आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

शोभा क्षेत्रीको “बारुले कम्मर” सार्वजनिक (भिडियो)

शोभा क्षेत्रीको “बारुले कम्मर” सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
शोभा छेत्रीको तीज गीत “बारुले कम्मर” सार्वजनिक भएको छ । शोभा छेत्रीको शब्द,रमा थापाको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका शोभा छेत्रीको सुमधुर स्वर रहेको छ। Music City स्टुडियोमा रेकर्ड गरेको गीतलाई राजिव शाहले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्। https://youtu.be/b9uQD9WVjQo छबी थापाको निर्देशन रहेको उक्त भिडियोमा शोभा छेत्रीको अभिनय रहेको छ। सुनिल भण्डारीले छायाँङ्कन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् । शोभा छेत्रीको प्रस्तुती रहेको “बारुले कम्मर” म्यूजिक भिडियो  Shova Chhetri युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना। ...
सरु गौतमको ‘नाम जोडियो’सार्वजनिक(भिडियो)

सरु गौतमको ‘नाम जोडियो’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
गायिका सरु गौतमले  तिज गीत ‘नाम जोडियो’ ल्याएकी छन् ।  कुमार कटुवालको शब्द, दीपक शर्माको संगीत, पुरुषोत्तम सुवेदीको एरेञ्ज गीतमा छ । जेरी भण्डारीको निर्देशन एवं कोरियोग्राफी रहेको गीतको भिडियोमा गुराँस ढकाल, सोनी महत, आयुसी ढकाल र रोनियन अधिकारीलगायतको अभिनय छ । https://youtu.be/2BjcuzZt5aA राजेश घिमिरेको छायाङ्कन रहेको गीतको भिडियोमा विकास ज्ञवालीको सम्पादन छ । गीतको भिडियो सरु गौतमको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । ...
राजेन्द्र प्रसाद सापकोटाको टिमबाट सनम शेर्पाद्वारा द्धितिय उपाध्यक्षको उम्मेदवारी घोषणा

राजेन्द्र प्रसाद सापकोटाको टिमबाट सनम शेर्पाद्वारा द्धितिय उपाध्यक्षको उम्मेदवारी घोषणा

आर्थिक, समाचार
ट्रेकिङ एजेन्सीज् एशोसीयसन अफ नेपाल(टान) को नयाँ नेतृत्वका लागि सनम शेर्पाले द्धितिय उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् ।भदौ १७ गते हुने टानको वार्षिक साधारणसभा तथा निर्वाचनका लागि उनले आफ्नो नाम घोषणा गरेका हुन । पर्यटन व्यवसायी एवम् लामो समयदेखि पर्यटन क्षेत्रमा लागेका ट्रेकिङ व्यवसायी सनम शेर्पाले पनि टानको उपाध्यक्षको दाबी गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। पर्यटन क्षेत्रमा परिचित नाम हो सनम शेर्पा । नेपालको ट्रेकिङ व्यवसायमा लामो समयदेखि काम गर्दै आएका खुम्बु क्षेत्रकायाङ्कु साम्बाला अपार्टमेन्ट एण्ड रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन्। यसबाहेक उनले समाजिक काममा सहयोग गर्दै आएका छन्। उनी शेर्पा पर्यटन व्यवसायी संघका समेत उपाध्यक्ष समेत हुन्। उनले टान बोर्ड सदस्यमा सन् २०१९ देखि सन् २०२२ सम्म काम गरेका छन्। शेर्पा समूदायको विभिन्न संघ संस्थामा आवद्ध छन् सनम हरेक क्षेत्रक...
टानका व्यवसायीहरु एक जुट, सागर पाण्डेलाई गरे समर्थन

टानका व्यवसायीहरु एक जुट, सागर पाण्डेलाई गरे समर्थन

आर्थिक, समाचार
काठमाडौं । ट्रेकिङ एजेन्सीज् एशोसीयसन अफ नेपाल(टान) को नयाँ नेतृत्वका लागि प्रत्याशी सागर पाण्डेले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।यहि भदौ १७ गते हुने टानको वार्षिक साधारणसभा तथा निर्वाचनका लागि आइतबार एक कार्यक्रमबीच पाण्डे समूहले उम्मेदवारी घोषणा गरेको हो । पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, प्रथम उपाध्यक्षमा दावा लामा र द्वितीय उपाध्यक्षमा निशेष थापाले उम्मेदवारी घोषणा गरेका छन् ।यस्तै, महासचिवमा सोनाम शेर्पा, सचिवमा सजना त्रिपाठी, कोषाध्यक्षमा गणेशप्रसाद न्यौपाने र सहकोषाध्यक्षमा डम्बर अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । पाण्डे समूहका तर्फबाट कार्यसमिति सदस्यमा माधवकुमार धमला, विनोदकुमार तामाङ, सृष्टि भण्डारी, फुर्बु छिरिङ भोटे, उत्सव ढकाल, शिवप्रसाद सिलवाल र अम्बिरबहादुर गुरुङलेसमेत उम्मेदवारी घोषणा गरेका छन् ।उम्मेदवारी घोषणा कार्यक्रममा वरिष्ठ पर्यट...
‘मिस हिमालयन नेपाल’ र ‘मिसेस हिमालयन आइकन’को आवेदन खुल्ला

‘मिस हिमालयन नेपाल’ र ‘मिसेस हिमालयन आइकन’को आवेदन खुल्ला

मनोरन्जन, समाचार
काठमाडौं ।  सौन्दर्य क्षेत्रमा लामो समयदेखि सक्रिय सौन्दर्यकर्मी अप्सना नेवाको आयोजनामा मिस हिमालय नेपाल र मिसेस हिमालयन आइकन नेपाल २०२४ को आवेदन खुल्ला गरिएको छ।विवाहित तथा अविवाहित महिलाहरुले आवेदन दिन सकिने उक्त प्रतियोगिता अदृश्य प्रतिभालाई दृष्टिगत गराउन कार्यक्रमको उद्देश्य रहेको आयोजक संस्था द हिमालयन प्याजेन्टकी अध्यक्ष एवं सौन्दर्यकर्मी अप्सना नेवाले जानकारी दिईन । पहिलो संस्करण अविवाहित महिलाहरुको मात्र प्रतियोगीता गरिएको यस कार्यक्रममा भने विवाहित महिलाहरुलाई पनि समेटेर मिसेस हिमालयन आईकनको आयोजना गर्न लागिएको समेत उनले बताईन ।पहिलो संस्करणमा लोकप्रिय नायक प्रदिप खड्का, आनन्द कार्की,अभिनेत्री रश्मि भट्ट लगायत चर्चित कलाकारहरुको उपस्थिती रहेको कार्यक्रममा यस पटक पनि थुप्रै लोकप्रिय कलाकारहरुको उपस्थिती रहने छ ।नयाँ संस्करणका लागि पहिलो अडिसन यही भदौ २९ गते शनिवारका दिन न...
एक वर्षमै विश्वका ४५० तीर्थस्थल दर्शन गरेर इतिहास बनाएका प्रदीप खनाल

