बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

बिहारमा लगातार चौथोपटक नीतिश कुमारले मुख्यमन्त्री बन्दै

मंसिर १ काठमाडौं । भारतको बिहार राज्यको मुख्यमन्त्रीका रुपमा नीतिश कुमारले सोमबार शपथ लिँदैछन्। नेपाली समय अनुसार साँझ पौने ५ बजे हुने शपथ समारोहमा भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रसाद (जेपी) नड्डा र केन्द्रीय गृहमन्त्री अमित शाह सहभागी हुँदैछन्।

जनता दल (युनाइटेड) का नीतिशले बिहारको मुख्यमन्त्रीका रुपमा लगातार चौथो कार्यकाल जिम्मेवारी सम्हाल्न लागेका हुन्। केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) सँगको गठबन्धन नेसनल डेमोक्र्याटिक अलायन्स (एनडीए) ले गत साता सम्पन्न भएको निर्वाचनमा बहुमत प्राप्त गरेको थियो। एनडीएले नीतिशलाई मुख्यमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेको थियो।

तर पार्टीगतरुपमा भने भाजपाले जनता दल युनाइटेडभन्दा बढी सिट जितेको थियो। तर आइतबार एनडीएका नेताहरुको भेलाले नीतिशलाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो।

गठबन्धनमा उपमुख्यमन्त्रीको भाग पाएको भाजपाले तारकिशोरलाई पठाउने भएको छ। यसअघि पछिल्लो कार्यकालमा भाजपाका सुशीलकुमार मोदी उप मुख्यमन्त्री रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *