म्यानमारको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)की नेतृ आन साङ सुकीलाई त्यहाँको सेनाले गिरफ्तार गरे
एजेन्सी । म्यानमारको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)की नेतृ आन साङ सुकीलाई त्यहाँको सेनाले गिरफ्तार गरेको छ । सेनाले सत्ता हत्याउन सक्ने आशंका बढिरहेका बेला सुकी पक्राउ परेको बीबीसीले जनाएको छ ।
नेतृ सुकीसहित राष्ट्रपति विन मिन्ट र प्रदेशका मुख्यमन्त्रीहरूलाई समेत सेनाले नियन्त्रणमा लिएको जनाइएको छ। सेनाले आज बिहान नेताहरूलाई नियन्त्रणमा लिए पनि यो सैनिक कू नभएको जनाएको छ।
सोमबार म्यानमारको नयाँ संसदको बैठक बस्ने तय भएको थियो । तर सेनाले भने यो बैठक नराख्न आग्रह गरिरहेको थियो। नेताहरूलाई नियन्त्रणमा लिएपछि राजधानी नेपिदअ र रंगुन शहरका सडकमा सैनिकहरूले गस्ती गरिरहेका छन् भने नेपिदअको सञ्चार सम्पर्क बिच्छेद गरिएको छ।
गत नोभेम्बरमा भएको निर्वाचनमा एनएलडीले सरकार गठनका लागि संसद्मा पर्याप्त सिट जितेको थियो । तर सेनाले भने उक्त निर्वाचनमा धाँधली भएको दाबी गर्दै आएको छ। स...