एक वर्षमै विश्वका ४५० तीर्थस्थल दर्शन गरेर इतिहास बनाएका प्रदीप खनाल

मनोरन्जन, समाचार
विश्वमा ४५० वटा प्रसिद्ध धार्मिक तीर्थस्थलहरूको दर्शन गरेर ‘विश्व रेकर्ड’ राख्ने व्यक्ति को होलान्! सनातन धर्मका प्रसिद्ध भारतीय गुरुहरू भन्छन् – कि शंकाराचार्य हुन् कि गुरु नानक देव। भारतीय गुरु नानक देवले करिब पाँच सय वर्षअघि २१ वर्ष लगाएर यतिका तीर्थस्थलको भ्रमण गरेर विश्वमा प्रसिद्धी कमाएका थिए। त्योभन्दा अघि गुरु शंकराचार्यले कति वर्ष लगाएर यतिको संख्यामा तीर्थस्थल भ्रमण गरेका थिए, ठ्याक्कै यकिन छैन। अहिले आएर नेपालका प्रदीप खनालले एकै वर्षमा ४५० वटा तीर्थस्थल भ्रमण गरेर आफू ‘विश्वमै पहिलो’ व्यक्ति भएको बताइरहेका छन्। काठमाडौं कलंकीका खनाल गत जुलाई अन्तिममा ४५० वटा तीर्थस्थल भ्रमण पूरा गरेपछि एकाएक चर्चामा आएका छन्। प्रसिद्ध सनातनी धर्मका गुरुहरूले शंकराचार्य र नानक देवपछि तेस्रो व्यक्ति भन्दै खनालको प्रशंसा गरिरहेका छन्। उनीहरूले खनालले शंकराचार्य र नानक देवको इतिहास ‘ब्...
बराल, श्रेष्ठ र शर्माको जुगलबन्दीमा तैयार भयो ‘मृत्युकोश’को शिर्ष गीत

बराल, श्रेष्ठ र शर्माको जुगलबन्दीमा तैयार भयो ‘मृत्युकोश’को शिर्ष गीत

मनोरन्जन, समाचार
चलचित्र मृत्युकोशको लागी “बेवारिशे हुनु पर्ने लासै हुँदा पनि” बोलको शिर्ष गीतको रेकर्ड सम्पन्न भएको छ । अमेरिकाको आरएल साउण्ड एण्ड लाईट्स् स्टुडियो, बालटीमोरमा उक्त गीतको रेकर्ड भएको चलचित्रको निर्माता कमला जोशीले बताएकी छिन् । उक्त गीतलाई बिशिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बरालले लेखेका हुन् भने चर्चित संगीतकार सन्तोष श्रेष्ठले संगीत गरेका हुन् । गायक रुद्र शेखर शर्माले उक्त गीतका लागी स्वर दिएका हुन् । विभिन्न भाषा तथा जनराका गीतहरुमा आफ्नो आवाज दिंदै आएका गायक रुद्र शेखर शर्माले नेपाली चलचित्रको लागी भने पहिलो पटक आवाज दिएका हुन् । प्रा.डा. कृष्णहरि बराल र संगीतकार सन्तोष श्रेष्ठ जस्ता दिग्गज सर्जक तथा श्रष्ठाहरुसंग काम गर्न पाउँदा गायक शर्मा निक्कै खुशी देखिएका छन् । ईरा प्रोडक्सनको ब्यानरमा निर्माण भैरहेको उक्त चलचित्रमा माधब राज खरेलको लेखन तथा निर्देशन रहेको छ । चलचित...
पाँचौ जिनियस म्युजिक अवार्डमा शम्भुजीत बासकोटालाई दिर्घ साधना सम्मान

पाँचौ जिनियस म्युजिक अवार्डमा शम्भुजीत बासकोटालाई दिर्घ साधना सम्मान

मनोरन्जन, समाचार
पाँचौ संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ । काठमाडौंको प्रज्ञा भवन कमलादीमा एक विशेष समारोहबीच गीतसंगीतका विभिन्न विधाका श्रष्टालाई अवार्ड प्रदान गर्दै कार्यक्रम सम्पन्न भएको हो । बन तथा बातावरण राज्यमन्त्री रुपा बि.क.को प्रमुख आतिथ्यता तथा वरिष्ठ कलाकार किरण केसी,वरिष्ठ गीतकार डा.भोला रिजाल, वरिष्ठ पत्रकार एवं गीतकार शान्ति प्रिय,वरिष्ठ गीतकार डा.कृष्णहरि बरालको विशेष आतिथ्यता रहेको समारोहमा वरिष्ठ गायक तथा संगीतकार शम्भुजीत बासकोटालाई नगद सहित दीर्घसाधना सम्मान अर्पण गरिएको थियो ।समारोहमा प्रख्यात पत्रकार ऋषि धमला, अनलाईन पानाका प्रधान सम्पादक नारायण प्रसाद अधिकारी, संचारकर्मी गिता अधिकारी र जन आकाशका मोहन कार्कीलाई पत्रकारिता सम्मानले पुरस्कृत गरिएको थियो ।‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली...
समिक्षा र राजेशको तीज गीत ‘नाच छम्म छम्म'(भिडियो)

