बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

विश्वभरमा अहिले ३ करोड कोरोनामुक्त,९१ लाख ५१ हजार सक्रिय सङ्क्रमित

विश्वभरमा अहिले ३ करोड कोरोनामुक्त,९१ लाख ५१ हजार सक्रिय सङ्क्रमित

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
विश्वमा कोरोनामुक्त हुनेको संख्या ३ करोड नाघेको छ । अहिलेसम्म ४ करोड ६ लाखमा कोरोना पुष्टि भएकोमा ३ करोड ३ लाख २९ हजार ७ सय जना निको भएका वल्ड्रोमिटरले जनाएको छ । वल्ड्रोमिटरका अनुसार गएको २४ घण्टामा मात्रै २ लाख २१ हजार ३ सय ६५ जना निको भएका हुन् । अहिले विश्वभर ९१ लाख ५१ हजार सक्रिय सङ्क्रमित छन् । जसमध्ये एक प्रतिशत अर्थात् ७२ हजारको अवस्था जटिल छ भने बाँकी ९० लाखको अवस्था सामान्य छ । ११ लाख २२ हजारको भने कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । अहिलेसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ८४ लाख ४६ हजारमा कोरोना पुष्टि भएकोमा ५४ लाख ९३ हजार निको भएका छन् । २ लाख २५ हजारको भने ज्यान गएको छ । यस्तै ७५ लाख ९४ हजार सङ्क्रमित रहेका भारतमा ६७ लाख ३० हजारले कोरोना जितेका छन् । १ लाख १५ हजारको ज्यान गएको छ । ...
चाडबाडको समयमा कोभिड–१९ को सङ्क्रमण थप बढ्नसक्ने तर्फ सचेत हुन गृहमन्त्रालयको निर्देशन

चाडबाडको समयमा कोभिड–१९ को सङ्क्रमण थप बढ्नसक्ने तर्फ सचेत हुन गृहमन्त्रालयको निर्देशन

समाचार, स्वास्थ्य
गृहमन्त्रालयले चाडबाडको समयमा कोभिड–१९ को सङ्क्रमण थप बढ्नसक्ने भएकाले सचेत रहन मातहतका सुरक्षा निकाय तथा प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले कोरोना सङ्क्रमण नेपालमा तीव्ररूपमा फैलिरहेकाले यसको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा चुनौती थपिँदै गएको अवस्थामा चाडबाडमा यसले थप जोखिम निम्त्याउन सक्नेतर्फ मातहतका निकायको ध्यानाकर्षण गराएको हो । निकट रहेको बडादशैँ, तिहार, छठ, नेपाल संवतलगायतका चाडपर्वमा मानिसको आवतजावत बढ्न जाँदा सङ्क्रमण थप बढ्न सक्ने जोखिम देखिएको हुँदा जोखिम थप बढ्न नदिन दशैँ बिदाको अवधिमा पनि प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न मन्त्रालयले निर्देशन दिएको छ । जोखिम नियन्त्रणका लागि समन्वयात्मकरूपमा हरसम्भव उपायहरू अवलम्बन गर्न र गराउन मातहत सबै सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकिएको मन्त्राल...
अस्पतालमा बेड अभाव, होम आइसोलेसनमा संक्रमितको ज्यान जाँदै

अस्पतालमा बेड अभाव, होम आइसोलेसनमा संक्रमितको ज्यान जाँदै

समाचार
कात्तिक ४ काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका– १६ का ४९ वर्षीय एक शिक्षकको गत बुधबार राति होम आइसोलेसनमै मृत्यु भयो । परिवारका सदस्यले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेड सोध्दा सोध्दै उनको ज्यान गएको हो । बुधबार राति नै धरान– ९ का ५८ वर्षीय पुरुषको पनि मृत्यु भयो । प्रतिष्ठानमा अक्सिजन बेड खाली नभएपछि अक्सिजन सिलिन्डर किनेर उनलाई घरमै राखिएको थियो । तर, स्वास्थ्य थप खराब भएपछि राति ११ बजे अस्पताल पुर्‍याउनेबित्तिकै उनको ज्यान गएको वडाध्यक्ष रत्न कटवालले बताए । त्यसअघि, गत सोमबार धरान– २ का ८९ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको थियो । अस्पतालमा भेन्टिलेटर अभाव भएपछि परिवारले उनलाई घरमै राखेको थियो । एक साताअघि धरान– ८ का ५२ वर्षीय पुरुषको पनि ज्यान गयो । निमोनियाका कारण अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका उनको प्रतिष्ठानको कोभिड अस्पतालमा भेन्टिलेट...
दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै

दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै

समाचार, समाज
दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदैछ । कुष्माण्डा देवीलाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । यी देवीमा तातो रक्तसमूह भएका मानव, चराचरुङ्गी तथा चिसो रगत भएका माछा, सर्प लगायतका सारा प्राणीको सिर्जना गर्ने शक्ति रहेको शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतल हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ । त्यसैले शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डोको विधिपूर्वक पूजा गरी त्यसैको बलिसमेत चढाउने गरिन्छ । देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्यलाई आफ्नो तापशक्ति दिएर प्रज्ज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख छ । घटस्थापनाको दिनदेख...
‘यसपटकको चाडवाड यसरी मनाऔँ’

‘यसपटकको चाडवाड यसरी मनाऔँ’

समाचार
कात्तिक ४ काठमाडौं । कोरोना भाइरस ‘कोभिड- १९’ सङ्क्रमण दिनहुँ बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस पटकको दशैँ लगायतका चाडपर्व घरमै बसेर मनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले सुरक्षित रूपमा चाडबाड मनाउनुपर्ने भन्दै यो पटकलाई घरमै बसेर दशैँ मनाउन आग्रह गरे । उनले आफ्नो परिवारको सुरक्षाका निम्ति जमघट नगरी दशैँ, तिहार मनाउन सुझाव दिए । उनले ज्यान रहे अर्को वर्ष जमघट र धूूमधामसँग पर्व मनाउन सकिने बताए । उनले घरमा मृत्यु भएका सङ्क्रमितको शव व्यवस्थापन परिवार आफैँले गर्नुपर्छ भन्ने भनाइलाई तोडमोड गर्न खोजिएको बताए । उनले कतिपय मानिसले आफ्नो धर्म संस्कृतिअनुसार शव व्यवस्थापन गर्नुपर्ने माग राखेकाले उक्त शव व्यवस्थापन परिवारले गर्नुपर्ने भनिएको स्पष्ट गर्दै शवको व्यवस्थापन नेपाल सरकारले गरिरहेको स्पष्ट पारे । यस्तै उनले कोरोना परीक्षण श...
आइसोलेशन सेन्टरलाई कोरोना अस्पताल बनाइने

आइसोलेशन सेन्टरलाई कोरोना अस्पताल बनाइने

समाचार
कात्तिक ४ काठमाडौं । सरकारले सङ्क्रमणको दर तीव्र गतिमा विस्तार भइरहेका जिल्लामा हाल सञ्चालनमा रहेका आइसोलेशन सेन्टरलाई आवश्यकतानुसार जनरल वार्डको सेवा उपलब्ध हुने गरी कोभिड अस्पतालमा रूपान्तरण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न  आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड अस्पतालका रूपमा रूपान्तरण भएका सबै सरकारी तथा सार्वजनिक अस्पतालमा प्रत्येक प्रदेशमा कम्तीमा २०० र काठमाडौंँ उपत्यकामा दुई हजारको सङ्ख्यामा आवश्यक सुविधा र उपकरणसहितका हाइडिपेन्डेन्सी युनिट (एचडियु) का रूपमा १५ दिनभित्र मन्त्रालयले स्तरोन्नति गर्ने निर्णय गरिएको बताउनुभयो । सरकारी र सार्वजनिक कोभिड अस्पतालमा उपलब्ध आइसियु र एचडियु नपुग भएमा निजी तथा सामुदायिक क्षेत्रबाट सञ्चालित अस्पतालमा पनि तिनको व्यवस्था स्वास्थ्य तथा जनसङ्...
अब क-कसले पाउनेछन् कोरोनाको निःशुल्क परीक्षण र उपचार

अब क-कसले पाउनेछन् कोरोनाको निःशुल्क परीक्षण र उपचार

समाचार
कात्तिक ४ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को निःशुल्क परीक्षण र उपचारसम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ ।मापदण्ड अनुसार विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी लगायतले निःशुल्क परीक्षण र उपचार पाउने छन् । निःशुल्क उपचार पाउने विपन्नमा विपन्न परिचयपत्र वा विपन्न नागरिकलाई उपचारसम्बन्धी निर्देशका अनुसारको सिफारिस वा स्वयंम घोषणा गर्नुपर्ने जनाइएको छ ।यसैगरी अशक्तको प्रमाणपत्र भएका वा स्वयंम घोषणा गरेका, असहायको सिफारिस भएका वा स्वयंम घोषणा गर्ने, एकल महिलाको प्रमाणपत्र भएका वा स्वयंम घोषणा गर्ने र अपाङ्गताको प्रमाणपत्र भएकाले पनि निःशुल्क परीक्षण र उपचार पाउनेछन् । ७० वर्ष उमेर पुगेको नागरिकताको प्रमाणपत्र भएका वा स्वयंम घोषणा गर्नेहरुले प...
भैरहवाको एभरेस्ट पेट्रोल पम्पमा आगलागी

