बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

सार्वजनिक यातायात चढ्दा अब अनिवार्य फेस सिल्ड लगाउनु पर्ने

सार्वजनिक यातायात चढ्दा अब अनिवार्य फेस सिल्ड लगाउनु पर्ने

समाचार
कात्तिक २ काठमाडौं । सार्वजनिक यातायातमा यात्रा गर्दा अब अनिवार्य फेस सिल्ड लगाउनुपर्ने भएको छ ।यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुषालले अब सार्वजनिक यातायात प्रयोग गर्दा यात्रुले अनिवार्य फेस सिल्ड प्रयोग गर्नुपर्ने बताएका हुन्। मास्क लगाएजस्तो अब यात्रुहरूले फेस सिल्ड पनि अनिवार्य प्रयोग गर्नुपर्ने उनले बताए। साथै फेस सिल्डको व्यवस्थापन भने यात्रु आफैले गर्नुपर्ने भुषालले जनाए।उनले फेस सिल्ड नलगाउने यात्रुहरूले यात्रा गर्न नपाउने बताए। यसरी फेस सिल्डको प्रयोग गर्दा संक्रमण जोखिम कम हुने विभागको विश्वास छ।यसअघि भने सार्वजनिक यातायातमा यात्रा गर्दा मास्कको मात्र प्रयोग गर्ने भनिएको थियो। अब भने मास्कसँगै फेस सिल्डको पनि अनिवार्य प्रयोग गर्नुपर्ने भएको छ। विभागले यो नियम यथाशिघ्र कार्यान्वयन गर्न सर्वसाधरणलाई अपिल गरेको छ। ...
उपत्यकामा थपिए १६९८ जना कोरोना संक्रमित

उपत्यकामा थपिए १६९८ जना कोरोना संक्रमित

समाचार
कात्तिक २ काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ६ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ४ सय ६९, भक्तपुरमा ९९ र ललितपुरमा १३० जना कोरोना संक्रमित थपिएका हुन्।पछिल्लो २४ घण्टामा देशभभर २ हजार ९ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। ...
पछिल्लो २४ घण्टामा २९४२ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा २९४२ कोरोना संक्रमित थपिए

समाचार
कात्तिक २ काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार२४६ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३९ हजार ३४१ रहेको छ ।यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ थियो । पछिल्लो २४ घण्टामा थप २३२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ९२ हजार १६६ पुगेको छ ।उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८९ हजार ८४० रहेको थियो...
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘आफ्नै छायाले छोडेर’ सार्वजनिक (भिडियो)

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘आफ्नै छायाले छोडेर’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत आफ्नै छायाले छोडेर…’ सार्वजनिक भएको छ । स्वरुप राज आचर्यको स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत र देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । कृष्ण पौडेलको निर्देशन रहेको गीतको भिडियोमा असिम दाहाल, सविना शर्मा र पुण्यप्रसाद वन्जाराको अभिनय रहेको छ । सुजन श्रेष्ठले छायाँकन गरेको भिडियोमा युवराज खत्रीको सम्पादन छ । https://youtu.be/l8YvpwegvKk फरक शैलीका गीत मार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल हुनुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको हो । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । उहाँका चाड पर्...
कीर्तिमानी गीतकार तथा उपन्यसकार डा. उपाध्यायलाई कोरोना संक्रमण

कीर्तिमानी गीतकार तथा उपन्यसकार डा. उपाध्यायलाई कोरोना संक्रमण

समाचार
कार्तिक २ । कीर्तिमानी गीतकार तथा उपन्यसकार डा. डीआर उपाध्यायलाई कोरोना संक्रमण भएको छ । उहाँले आफूलाई कोरोना संक्रमण पुष्टि भएको र सम्पर्कमा आउनु भएकालाई सचेत हुन आग्रह गर्नुभएको छ । बिहीबार शरीर दुखेको र ज्वोरो आएपछि कोरोना संक्रमण परीक्षण गरेका उनमा शनिबार संक्रमण पुष्टि भएको हो । उपाध्यायले आफ्नो अवस्था सामान्य रहेको र केही दिनयता आफूसँग सम्पर्कमा रहेकाहरूलाई सुरक्षित र सतर्क रहन आग्रह गर्नुभएको छ । उपाध्याय होम आइसोलेसनमै बस्नुभएको छ । राष्ट्रखबर परिवार उहाँको शीर्घ स्वास्थ्य लाभको कामना गर्दछ । ...
रौतहटमा सुतिरहेका दम्पतीमाथि धारिलो हतियारले आक्रमण

