बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

उपत्यकामा पछिल्लो २४ घण्टामा थप १८७८ जनामा कोरोना संक्रमण पुष्टि

उपत्यकामा पछिल्लो २४ घण्टामा थप १८७८ जनामा कोरोना संक्रमण पुष्टि

समाचार
कात्तिक १९ काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १८७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९ गरी जम्मा १८७८  जना संक्रमित थपिएका छन् । यसअघि शुक्रबार (हिजो) काठमाडौंमा १२४२, भक्तपुरमा ६३ र ललितपुरमा १६३ जना लगरी जम्मा १४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । ...
नेपालमा थप ३ हजार ८ सय ४४ जना कोरोना संक्रमण मुक्त

नेपालमा थप ३ हजार ८ सय ४४ जना कोरोना संक्रमण मुक्त

समाचार
कात्तिक १९ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ४४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ३० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ३४ पुगेको छ । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १ हजार ३०५ रहेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको छ । त्यस्तै अहिलेसम्म नेपालमा १४ लाख ९४ हजार १२२ वटा पीसीआर नमूना परीक्षण भएका छन् । ...
शिक्षालाई श्रम र सीपसँग जोड्न शिक्षामन्त्रीको आग्रह

शिक्षालाई श्रम र सीपसँग जोड्न शिक्षामन्त्रीको आग्रह

शिक्षा, समाचार
कात्तिक १९ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको उपयोग गर्दै शिक्षालाई श्रम र उत्पादनसँग जोड्नुपर्ने बताएका छन् । शिक्षा नीति तथा अभ्यास केन्द्रले आज भर्चुअलरुपमा आयोजना गरेको ‘मधेसका शिक्षाका सवालहरु’ विषय संवादमा मन्त्री पोखरेलले शिक्षालाई श्रम, सीप उत्पादन हुँदै समृद्धिसँग जोड्न सकिएमा मात्र गुणस्तरीय र सर्वसुलभ शिक्षाको संविधानको मर्मलाई कार्यान्वयन गर्न सकिने बताएका हुन् । उनले यसका लागि शिक्षकको भूमिका महत्वपूर्ण हुने भएकाले शिक्षकलाई राजनीतिक दलगत सङ्गठनको सक्रियता नभइ कक्षाकोठाको सक्रियतामा ध्यान दिन आग्रह गरे । उनले तराई–मधेसको शिक्षा कुनै बेला सिङ्गो मुलुकलाई उज्यालो छरेका भए पनि हाल पछाडी परेको स्थितिमा मधेसको शिक्षा विकासका लागि अभियान नै सञ्चालन गर्नुपर्नेमा पनि जोड दिए । मन्त्री पोखरेल कोरोना सङ्क्रमणबाट मुक्त भई मङ्गलवार...
भारतीय सेना प्रमुख नरवणे नेपाल आइपुगे

भारतीय सेना प्रमुख नरवणे नेपाल आइपुगे

समाचार
कात्तिक १९ काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल आइपुगेका छन्।भारतीय सेनाको विशेष विमानबाट उनी त्रिभुवन विमास्थल आइपुगेका हुन् । उनी नेपाल आएको तस्वीर खिच्न विमानस्थल पुगेका पत्रकारलाई भने रोक लागाइएको छ । उक्त रूटमा हिँड्ने सवारीमा पनि सुरक्षा जाँच कडाइ गरिएको छ।नरवणे कालापानी(लिपुलेक सीमाबारे बोलेका कारण आलोचित छन्। त्यही भएर विरोध हुन सक्ने भन्दै सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। उनीमाथि कालोझण्डा देखाउने तयारी गरेको भन्दै केहीलाई पक्राउ समेत गरिएको सुरक्षा स्रोतको दाबी छ । उनले नेपाल भ्रमणका क्रममा सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफल लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ । उनी कात्तिक २१ गतेसम्म नेपाल रहनेछन्। ...
कतारमा नेपाली पुरस्कृत