भैरहवाको एभरेस्ट पेट्रोल पम्पमा आगलागी

समाचार
कात्तिक ४ बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित एभरेष्ट आयल सप्लायर्स (पेट्रोल पम्प) मा आगलागी भएको छ । सोमबार राति करिब साढे ७ बजे पेट्रोल पम्पमा ट्यांकरबाट इन्धन अनलोड गर्ने क्रममा आगलागी भएको हो । प्रहरीका अनुसार इन्धन अनलोड गर्ने क्रममा अनलोड गर्न लागिएको ट्यांकरमा नै आगो लागेको थियो ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ६ वटा दमकलको सहायतामा साढे ८ बजे आगो नियन्त्रणमा आएको छ । प्रहरी र स्थानीय समेत आगो निभाउने कार्यमा जुटेका थिए । ट्याङ्करमा ८ हजार लिटर इन्धन भएको र ट्यांकर पूर्णरुपमा ध्वस्त भएको प्रहरीले बताएको छ । क्षतिको थप विवरण आउन बाँकी छ । ट्यांकरबाट सल्केको आगोले पम्पमा समेत टिपेकोले थप क्षति भएको प्रहरीले बताएको छ । ...
हराएका ३३ मोबाइल खोजी गरी प्रहरीले सम्बन्धित व्यक्तिलाई फिर्ता गरी दियो

हराएका ३३ मोबाइल खोजी गरी प्रहरीले सम्बन्धित व्यक्तिलाई फिर्ता गरी दियो

समाचार
कात्तिक ४ लमजुङ- गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङका विभिन्न स्थानबाट हराएका तथा चोरी भएका विभिन्न प्रकार तथा ब्राण्डका ३३ मोबाइल प्रहरीले खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । जिल्ला प्रहरी कार्यालय बेँसीशहरमा सम्बन्धित व्यक्तिलाई बोलाएर आज अपराह्न मोबाइल फोन हस्तान्तरण गरिएको हो । गत असोज १ देखि ३० गतेसम्म जिल्ला प्रहरी कार्यालयबाट प्रहरीले हराएको मोबाइल खोजतलास गर्ने अभियान सञ्चालनका क्रममा जिल्लाभित्रका विभिन्न स्थान तथा व्यक्तिबाट बरामद गरी सम्बन्धित मोबाइलधनीलाई वितरण गरेको प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताउनुभयो । उहाँका अनुसार हस्तान्तरित मोबाइल रु सात लाख ७७ हजार बराबरको छ । हराएका वा चोरी भएका मोबाइल प्रहरीले फेला पारेर दिएपछि मोबाइलधनीले खुशी हुँदै प्रहरीलाई धन्यावाद दिएका थिए । हराएको तथा चोरी भएको मोबाइल फिर्ता नपाउने भनेर आश मारिसकेकामा प्रहरीले खोजेर ...
एलिना चौहान र अञ्जान सूर्यको स्वरमा रहेको गीत ‘नजाऊ नभन’ सार्वजनिक(भिडियो)

एलिना चौहान र अञ्जान सूर्यको स्वरमा रहेको गीत ‘नजाऊ नभन’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
एलिना चौहान र अञ्जान सूर्यको स्वरमा रहेको गीत ‘नजाऊ नभन…’ सार्वजनिक भएको छ । डीआर सुजनको शब्द, लालबहादुर बरालको सङ्गीत र विशाल निरौलाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/vsQsK3pEElc पछिल्लो समयका ब्यस्त निर्देशक देवेन्द्र पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा एलिना चौहान र डीआर सुजनको अभिनय रहेको छ । निश्चल पौडेलेको छायाँकन रहेको भिडियोलाई विकाश दाहाले सम्पादन छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहेनतबाट एउटा उत्कृष्ट गीतको भिडियो स्रोता/दर्शकमाझ पस्किएका छौ, सबैको माया पाउनेमा आशावादी छौ’, निर्देशक देवेन्द्रले भने । ...