बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

प्रदेश ५ को राजधानी दाङ राख्ने प्रस्ताव दुई तिहाइले पारित

 प्रदेश नम्बर ५ को राजधानी दाङ राख्ने प्रस्ताव पास भएकाे छ ।

प्रदेश नम्बर पाँचमा आज भएको निर्वाचनमा दाङका पक्षमा दुई तिहाइ मत परेको छ ।

आज बसेको प्रदेश सभा बैठकमा खसेको ८२ मतमध्ये ६९ मत दाङको पक्षमा परेको थियो । दाङको विपक्षमा १३ सांसदले मत दिएका थिए ।

संविधान अनुसार प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको दुई तिहाइको मतमा प्रदेशको राजधानीबारे निर्णय गर्न सकिने व्यस्था रहेको छ ।

विपक्षी दल नेपाली कांग्रेसले विपक्षमा मतदान गरेका छन्। कांग्रेसका १९ मध्ये ६ जनाले भने दाङको पक्षमा मतदान गरेका छन्।

प्रदेश सभामा नेकपाका ६१ सांसद छन्। प्रदेश सभा ८७ जनामध्ये ८२ जनाले मतदान गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *