बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

धुलिखेल अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु

धुलिखेल अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु

समाचार
कात्तिक १४ काठमाडौं । धुलिखेल अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छअस्पतालमा उपचरत ७० वर्षीय महिला र ५५ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको जिल्ला कमाण्ड पोष्टका डा. नरेन्द्रकुमार झाले जानकारी दिए। उनीहरु दुवैजना धुलिखेल नगरपालिकाका हुन्। उनका अनुसार काभ्रेमा अहिलेसम्म ३० जनाको मृत्यु भएको छ ।बिहीबार काभ्रेमा २९ जना नयाँ संक्रमित थपिएका छन्। जिल्लामा १५ सय ६२ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। संक्रमितमध्ये ९ सय ५४ पुरुष र ६ सय ८ पुरुष छन्। ...
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे दुई अर्ब लगानीमा सोलार प्लान्ट राख्ने तयारी

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे दुई अर्ब लगानीमा सोलार प्लान्ट राख्ने तयारी

समाचार
कात्तिक १४ काठमाडौं । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको सौर्य प्लान्टको प्रक्रिया पुनः अगाडि बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल विद्युत् प्राधिकरणबीच जग्गाको भाडामा कुरा नमिलेपछि विमानस्थलमा राख्ने भनिएको सोलार प्लान्ट रोकिएको थियो । २५ मेगावाट बिजुली उत्पादन गरिने प्लान्टका लागि २५ बिघा जग्गा चाहिएको छ । २ अर्ब ५० करोड लागत अनुमान गरिएको आयोजनामा एसियाली विकास बैंक ९एडिबी०को समेत अनुदान रहनेछ । विमानस्थलको जग्गा भाडामा लिएर स्वतन्त्र ऊर्जा उत्पादकहरूले प्लान्ट राख्ने र त्यहाँबाट उत्पादित बिजुली प्राधिकरणले खरिद गर्ने आयोजनाको मोडालिटीसमेत तय गरिएको छ । नयाँ पत्रिकामा खबर छ । त्यसरी आएको ऊर्जाबाट विमानस्थल सञ्चालन गर्न सकिने प्राधिकरणको प्रस्ताव छ । विमानस्थल २४सै घन्टा चलाउनुपर्ने भएकाले उत्पादन गरेको विद्युत् प्रसारण लाइनमा जोडेर मात्रै विमानस...
हुम्लाको सिमकोट गाउँपालिका-४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा भीषण आगलागी

हुम्लाको सिमकोट गाउँपालिका-४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा भीषण आगलागी

समाचार, समाज
हुम्लाको सिमकोट गाउँपालिका-४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा बिहीबार दिउँसोदेखि भीषण आगलागी भइरहेको छ। चेला वनबाट शुरु भएको आगो सिङमच्छिउ सामुदायिक वन हुँदै बल्देजुडासम्म पुगेको त्यहाँका स्थानीयवासीले बताएका छन्। बिहीबार दिउँसो १२ बजेतिर लागेको आगो प्रहरी र स्थानीयवासीको सहयोगमा साँझतिर नियन्त्रणमा आएको थियो। खुक्खा मौसम शुरु भएसँगै हुम्लामा आगलागीका घटना शुरु हुन थालेका छन्। उक्त सामुदायिक वन २०५२ सालदेखि संरक्षण गरेर राखेको सिमकोट–४ का वडाध्यक्ष छविचन्द्र लामाले बताए। सामुदायिक वनमा आगलागी हुँदा हजारौँको सङ्ख्यामा रहेका विभिन्न जातका वनस्पतीसँगै वनमा रहेका चराचुरुङगी, जङ्गली जनावर समेत केही जलेर नष्ट भएको वडाध्यक्ष लामाले बताए। लामो समयसम्म जोगाएर राखेको वन क्षेत्रमा लाखौँका सल्लो, धुपी, उत्तिसलगायत जडिबुटीका बिरुवा जलेर नष्ट भएका छन्। रासस ...
जोसे मोरिन्होको टिम टोटनह्याम युरोपा लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा पराजित

जोसे मोरिन्होको टिम टोटनह्याम युरोपा लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा पराजित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
जोसे मोरिन्होको टिम टोटनह्याम युरोपा लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा पराजित भएको छ । समूह चरणको पहिलो खेलमा विजयी भएको टोटनह्याम अवे मैदानमा बिहीबार राति भएको खेलमा भने पराजित भयो । बेन डेविसको गल्तीले रोयल एन्टवेर्पलाई जितका लागि सहयोग गरेको हो । टोटनह्यामबाट २०० औँ खेलमा सहभागी भएका बेनलाई सहजै छक्याएर डिएमरिक एमबोकानीले दिएको पासलाई लिओर रेफाएलोभले गोलमा परिणत गरेका हुन् । लिओरले २९ औँ मिनेटमा गरेको गोल नै रोयलको जितमा निर्णायक बन्यो । लगातार दुई खेलमा जित निकालेको रोयल ६ अंकसहित समूहको शीर्ष स्थानमा पुगेको छ । सोही समूह अन्तर्गत भएको खेलमा एलएएसकेले लुडोगोरेट्सलाई ४-३ ले पराजित गरेको छ । अरु खेलमा आरजेड पेलेट्स डब्लुएसीले फेयेनूर्डलाई ४-१, रेड स्टार बेलग्राडेले स्लोभान लिबेरिकलाई ५-१, होफेनहेमले केएए जेन्टलाई ४-१, स्पोर्टिङ्ग ब्रागले जोर्या लुहान्स्कलाई २-१, एसी...
मुम्बई इन्डियन्स युएईमा जारी  (आईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश

मुम्बई इन्डियन्स युएईमा जारी (आईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश

अन्तराष्ट्रिय, खेलकुद, समाचार
साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । दुबईमा बिहीबार राति भएको खेलमा चेन्नई सुपर किङ्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेपछि मुम्बई प्ले अफमा पुगेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा चेन्नईले कोलकातालाई ६ विकेटले पराजित गरेको थियो । कोलकाताले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो । तालिकाको पुछारमा रहेको चेन्नईले कोलकातालाई हराएपछि शीर्ष स्थानको मुम्बई प्ले अफ पुग्ने पहिलो टिम बनेको हो । मुम्बईले १२ खेलमा १६ अंक जोडेको छ । र, तालिकाको शीर्ष स्थानमा रहेको छ । अब बाँकी रहेको २ खेल गुमाए पनि मुम्बई शीर्ष चारमा रहनेछ । चेन्नई कोलकातासँग पराजित भएको भए मुम्बईले प्ले अफ पुग्न अझै एक खेल कुर्नु पर्ने थियो । अब तीन टिमले प्ले अफमा ...
विश्वमा हालसम्म चार करोड ५३ लाख एक हजार एक सय ९१ जना संक्रमित,११ लाख ८५ हजार ६ सय ३२ जनाको मृत्यु

विश्वमा हालसम्म चार करोड ५३ लाख एक हजार एक सय ९१ जना संक्रमित,११ लाख ८५ हजार ६ सय ३२ जनाको मृत्यु

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
विश्वमा हालसम्म चार करोड ५३ लाख एक हजार एक सय ९१ जना संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ११ लाख ८५ हजार ६ सय ३२ जनाको मृत्यु भइसकेको छ । विश्वमा हालसम्म तीन करोड २९ लाखभन्दा बढी कोरोना भाइरस संक्रमित निको भएका छन् । शुक्रबार बिहानसम्ममा विश्वभरका तीन करोड २९ लाख ६४ हजार आठ सय ७२ जना कोरोनामुक्त भएका हुन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म ९२ लाख सात हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये ५९ लाख ७१ हजारभन्दा बढी निको भइसकेका छन् । त्यहाँ अहिले पनि ३० लाखभन्दा बढी मानिस संक्रमित अवस्थामै छन् । अमेरिकामा कोरोना संक्रमणबाट हालसम्म दुई लाख ३४ हजार एक सय १४ जनाको मृत्यु भइसकेको छ । भारतमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८० लाख ८८ हजारभन्दा बढी पुगेको छ । त्यहाँ अहिले पनि पाँच लाख ९५ हजार मानिस संक्रमित...
आज कोजाग्रत पूर्णिमा,महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ

आज कोजाग्रत पूर्णिमा,महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ

समाचार, समाज
धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि बडादशैँ समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ । शास्त्रनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै हुनेछ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुन्छ । आजै जमरालाई नजीकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइन्छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दशैँपर्व नेपालीले आआफ्नो गच्छेअनुसार मनाउँछन् । आजको दिन सायंकालमा महालक्ष्मीको पूजाराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिंँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दिई सम्पन्...
२०७७ साल कार्तिक १४ गते शुक्रवारको राशिफल

२०७७ साल कार्तिक १४ गते शुक्रवारको राशिफल

राशिफल, समाचार
वि.सं. २०७७ साल कार्तिक १४ गते । शुक्रवार । इ.स.२०२० अक्टोबर ३० तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । नेपाल संवत् ११४० । आश्विन शुक्लपक्ष । तिथी–चतुर्दशी,१७ बजेर २५ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र–रेवती,१५ बजेर ४६ मिनेट उप्रान्त अश्विनी । योग–बज्र,२९ बजेर ०७ मिनेट उप्रान्त सिद्धि । करण– वणिज,१७ बजेर २५ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–मीन,१५ बजेर ४६ मिनेट उप्रान्त मेष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १३ मिनेटमा, सूर्यास्त १७ बजेर १९ मिनेटमा । दिनमान २७ घडी ४३ पला । कोजाग्रत व्रत। अखिलबलिपूर्ति ९सिंघया०। धनिष्ठा पञ्चक समाप्ति। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । माया प्रेममा अविश्वास बढ्ने तथा परिवारका अग्रज व्याक्त...
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण

समाचार, समाज
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण भएको छ। टाउको दुखेपछि उनले पिसीआर परीक्षणका लागि स्वाब दिएकोमा रिपोर्ट आज पोजेटिभ आएको हो। गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार सिडिओ दाहाललाई कोरोना देखिएको हो। दाहालले आफू र श्रीमतीमा कोरोना संक्रमण देखिएको र होम आइसोलेसन बसेको जानकारी गृह मन्त्रालयमा दिएका छन्।उनलाई टाउको दुख्नेबाहेक अरू लक्षण देखिएको छैन। ...
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६१५ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६१५ जना कोरोना संक्रमित

समाचार, स्वास्थ्य
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६१५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १३३८, भक्तपुरमा ९७ र ललितपुरमा १८० जना संक्रमित थपिएका हुन्। योसँगै काठमाडौंमा १६ हजार ५२१, भक्तपुरमा १ हजार ७५ र ललितपुरमा २ हजार ४७० जना संक्रिय संक्रमित रहेका छन् ।