बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

खोपले मात्र कोरोना महामारीलाई अन्त्य गर्न सक्दैन: विश्व स्वास्थ्य संगठन

खोपले मात्र कोरोना महामारीलाई अन्त्य गर्न सक्दैन: विश्व स्वास्थ्य संगठन

अन्तराष्ट्रिय, समाचार
विश्वमा कोरोनाभाइरस सङ्क्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने विश्व स्वास्थ्य संगठन प्रमुखले सोमबार बताएका छन। महामारीले कैयौ महिनादेखि विश्वलाई प्रभावित पार्दै आएको छ र अहिलेसम्म पाँच करोड ४० लाख भन्दा बढी व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका छन् भने १३ लाखभन्दा बढी व्यक्तिको जीवन गुमिसकेको छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानम घेब्रेयससले भने, “खोप महामारी नियन्त्रणका लागि हामीसँग रहेका अन्य उपायमा एक सहायक भूमिका खेल्ने हो । यसले उनीहरूलाई विस्थापित गर्न सक्दैन । खोप आँफैले मात्र महामारीलाई अन्त्य गर्न सक्दैन ।” विश्व स्वास्थ्य संगठनको शनिबारको तथ्याङ्क अनुसार विश्वमा गत शुक्रबारको २४ घण्टामा छ लाख ४५ हजार ४१० व्यक्तिमा सङ्क्रमण पुष्टि भएको र यस पहिलेको सङ्क्रमितको उच्चतम सङ्ख्या नोभेम्बर ७ मा छ लाख १४ हजार १३ पुगेकोमा यो रेकर्ड श...
आज मंसिर २ गते मंगलवारको राशिफल

आज मंसिर २ गते मंगलवारको राशिफल

राशिफल, समाचार
मेष – कार्यमा सफलता मिल्नेछ । अन्नधन बढ्नेछ । मान पुरस्कार प्राप्तिको अवसर पाउन सकिनेछ । खेलकुद र भ्रमणमा रुचि होल । मिठो भोजन खान पाउनुहुनेछ । आय वृद्धि हुनेछ । हांसविलासमा आकर्षण बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । भागदौड भैरहनेछ । लगानी उठ्ला । बृष – दिन शुभ र भाग्यवर्द्धक रहला । उन्नति–पदोन्नति हुनेछ । आयस्रोत बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यता बढ्ला । साझेदारीसित सम्बन्धित काम बन्नेछ । सुख सम्पति वृद्धि होला । रसरागमा आकर्षित हुनुहुनेछ । मान–पुरस्कारको प्राप्ति हुनेछ । भोजभतेरमा सरिक हुनुहुनेछ । मिथुन – यात्रा होला । अन्नधन बढ्नेछ । दूर देशबाट शुभ समाचार सुन्नुहुनेछ । आयमा वृद्धि होला । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । ऐश्वर्य बढ्नेछ । रोकिएको धन मिल्नेछ । कार्यमा सफलता पाउनुहुनेछ । आरोग्यता बढ्ला । आफन्तको सहयोग मिल्नेछ । विजयश्री प्राप्त होला ...
उपत्यकामा थपिए ५०१ संक्रमित

उपत्यकामा थपिए ५०१ संक्रमित

समाचार
मंसिर १ काठमाडौं । उपत्यकामा थप ५०१ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।जसमध्ये २ सय १२ महिला र २ सय ८९ जना पुरुष रहेका छन् । योसँगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ९९ हजार ३ सय ५९ पुगेको छ ।देशभर आइतबार संक्रमित पुष्टि हुनेमा १ हजार १९७ जना रहेका छन् । २४ घण्टामा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ भने २ हजार ९३४ जना कोरोनामुक्त भएका छन् । ...
कोरोना संक्रमणका कारण दुईजना वरिष्ठ चिकित्सकहरुको निधन

