बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

नोवेल कोरोना भाइरस (कोभिड-१९)का कारण असोज २० गतेदेखि बन्द भएको तातोपानी नाका आज देखि सञ्चालनमा आउने

नोवेल कोरोना भाइरस (कोभिड-१९)का कारण असोज २० गतेदेखि बन्द भएको तातोपानी नाका आज देखि सञ्चालनमा आउने

आर्थिक, समाचार
नोवेल कोरोना भाइरस (कोभिड-१९)का कारण असोज २० गतेदेखि बन्द भएको तातोपानी नाका आज (बुधबार)देखि सञ्चालनमा आउने भएको छ । चिनियाँ अधिकारीहरुबाट आजदेखि नेपाली भन्सार यार्डसम्म सामान पठाउन सुरु गर्ने जानकारी प्राप्त भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । ‘साँझसम्म तातोपानीमा चीनतर्फबाट सामान ल्याइदिने जानकारी ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले हामीलाई गराएको छ,’ प्रमुख जिल्ला अधिारी ढकालले भने । बुधबार मध्याहृनसम्म नाकामा कुनै सामान आइनपुगेको भन्दै उनले साँझसम्म नाकाबाट माल वस्तु आयात सुरु हुने जानकारी दिए । कोरोना संक्रमणको जोखिमका कारण सर्तकता अपनाउँदै नाका सञ्चालन गर्न लागिएको ढकालले बताए । चिनियाँ अधिकारीहरुसँग भएको समझदारीअनुसार नेपालले नाकामा तयार पारेको आइसोलेसन यार्डमा चिनियाँ ट्रकले माल वस्तु ल्याएर छोडेर जानेछ । नेपालतर्फ चिनियाँ कन्टेनरले स...
अस्ट्रेलियाको मेलबर्नमा कोरोना भाइरसको महामारीका कारण लगाइएको लकडाउन १११ दिनपछि बुधबार अन्त्य

अस्ट्रेलियाको मेलबर्नमा कोरोना भाइरसको महामारीका कारण लगाइएको लकडाउन १११ दिनपछि बुधबार अन्त्य

अन्तराष्ट्रिय, समाचार
अस्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा कोरोना भाइरसको महामारीका कारण लगाइएको लकडाउन १११ दिनपछि बुधबार अन्त्य गरिएको छ। यो लकडाउन अन्य ठाउँमा लगाइएको भन्दा लामो भएको अधिकारीहरुले बताएका छन्। लकडाउन खुल्ला गरेपछि स्थानीय बासिन्दाले राहत र सहजता महसुस गरेको समाचारमा जनाइएको छ। भिक्टोरिया राज्य सरकारले लकडाउन अन्त्य गर्ने घोषणा गरेसँगै यस क्षेत्रका व्यापारिक प्रतिष्ठानहरु खुल्ला भएका छन्। उनीहरुले कारोबार गर्न थालेका छन् भने कामदारहरुले काम गर्न पाएका छन्। लकडाउन खुल्ला गरिए पनि सडकमा भिडभाड नगर्न, मास्क नलगाइ नहिँड्न भनिएको छ। त्यसैगरी घरदेखि २५ किलोमिटर टाढा हिँड्न पनि नपाइने व्यवस्था गरिएको छ। सरकारी अधिकारीहरुले सकेसम्म घरबाटै काम गर्ने वातावरण बनाउन पनि सबैलाई आह्वान गरेका छन्। रासस ...
आजदेखि दशैँका कारण बन्द रहेका सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था खुल्ने

आजदेखि दशैँका कारण बन्द रहेका सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था खुल्ने

समाचार, समाज
दशैँका कारण बन्द रहेका सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था आजदेखि खुल्ने भएका छन् । दशैँ बिदा सकिएकाले आजदेखि सरकारी कार्यालय खुल्ने भएका हुन् । गएको ७ गते सप्तमीदेखि ५ दिन सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था बन्द रहेका थिए । आज दशैँ टीकाको तेस्रो दिन आज पनि मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम चलिरहेको छ । हिजो र अस्ति लगाउन नभ्याएका र टाढा(टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर कोजाग्रत पूर्णिमासम्म नै टीका लगाउने चलन छ । ...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठक स्थगित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठक स्थगित

राजनीति, समाचार
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। कात्तिक १५ देखि १७ गतेसम्म निर्धारण गरिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको हो। कोरोना महामारीका कारण बैठक स्थगित गरिएको नेकपाले जनाएको छ। अब यो बैठक मंसिर १५ देखि १७ गतेसम्म आयोजना हुने केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति निकालेर जानकारी दिएका छन्। ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको २०७७ कार्तिक १५ गतेदेखि आयोजना गरिएको तेश्रो पूर्ण बैठक कोभिड–१९ महामारीका कारण स्थगित गरिएको छ । उक्त बैठक आगामी मंसिर १५–१७ मा आयोजना हुने जानकारी गराइन्छ’, विज्ञप्तिमा उल्लेख छ। ...
देश निर्माणका लागी मार्गचित्र कोर्न सक्ने भिजनरी नेता र योजनाविदको खाँचो:डा.डिआर उपाध्याय

