आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

काभ्रेमा कोरोनाबाट एकै दिन तीन जनाको मृत्यु

मंसिर १ काभ्रे । कोरोना भाइरस संक्रमणबाट काभ्रेमा आज (सोमबार) एकै दिन तीन जनाको ज्यान गएको छ ।कोरोना संक्रमणका कारण केही समयदेखि अस्पतालमा उपचार गराइरहेका ३ ज्येष्ठ नागरिकको सोमबार मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

धुलिखेल अस्पतालमा उपचाररत पाँचखालका ९१ बर्षीय पुरुष, सोही अस्पतालमा उपचाररत भक्तपुरका ७३ वर्षीय पुरुष र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत ७२ वर्षीय पुरुषको सोमबार मृत्यु भएको डा. झाले जानकारी दिए ।

यस्तै शनिबार धुलिखेल अस्पतालमा उपचाररत ७६ वर्षीया महिलाको शनिबार मृत्यु भएको थियो । हालसम्म जिल्लामा कोरोनाबाट ४५ जनाको मृत्यु भइसकेको छ । तीमध्ये ३१ जना जिल्लावासी र १४ जना अन्य जिल्लाका छन् । यसैबीच जिल्लामा सोमबार मात्रै बनेपाका ६, धुलिखेलका १, पनौतीका २, नमोबुद्धका २ जना गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *