बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

मिस हिमालय नेपाल,२०२१” को पहिलो अडिसन सम्पन्न

मिस हिमालय नेपाल,२०२१” को पहिलो अडिसन सम्पन्न

मनोरन्जन, समाचार
कथा ईभेन्टको आयोजनामा राजधानीको चुचेपाटि, चाहबिल केअल टावर मा रहेको हायब्स लन्ज मा “ मिस हिमालय नेपाल,२०२१” को पहिलो अडिसन सम्पन्न भएको छ । नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै आएको कथा ईभेन्टले राजधानीमा “मिस हिमालय नेपाल,२०२१” आयोजना गर्ने भएको हो। अडिसन कार्यक्रममा निर्णायकको रुपमा कथा ईभेन्टका अध्यक्ष गनिका गुरुङ, वरिष्ठ र्ऱ्यापर निरनय ( NSK) र फेन्सी ब्याबसाही अनिता गुरूङ रहेका थिए । अडिसनमार्फत १८ जना प्रतिस्पर्धीहरु छनौट गरी संचालन गरिने “मिस हिमालय नेपाल,२०२१” प्रतियोगिताको लागि यसपटकको छनौट प्रक्रियामा समावेश कुल १८ प्रतिस्पर्धीहरुमध्येबाट ८ जना प्रतिस्पर्धीहरु छनौट गरिएको छ । प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ १७ दिन सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर रोजिन शाख्य बाट प्रतिस्पर्धिहरुलाई सञ्चा...
प्रचण्ड-माधव नेपाल समूह को देशभर जिल्लास्तरीय कार्यकर्ताहरुको भेला

प्रचण्ड-माधव नेपाल समूह को देशभर जिल्लास्तरीय कार्यकर्ताहरुको भेला

राजनीति, समाचार
 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूहले देशभर जिल्लास्तरीय कार्यकर्ताहरुको भेला गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्ध आन्दोलनमा उत्रिएको उक्त समूहले आइतवार बिहान देशभर कार्यकर्ता भेला गरेको हो । गत पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपा दुई समूहमा विभाजन भइ कार्यक्रमहरु गरिरहेको छ । यसअघि उक्त समूहले शुक्रवार काठमाडौंको माइतीघरबाट आन्दोलन शुरु गरी निर्वाचन आयोगसम्म पुगि आन्दोलन गरेको थियो । पुस १० गतेबाट कुनै न कुनै आन्दोलन गरी सरकारविरुद्ध आन्दोलन गर्ने उद्घोष गरेको उक्त समूहले पुस १४ गते एकैसाथ देशभर प्रदर्शनको घोषणा गरेको छ । बिहीवार बसेको प्रचण्ड-नेपाल समूहको केन्द्रीय समितिले प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५ सय १ संघर्ष समितिको गठन समेत गरेको हो । ...
लोकप्रिय गायक सीताराम पोखरेललाई संगीत रजत सम्मान

लोकप्रिय गायक सीताराम पोखरेललाई संगीत रजत सम्मान

मनोरन्जन, समाचार
विगत तीन दशक देखि नेपाली गीत–संगीत क्षेत्रमा सक्रिय रुपमा निरन्तरता दिदै थुप्रै सुमुधुर गीतहरु गाएर फरक पहिचान बनाएका चर्चित गायक सीताराम पोखरेललाई संगीत रजत सम्मान प्रदान गरिएको छ। नेपाली गीत–संगीतको क्षेत्रमा दिएको अतुलनीय योगदानको कदर स्वरुप नेशनल पावर न्यूज म्युजिक अवार्ड २०२०को तेश्रो संस्करण मा गायक पोखरेललाई संगीत रजत सम्मान प्रदान गरिएको हो। पावर इन्टरनेशनल मिडियाव्दारा शनिवार आयोजित कार्यक्रममा प्रमुख अतिथि सूचना प्रविधि तथा सञ्चार मन्त्री पार्वत गुरुङले गायक पोखरेललाई दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको थियो।राष्ट्रिय अन्तराष्ट्रि थुप्रै अवार्डबाट सम्मानित गायक पोखरेल दर्जनौ संघ संस्थामा आवद्ध भै गीत संगित क्षेत्रको विकास र प्रवद्र्धनका लागि अहोरात्र खटिदै समेत आएका छन । ...
शनिबार नेपालमा थप ५सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि

शनिबार नेपालमा थप ५सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
शनिबार नेपालमा थप ५सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ७४९ रहेको छ । पछिल्लो २४ घण्टामा ८४० जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४९ हजार १३२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८१९ पुगेको छ। यस्तै हालसम्म ३६९ जना क्वारेन्टिनमा रहेका छन् । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ४३४ जनाको पीसीआर परिक्षण भएको छ भने हालसम्म १९ लाख ३९२ जनाको पीसीआर परीक्षण गरिएको छ । ...
मुटुरोगका प्रमुख लक्षणहरु

मुटुरोगका प्रमुख लक्षणहरु

समाचार, स्वास्थ्य
जनचेतनाको कमिले मुटुरोगको समयमै पहिचान (Diagnosis of Heart Disease) नभएर लाखौ मानिस असामयिक मृत्युको शिकार हुनपुग्छन् । मुटुरोग प्राणघातक रोग हो र समयमै उचित उपचार (Treatment) नहुनु यसको जटिलताको (Complication) प्रमुख कारण मानिन्छ । नेपालमा पनि सबभन्दा बढी मानिसको मृत्यु मुटुरोगले नै हुने गरेको तथ्याङ्क छ । समय मै मुटुरोगको पहिचान गर्न सकिएमा , ब्यक्तिले उचित उप्चार पाउने रोग लाई सजिलै सँग निको पार्ने र जटिल्ता बाट बच्ने सम्भावना प्रबल हुन्छ । र यसको लागि मुटुरोगको निदान प्रारम्भिक अवस्थामै हुनु जरुरी हुन्छ । रोगले जटिल्ता ली सकेपछी उप्चार कठिन , महँगो, लामो र निको नहुने अवस्थामा पुग्ने भएकोले , लक्षणकै आधारमा रोगको शुरुवातमै (Prevention) पत्तालगाउनु पर्छ । अधिकांश मुटुरोग र यसका लक्षणहरु सामान्य व्यक्तिले पनि पत्ता लगाउन सक्छन् । मुटुरोग विशेषज्ञहरुले (Heart Specialist or Cardio...
काजु हाम्रो स्वास्थ्यको लागि फाइदाजनक

काजु हाम्रो स्वास्थ्यको लागि फाइदाजनक

समाचार, स्वास्थ्य
ड्राइ फ्रुटलाई स्वास्थ्यको लागि राम्रो मानिन्छ । ड्राइ फ्रुटमा कार्बोहाइड्रेट थोरै र प्रोटिन बढी पाइने भएकाले मधुमेह, उच्च रक्तचाप र मुटुरोगीहरुको लागि फाइदाजनक मानिन्छ । ड्राइ फ्रुटमा Essential fatty acid र unsaturated fat पनि धेरै हुन्छ । ड्राइ फ्रुटलाई मुटुको लागि राम्रो मानिन्छ । ड्राइ फ्रुटमा प्रसस्त एन्टीअक्सिडेण्ट पाइन्छ, जसले रोग निरोधक क्षमता बढाउँछ । ड्राइ फ्रुटमा पाइने unsaturated fat ले हृदयघात तथा अन्य रोगहरुबाट बचाउँछ । तर यस्ता ड्राइ फ्रुटमा क्यालोरी पनि धेरै भएकोले धेरै खाएमा तौल बढ्न सक्छ र यसले बेफाइदा पनि गर्नसक्छ । १ देखि २ मुठी ड्राइ फ्रुटमा दिनहु खाएमा स्वस्थकर हुन्छ । काजु (Cashew Nut) को फाईदा काजुमा Monounsaturated fatty acid (oleic and palmitoleic acids) हरु पाइन्छ, जसले मुटुलाई फाइदा गर्छ । काजुले LDL घटाउने र HDL बढाउने हुनाले, यो हाम्रो स्वास्थ्...
नयाँ प्रकारको कोरोनाभाइरसको सङ्क्रमण युरोपेली देशहरुमा पनि देखिन थाले

नयाँ प्रकारको कोरोनाभाइरसको सङ्क्रमण युरोपेली देशहरुमा पनि देखिन थाले

अन्तराष्ट्रिय, समाचार
नयाँ प्रकारको कोरोनाभाइरसको सङ्क्रमण युरोपेली देशहरुमा पनि देखिन थालेको छ। युरोपेली संघ अन्तर्गतका आठ ओटा मुलुकमा नयाँ प्रकारको कोरोनाभाइरस देखिन थालेको पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । डब्लुएचओका युरोपेली क्षेत्रका क्षेत्रीय निर्देशक हन्स क्युगले आफ्नो कार्यालयले अवस्थालाई गम्भीरतापूवक हेरिरहेको जानकारी दिए। उनले नयाँ प्रकारको भाइरसका लागि रक्षात्मक र नियन्त्रणात्मक व्यवस्था कडाइका साथ पालना गर्नु पर्नेमा पनि जोड दिए। कोरोनाको पुरानो भाइरसको भन्दा फरक नतिजा देखाउदै नयाँ प्रकारको भाइरसले युवाहरुलाई बढी प्रभावित पारेको देखिएको पनि उनले जानकारी दिएका छन नयाँ प्रकारको कोरोना देखिएका आठ देशको पहिचान भएको बताएपनि उनले देशहरुको नाम भने उल्लेख गरेका छैनन। उनले सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने र सावुन पानीले हात हुने वा सेनिटाइजरको प्रयोग गर्ने लगाय...
नेपाली हौं भन्दै आए चर्चित गायक सिताराम पोखरेल(भिडियो सहित)

नेपाली हौं भन्दै आए चर्चित गायक सिताराम पोखरेल(भिडियो सहित)

मनोरन्जन, समाचार
लोकप्रिय गायक सीताराम पोखरेलको स्वरमा राष्ट्रिय गीत “नेपाली हौं ” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । फिरन्ते ए ट्राभलर नामक युट्यूब च्यानलबाट सार्वजनिक भिडियोमा गायक स्वयंलाई भिडियोमा राष्ट्रिय झण्डा फहराउदै अभिनय गरेको देख्न सकिन्छ । https://www.youtube.com/watch?v=CZIw1mCfaX4&feature=share&fbclid=IwAR3sm0hcd2rDAJ8AAnopB3zfwwGtNUDU0kyJOAZZRxKOKsELU4l4XDaMPZM राष्ट्रियता झल्कने गीतको भिडियोलाई निर्देशक जिवन श्रेष्ठले निर्देशन गरेका छन । नारायण कुमार आचार्यको शव्द रहेको गीतलाई राहूल प्रधानले एरेन्ज तथा कम्पोज गरेका हुन । जिवन श्रेष्ठकै छायांकन रहेको भिडियोमा काठमाडौ उपत्यका लगायत सम्पदा सूचिमा सूचिकृत प्रख्यात क्षेत्रहरुलाई कैद गरिएको छ । ...
एकले अर्कालाई सिध्याउने दाउ

एकले अर्कालाई सिध्याउने दाउ

राजनीति, समाचार
डा.डिआर उपाध्याय अब देशको राजनीति कता जाने हो,यो नै सबैलाई चिन्ताको बिषय बनेको छ । अहिले जनता प्रचण्ड–नेपाल , केपी समूह तिर आधा आधा बाँडिएको अवस्था छ । प्रधानमन्त्री के पी ओलीले संसद् विघटन गरे पछि ‘संवैधानिकता’को प्रश्न उठेको छ । सडकमा आन्दोलन चलेको छ । जनता सडकमा आउन थाले । आगामी राजनीति त्यति सहज छैन । देश भाँडभैलोमा जाने खतरा देखियो । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा भएको विभाजनमा यतिबेला ‘वैधानिकता’को प्रश्न उठाइएको छ । संसद् विघटन गरिएको विषय सम्मानित सर्वोच्च अदालतमा गइसकेकाले अब त्यहाँबाट नै अन्तिम फैसला हुने नै छ । यति बेला नेकपा दुई चिरामा छ । दुई चिरामा बिभाजित प्रम केपी शर्मा ओलीको नेकपा र माधव–प्रचण्डको नेकपामा आरोप–प्रत्यारोप चलिरहेको छ । यी दुवै समूहले आफू अनुकूलको बातावरण निर्माण गर्न खोजिरहेका छन । समानान्तर कमिटी निर्माण र एउटै नाम राखेका यी दुई पक्ष अब ए...
चीन र भारत जोड्ने करिडोर स्तरोन्नति अन्तिम चरणमा

चीन र भारत जोड्ने करिडोर स्तरोन्नति अन्तिम चरणमा

समाचार
चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजना बागलुङखण्ड फराकिलो बनाउने काम अन्तिम चरण पुगेको छ । आयोजनाको बागलुङ खण्डअन्तर्गत बलेवा विमानस्थलदेखि जैमिनीको पालुङखोलासम्मको सडक १० मिटर चौडा बनाउने काम ८० प्रतिशत सकिएको हो । कोरोना महामारीका कारण भएको लकडाउनको समयमा समेत कामलाई निरन्तरता दिएको नेपाली सेनाले आगामी जेठ १५ गतेसम्म आयोजना हस्तान्तरण गर्नेगरी काम चलिरहेको जनाएको छ । आयोजना निर्माणको जिम्मा लिएको सेनाले पछिल्लो समय अधिकांश स्थानमा भिर, पहरा र चट्टान काटेर सडकलाई १० मिटर चौडा बनाइरहेको छ । बागलुङखण्डअन्तर्गतको मालढुङ्गा–बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडक भने सेनाले गत वर्ष नै सडक विभागको कालीगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरेको थियो । बलेवा विमानस्थलदेखि केही अघि बागलुङ नगरपालिकामा पर्ने खण्डमा पर्खाल लगाउने र माटो पन्छाउने काम मात्रै बाँकी छ । ‘जै...