बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

देशमा गुट,उपगुटको राजनीति

देशमा गुट,उपगुटको राजनीति

राजनीति, समाचार
डा.डिआर उपाध्याय नेकपाभित्रको आन्तरिक बिवाद चुलिदै गएको छ । यदि नेकपामा फुट भयो भने मुलुक गम्भिर संकटमा फस्ने छ । गणतन्त्र, धर्मनिरपेक्षता धरापमा पर्ने छ । २०६२ , ०६३ सालका उपलब्धिहरू समाप्त हुने र देश प्रतिगमनतिर जाने खतरा हुनेछ । यो नै चिन्ताको विषय हो । नेकपाभित्रको अन्तरकलह छिटो समाधान हुनु पर्छ । युग बदलिएको छ, तर जनताको अवस्था बदल्लिएको छैन । मुलुकमा समाजवाद ल्याउनु पर्छ भन्र्ने नेताहरुको कमी छैन । तर यो बिषमा कुनै सुरसार नै छैन । समाजवाद त्यति सजिलरी आउँदैन । समाजवादको बाटो त्यति सजिलो छैन । युगले त्यसको नेतृत्व गर्ने नयाँ नेतृत्व खोजेको छ । नेपाल नयाँ युगमा प्रवेश गरेको छ । संविधानमै समाजवाद लेखिएको छ । अब नेताहरूले राजनीतिक क्रान्तिका भाषण गरेर मात्र देश चल्दैन । अव राजनीतिक र तिनका नेताहरुमा आर्थिक क्रान्ति गर्ने दृष्टिकोण चाहिन्छ । भ्रष्टचार शून्य, गरिबी न्यूनीकरण, शिक्षा, स...
नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने

नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने

समाचार, समाज
कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली–काठमाडौँ उडानका लागि अनुमति दिने तयारी गरेको हो । मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले नेपाल–भारत उडानको टुङ्गो लागेको र अबको सातदेखि दश दिनभित्रमा उडान शुरु हुने राससलाई जानकारी दिए। उनले भने,“उडान खुल्ने टुङ्गो लाग्यो, कहिलेदेखि गर्ने भन्नेबारे मन्त्रालयले भारतको नागरिक उड्डयन मन्त्रालयलाई कूटनीतिक माध्यमबाट उसले पठाएको एयर बबल अवधारणाको सकारात्मक ‘रेस्पन्स’ पठाउँछौ, त्यसपछि दुबै देशका एयरलाइन्सलाई उडान तयारीका लागि आग्रह गर्छौ, यो सब गरी बढीमा दश दिनजति समय लाग्छ उडान शुरु हुन ।” सहसचिव लामिछानेका अनुसार शुरुआती चरणमा काठमाडौँ–दिल्ली दुई उडान मात्रै हुनेछन् । एउटा नेपाली वायुसेवा कम्पनीको र अर्को भारतीय एयरलाइन्सले उडा...
गायक तथ कार्यक्रम उद्घोषक आदित्य नारायण श्वेता अग्रवालसँग आज बैवाहिक जीवनमा बाँधिदै

गायक तथ कार्यक्रम उद्घोषक आदित्य नारायण श्वेता अग्रवालसँग आज बैवाहिक जीवनमा बाँधिदै

मनोरन्जन, समाचार
गायक तथ कार्यक्रम उद्घोषक आदित्य नारायण आज बैवाहिक जीवनमा बाँधिदैछन् । उनी आफ्नी प्रेमिका श्वेता अग्रवालसँग बिवाह गर्दैछन् । श्वेतासँग आदित्य करिब ११ वर्षदेखि प्रेम सम्बन्धमा छन् । फिल्म ‘शापित’ मा आदित्य नारायणको अपोजिट श्वेताले अभिनय गरेकी थिइन् । यहीबाट उनीहरुको प्रेमको सुरुवात भएको थियो । कोरोना भाइरस महामारीको कारण आदित्य र श्वेताको बिवाहको एक मन्दिरमा हुने छ । जहाँ ५० जना भन्दा कम मानिसहरु सहभागी हुनेछन् । ...
चार महिनामा ४० करोड ९१ लाख ६२ हजार रुपैयाँ बराबरको सेनिटाइजर नेपाल आयात

चार महिनामा ४० करोड ९१ लाख ६२ हजार रुपैयाँ बराबरको सेनिटाइजर नेपाल आयात

आर्थिक, समाचार
चालु आर्थिक वर्षको पहिलो चार महिनामा ४० करोड ९१ लाख ६२ हजार रुपैयाँ बराबरको सेनिटाइजर नेपाल भित्रिएको छ । साउन–कात्तिकसम्म ११ लाख ५४ हजार ६ सय ९१ लिटर सेनिटाइजर आयात भएको भन्सार विभागको तथ्यांक छ । सोही अवधिमा १५ करोड ६२ लाख ४९ हजार रुपैयाँ बराबरको ३ लाख ७१ हजार ५ सय ७४ लिटर अन्य डिसइन्फेक्टेड नेपाल भित्रिएको तथ्यांक छ ।साउनमा १२ करोड २४ लाख १७ हजार रुपैयाँ बराबरको २ लाख ८८ हजार ९ सय ३३ लिटर, भदौमा १४ करोड २४ लाख ७ हजार रुपैयाँ बराबरको ४ लाख १२ हजार ४ सय ४८ लिटर, असोजमा ८ करोड १२ लाख ७७ हजार रुपैयाँ बराबरको २ लाख ३३ हजार २ सय ८२ लिटर र कात्तिकमा ६ करोड ३० लाख ५९ हजार रुपैयाँ बराबरको २ लाख २० हजार २७ लिटर सेनिटाइजर आयात भएको विभागको तथ्यांक छ ।  ...
कक्षा १२ को  नतिजा अबको ठीक एक महिनाभित्र आउने

कक्षा १२ को नतिजा अबको ठीक एक महिनाभित्र आउने

शिक्षा, समाचार
कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् ।विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो ।राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले विद्यार्थीको नतिजा महिना दिनभित्र दिने गरी तयारी थालिएको जानकारी दिए । गोरखापत्र ...
नेपाल राष्ट्र बैंकले ५० अर्ब बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट सङ्कलन गर्ने

नेपाल राष्ट्र बैंकले ५० अर्ब बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट सङ्कलन गर्ने

आर्थिक, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० अर्ब बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट सङ्कलन गर्नेभएको छ । बुधबार केन्द्रीय बैंकले उक्त परिमाणको निक्षेप बोलबकोल प्रक्रियाका माध्यमबाट सङ्कलन गर्न लागेको जनाएको छ । बैंकले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार ब्याजदरसमेत बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । घटीमा रु पाँच करोड र बढीमा रु पाँच करोडले भाग गर्दा निशेष भाग जाने गरी कूल आह्वान रकमसम्म बोलकबोलमा भाग लिन सकिनेछ । केन्द्रीय बैंकले उक्त बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिने गरी धितोसम्बन्धी व्यवस्था गरिएको छ । बैंकको सूचनामा बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिने उल्लेखछ । निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा केन्द्रीय बैंकबाट इजाजत प्राप्त गरेका क, ख र ग वर्गमा बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप सङ्कलनको बोलकबोलमा निक्षेपवापत जम्...
आज मंसिर १७ गते बुधबारको  राशिफल

आज मंसिर १७ गते बुधबारको राशिफल

राशिफल, समाचार
मेष – मिठो भोजन मिल्नेछ । भाग्यवर्द्धक काम बन्नेछ । सुख सम्पति मान महत्त्वमा बढोत्तरी होला । आमोदप्रमोदमा रमिरहनु हुनेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । मिठो भोजन प्राप्त होला । उन्नति–पदोन्नति हुनेछ । यात्रामा सफलता प्राप्त होला । आरोग्यता बढ्ला । यश ख्याति फैलिनेछ । मांगलिक कार्यमा पनि सफलता मिल्नेछ । बृष – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । आरोग्यता बढ्नेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्ला । शारीरिक र आर्थिक कार्यमा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । सुख आनन्द प्राप्त हुनेछ । मिथुन – यात्रामा सफलता मिल्नेछ । आयस्रोत बढ्नेछ । लगानी बढ्ला । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । हांसविलासमा रुचि बढ्ला । कार्यव्यापारमा प्रगति होला । प्रेमपात्रसित मिलन हुनेछ । बौद्धिक र रचनात्मक काम पनि बन्नेछ । इष्टमित्र सन्तान आ...
थप १३०४ जनामा कोरोना पुष्टि, २०७३ डिस्चार्ज

थप १३०४ जनामा कोरोना पुष्टि, २०७३ डिस्चार्ज

समाचार, स्वास्थ्य
 मंगलबार नेपालमा थप १ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ६३३ रहेको छ । पछिल्लो २४ घण्टामा दुई हजार ७३ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ । पछिल्लो २४ घण्टामा २१ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५२९ पुगेको छ। यस्तै हालसम्म ६१६ जना क्वारेन्टिनमा रहेका छन् । ...
महासंघ निर्वाचन पछि हामी : सुबोध कुमार गुप्ता

महासंघ निर्वाचन पछि हामी : सुबोध कुमार गुप्ता

आर्थिक, समाचार
सर्वप्रथम, मलाई अमुल्य मत दिई नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारीणी सदस्यमा निर्वाचित गराउनु भएकोमा मतदाता साथीहरुलाई धन्यवाद दिन चाहन्छु । यो म प्रतिको विश्वास हो भन्ने मेरो बुझाई छ । साथै आफ्नो प्रतिनिधी मान्दै महासंघको कार्यकारीणी सदस्यमा निर्वाचित गराउनु भएकोमा आभार प्रकट गर्न चाहन्छु । मलाई योग्य ठानी आफ्नो तर्फबाट मत जायर गर्नुहुने तमाम मतदाता साथीहरु प्रति म अनुग्रहित छु । तपाईंहरुले दिनु भएको मतको कदर गर्दै समग्र निजी क्षेत्रको साँखलाई उचो पार्दै अघि बढने प्रण गर्दछु । अग्रज एवम् समकक्षी साथीहरुको राय, सुझाव र सल्लाहलाई आत्मसात गर्दै आफ्नो विवेक र क्षमताले भ्याएसम्म निजी क्षेत्रको समस्याहरुलाई हल गर्न सकृय भएर लाग्नेछु भन्ने प्रतिबद्धता व्यक्त गर्दछु । यहाँहरुको आत्मियपना र रचनात्मक साथ सहयोगको अपेक्षा मेरो कार्यकाल भरि रहिरहनेछ । मुख्य कुरा यहाँहरुलाई मैले निराश बनाउने छैन भ...
वर्तमान शासन पद्धति नै भँड्कालोमा जाकिने त होइन ?

वर्तमान शासन पद्धति नै भँड्कालोमा जाकिने त होइन ?

राजनीति, समाचार
डा.डिआर उपाध्याय विगतमा झैं विकृत राजनीति प्रदर्शन मुलुकमा पछिल्लो समय प्रतिगामी तत्वहरु सल्वलाईरहेका छन । लोकतन्त्र पक्षधरको लागी यो चिन्ताको बिषय हो । राजावादी पक्षधरहरुको नारा जुलुस र प्रर्दशन दिनौं हुने गरेका छन । जनताको सहभागीता पनि हुने गरेको दृष्य देख्न सकिन्छ । यसले के जनाउँछ भने मुलुक ठिक ढंगले अघि बढन सकेन । अहिले आम जनता निराश छन । जनतामा देखिएको निराशाको फाईदा राजावादी पक्षधरहरुले लिइरहेका छन । जनतालाई ‘सरकार भएको अनुभूति दिन सक्नु पर्दथ्यो , सरकार असफल भयो । प्रतिपक्षी दल पनि निरीह बनेर बसेको छ । उसको आवाज कहीँ सुनिँदैन । सरकार गलत बाटोमा जान खोज्दा सहि बाटोमा ल्याउने काम प्रतिपक्षी दलको हो । खै प्रतिपक्षी दलले आवाज उठाएको ? यहि भएर प्रतिगामी तत्वहरु सल्वलाईरहेका छन । खै लोकतन्त्रवादी शक्तिहरुले कुरा बुझेको ? मुलुक अफठ्यारो बाटोमा छ । अव सवै लोकतन्त्रवादी शक्ति...