कोरोना संक्रमणका कारण दुईजना वरिष्ठ चिकित्सकहरुको निधन

समाचार, स्वास्थ्य
कोरोना संक्रमणका कारण दुईजना वरिष्ठ चिकित्सकहरुको निधन भएको छ। स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुनील झाको आइतबार राति कोरोनाका कारण निधन भएको जनाएको छ। यस्तै नेपाल बर्न सोसाइटी तथा इशान अस्पतालका अध्यक्ष डा.नारायणबहादुर थापाको निधन भएको छ। दुबैजना कोरोनाका विरामीको उपचार गर्दागर्दै आफै संक्रमित बन्न पुगेका थिए। स्वास्थ्य मन्त्रालयले दुई चिकित्सकको मृत्युले राष्ट्रलाई अपुरणीय क्षति भएको जनाएको छ। ...
लागुऔषध चरेश र विनरेक्ससहित  तीनजना पक्राउ

लागुऔषध चरेश र विनरेक्ससहित तीनजना पक्राउ

अपराध, समाचार
पर्सा-लागुऔषध चरेश र विनरेक्ससहित तीनजना युवक वीरगञ्जबाट पक्राउ परेका छन्। लागुऔगाध चरेशसहित पक्राउ पर्नेमा पर्साको बीरगंज ३ छप्कैया बस्ने २८ बर्षिय अभिषेक श्रीवास्तव र वडा नम्बर ५ बस्ने २३ बर्षिय धिरज पटेल रहेका छन्। बिशेष सूचनाको अधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई वीरगञ्ज १६ मितेरी पुल नजिकै चेकजाँच गर्नेक्रममा चरेशसहित पक्राउ गरेको हो। पक्राउ परेका श्रीवास्तवको साथबाट लागु औषध चरेश २ के.जी.४४५ ग्राम र पटेलको साथ पनि २ केजी ४४५ ग्राम गरि ४ केजी ८ सय ९० ग्राम बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ। यस्तै बिस्कुटको कार्टुन भित्र लुकाएर भारतबाट ल्याउदै गरेको लागुऔषध सहित एक युवक वीरगञ्जबाट नै पक्राउ परेका छन।लागुऔषधसहित पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १३ श्रीपुर टोल बस्ने ४४ बर्षका बिनोद गुप्ता रहेका छन्। बिशेष सूचनाको अधारमा खटिएको प्रहर...
फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७

फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७

अन्तराष्ट्रिय, समाचार
मनिला-फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७ पुगेको बताइएको छ। फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएअनुसार यहाँको आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ। यसै हप्ता आएको सो आँधीबाट अरु १२ जना हराइरहेका पनि बताइको छ।आँधीसँगै आएको बाढी र पहिरोका कारण ती १२ जना हराइरहेका सो प्रकोप व्यवस्थापन विभागले जनाएको छ। अधिकारीहरुले आँधीमा परी हराएका व्यक्तिको खोजी कार्य जारी रहेको बताएका छन् । त्यसैगरी यहाँ आँधीले पुर्‍याएको क्षतिलाई राहात र उद्धारको काम जारी रहेको बताएका छन् । ...
काभ्रेमा कोरोनाबाट एकै दिन तीन जनाको मृत्यु