रौतहटमा सुतिरहेका दम्पतीमाथि धारिलो हतियारले आक्रमण

अपराध, समाचार
कार्तिक २ रौतहट ।रौतहटको मौलापुर नगरपालिका वडा नं ५ पतौरा गाउँका ३५ वर्षीय हरेन्द्र साह र उनकी श्रीमती शिला देवीमाथि धारिलो हतियारले सांघातिक आक्रमण भएको छ। धारिलो हतियारको आक्रमणले हरेन्द्रको दाहिने कानका छेउमा र पत्नीको दाहिने पाखुरामा गम्भीर घाउ लागेको छ। उनीहरुलाई गम्भीरावस्थामा तत्कालै उपचारका लागि गए राति एम्बुलेन्सबाट एलएस न्युरो अस्पताल वीरगञ्ज पठाइएको छ। रातभरिको उपचारपछि दुवैको अवस्था सुधार हुँदै गएको जिल्ला प्रहरी प्रवक्ता भरत श्रेष्ठले जानकारी दिए। राति १ बजे साह दम्पती सुतिरहेका अवस्थामा अज्ञात मानिसले दुवैमाथि धारिलो हतियारले आक्रमण गरेको थियो। आक्रमणको ठोस कारण खुल्न नसके पनि घटनास्थलको प्रकृतिअनुसार साहका घरमा चोरी गर्ने उद्देश्यले चोर आएको र जाग्राम भएपछि आफू बच्नलाई दम्पतीमाथि आक्रमण गरेर भागेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। प्रनाउ श्रेष्ठले घरमा...
सुनसान बसपार्क यात्रु छैनन्

सुनसान बसपार्क यात्रु छैनन्

समाचार
कार्तिक २ काठमाडौँ । नेपालीको महान् पर्व दशैँ शुरु भए पनि विगतका वर्षमा जस्तै चाडवाड मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान बनेका छन् । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणका कारण छ महिना बन्द रहेको सार्वजनिक यातायात एक महिनादेखि खुले पनि यात्रु नहुँदा बसपार्क सुनसान बनेका हुन् । विगतका वर्षमा दशैँको समयमा राष्ट्रिय बसपार्कका रूपमा रहेको गोँगबुस्थित नयाँ बसपार्क, कलङ्की, कोटेश्वर, बल्खुलगायत क्षेत्रमा टिकट नपाएर यात्रुहरु घण्टौँ बस कुरेर गन्तव्यस्थलसम्म पुग्ने गरे पनि यसपटक यात्रु नभएर बसपार्क क्षेत्र सुनसान बनेको छ । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउदेश्यीय प्रालिले कोभिड–१९ को समयलाई सदुपयोग गर्दै नयाँ बसपार्कमा कम्प्युटर प्रणालीमार्फत टिकट बुकिङ खुला गरे पनि भीडभाड हुने दशैँको समयमा समेत यात्रुहरु छैनन् । ल्होत्से बहुउदेश्यीय प्रालिले बढी भ...
कीर्तिमानी गीतकार तथा उपन्यसकार डा. डीआर उपाध्यायलाई कोरोना संक्रमण

कीर्तिमानी गीतकार तथा उपन्यसकार डा. डीआर उपाध्यायलाई कोरोना संक्रमण

समाचार, स्वास्थ्य
कीर्तिमानी गीतकार तथा उपन्यसकार डा. डीआर उपाध्यायलाई कोरोना संक्रमण भएको छ । उहाँले आफूलाई कोरोना संक्रमण पुष्टि भएको र सम्पर्कमा आउनु भएकालाई सचेत हुन आग्रह गर्नुभएको छ । बिहीबार शरीर दुखेको र ज्वोरो आएपछि कोरोना संक्रमण परीक्षण गरेका उनमा शनिबार संक्रमण पुष्टि भएको हो । उपाध्यायले आफ्नो अवस्था सामान्य रहेको र केही दिनयता आफूसँग सम्पर्कमा रहेकाहरूलाई सुरक्षित र सतर्क रहन आग्रह गर्नुभएको छ । उपाध्याय होम आइसोलेसनमै बस्नुभएको छ । तथ्यखबर परिवार उहाँको शीर्घ स्वास्थ्य लाभको कामना गर्दछ । ...
निजगढ–काठमाडौं द्रुतमार्गसँग मदन भण्डारी मार्ग जोडिने

निजगढ–काठमाडौं द्रुतमार्गसँग मदन भण्डारी मार्ग जोडिने

समाचार
कात्तिक २ काठमाडौं । निजगढ–काठमाडौं द्रुतमार्गसँग हेटौंडा–काठमाडौं मदन भण्डारी मार्गलाई जोड्नका लागि अध्ययन थालिएको छ । वाग्मती प्रदेश सरकारले काठमाडौं–निजगढ द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्न प्रस्ताव गरेपछि सङ्घीय सरकारले त्यसको अध्ययन थालेको हो । सरकारले प्रदेशले सुरुङसहित विस्तार गरिरहेको मार्गलाई द्रुतमार्गसँग जोड्नका लागि सम्भावित बिन्दुको खोजी शुरु गरेको छ । सङ्घीय सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गरिरहेको काठमाडौं–निजगढ द्रतमार्गसँग मकवानपुरको भीमफेदी गाउँपालिका–८ र इन्द्रसरोवार गाउँपालिका–३ को कोगटेदोभानमा जोड्न सके हेटौंडा–काठमाडौंको सडक दूरी ५४ किलोमिटरमा छोटिने भन्दै प्रदेश सरकारले प्रस्ताव गरेको थियो । प्रदेशको प्रस्तावपछि नेपाल सरकारले कार्यदल नै बनाएर अध्ययन थालेको छ । सरकारका तर्फबाट एक दिनअघि मात्रै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज...
भदौरे भिरमा स्कोरपिओ दुर्घटना हुँदा पाँच जनाको मृत्यु

भदौरे भिरमा स्कोरपिओ दुर्घटना हुँदा पाँच जनाको मृत्यु

समाचार
कात्तिक २ ओखलढुङ्गा ।ओखलढुङ्गा र उदयपुरको सिमानामा पर्ने भदौरे भिरमा स्कारपिओ दुर्घटना हुँदा ओखलढुङ्गाका दुईसहित पाँच जनाको ज्यान गएको छ । भैरहवाबाट ओखलढुङ्गातर्फ आउँदै गरेको बा२०च ७१७१ नंको स्कारपियो राति १ बजे सिद्धिचरण लोकमार्गमा अन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ को भदौरे भिरमा दुर्घटना भएको हो । दुर्घटनामा पाँच जानको घटनास्थलमै ज्यान गएको उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकमध्ये ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–९ माधवपुरका ४५ वर्षीय रामबहादुर सार्की र सोही ठाउँकै २६ वर्षीय कर्मे सार्कीको पहिचान खुलेको छ । बाँकी दुई पुरुष र एक महिलाको पहिचान खुलेको छैन । रिजर्भ गरेर गाउँ आएको हुनाले पहिचान नखुलेका अन्य तीन जना मृतक पनि ओखलढुङ्गाकै हुनसक्ने प्रहरीको अनुमान छ । अहिले मृतकको शव र दुर्घटनामा परेको गाडी घटनास्थलमै छ । दुर्घटनामा ...