बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

नेपाल बैंकले ८.३६ प्रतिशत ब्याजदरमा घर र गाडी किन्नका लागि न्यूनतम ऋण उपलब्ध गराउने

नेपाल बैंकले ८.३६ प्रतिशत ब्याजदरमा घर र गाडी किन्नका लागि न्यूनतम ऋण उपलब्ध गराउने

आर्थिक, समाचार
नेपाल बैंकले ८.३६ प्रतिशत ब्याजदरमा घर र गाडी किन्नका लागि न्यूनतम ऋण उपलब्ध गराउने भएको छ। बैंकले मंगलबार सार्वजनिक गरेको नयाँ ब्याजदर सार्वजनिक गर्दै यो व्यबस्था गरेको हो। यस्तै मंगलबार सार्वजनिक नयाँ ब्याजदरमा बैंकले यूनतम ७.८६ प्रतिशतमै शैक्षिक कर्जा दिने उल्लेख छ। बैंकको असोजमा बेसरेट ६.८१ प्रतिशत छ भने स्प्रेड रेट ४.३७ प्रतिशत छ । बैंकले विभिन्न २५ प्रकारका बचत खातामा न्यूनतम २ प्रतिशतदेखि ४ प्रतिशतसम्म ब्याज उपलब्ध गराउनेछ भने मुद्दति निक्षेपमातर्फ ५.५० प्रतिशतदेखि ७ प्रतिशत ब्याज दिनेछ । ...
साल्ट ट्रेडिङ्गको ५३ औं वार्षिक साधारणसभा  सम्पन्न

साल्ट ट्रेडिङ्गको ५३ औं वार्षिक साधारणसभा सम्पन्न

आर्थिक, समाचार
साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ५३ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । कर्पोरेशनले कम्पनी ऐन २०६३ को अधिनमा रही तयार पारिएको ५३ औं वार्षिक प्रतिवेदनका साथै २०७६ साल आषाढ मसान्तसम्मको कर्पोरेशनको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा कर्पोरेशनले गरेको विभिन्न कृयाकलापहरुको बारेमा छलफल एवं समिक्षा गरि आगामी दिनहरुमा अझ बढी प्रभावकारी ढंगले अगाडी बढन मार्गदर्शनका साथ वार्षिक प्रतिवेदनलाई अनुमोदन गरेको छ । कर्पोरेशनको प्रस्तुत वर्षको कारोबारलाई तुलनात्मक रुपमा मूल्याङ्कन गर्दा नून, रासायनिक मल, लगायत व्यापारिक कारोबार संतोषजनक रहेको र विभिन्न क्षेत्रको लगानी उपलब्धीमूलक रहेको छ । कर्पोरेशनले गुणस्तरीय वस्तुहरुको कारोबार गरि आम उपभोक्तालाई खाद्यवस्तु, रासायनिक मल तथा अन्य वस्तुहरुको सरल र सहज आपूर्ति गरि सामाजिक उत्तरदायित्व वहन गर्दै रु.८ अर्व २५ करोडको कारोबार गर्न ...
राजदूत डा.शाक्य “डिप्लोम्याट अफ द ईअर” २०२० अवार्डबाट सम्मानित

राजदूत डा.शाक्य “डिप्लोम्याट अफ द ईअर” २०२० अवार्डबाट सम्मानित

आर्थिक, समाचार
तेल अभिभ -इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य “डिप्लोम्याट अफ द ईअर २०२० बाट सम्मानित भएकी छिन् । छ। द एम्बेसडर्स क्लब अफ इजरायलद्वारा आज आयोजित कार्यक्रम माझ राजदूत शाक्य उक्त अवार्डबाट सम्मानित भएकी हुन । अवार्ड केही महिना अघि नै घोषणा गरिएको भएपनि कोरोना महामारीका कारण वितरण भने गरिएको थिएन। प्रतिष्ठित ईजरायली संस्था द एम्बेसडर्स क्लब अफ इजरायलका अध्यक्ष राजदुत यतजाक इलडान र ईजरायली परराष्ट्र मन्त्रालयको शिष्टाचार विभाग प्रमुख राजदुत गिल हासकेलले संयुक्त रुपमा राजदूत डा. शाक्यलाई अवार्ड प्रदान गरेका छन् । आफ्नो जुझारुपनका कारण राजदूत डा. शाक्यले ईजरायल आएको छोटो समयमै नेपालको साँखलाई उचो पार्न सफल भएकोले वर्ष राजदूत अवार्डबाट सम्मानित गरिएको संस्थाले जनाएको छ। अवार्ड वितरण कार्यक्रममा ईजरायली परराष्ट्र मन्त्रालयको शिष्टाचार विभाग प्रमुख राजदुत गिल हासकेल, मन्त्रालयकै एसिया ...
जनता देशको राजनीतिक अवस्थाबाट वाक्क, दिक्क:डा.डिआर उपाध्याय

जनता देशको राजनीतिक अवस्थाबाट वाक्क, दिक्क:डा.डिआर उपाध्याय

राजनीति, समाचार
लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । देशको सबैभन्दा ठूलो दल नेकपा भित्र आन्तरिक किचलो चलिरहेको पनि लामो समय भैसक्यो । मुलुकको प्रमुख दल भित्र आन्तरिक विवाद हँुदा समग्र देशको आर्थीक, सामाजिक, राजनीतिक सबै क्षेत्रमा प्रभाव पार्दो रहेछ । मुलुकमा राजनीतिक परिवर्तन पटक पटक भए तर जनताले कुनै बेला पनि परिवर्तनको महसुस गर्न सकेनन्। राजनीतिक दल र तिनका नेताहरुले मात्र फाईदा उठाउँदै आए । हिजोका दिनमा निम्न आयस्रोत भएका नेताहरुका अहिले घर, घडेरी र गाडी छन् । जनताको नाममा राजनीति गरेका नेताहरुको ब्यक्तिगत सम्पती जोडेको देख्दा आम जनता असन्तुष्ट छन् । जनताको नाममा राजनीति धेरै भयो तर जनता देशको राजनीतिक अवस्थाबाट वाक्क, दिक्क छन् । जुन पार्टी सरकारमा गएपनि देश र जनताको पक्षमा सोच्न सकेनन् । केबल आफ्नो ब्यक्तिगत स्वार्थ मात्र हेरे यो नै मुलुकको अहिलेको समस्या हो । नेताहरु आर्थीक रुपमा सम्पन्न हुँदैजाने ...
‘ओसिस मिस एण्ड मिसेज कर्भि नेपाल २०२०’ हुदै,विजेताले नगद १ लाख पाउने

‘ओसिस मिस एण्ड मिसेज कर्भि नेपाल २०२०’ हुदै,विजेताले नगद १ लाख पाउने

मनोरन्जन, समाचार
काठमाण्डौमा 'ओसिस मिस एण्ड मिसेज कर्भि नेपाल २०२०' भव्य आयोजना हुने भएको छ ।प्लस साईज तथा आफ्नो शारिरीक मोटोपनका कारण आफुमा यथेष्ट प्रतिभा भएर पनि प्रस्फुटन गर्न असमर्थ भएका बिवाहित तथा अबिवाहित महिलाहरुका लागी ड्रिम्स ईन्टरटेनमेन्ट तथा मृगतृष्णा फेशन हाउसको संयुक्त आयोजनामा नेपालमै पहिलो पटक ओसिस मिस एण्ड मिसेस कर्भि नेपालको आयोजना हुन लागेको हो । मोटोपनका कारण समाजमा क्षमताका बावजुद अवसरबाट वन्चित ईच्छुक महिलाहरुका लागी प्रोत्साहन गर्ने तथा उनीहरुको क्षमतालाइ अभिवृद्धि गरी लुकेका प्रतिभा प्रस्फुटन गराउन यस कार्यक्रमको उद्देश्य रहेको आयोजक तथा नेपालकै पहिलो प्लस साईज मोडल तथा मिस स्माईल टप अफ द वल्र्ड प्लस साईज २०१८ सपना राईले जानकारी दिईन । प्रतियोगीता मा सहभागी हुनका लागि ईच्छुकहरुका लागी केहि प्रावधान तोकिएको छ जस अनुसार १६ वर्षदेखि ४५ वर्षको हुनुपर्नेछ भने शारिरिक तौल ५० केजीभन...
कर छुट सुविधा एवं उत्कृष्ट करदाता सम्मान कार्यक्रम सम्पन्न

कर छुट सुविधा एवं उत्कृष्ट करदाता सम्मान कार्यक्रम सम्पन्न

आर्थिक, समाचार
ललितपुर, मंसिर – ललितपुरमा आर्थिक ऐन २०७७ मा भएका कर छुट सुविधा एवं उत्कृष्ट करदाता सम्मान कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक राजश्व कार्यालय, ललिपुर १ को आयोजना तथा ललितपुर उद्योग वाणिज्य संघको समन्वयमा सोमबार उद्योग वाणिज्य संघको सभाकक्षमा कार्यक्रम आयोजनामा आएको हो । संघका अध्यक्ष कृष्ण लाल महर्जनको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा अध्यक्ष महर्जनले आजको कार्यक्रम यस संघ र आन्तरिक राजश्व कार्यालयको सहकार्यमा नेपाल सरकारको २०७७÷०७८ को बजेट वक्तव्य पश्चात नै गर्नु पर्नेमा कोरोना महामारीका कारण ढिला भएको बताए । अध्यक्ष महर्जनले कोरोनाले गर्दा स्थिर रहेको व्यापार व्यवसायहरु अहिले चलायमान हुन थालेकोमा खुशी पनि व्यक्त गरे । आन्तरिक राजश्व कार्यालय, ललितपुर १ का कर अधिकृत तिलक थापाले कार्यक्रममा आर्थिक ऐन २०७७ मा भएका कर छुट सुविधाका बारेमा जानकारी गराएका थिए भने आन्तरिक राजश्व विभागका...

नेपाली बगानमा पाँच अलैँचीको जात पहिचान

समाचार, समाज
नेपाली अलैँचीको जात पहिचान गरिएको छ । नेपाली बगानमा खेती गरिने अलैँचीको वर्गीकरण गर्दै आधिकारिकताका लागि कृषि मन्त्रालयमा पठाइएको छ । नेपालमा लामो समयदेखि अलैँची खेती गरिए पनि जात पहिचान भएको थिएन । अन्तर्राष्ट्रिय क्षेत्रमा भारतले आफ्नो जातको पहिचान गराएको छ । नेपालमा खेती हुने अलैँची पनि भारतले आफ्नो स्वामित्वमा लिएको छ । नेपालले पनि अन्तर्राष्ट्रिय बजारमा अलैँचीको जात चिनाउन नयाँ जात पहिचान गरेको हो । नेपालमा करीब १४ जातका अलैँची खेती भए पनि अहिले पाँच जातका अलैँची मात्र सिफारिस गरिएको छ । अलैँची विकास केन्द्र, फिक्कलका अनुसार जात अनुमोदन उन्मोचन तथा दर्ता उपसमितिको बैठकले अलैँचीको नाम दर्ताका लागि सिफारिस गरेको हो । केन्द्रका अनुसार अहिले पाँच जातको दर्ता गर्ने र अन्य जात चरणबद्ध रूपमा सिफारिस गरिनेछ । अब सरकारलाई सिफारिस गरिएका अलैँचीको अनुमोदन भएर राजपत्रमा अङ्कित भएपछि औपच...
काठमाडौँको चन्द्रागिरिमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौँको चन्द्रागिरिमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

समाचार, समाज
काठमाडौँको चन्द्रागिरिमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–२ स्थित सडकमा ना२क ३२३ नम्बरको निसान गाडी आज बिहान अनियन्त्रित हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका–१ घर भएका २३ वर्षीय मनिष कार्की र सिन्धुली मरिनखोला गाउँपालिका–७ का २४ वर्षीय मानकुमार माझी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गाडी सडकदेखि २५० मिटर तल खसेको थियो । गाडीका चालक भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । ...
त्रिभुवन विश्वविद्यालयले  आइतबारबाट सुरु गरेको स्नातक तहको  भौतिक परीक्षामा ९५ प्रतिशत विद्यार्थीको सहभागिता

त्रिभुवन विश्वविद्यालयले आइतबारबाट सुरु गरेको स्नातक तहको भौतिक परीक्षामा ९५ प्रतिशत विद्यार्थीको सहभागिता

शिक्षा, समाचार
त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा आइतबारबाट स्नातक तहको परीक्षा सुरु गरेको छ । कोरोना भाइरसका कारण लामो समयदेखि सञ्चालन हुन नसकेको परीक्षा सुरु गरिएको हो । परीक्षामा यसपटक ९५ प्रतिशत विद्यार्थीको सहभागिता रहेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।विद्यार्थीको भौतिक उपस्थितिमै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको परीक्षा लिएको झण्डै दुई सातापछि विश्वविद्यालयले परीक्षा लिन थालेको हो । बोर्डले झण्डै चार लाख विद्यार्थीको परीक्षा मङ्सिर दोस्रो साता सकेको थियो ।विगतका वर्षका परीक्षामा भन्दा यस पटकको परीक्षामा विद्यार्थीको उपस्थिति धेरै उत्साहजनक देखिएको जानकारी उनले दिए । त्रिविले आइतबारबाट सञ्चालन गरेको स्नातक तहको व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञानमा ७२ हजार विद्यार्थी परीक्षामा सहभागी रहेको जनाइएको आजको गोरखापत्र दैनिकमा खवर छ । ...
सेयर बजार ५६ दशमलव २७ अंकले बढ्यो

सेयर बजार ५६ दशमलव २७ अंकले बढ्यो

आर्थिक, समाचार
 साताको दोस्रो दिन पनि धितोपत्र मापक नेप्से परिसूचक बढेको छ। साताको पहिलो दिन आइतबार ४६ दशमलव ४३ अंकले बढेको सेयर बजार सोमबार ५६ दशमलव २७ अंकले बढ्यो। यो सँगै नेप्से परिसूचक २ हजार ६७ दशमलव १७ अंकमा पुगेर बन्द भएको छ। सोमबार २ सय २ कम्पनीको १ करोड २८ लाख ८८ हजार ६६ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब २० करोड ४१ लाख माथीको कारोबार भएको छ। आज सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्सोरेन्स कम्पनीको ७४ करोड ३९ लाख भन्दा धेरै रकमको कारोबार भयो। सबैभन्दा धेरै प्राइम लाइफ इन्सोरेन्सका लगानीकर्ताले कमाउँदा, लिर्बटी इनर्जी कम्पनीका लगानीकर्ताले सबैभभन्दा धेरै गुमाए। ...