बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

सुनको मूल्य  प्रतितोला ८ सय रुपैयाँले ओरालो

सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले ओरालो

आर्थिक, समाचार
आइतबार तोलामा २ हजार ३ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार पनि प्रतितोला ८ सय रुपैयाँले ओरालो लागेको छ । आइतबार प्रतितोला ९३ हजार रुपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार ८ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएको छ । यस्तै, आइतबार ९२ हजार ५ सय रुपैयाँ रहेको तेजाबी सुनको मूल्य सोमबार ९१ हजारा ७ सय रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आइतबार प्रतितोला १ हजार २ सय ३० रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार १ हजार २ सय ३० रुपैयाँ कायम भएको छ । ...
निर्वाचनसँग सम्बन्धित तयारीका कार्यक्रमहरु रोक्न नसकिने :निर्वाचन आयोग

निर्वाचनसँग सम्बन्धित तयारीका कार्यक्रमहरु रोक्न नसकिने :निर्वाचन आयोग

राजनीति, समाचार
निर्वाचन आयोगले प्रतिनिधि सभाको मध्यावधि निर्वाचनसँग सम्बन्धित तयारीका कार्यक्रमहरु रोक्न नसकिने जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद विघटनसँग घोषणा भएको चुनावको मितिअनुसार नै तयारी अगाडि बढाइएको पनि आयोगले जानकारी दिएको छ । संसद विघटन पछि विभाजित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले सोमबार आयोगमै पुगेर निर्वाचनसम्बन्धी कार्यक्रम रोक्न आग्रह गरेको थियो । निर्वाचनसम्बन्धी कार्यक्रम रोक्नका लागि आग्रह गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल सोमबार निर्वाचन आयोग पुगेका थिए । प्रचण्ड–नेपाल पक्षका नेता कृष्णभक्त पोखरेलका अनुसार संसद विघटनविरुद्धका मुद्दा अहिले अदालतमा विचाराधीन रहेकाले अदालतले मुद्दाको टुंगो नलगाउँदासम्म निर्वाचनका कार्यक्रम राक्न आग्रह गरिएको थियो । ‘संसद विघटन गर्न...
सोमबार नेपालमा थप ४८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

सोमबार नेपालमा थप ४८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
सोमबार नेपालमा थप ४८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार २६८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ३७३ रहेको छ । पछिल्लो २४ घण्टामा ५२७ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ । पछिल्लो २४ घण्टामा १० जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९२७ पुगेको छ। यस्तै हालसम्म २३७ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म १८ लाख ८७ हजार ५५५ जनाको पीसीआर परिक्षण गरिएको छ । ...
बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली पहिलो सन्तानको आमाबुबा बने

बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली पहिलो सन्तानको आमाबुबा बने

मनोरन्जन, समाचार
 बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली पहिलो सन्तानको आमाबुबा बनेका छन् । २०१७ मा विवाह बन्धनमा बाँधिएका यो जोडीले आज पहिलो सन्तानको रुपमा छोरीलाई स्वागत गरेका हुन्। अनुष्काले मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज दिउँसो छोरीलाई जन्म दिएकी हुन् । विराटले सोसल मिडियामा यसको जानकारी दिएका छन् । विराटले ट्वीटरमार्फत् जानकारी दिँदै हामी तपाईसँग यो खुशी बाँड्न पाउँदा निकै उत्साहित छौँ तपाईहरुकोको प्रेम, प्रार्थना र शुभकामनाका लागि सबैलाई धन्यवाद दिन्छौँ। अनुष्का र बच्चा दुबै स्वस्थ छन् । हाम्रो जीवनको नयाँ अध्याय शुरु भएको छ, तपाईलाई थाहा नै छ यो समय हामीलाई थोरै गोपनीयता चाहिएको छ ।’ ...
ओलीलाई मात्र दोष देखाएर नेताहरु पानी माथिको ओभानो बन्न मिल्दैन

