बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटको आज संवैधानिक इजलासमा सुनुवाई हुँदै

प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटको आज संवैधानिक इजलासमा सुनुवाई हुँदै

समाचार, समाज
प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटको आज संवैधानिक इजलासमा सुनुवाई हुँदैछ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एक इजलासमा गत बुधबार १२ वटा रिटको प्रारम्भिक सुनुवाईपछि सबै रिटलाई संवैधानिक इजलाशमा सुनुवाई गर्ने आदेश भएको थियो। सोही अनुसार आज संवैधानिक इजलासमा सबै रिटको सुनुवाई हुने भएको हो। अहिले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटन असंवैधानिक भएको भन्दै परेका मुद्दामा पनि संविधानको धारा ७६को (७) को व्याख्या गर्नुपर्ने भएकाले संवैधानिक इजलासमा पठाएको प्रधानन्यायाधीश चोलेन्द्र राणाको बुधबारको आदेशमा उल्लेख छ। प्रधानन्यायाधीश जबराको एकल इजलासबाट आएका १२ सहित संवैधानिक इजलासमै परेको अर्को एउटा रिटको समेत सुनुवाई हुन लागेको हो। ...
सत्तामा पुगेपछि किन फुट्छन् दलहरु ?

सत्तामा पुगेपछि किन फुट्छन् दलहरु ?

राजनीति, समाचार
डा.डिआर उपाध्याय अहिले देश विसम परिस्थितिबाट गुज्रिरहेको छ । यो देशको चिन्ता राजनीतिक दल र तिनका नेताहरुलाई नभएको आम नागरिकलाई महसुस भएको छ । जनता भोकै बसुन वा जेसुकै गरुन नेताहरुलाई त्यसप्रति कुनै चासो नै छैन ।यदि चासो हुन्थ्यो भने यो देशलाई निकास दिन सही बाटोमा दलहरु लाग्थे । सत्तामा पुगेपछि आन्तरिक विवाद गर्ने, पार्टी फुटाउने खेल अहिले मात्रै हैन यो भन्दा पहिला धेरै पार्टीहरुले गरे । विगतमा पनि फुट्ने र जुट्ने श्रृङ्खला भएकै हो । यो कुनै नौलो कुरा होइन । अहिले सत्तारुढ दल नेकपा विभाजनको पनि त्यही प्रवृति हो । भोलि आफ्नो लेनदेनको कुरामिले फेरि मिल्छन् । यसलाई आश्चर्यको रुपमा लिनु जरुरी छैन । विगतमा नेकपा (एमाले)फुटेर माले भएको थियो । फुटेको केही वर्षपछि बामदेव नेतृत्वको माले तत्कालिन एमालेमा फर्केका थिए । नेता तथा कार्यकर्ता शुभेच्छुक जनता फुटको पछि लाग्दैनन् भन्ने कुरा इतिहासले पुष्...
सुमित्रा र राजुको स्वरमा ‘बिर्से पापिलाई’ (भिडियो)

सुमित्रा र राजुको स्वरमा ‘बिर्से पापिलाई’ (भिडियो)

मनोरन्जन, समाचार
लोकदोहोरी गीत ‘बिर्से पापिलाई…’ सार्वजनिक भएको छ । सुमित्रा सत्याल र राजु बिरही सापकोटाको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गायक सत्यालको लय तथा शब्द र संजय श्रीपालको एरेञ्ज छ गीतमा राजुकै निर्देशन रहेको गीतको भिडियोमा सञ्चारकर्मी अरबिन्द्र गौतम र साबित्री श्रेष्ठको अभिनय छ । मरुभुमी नारायणको छायाँकन रहेको भिडियोमा रोशन धितालको सम्पादन छ भने मेकप राकेश रनपाको छ । https://youtu.be/HxxhtrZ-jgw भिडियोलाई कीर्तिपुरको बिभिन्न रमणिय स्थानमा छायाँकन गरिएको छ । भिडियो मिलन फिल्म प्रोडक्सनको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । ...
अभिनेत्री नीतू कोइराला ‘मदर टेरेसा ह्यूमिनिटी अवार्ड’बाट सम्मानित