देश निर्माणका लागी मार्गचित्र कोर्न सक्ने भिजनरी नेता र योजनाविदको खाँचो:डा.डिआर उपाध्याय

आर्थिक, समाचार
मुलुकलाई स्वावलम्बी, स्वाधीन र समृद्ध कसरी बनाउने भन्ने बिषयमा चिन्तन गरौं । कुनै पनि देश बिकासका लागी सुशासन नै प्रमुख सर्त हो । बिश्वका जुन सुकै देशको बिकास भएको छ , त्यो सुशासनका कारणले हो । जुन देशमा सुशासन कायम हुदैन तीे देश बिकासको हिसावमा पछाडी परेका छन । त्यसैले अव नेपालको बिकास र समृद्धि गर्ने हो भने सुशासनलाई प्रमुख सर्त बनाऔं । सुशासन कायम गर्ने भनेको धेरै भयो , तर अहिले सम्म भ्रष्टाचारमा अलिकत पनि कमी आएको छैन ।यस्तो भए पछि देश कसरी बन्छ ? चिन्ता लाग्ने बिषय यो हो । देशमा चाकरी–चाप्लुसीको राजनीति छ । परिवारवाद, नातावाद र कृपावादको राजनीतिले स्थान पाएको छ । हाम्रो मुलुक ७० वर्षको लामो सङ्घर्षका बाबजुद पनि अझै स्वाधीन, स्वावलम्बी, समृद्ध बन्न सकेन । दलहरुले मुलुकको ब्यवस्था बदल्न सके तर अवस्था बदल्न सकेनन् । यो कुरामा अझै बहस भईनै रहेको छ । ब्यवस्था बदलिएको छ , जनताको अवस्था उस्...
च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडको यो सिजन खराब सुरुवात

च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडको यो सिजन खराब सुरुवात

अन्तराष्ट्रिय, खेलकुद, समाचार
च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडको यो सिजन खराब सुरुवातको क्रम अझै टुट्न सकेको छैन । समूह बी अन्तर्गत मंगलबार राति भएको खेलमा रियल मड्रिड बोरुसिया मोनचेङ्गग्लाडवाचसँग बराबरीमा रोकिएको छ । समूहको पहिलो खेलमा पराजित भएको रियल मड्रिड मंगलबार राति अवे मैदानमा भएको खेलमा बोरुसियासँग २-२ को बराबरीमा रोकिएको हो । दुई गोलले पछि परेको अवस्थाबाट रियल मड्रिड अन्तिम समयमा बराबरीको अवस्थामा भने आउन सक्यो । घरेलु टोली बोरुसियाका लागि ३३ र ५८ औँ मिनेटमा मार्कस थुरामले गोल गरेका हुन् । १३ पटकको च्याम्पियन रियल मड्रिडका लागि ८७ औँ मिनेटमा करिम बेन्जिमाले एक गोल फर्काए । इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा कासेमिरोले गोल गरेका हुन् । बेन्जिमाको गोलका लागि सहयोग गरेका कासेमिरोलाई गोलका लागि सर्जियो रामोसले सहयोग गरेका हुन् । बराबरीपछि रियल मड्रिडले एक अंक जोडेको छ । चार अंकसहित बोरुसिय...
नेपाल पत्रकार महासंघका सदस्य कृष्णमोहन चौधरीको ३५ बर्षको उमेरमा निधन

नेपाल पत्रकार महासंघका सदस्य कृष्णमोहन चौधरीको ३५ बर्षको उमेरमा निधन

समाचार
कात्तिक १२ लहान । नेपाल पत्रकार महासंघ सिरहाका सदस्य कृष्णमोहन चौधरीको मध्याह्न निधन भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा पत्रकार चौधरीको निधन भएको परिवारजनले जनाएको छ । सिरहा, सुखीपुर नगरपालिका –८ निवासी ३५ वर्षीय चौधरी केही दिनदेखि बिरामी थिए । उपचारकै क्रममा उनको निधन भएको सुखीपुरक पत्रकार रोयण्टर मण्डलले जानकारी दिए । ...
नेपालमा कोरोनामुक्त हुने दर ७४.१ प्रतिशत नाघेको छ,एक लाख १८ हजार आठ सय ४३ जना कोरोनामुक्त

नेपालमा कोरोनामुक्त हुने दर ७४.१ प्रतिशत नाघेको छ,एक लाख १८ हजार आठ सय ४३ जना कोरोनामुक्त

समाचार, स्वास्थ्य
नेपालमा कोरोनामुक्त हुने दर ७४.१ प्रतिशत नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख १८ हजार आठ सय ४३ जना कोरोनामुक्त भएका छन्। प्रदेश १ मा ११ हजार २९, प्रदेश २ मा १६ हजार चार सय ७८, बागमतीमा ५७ हजार नौ सय ५५, गण्डकीमा पाँच हजार सात सय ६०, लुम्बिनीमा १४ हजार पाँच सय १०, कर्णालीमा चार हजार ६ सष २० र सुदूरपश्चिममा आठ हजार चार सय ९१ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा तीन हजार एक सय ६८ जना कोरोनामुक्त भएका छन्। देशभर मंगलबार पाँच सय ७० जनामा संक्रमण पुष्टि भएको छ । दुई हजार सात सय २५ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। काठमाडौंमा दुई सय २५, भक्तपुरमा चार र ललितपुरमा २३ संक्रमित थपिएका छन् । प्रदेश १ मा ३५, प्रदेश २ मा १५, बागमतीमा दुई सय ७३, गण्डकीमा ८० र लुम्बिनीमा एक सय ६७ जनामा संक्रमण पुष्टि भएको छ। कर्...
विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४ करोड ४० लाख,तीन करोड १० लाख २३ हजार ३३३ जना निको भए,११ लाख ६७ हजारले ज्यान गुमाए

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४ करोड ४० लाख,तीन करोड १० लाख २३ हजार ३३३ जना निको भए,११ लाख ६७ हजारले ज्यान गुमाए

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४ करोड ४० लाख पुगेको छ। तीमध्ये तीन करोड १० लाख २३ हजार ३३३ जना निको भएका छन् भने हालसम्म ११ लाख ६७ हजारले ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ५० हजार १६४ जना नयाँ संक्रमित थपिएका छन्। सबैभन्दा धेरै संक्रमित भएको मुलुक अमेरिकामा ८९ लाख ७९ हजार ३६० जना संक्रमित भएका छन्। तीमध्ये २ लाख ३१ हजार ३४४ जनाको मृत्यु भएको छ। अमेरिकामा ५८ लाख ४३ हजार ३०३ जना निको भएका छन्। दोस्रो नम्बरमा रहेको भारतमा ७९ लाख ७८ हजार ९७२ जना संक्रमित पुगेका छन् । ती मध्ये १ लाख १९ हजार ८७१ जनाको मृत्यु भएको छ भने भारतमा ७२ लाख ४२ हजार ९९५ जना निको भएका छन्। तेस्रो नम्बरमा रहेको ब्राजीलमा ५४ लाख १५ हजार ६७१ जना संक्रमित पुगेका छन् भने त्यहाँ १ लाख ५७ हजार ५२८ जनाको मृत्यु भएको छ। ब्राजीलमा ४८ लाख ६५ हजार ९३० जना निको भएका छन्। चौथो नम्बरमा रहेको रुसमा ...
कोरोनाभाइरस सङ्क्रमणपछि मानिसहरूको प्रतिरक्षात्मक एन्टीबडी एकदमै तीव्र गतिमा घटेको पाइयो

कोरोनाभाइरस सङ्क्रमणपछि मानिसहरूको प्रतिरक्षात्मक एन्टीबडी एकदमै तीव्र गतिमा घटेको पाइयो

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
बीबीसी। अनुसन्धानकर्ताहरूले कोरोनाभाइरस सङ्क्रमणपछि मानिसहरूको प्रतिरक्षात्मक एन्टीबडी एकदमै तीव्र गतिमा घटेको पाइएको बताएका छन्। कोषहरूभित्र भाइरसविरुद्ध लड्न शरीरले तयार पार्ने तत्त्‍व एन्टीबडी हाम्रो रोग प्रतिरोधी क्षमताको एउटा महत्त्वपूर्ण हिस्सा हो। इम्पेरिअल कलेज लन्डनका अनुसन्धानकर्ताहरूका अनुसार कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसहरूमा जून महिनादेखि सेप्टेम्बर महिनाको बीचमा २६ प्रतिशतले एन्डीबडी घटेको पाइएको छ। रोग प्रतिरोधी क्षमता कम भएको र कोरोनाभाइरसले धेरै पटक सङ्क्रमित बनाउने जोखिम देखिएको उनीहरूले बताएका छन्। यूकेमा अक्टोबर महिनाको तेस्रो सातातिर कोभिड-१९ का कारण मृत्यु हुने मानिसहरूको सङ्ख्या ६० प्रतिशतले बढेको विवरण राष्ट्रिय तथ्याङ्क निकायले सार्वजनिक गरेकै समयमा पछिल्लो अध्ययनको निष्कर्ष आएको हो। रिएक्याट-टू नामक अध्ययनका क्रममा साढे तीन लाख मानिसहरू एन...