ओलीलाई मात्र दोष देखाएर नेताहरु पानी माथिको ओभानो बन्न मिल्दैन

राजनीति, समाचार
-डा.डिआर उपाध्याय अहिले मुलुक फेरि राजनीतिक अस्थिरतातिर जाने हो की भन्ने चिन्ता छ । लामो संघर्षबाट प्राप्त उपलब्धि गुम्न नदिन लोकतान्त्रिक शक्तिहरुका बिच सहकार्यको जरुरी देखिएको छ । सत्ताधारी दलबीचकै आन्तरिक किचलोका कारण अचानक संसद् विघटन भयो त्यसले समग्र मुलुकलाई क्षति पु¥याएको छ। त्यसमध्ये पनि सबैभन्दा बढी दैनिक ज्याला मजदुरी गर्ने श्रमिक वर्गलाई असर परेको छ । लामो समय लकडाउन झेलेर आर्थिक रूपले थिलथिलो भएका गरिखाने मजदुर वर्ग फेरि राजनीतिक अस्थिरताको मार झेल्नुपर्ने अवस्था सृजना भएको छ। कम्युनिष्टहरुले सर्वहारा श्रमिक वर्गको मुक्तिको लागि भन्दै राजनीति गरे त्यही विश्वासको आधारमा सबै गरिखाने अधिकांश मजदुर वर्गले कम्युनिस्टलाई सहयोग गरेरै बहुमत दिएका हुन्। तर ती श्रमिक मजदुरले आजसम्म कम्युनिस्ट सरकारबाट के पाए ? सर्वसाधारण वा मजदुर वर्ग सबैले अब अस्थिरताको राजनीति अन्त्य होस् र पूर्ण प...
विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको ‘तिमी भित्रै’ सार्वजनिक(भिडियो)

विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको ‘तिमी भित्रै’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘तिमी भित्रै…’ सार्वजनिक भएको छ । मनोजराज सिवकोटीको स्वर तथा सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा मनोज वली, सम्झना खत्री र निर्दोष पोख्रेललाई फिचर गरिएको छ । https://youtu.be/cYmj8UnpTOc प्रमोद श्रेष्ठ र टिमको छायाँकन तथा ड्रोन रहेको गीतको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ । फरक शैलीका गीत मार्फत डा.उपाध्यायले विभिन्न ३२ विश्व रेकर्ड राख्न सफल हुनु भएको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित डा.उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको हो । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । उहाँका चाड पर्व...
चाकु खादाँ मिठो भएपनि यो बनाउन त्यति सजिलो भने छैन

चाकु खादाँ मिठो भएपनि यो बनाउन त्यति सजिलो भने छैन

समाचार, समाज
काठमाडौंको टोखा क्षेत्र यतिबेला निकै मग्मगाइरहेको छ । माघे संक्रान्तिको विशेष परिकार मानिने चाकुको बास्नाले टोखा क्षेत्र पुग्ने जो कोहीको मुख रसाउँछ । टोखामा यतिबेला खुवा चाकु, स्पेशल चाकु, झेल चाकु, बाहिरि मसला, भित्री समला, सुत्केरी मसला, सेतो तिल, कालो तिललगायतका परिकारहरु पाकिरहेको छ । तिनै परिकारहरुको बास्नाले मग्मगाइरहेको हो, टोखा । यतिबेला त्यहाँका व्यापारीलाई विभिन्न प्रकारका चाकुहरु बनाउन भ्याइनभ्याई छ । टोखामा अहिले १३ वटा चाकु कारखाना छन् । तीमध्ये ७ वटा कारखाना त एउटै पुस्ताबाट संचालित छन् । चाकु खादाँ मिठो भएपनि यो बनाउन त्यति सजिलो भने छैन । चाकु बनाउनका लागि विभिन्न प्रक्रियाहरु पुरा गर्नुपर्छ । ज्ञान, सिप र अनुभवबिना चाकु बनाउन नसकिने स्थानीय व्यवसायी बताउँछन् । ...
नेपाल विद्युत् प्राधिकरणले भारतमा विद्युत् आपूर्ति गर्न टेन्डर प्रस्ताव पेश

नेपाल विद्युत् प्राधिकरणले भारतमा विद्युत् आपूर्ति गर्न टेन्डर प्रस्ताव पेश

आर्थिक, समाचार
विद्युत् आपूर्ति गराउने सम्बन्धमा भारतको बीआरपीएल नामक कम्पनीले भारतकै एनभीभीएनमार्फत आह्वान गरेको टेन्डरमा नेपाल विद्युत् प्राधिकरण पनि सहभागी भएको छ । विद्युत् नियमन आयोगले गत सोमवार उक्त टेन्डरमा सहभागी हुन प्राधिकरणलाई स्वीकृति दिएको थियो । त्यसलगत्तै प्राधिकरणले उक्त टेन्डरमा प्रस्ताव पेश गरेको हो । प्राधिकरणले जुनदेखि सेप्टेम्बरसम्म (४ महीना) २५ मेगावाटसम्म विद्युत् उपलब्ध गराउन सक्नेगरी एनभीभीएनमार्फत टेन्डरमा प्रस्ताव पेश गरेको हो । प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले नियमन आयोगबाट स्वीकृति पाएसँगै गत हप्ता नै उक्त टेन्डरमा आवेदन पेश गरेको जानकारी दिए । हाल प्राधिकरणले भारतको टनकपुरबाट प्रतियुनिट ६ रुपैयाँ ६२ पैसा (४ दशमलव १४ भारतीय रुपैयाँ) मा भारतीय विद्युत् किन्दै आएको छ । टेन्डरमा सोही दरलाई नै आधार बनाएर प्रस्ताव पेश गरिएको प्रवक्ता तिम्सिनाले बताए । ‘त्यसमा प्रसारण ...
आजको दिनले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, स्थिरता र समृद्धिका लागि सम्पूर्ण नेपालीलाई एकै सूत्रमा बाँध्न सहयोग पुग्ने: राष्ट्रपति विद्यादेवी भण्डारी

आजको दिनले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, स्थिरता र समृद्धिका लागि सम्पूर्ण नेपालीलाई एकै सूत्रमा बाँध्न सहयोग पुग्ने: राष्ट्रपति विद्यादेवी भण्डारी

समाचार, समाज
राष्ट्रपति विद्यादेवी भण्डारीले २९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छन्। गोरखाका राजा पृथ्वीनारायणले नेपाल एकीकरणको जग बसालेको तथा विविध धर्म, संस्कृति, भाषा र परम्परालाई संरक्षण गरी सबल राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधारभूमि नेपाल एकीकरणले तयार गरेको जनाउँदै राष्ट्रपतिले बहुलताबीच सद्‌भावपूर्ण एकता हाम्रो राष्ट्रिय सामर्थ्यको सदुपयोग गर्दै अघि बढ्न सके मुलुकले विकासमा फड्को मार्ने विश्वास व्यक्त गरेकी छन्। पुर्खाको त्याग, बलिदान र समर्पणको जगमा निर्माण भएको राष्ट्रलाई समुन्नत बनाउने गहन दायित्व आज हाम्रो काँधमा आएको बताउँदै राष्ट्रपतिले आजको दिनले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, स्थिर...
विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ६६ लाख ९ हजार १८

विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ६६ लाख ९ हजार १८

अन्तराष्ट्रिय, समाचार
विश्वमा एकैदिन ६ लाख ४ हजार ९ सय १८ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ । यसरी विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ६६ लाख ९ हजार १८ पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमणबाट एकैदिन ८ हजार ८ सय जनाको मृत्यु भएको छ । यसरी विश्वमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १९ लाख २४ हजार ५ सय १२ पुगेको छ । त्यस्तै विश्वमा ६ करोड ४७ लाख ९३ हजार ३ सय २९ जना संक्रमित उपचारपछि निको भएका छन् । ...