मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या ३८ प्रतिशत

अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या ३८ प्रतिशत

अन्तराष्ट्रिय, समाचार
अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट २७ हजार १९१ जना संक्रमित भएका छन् । यो अवधिमा कोरोना भाइरस सङ्क्रमित ५८९ जनाको मृत्यु भएको छ । कोरोनाबाट संक्रमण हुनेको संख्यामा बिगत दुई हप्तामा ३८ प्रतिशतले कमी आएको पनि अमेरिक स्वास्थ्य मन्त्रालयले बताएको छ। अमेरिकामा हाल सम्म कूल ५ लाख ८८ हजार ८ सय ४९ जनाको निधन भएको छ भने पछिल्लो दुई हप्तामा १४ प्रतिशतले मृत्यु संख्या घटेको छ। हाल अमेरिकामा ३० हजार ७ सय ६३ जना अस्पतालमा कोरोना संक्रमितहरु भर्ना भएका छन भने भर्ना हुनेको संख्या २२ प्रतिशतले घटेको छ । शुक्रबार अमेरिकामा १० लाख ४३ हजार ७०७ जनाले कोरोनाको जाँच गराएका छन् । शनिवार बिहानसम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या तीन करोड एक लाख पाँच हजार ३२५ रहेको छ । अमेरिकामा कूल २८ करोड १५ लाख ९५ हजार ३ सय ५१ जनाले कम्तिमा एक खोप लगाएका छन। अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या ३८ प्र...
आज जेठ ९ गते आईतबारको राशिफल

आज जेठ ९ गते आईतबारको राशिफल

राशिफल, समाचार
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) अनावश्यक खर्चको सम्भाबना रहेकोछ । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निरासा पुर्ण ब्यतित रहनेछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछन । हरकोहीको बिश्वासमा नपर्नु उत्तम रहनेछ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आफुभन्दा सानाको साथ सहयोगमा गरीएका कार्य सहजता पुर्ण सम्पादन हुनेछन । अध्यनअध्यापनमा समय उत्तम रहनेछ । नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुनेछ । आर्र्थीक क्षेत्र सबल रहनेछ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) पारीवारिक साथ सहयोगमा बृद्धिहुनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । कार्यक्षेत्रमा ...
बिहेमा कोरोना फैलिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु, बेहुलीकाे उपचार हुँदै

बिहेमा कोरोना फैलिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु, बेहुलीकाे उपचार हुँदै

समाचार
झापाको गौरादह नपा–४ को एक बिहेघरमा कोरोना सङ्क्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ । सङ्क्रमणबाट गौरादह–४ खङटाका ३० वर्षीय बेहुला सन्तोष ताजपुरिया र उहाँकी आमाको मृत्यु भएको नगर स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठका अनुसार सङ्क्रमित सन्तोषको गए राति १२ः४५ बजे विराटनगरस्थित कोशी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गत वैशाख २४ गतेदेखि उहाँ त्यस अस्पतालमा उपचारत हुनुहुन्थ्यो । यसअघि आमा शान्तिदेवी ताजपुरियाको गत वैशाख २३ गते उपचारका क्रममा मृत्यु भएको थियो । वैशाख १५ गतेतिर सन्तोषको विवाह भएको थियो । विवाह भएको केही दिनमै बेहुला सन्तोष, उहाँकी नवदुलही, आमासहित पाँचजनाको पूरै परिवारलाई सङ्क्रमण देखिएको थियो । त्यस्तै सन्तोषकी श्रीमतीको समेत कोशी कोभिड अस्पतालमा उपचार भइरहेको गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले बताउनुभय...
प्रजातन्त्र सेनानी सदुवा किसानको निधन

प्रजातन्त्र सेनानी सदुवा किसानको निधन

समाचार
प्रजातन्त्र सेनानी सदुवा किसानको निधन भएको छ । प्रजातन्त्रवादी नेता किसानको ६८ वर्षको उमेरमा आज निधन भएको हो । किसान समुदायका एक मात्रै प्रजातन्त्र सेनानी मेचीनगर निवासी थिए। प्रजातान्त्रिक आन्दोलनमा लागेकै कारण किसानलाई पञ्चायती सरकारले उनलाई सात वर्ष जेल हालेको थियो । विसं २०२९ देखि २०३६ सम्म चन्द्रगढी जेलमा बन्दी जीवन बिताएका किसानको घरबाट १२ थान हतियार (बन्दुक) बरामद गरिएको थियोे । हतियारसहित पक्राउ परेका उनलाई हतियार ओसारपसार तथा भण्डार तथा राज्यद्रोहको मुद्दा लगाइएको थियोे । झापा मेचीनगर नगरपालिका–१० किसान बस्तीका बासिन्दा सिके प्रसाईं (रामबाबु), कुलबहादुर (केबी) गुरुङ, तुर्सा हेमरमका सहयात्री उनी गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालाका विश्वास पात्र मानिँदै आएका थिए । भूविक्रम नेम्वाङसँगै कांग्रेसले चलाएको सशस्त्र आन्दोलनमा उनी सरिक व्यक्ति भएको बताइन्छ । ...
नेपाल पत्रकार महासंगले भन्यो वैकल्पिक सरकार बन्न सक्ने अवस्था हुँदाहुँदै प्रतिनिधि सभा विघटन गरियो