काभ्रेमा कोरोनाबाट एकै दिन तीन जनाको मृत्यु

समाचार
मंसिर १ काभ्रे । कोरोना भाइरस संक्रमणबाट काभ्रेमा आज (सोमबार) एकै दिन तीन जनाको ज्यान गएको छ ।कोरोना संक्रमणका कारण केही समयदेखि अस्पतालमा उपचार गराइरहेका ३ ज्येष्ठ नागरिकको सोमबार मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिएका छन् । धुलिखेल अस्पतालमा उपचाररत पाँचखालका ९१ बर्षीय पुरुष, सोही अस्पतालमा उपचाररत भक्तपुरका ७३ वर्षीय पुरुष र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत ७२ वर्षीय पुरुषको सोमबार मृत्यु भएको डा. झाले जानकारी दिए । यस्तै शनिबार धुलिखेल अस्पतालमा उपचाररत ७६ वर्षीया महिलाको शनिबार मृत्यु भएको थियो । हालसम्म जिल्लामा कोरोनाबाट ४५ जनाको मृत्यु भइसकेको छ । तीमध्ये ३१ जना जिल्लावासी र १४ जना अन्य जिल्लाका छन् । यसैबीच जिल्लामा सोमबार मात्रै बनेपाका ६, धुलिखेलका १, पनौतीका २, नमोबुद्धका २ जना गरी ११ जनामा कोरोना सं...
पछिल्लो २४ घन्टामा थपिए १ हजार १ सय ९७ कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा थपिए १ हजार १ सय ९७ कोरोना संक्रमित

समाचार
मंसिर १ काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार १ सय ९७ जना कोरोना संक्रमित थपिएका छन्।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १० हजार ९ सय ७३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ७६ हजार ३ सय ६४ पुगेको छ। ...
नेपाल–भारत सीमा नाका खोल्न माग

नेपाल–भारत सीमा नाका खोल्न माग

समाचार
मंसिर १ मलङ्गवा ।  नेपाल–भारत सीमा नाका खोल्न सर्लाहीवासीले माग गरेका छन् ।कोरोना सङ्क्रमण नियन्त्रणका लागि लामो समयदेखि बन्द रहेको नेपाल–भारत सो नाकाका कारण दुवै देशका सीमावर्ती क्षेत्रका बासिन्दाले आफूहरु समस्यामा परेको भन्दै नाका नखोलिए आन्दोलन गर्ने चेतावनी दिएका हुन् । आज जिल्ला समन्वय समिति सर्लाहीमा बसेको सर्वपक्षीय बैठकले भोलिदेखि आन्दोलन गरिने निर्णय गरेको जनाइएको छ । जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकले मलङ्गवा गोरखकाली सोनवरसा (भारततर्फ) जाने बाटोमा मङ्सिर २ र ३ गते ११ बजेदेखि १ बजे सम्म धर्नामा बस्ने निर्णय गरेको छ । सर्वपक्षीय बैठकमा राजनीतिक दलका प्रतिनिधि, सङ्घीय सभा, प्रदेशसभाका सदस्य, पालिका प्रमुखलगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो । धर्नापश्चात पनि सीमा नाकाहरु खुल्ला नगरिए आन्दोलनका थप कार्यक्रम सञ...
मेलम्चीको पानी काठमाडौ आउने भाका फेरि सर्‍यो

मेलम्चीको पानी काठमाडौ आउने भाका फेरि सर्‍यो

समाचार
मंसिर १ काठमाडौं । उपत्यकाको खानेपानी समस्या समाधानका लागि बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सम्पन्न हुने मिति लगातार पछाडि सरिरहेको छ। आयोजनाका अधिकारीहरूका अनुसार अब परीक्षण आगामी पुसबाट हुने भएको छ। बीचमा कुनै ठूलो बाधा नआए आगामी वैशाखसम्म काठमाडौंमा पानी आउने अनुमान गरिएको छ। आयोजनाले रेक्टिफिकेसनको काम सकेर पुनस् पुसबाट परीक्षण थाल्ने तयारी गरेको हो। पाँच महिना पहिले परीक्षणका क्रममा पहिलो अडिट टनेलको गेट फुस्किएर दुर्घटना भएको थियो। त्यसयता परीक्षण रोकिएको छ। टनेलको गेट फुस्किएर दुर्घटना भएपछि मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो। उक्त समितिले डिजाइन अनुसार भित्रबाट राख्नुपर्ने गेट बाहिरपट्टिबाट राखिएकाले पानीको प्रेसर थाम्न नसकेर दुर्घटना भएको निष्कर्ष निकालेको छ। सोही प्रतिवेदनका आधारमा अहिले करेक्सनको काम भइरहेको आयोजनाका सिनियर...