कतारमा नेपाली पुरस्कृत

आर्थिक, समाचार
कतारमा लामो समय देखी सेवारत रहदै आएका नेपाली पुरस्कृत भएका छन् । नासर अल अली एन्टरप्राइजेजले सोमबार आफ्ना तीन नेपाली कर्मचारीलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा चन्द्र बहादुर राई, दिप बहादुर पुरी ,र रोज मोहम्मद छन् । कम्पनीले १० वर्ष लामो सेवाका लागि प्रत्येकलाई कतारी रियल १५००० (पन्ध्र हजार) प्रदान गरी सम्मानित गरेको छ । नासर अली अल अली, कम्पनिका मालिकले एक कार्यक्रमका बीच ती कर्मचारीहरुलाई इनाम हस्तान्तरण गरे । कम्पनीमा आफ्नो समर्पणको साथ लामो समयको उत्कृष्ट प्रदर्शन गरेकाले उनीहरुलाई सम्मान गरिएको कम्पनीले जनाएको छ । कम्पनीका मालिक नासर अली अल अली भन्छन्, “मलाई गर्व लाग्छ कि १० बर्षको सेवामा कामदार वफादारी र कडा परिश्रमले कम्पनीको सफलतामा योगदान पुर्‍याए, टोकनको रूपमा प्रत्येक कर्मचारीलाई कतारी रियल १५००० प्रदान गर्दछु। मलाई आशा छ कि मेरा कर्मचारीहरूले अझ बढी सफलताहरू प्राप्त गर्न ...
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको ‘जिन्दगीका अनेक’ सार्वजनिक(भिडियो)

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको ‘जिन्दगीका अनेक’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘जिन्दगीका अनेक…’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीत तथा देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । https://youtu.be/eWsWmKxGmZQ ‘जिन्दगीका अनेक रुपरङ् समेट्दैहरमन मुटुमा बेग्लै तरङ्ग छेड्दै…’ सार्वजनिक गीतमा नेपालमा प्रकाशित धेरै भन्दा धेरै उपन्यासको नाम लिइएको छ । डा. उपाध्यायको केही समय अघि सार्वजनिक एल्बम ‘धरोहर’मा रहेको यो गीतले पनि कीर्तिमानी कायम गर्न सफल भएको थियो । फरक शैलीका गीत मार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल हुनुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको हो । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स...
यस वर्ष किसानले खेती गरेर उचित मूल्य पाएका छन्

यस वर्ष किसानले खेती गरेर उचित मूल्य पाएका छन्

आर्थिक, समाचार
कैलालीका केही बीउ उत्पादक कृषि सहकारीले सरकारले तोकेको समर्थन मूल्यमा १५ देखि २० प्रतिशत रकम थप गरी किसानबाट धान खरिद गरिहेका छन्। किसानले उत्पादन गरेको धानले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य नपाइरहेको गुनासो आइरहेका बेला कैलालीका किसान भने बढी मूल्य पाएर खुशी भएका छन्। नेपाल सरकार मन्त्रिपरिषद्को गत असार २ गतेको बैठकले आर्थिक वर्ष २०७७÷७८ का लागि मोटा धानको प्रतिक्विन्टल रु दुई हजार ७३५ र मध्यम धानको प्रतिक्विन्टल रु दुई हजार ८८५ न्यूनतम समर्थन तोकेको थियो। कैलालीका केही कृषि सहकारीले किसानको बीउ धान सरकारले तोकेको समर्थन मूल्यमा १५ देखि २० प्रतिशत थप गरी खरिद गरिरहेका छन्। कृषि सहकारीले किसानलाई बीउ उत्पादनका लागि मूल र प्रमाणीकरणको बीउ उपलब्ध गराएर प्रथम पुस्ताको उन्नत बीउ उत्पादन गर्ने गरेका छन्। यसरी किसानले गुणस्तरीय बीउ उत्पादनका लागि गर्नुपर्ने बाली निरीक...
कोरोनाको महामारीले नेपाली चलचित्र उद्योगमा अपूरणीय क्षति

कोरोनाको महामारीले नेपाली चलचित्र उद्योगमा अपूरणीय क्षति

समाचार, समाज
विश्वमा जस्तै नेपालमा पनि कोरोनाले विभिन्न क्षेत्रमा अपुरणीय क्षति पुर्याएको छ। गत चैत्र ११ गतेदेखि लागु भएको लकडाउनका कारण नेपालमा संचालित सम्पूर्ण कलकारखाना, व्यापार/व्यवसाय, उद्योगधन्दा तथा कार्यालयहरु बन्द भए। साउन ७ गतेसम्म भएको औपचारिक लकडाउनले अर्थतन्त्रका सम्पूर्ण ‘पिल्लर’हरुमा असर पुर्यायो। साउन ७ गतेपछि नेपालमा औपचारिक लकडाउनको अन्त्य भयो। सामान्यतः व्यापार व्यवसाय खोलिए। उद्योगधन्दा पनि स्वास्थ्य सम्बन्धि मापदण्ड अपनाएर खोल्ने सरकारको आदेश भयो। सार्वजनिक सवारी साधन, आन्तरिक तथा अन्तर्राट्रिय हवाई उडान पनि खोलिए। भदौ महिनामा स्थानीय सरकारले आ–आफ्नाे स्थानीय तहमा निषेधाज्ञाको अभ्यास गरे। असोजपछि प्राय सम्पूर्ण उद्योगधन्दा तथा व्यापार व्यवसाय र कार्यालहरु खुलेका छन्। नेपालमा कोरोनाको महामारीकाबीच अन्य सम्पूर्ण उद्योग खुलेपनि चलचित्र उद्योग भने अहिलेसम्म खुल्न सकेको छैन। ल...
नेकपा भित्रको बिवादमा सत्ता स्वार्थको राजनीति:डा. डीआर उपाध्याय

नेकपा भित्रको बिवादमा सत्ता स्वार्थको राजनीति:डा. डीआर उपाध्याय

राजनीति, समाचार
सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा) भित्रको बिवाद भनेको स्वार्थको बिवाद हो । आ-आफनो स्वार्थ पुरा हुँदा बित्तिकै हाम्रा कमरेडहरू मिलिहाल्नु हुन्छ । यो बिवादमा सत्ता स्वार्थको राजनीति छ । अहिले जनताको आखाँमा छारो हाल्ने काम भएको छ । अहिले एकले अर्कोलाई दोष देखाएर स्वार्थको लडाइँ चलिरहेको छ । यो लडाइँ कति लामो समयसम्म चल्ने हो यसै भन्न त सकिदैन । कमरेडहरू, तपाईहरूको लडाईले जनताको बिश्वासको डोरी नचुडियोस् । गत आम निर्वाचनमा जनताले ठूलो बिश्वास गरेर तपाईहरूलाई बहुमत दिए । त्यो कुरा अहिले आएर बिर्सनु हुन्छ भने भन्नु केही छैन । तपाईहरूको दुई पार्टी मिलेको देखेर जनताले बहुमत दिएका हुन । दुई पार्टी बेग्ला बेग्लै चुनाव लडनु भएको भए जनताको यो बिश्वास पक्कै पाउनु हुने थिएन । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको यो स्वार्थको लडाइँले कसैलाई फा...
पूर्वसभामुख कृष्णबहादुर महरालाई पत्नी शाेक

पूर्वसभामुख कृष्णबहादुर महरालाई पत्नी शाेक

राजनीति, समाचार
 पूर्व सभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी जीवन संगीनी सीता महराको निधन भएको छ। दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो। नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो। १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार आज बिहान ६:२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ। उनी माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित थिइन्। सीता महरा वि.सं. २०१८ साउन १३ गते रोल्पाको गजुल धौलेगाउँमा जन्मिएकी थिइन्। कृष्णबहादुर महरासँगै २०३५ सालमा उनकाे विवाह भएको थियो। उनका दुई छोरा र दुई छोरी छन्। ...