बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

कोरोना महामारीको बेला पनि स्थानिय निकायदेखि संघीय सरकारी निकायसम्म भ्रष्टाचारका काण्ड :डा.डिआर उपाध्याय

कोरोना महामारीको बेला पनि स्थानिय निकायदेखि संघीय सरकारी निकायसम्म भ्रष्टाचारका काण्ड :डा.डिआर उपाध्याय

आर्थिक, समाचार
धेरै जसो आलोचलनाको घेरामा रहँदै आएको स्वास्थ्य क्षेत्र कोरोना भाइरस (कोभिड-१९)को महामारीको सुरूवातसँगै अझ बदनामीको मार खेपिरहेको छ । यो माहामारीले विश्वव्यापी रूपमा सिङ्गो जनजीवनलाई आफ्नो चपेटामा पारिरहेको यस अवस्थामा स्वास्थ्य सम्बन्धी सरकारी निजी संयन्त्र तथा स्वास्थ्य सेवामा आवद्ध जनशक्तिको महत्व सर्वोपरी देखिन्छ । तर, जताततै राजनीतिक वर्चश्वलाई प्राथमिकता राख्ने प्रवृतिका कारण जनताको जीवनसँग सोझै सम्बन्ध राख्ने क्षेत्र पनि उपेक्षाको शिकार भएको देखिन्छ । एकातिर कोरोना महामारीको कालो बादल देशभरी मडारिएको बेला पनि स्थानिय निकायदेखि संघीय सरकारी निकायसम्म अनेकौं भ्रष्टाचारका काण्डहरू दिनहुँ सार्वजनिक हुनेक्रम जारी नै रहेको छ । सप्तरीको बोदेबरसाइन नगरपालिकाले कोभिड महामारी नियन्त्रका क्रममा खाजा तथा चियापान खर्च १४ लाख ५१ हजार सार्वजनिक गर्दा कोरोना नियन्त्रण तथा रोकथामका नाममा मच्चिएको...
विपन्न वर्ग पीसीआर परिक्षणको अनिवार्यताका कारण आर्थिकमार झेलन बाध्यःडा.डिआर उपाध्याय

विपन्न वर्ग पीसीआर परिक्षणको अनिवार्यताका कारण आर्थिकमार झेलन बाध्यःडा.डिआर उपाध्याय

आर्थिक, समाचार
राजधानीबाट प्रकाशित हुने एक दैनिक पत्रिकाको बिहीबारको मुख्य पृष्ठमा ‘खुलामञ्चमा खाना खाइरहेका सर्व साधारणलाई बलपूर्वक ट्रकमा हुलेर थापाथली पुर्‍याइयो, थापाथलीमा पनि धुलोमै’ शीर्षक दिइएको प्रमुख समाचार तस्वीरसहित प्रकाशित भयो । यस समाचारले धेरैको मन–मस्तिक उद्वेलित एवम् द्रवित गर्नु स्वाभविकै हो । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले खुला ठाउँमा मानिसलाई पंक्तिमा बसालेर खाना खुवाउँदा मुलुककै बेइज्जती हुने बताउँदै निःशुल्क खाना वितरणको स्थान परिवर्तन गराएको समाचारमा जनाइएको छ । राजधानीलगायत प्रमुख शहरहरूमा बेरोजगारीका कारण निःशुल्क भोजनका लागि लामबद्ध हुनेहरूको सङ्ख्या नघटेको प्रति राज्य संयन्त्रको संवेदनशीलताको उदाहरण विरलै भेटिन्छ । दैनिक छाक टार्न मुस्किल भएकाहरूलाई खुला ठाउँमा निःशुल्क रूपमा खाना खुवाइँदा मुलुकको मान प्रतिष्ठामा आँच आउने कटु यथार्थलाई बुझेका जिम्मेबार राजनीतिज्ञ ...
निर्यात व्यवसायी महासंघले चन्द्र ढकाल समुहलाई सघाउने

निर्यात व्यवसायी महासंघले चन्द्र ढकाल समुहलाई सघाउने

आर्थिक, समाचार
काठमाडौँ, मंसिर – निर्यात व्यवसायी महासंघ नेपाल (फिन) ले नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवार चन्द्रप्रसाद ढकालको टीमलाई सहयोग गर्ने भएको छ । निर्यातजन्य उद्योग व्यवसायको क्षेत्रमा सक्रिय वस्तुगत संघहरुले स्थापना गरेको निर्यात व्यवसायी महासंघ नेपालले वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल, बस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ र सो टीमका वस्तुगततर्फका सदस्यका उम्मेदवारहरुलाई शुभकामना दिँदै सो टीमलाई भोटहालेर खुला रुपमा सहयोग गर्ने उद्घघोष गरेको छ । महासंघमा ११ वटा वस्तुगत संघ आवद्ध छन् । स्वागत तथा शुभकामना कार्यक्रममा निर्यात व्यवसायी फिनका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद रामबहादुर गुरुङ्गले महासंघमा वस्तुगत सदस्यहरुको हितका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल र उपाध्यक्ष उमेशलाल श्रेष्ठको टीमलाई जिताउनु पर्ने बताए । अहिलेको अवस्थामा सरक...
मंसिर ७ गते आइतबारको राशिफल

मंसिर ७ गते आइतबारको राशिफल

राशिफल, समाचार
मेष – आयस्रोत बढ्ला । उच्चाधिकारीको साथ मिल्नेछ । मिठो भोजन मिल्नेछ । धनको आगमन हुनेछ । यात्रामा सफलता मिल्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । हास विलासमा पनि रुची बढ्नेछ । सुख–सुविधाको वस्तु र विलासको बस्तु बढ्लान् । विजय मिल्नेछ । आरोग्यता बढ्ला । बृष – अन्नधन बृद्धि होला । यात्रामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आशा उत्साह बढ्नेछ । नयाँ आयस्रोत बढ्नुसँगै उधारो लगानी लगाइएको धन उठ्नेछ । रोकिएको काम बन्नुसँगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ । धनसित सम्बन्धित वार्तामा सफलता पाउनुहुनेछ । सुखशान्ति महत्व ऐश्वर्य बढ्नेछ । मिथुन – प्रगतिशील रहनुहुनेछ । आर्थिक र पारिवारिक क्षेत्रमा सफलता पाउनुहुनेछ । उन्नति–पदोन्नति हुनेछ । हाकिमको साथ भेटिनेछ । सुखशान्ति ऐश्वर्यमा वृद्धि होला । कार्यक्षेत्...
काठमाडौं महानगरपालिकाले आइतबारदेखि निःशुल्क पीसीआर परीक्षण शुरु गर्ने

काठमाडौं महानगरपालिकाले आइतबारदेखि निःशुल्क पीसीआर परीक्षण शुरु गर्ने

समाचार, समाज
काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबारदेखि निःशुल्क पीसीआर परीक्षण शुरु गर्ने भएको छ । महानगरले भोलि आइतबारदेखि कोभिड परीक्षणको लागि स्वाब संकलन गर्न लागेको हो ।  नेपाल सरकारले तोकेको मापदण्ड भित्र पर्ने व्यक्तिहरूको निःशुल्क पीसीआर परीक्षण गर्नका लागि स्वाब संकलन गर्ने कार्यलाई पुनः शुरु गर्न लागिएको महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले बताए । शनिबार राष्ट्रिय विभूति शंखधर साख्वाः र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा मेयर शाक्यले भोलि आइतबारदेखि पुनः स्वब संकलनको कार्य सुचारु गर्न लागिएको बताए । यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोबाइल भ्यान सञ्चालन गर्ने तयारी समेत महानगरले गरेको उनले बताए । काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि ...
पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि भएको घटनाको निन्दा

पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि भएको घटनाको निन्दा

राजनीति, समाचार
पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि भएको घटनाको निन्दा गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुक मार्फत् नेता नेपालले उक्त घटनाको निन्दा गरेका हुन् । उनले लेखेका छन्, ‘गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तब्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले सुनुयोजित रूपमा गरेको अभद्र ब्यवहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु । सभ्य, सुसॅस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्धेश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसु...
तत्कालीन राजा स्व वीरेन्द्र शाहको निजी आवासगृह श्रीसदन आजदेखि सर्वसाधरणका लागि खुला

तत्कालीन राजा स्व वीरेन्द्र शाहको निजी आवासगृह श्रीसदन आजदेखि सर्वसाधरणका लागि खुला

समाचार, समाज
काठमाडौँ । तत्कालीन राजा स्व वीरेन्द्र शाहको निजी आवासगृह श्रीसदन आजदेखि सर्वसाधरणका लागि खुला गरिएको छ । नारायणहिटी दरबार सङ्ग्रहालयमा अवस्थित श्रीसदन अवलोकनका लागि खुला गरिएको हो । दरबार हत्याकाण्ड हुनुअघिसम्म श्रीसदनमा वीरेन्द्र, ऐश्वर्य र निराजन बस्दै आएका थिए । राजा वीरेन्द्रको परिवारको वंशनासपछि उक्त सदन बन्द रहेको थियो । विसं २०५८ जेठ १९ गते राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्ड आधुनिक नेपाली इतिहासको सबैभन्दा चर्चित र विस्मयकारी घटना थियो । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले सर्वसाधरणले अवलोकन गर्ने गरी श्रीसदनका प्रदर्शनी कक्ष खुलाएको हो । श्रीसदनको भुइँतलामा पाहुना बस्ने बैठककक्षसँगै डाइडिङ रुम र वारकक्ष छ । दोस्रो तलामा वीरेन्द्र, ऐश्वर्या, निराजन र श्रुतिको सयनकक्ष छ भने तेस्रो तलाको पश्चिमतर्फ निरा...
कोरोना भाइरसको संक्रमणबाट वरिष्ठ चिकित्सक डा.ध्रुव शर्मा मुडभरीको निधन

कोरोना भाइरसको संक्रमणबाट वरिष्ठ चिकित्सक डा.ध्रुव शर्मा मुडभरीको निधन

समाचार, स्वास्थ्य
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालले एक अर्का वरिष्ठ चिकित्सक गुमाएको छ। वरिष्ठ चिकित्सक डा.ध्रुव शर्मा मुडभरीको शनिवार उपचारको क्रममा निधन भएको हो। काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा वरिष्ठ चिकित्सक शर्माको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। लामो समयदेखि ओम अस्पतालमा कार्यरत शर्मालाई केहीदिनअघि कोरोना संक्रमण भएको थियो। ओम अस्पतालका सञ्चालकसमेत रहेका डा.शर्मा नेपालका वरिष्ठ सर्जन थिए। डा.मुडभरीको निधनमा ओम अस्पतालले अभिभावक गुमाएको भन्दै दुःख व्यक्त गरेको छ। ...
चर्चित भारतीय कमेडियन भारती सिंह र उनका श्रीमान प्रहरी(नारकोटिक्स कन्ट्रोल ब्युरो)को नियन्त्रणमा

चर्चित भारतीय कमेडियन भारती सिंह र उनका श्रीमान प्रहरी(नारकोटिक्स कन्ट्रोल ब्युरो)को नियन्त्रणमा

अन्तराष्ट्रिय, समाचार
नयाँ दिल्ली । चर्चित भारतीय कमेडियन भारती सिंह र उनका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ड्रग्स प्रकरणको अनुसन्धान गरिरहेको भारतको नारकोटिक्स कन्ट्रोल ब्युरोले कमेडियन सिंहको अन्धेरीस्थित घरमा छापा मारेको हो। एक ड्रग कारोवारीले उनीहरुको नाम लिएपछि एनसीबीले उनीहरुको घरमा छापा मारेको थियो । जसमा उनीहरुको घरबाट नशालु पदार्थ बरामद भएको बताइएको छ। ड्रग्स फेला परेपछि उनीहरुलाई हिरासतमा लिइएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । एनसीबीले ड्रग्स प्रकरणमा हाल धेरै स्टार कलाकारहरुलाई निशाना बनाएको छ। हालसालै अभिनेता अर्जुन रामपालको घरमा छापा मार्नुका साथै उनीसँग सोधपुछ गरेको थियो। भारती सिंहको भारतकी चर्चित हास्यकलाकार हुन। हाल उनी कपिल शर्मा शोको एक हिस्सा हुन्। भारतीको घरमा छापाको खबरले उनका प्रशंसकहरूलाई निराश बनाएको छ। भारतीमाथि एनसीबीको अबको कदम के हुन्छ भन्ने हेर्न ब...
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ८९९जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ८९९जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पछिल्लो २४ घण्टामा आठ हजार १४४ नमूना परीक्षण गर्दा थप एक हजार ६७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा मात्रै ८९९ सङ्क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज थपिएका सङ्क्रमितसँगै कूल सङ्क्रमितको सङ्ख्या दुई लाख १८ हजार ६३९ पुगेको छ। हालसम्म कोरोनाका कारण एक हजार ३०५ जनाको मृत्यु भएको छ। तीमध्ये एक लाख ९३ हजार ३२५ सङ्क्रमणमुक्त भएका छन् भने हाल देशभर २४ हजार नौ सक्रिय सङ्क्रमित छन्। सत्र हजार २०६ जना होम आइसोलेसनमा छन्। तीन सय ३६ जनाको आइसीयू र ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा काठमाडौँमा ६८५, ललितपुरमा १६५ र भक्तपुरमा ४९, काभ्रेमा ५६, तनहुँमा ४४, कैलालीमा ४०, बाँकेमा ३९, कास्कीमा ७५, चितवनमा ६१, झापा र रुपन्देहीका ५७/५७, कपिलवस्तु र नवलपरासीमा ३३र३३, नवलपुरमा २८, मकवानपुरमा २५ र पाल्पाका १९ जना कोरो...