अभिनेत्री नीतू कोइराला ‘मदर टेरेसा ह्यूमिनिटी अवार्ड’बाट सम्मानित

मनोरन्जन, समाचार
भारतको फेस ग्रुपले नेपाली अभिनेत्री नीतू कोइरालालाई मदर टेरेसा ह्यूमिनिटी अवार्डबाट सम्मानित गरेको छ । फेस ग्रुपद्वारा क्रिसमस डेको अवसरमा आयोजित दोस्रो वार्षिक मदर टेरेसा ह्यूमिनिटी अवार्ड कार्यक्रममा कोइरारा सम्मानित भएकी हुन् । नयाँ दिल्लीको पटपडगञ्जस्थित जेपी होटलमा आयोजित सम्मान कार्यक्रममा फेस ग्रुपका चेयरम्यान डा.मुश्ताक अन्सारीसहितका व्यक्तित्वले कोइरालालाई उक्त सम्मान अर्पण गरेका थिए । कोइरालालाई मोडल, डान्सर तथा अभिनेत्रीको रुपमा सम्मान गरिएको हो ।यो अवार्ड उनलाई कलाप्रति समर्पण तथा नेपालको संस्कृतिलाई भारतमा समेत जगेर्णा गरिएकोमा प्रदान गरिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । समाचारमा कलाकार कोइराला पछिल्लो १२ वर्षदेखि कला क्षेत्रमा सक्रिय भएको, विभिन्न म्युजिक भिडियोमा अभिनय गरिसकेको तथा केही टेलिचलचित्र तथा चलचित्रहरुमा समेत अभिनय गरिसकेको उल्लेख छ । यसका ...
बिहिबार नेप्से २९ दशमलव ८३ अंकले घटेको छ

बिहिबार नेप्से २९ दशमलव ८३ अंकले घटेको छ

आर्थिक, समाचार
साताको कारोबारोको अन्तिम दिन बिहिबार सेयर बजार ३० अंकले घटेको छ। संसद विघटन पछि आइतबार घटेर इतिहास कायम गरेको नेप्से समग्र साता भरमा स्थिर रहँदै २०३८ दशमलव ६३ अंकमा बन्द भएको छ। बिहिबार नेप्से २९ दशमलव ८३ अंकले घटेको हो। बिहिबार होटेल र टे«डिङ बाहेक सबै समूहका कम्पनीको कारोबारोमा गिरावट आएको छ। बिहिबार नबिल बैंकको सर्वाधिक ६१ करोड बराबरको कारोबारो भयो। यस्तै सर्वाधिक गुमाउने कम्पनीमा भने समृद्धि फाइनान्स, युनाइटेड इदिमोर्दी हाइड्रोपावर को मूल्य सर्वाधिक घटेको छ। दिनभरीमा २०४ कम्पनीको सेयर ५ अर्ब ३६ करोड रुपैयाँमा किनबेच हुँदा २८ कम्पनीको मात्रै मूल्य बढेको छ। ९ कम्पनीको मूल्य स्थिर हुँदा बाँकी सबै कम्पनीको मूल्य घटेको छ । ...
प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध सशक्त आन्दोलन गर्ने:अध्यक्ष प्रचण्ड

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध सशक्त आन्दोलन गर्ने:अध्यक्ष प्रचण्ड

राजनीति, समाचार
 नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । प्रचण्ड–माधव पक्षले बबरमहलस्थित कार्की ब्यांकेटमा बिहीबार आयोजना गरेको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले यस्तो चेतावनी दिएका हुन् । ‘आन्दोलनमा नेपाल बन्दसम्म पनि हुनसक्छ। कडा नै हुन्छ। साहस गरौं,’ आफू पक्षीय केन्द्रीय सदस्यहरूलाई उनले भने, ‘दिमागमा कुनै बोझ छ भने हटाइदिनु। आन्दोलन गर्ने हो। आफ्नो प्रदेशमा अब कयौं गुणा बढी सक्रिय र त्याग गर्नुपर्नेछ।’ आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीबाट साढे दुई वर्षसम्म अपमान सहेको समेत उल्लेख गरे। आफूहरूले ओलीविरुद्ध राजनीतिक प्रतिकार गर्ने निर्णय गरेर ठीक गरेको समेत बताए। ...
ओली पक्षले पार्टीको विधान संशोधन गरेर निर्वाचन आयोगमा दर्ता गराए

ओली पक्षले पार्टीको विधान संशोधन गरेर निर्वाचन आयोगमा दर्ता गराए

राजनीति, समाचार
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टीको विधान संशोधन गरेर निर्वाचन आयोगमा दर्ता गराएको छ । स्रोतका अनुसार बिहीबार आयोगमा दर्ता गराइएको संशोधनमा पार्टीका आधिकारिक दस्तावेज र पत्रहरुमा प्रथम अध्यक्षको मात्रै हस्ताक्षर चल्ने बनाइएको छ । यसअघि नेकपाका दुवै अध्यक्षको हस्ताक्षर चल्ने व्यवस्था थियो । संशोधित विधानबाट दुई अध्यक्ष रहने प्रावधान भने हटाइएको छैन । त्यस्तै केन्द्रीय समितिको संख्या पनि ओली पक्षले निर्णय गरेर पुर्‍याएको १११९ लाई कायम गरिएको छ । ओली समूहले मंगलबार नै निर्वाचन आयोग पुगेर केन्द्रीय कमिटी विस्तार गरेको जानकारी दिएको थियो । दाहाल–नेपाल समूहले बुधबार निर्वाचन आयोग पुगेर बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाएको थियो । केपी शर्मा ओली नेतृत्वमा रहेको पक्ष र पुष्पकमल दाहाल प्रचण्ड तथा माधव नेपाल नेतृत्वको अर्को पक्ष दुवैले आफूहरुलाई आधिकारिक न...
अमेरिकी भ्याक्सिन कम्पनी मोडर्ना बेलायतमा पाइएको कोरोना भाइरसको नयाँ स्ट्रेनमा पनि  सफल हुने दाबी

अमेरिकी भ्याक्सिन कम्पनी मोडर्ना बेलायतमा पाइएको कोरोना भाइरसको नयाँ स्ट्रेनमा पनि सफल हुने दाबी

अन्तराष्ट्रिय, समाचार
कोरोना भाइरसको खतरा लगातार बढ्दै गइरहेको छ । बेलायतमा पाइएको कोरोनाको नयाँ स्ट्रेनपछि विश्वभरमा हंगामा मच्चिएको छ । यसैबीच कोरोना भ्याक्सिन बनाउने अमेरिकी कम्पनी मोडर्नाले बेलायतमा पाइएको कोरोना भाइरसको नयाँ स्ट्रेनमा पनि आफ्नो भ्याक्सिन सफल हुने दाबी गरेको छ । मोडर्नाले आफ्नो दाबी पुष्टि गर्नको लागि अर्को हप्ता भ्याक्सिन अडिशनल टेस्टिङ गर्नेछ । ...
नेपालमा पछिल्लो २४ घण्टामा ६१३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ६१३ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ८०८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ७३९ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ४७ हजार ४०० पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ३८४ रहेको छ । अहिलेसम्म नेपालमा १८ लाख ९६ हजार २५० वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ४०० रहेको छ । ...
फेशन कोरियोग्राफर अश्विनी झा राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मानित

फेशन कोरियोग्राफर अश्विनी झा राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मानित

मनोरन्जन, समाचार
देश विदेशका विभिन्न कार्यक्रममा फेसन र डान्स कोरियोग्राफी गर्दै आउँनुभएका अश्विनीकान्त झा राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७ बाट सम्मानित हुनुभएको छ । कविलासी नगरपालिक-७ गौर घर भई हाल राजधानीमा बसी सयौं सौन्दर्य प्रतियोगिता र फेसन शोमा कोरियोग्राफी गर्दै आउनुभएको झालाई मंगलबार युवा तथा खेलकुद मन्त्रालयले सिंहदरबारस्थित मन्त्रालय प्रांगणमा आयोजना गरेको एक समारोहमा सो सम्मानबाट सम्मानित गरेको हो । समारोहमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले कोरियोग्राफर झालाई नगद एक लाख रुपियाँसहित राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७ बाट सम्मानित गर्नुभएको थियो । मन्त्रालयले हरेक वर्ष विभिन्न विधामा राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गर्दै आएबमोजिम यस वर्ष आधा दर्जन विधामा सम्मान गर्ने क्रममा कला तथा कोरियोग्राफी क्षेत्रबाट यस वर्ष झालाई सम्मान गरेको हो । कला तथा कोरियोग्राफी क्षे...