समिक्षा र राजेशको तीज गीत ‘नाच छम्म छम्म'(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं ।  हिन्दु महिलाहरूको पर्व तीज नजिकिएसँगै तीज गीत सार्वजनिक हुने क्रम बढ्दो छ। यसैबीच, राजेश बर्देवाको “नाच छम्म छम्म” बोलको तीज गीत सार्वजनिक भएको छ। मंगलबार राजधानीमा आयोजित एक समारोहमा गीत सार्वजनिक गरिएको हो। राजेश बर्देवाको युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा समीक्षा अधिकारी र राजेश बर्देवा आफैंले स्वर दिएका छन्। ओबी रायमाझी र जाहन्वी बस्नेतको अभिनय तथा नृत्य रहेको भिडियोको निर्देशन रामजी लामिछानेले गरेका छन्। https://www.youtube.com/watch?v=wa_XrWKgrZs कृष्ण कंडेल र प्रिया कुमारको सुन्दर शब्द सिर्जनामा सजिएको गीतले तीजको परम्परागत मौलिकतालाई समेटेको छ। बजारमा सार्वजनिक भएका तीज गीतहरू परिवारसँगै बसेर हेर्न नसकिने भएकाले तीज गीतमा विकृति बढेको भन्दै आलोचना भइरहेको बेला राजेश बर्देवाले सार्वजनिक गरेको मौलिक भाकामा आधारित “नाच छम्म छम्म” लोकप्रिय हुने विश्वास छ...
‘छन्दे’को ‘छन्दे ईन्टरटेन्मेन्ट’मा गाईजात्रे कोशेली ‘गठबन्धनका राजाहरु’

‘छन्दे’को ‘छन्दे ईन्टरटेन्मेन्ट’मा गाईजात्रे कोशेली ‘गठबन्धनका राजाहरु’

मनोरन्जन, समाचार
विगत दुई दशकदेखि निरन्तर कलाकारितामा सक्रिय हास्यकलाकार गोपाल ढकाल (छन्दे)ले आफ्नै युट्युब च्यानल छन्दे ईन्टरटेन्मेन्ट मार्फत २०८१ सालको गाईजात्रे कोशेली गठबन्धनका राजाहरु ल्याएका छन् । गोपाल ढकाल छन्दे नक्कली शेरबहादुर देउवा र सुरेश तिमल्सिना नक्कली के.पी शर्मा वलीको चरित्रमा देखिएका छन् । देश गणतन्त्रसम्म आईपुग्दा धेरै दलहरु बने । सत्तामा रहन नेताहरुले अनेक बहाना बनाए, एक अर्कामा उचाल्ने पछार्नेदेखि सदन घेर्ने, सदन विघठन गर्ने सम्मका कामहरु भए । एक अर्कामा आरोप, प्रत्यारोप गर्दै पुन मिल्ने अर्थात जुट्दै फुट्दै फेरी जुट्दै । जनता भन्दा धेरै कार्यकर्ता रहेको र समसामहिक बिषयलाई उठान गरि राजनीतिप्रति व्यंग्य गरिएको गाईजात्रा गठबन्धनका राजाहरुलाई छोटो समयमै धेरै दर्शकहरुले मनपराउनुभएको छ । राजा प्रताप मल्लको पालादेखि शुरु भएको गाईजात्रालाई पर्वको रुपमा लिईन्छ । हास्यकलाकारहरुले गाईजात्...