमा उनले उरुग्वेका लागि कोपा अमेरिका कपको उपाधि जिताउन मुख्य योगदान दिदै आफ्नो राष्ट्रका लागि ११६...