नेपाल पत्रकार महासंगले भन्यो वैकल्पिक सरकार बन्न सक्ने अवस्था हुँदाहुँदै प्रतिनिधि सभा विघटन गरियो

समाचार
नेपाल पत्रकार महासंघले संविधानबमोजिम वैकल्पिक सरकार बन्न सक्ने अवस्था हुँदाहुँदै प्रतिनिधि सभा विघटन गरेर निर्वाचन घोषणा गर्ने कदमले लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम भएको बताएको छ। महासंघका महासचिव रोशन पुरीले आज विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा विघटन गरेर निर्वाचन घोषणा गर्ने कदमले संविधान तथा संसदको हुर्मत लिने, लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम भएको उल्लेख छ। सरकारको सिफारिसमा राष्ट्रपतिले गए राति प्रतिनिधि सभा विघटन गरी चुनावको मिति घोषणा गरेकी थिइन्। पत्रकार महासंघले जनतालाई संविधान प्रतिकूलको चुनाव नभएर अहिले कोरोना महामारीबाट बच्च खोप चाहिएको उल्लेख गरेको छ। अस्पतालहरूमा शय्या, अक्सिजनलगायत सामग्रीको खाँचो रहेको महासंघको भनाइ छ। यस्तो अवस्थामा जनताको उपचारमा ध्यान दिएर सरकारले मध्यरातमा चुनावको सिफारिस गर्ने र सरकार बन्ने आधार हुँदाहुँदै राष्ट्रपतिले जालझेलपूर्ण...
नेपाली कांग्रेसको पदाधिकारी बैठक देउवा निवास बुढानिलकण्ठमा बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक देउवा निवास बुढानिलकण्ठमा बस्दै

राजनीति, समाचार
नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन गरी राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको घोषणा गरेसँगै कांग्रेसले यस विषयमा छलफल गर्नका लागि पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको हो । बैठक सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बिहान ९ बजे बस्ने बताइएको छ । देउवाले प्रधानमन्त्रीको दाबिका लागि १४९ बहुमत सांसदहरुको हस्ताक्षर राष्ट्रपति भण्डारीलाई बुझाएको भएपनि उनले प्रतिनिधि सभा भंग गरि निर्वाचन घोषणा गरेसँगै नेपाली कांग्रेसका नेताहरुले तिव्र विरोध जनाएका छन् । ...
‘रेस्क्यू म्युजिक अवार्ड’को घोषणा

‘रेस्क्यू म्युजिक अवार्ड’को घोषणा

मनोरन्जन, समाचार
रेस्क्यू क्रियशनको आयोजनामा निकट भविष्यमै राजधानीमा ‘रेस्क्यू म्युजिक अवार्ड’ हुने भएको छ । विगत एक दशकदेखि म्यूजिक भिडियो निर्माणमा सक्रिय यो संस्थाले पहिलोपटक अवार्ड आयोजना गर्न लागेको हो । भिडियो निर्देशनमा ख्याती कमाएका संस्थाका निर्देशक समन अधिकारीले दशकौंको म्युजिक भिडियो निर्माणको अनुभव पछि वास्तविक स्रष्टाको उच्च कदर गर्दै विभिन्न विधामा सम्मान गर्ने हेतुले अवार्ड आयोजना गर्न लागेको बताए । ‘अहिले कोभिड संक्रमण अवस्था भएकोले यस समयमा हामी यसको तयारीमा जुटेका छौं । विश्वभरी छरिएर रहेका नेपाली गीत संगीतलाई माया गर्ने सबैलाई अवार्डमा समेट्ने प्रयास गर्नेछौं’, उनले भने । समनका अनुसार अवार्ड यो वर्षको अन्त्यमा नेपालको एक पाँचतारे होटलमा र अर्को वर्ष युरोपमा हुनेछ । प्रारम्भिक चरणमा अवार्डमा नेपाली आधुनिक गीत, लोक दोहोरी र फिल्म गरेर १५ वटा विधामा अवार्ड गरिनेछ ।‘सबै विधा विदेशमा बस्न...
षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको :नेता माधवकुमार नेपाल

षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको :नेता माधवकुमार नेपाल

राजनीति, समाचार
नेकपा(एमाले)का बरिष्ठ नेता माधवकुमार नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताएका छन् । बरिष्ठ नेता नेपालले ट्वीट गर्दै संसद्को चीरहरण गर्दै प्रतिगमन दोहोरिएको बताएका हुन् । उनले चुनावको उद्घोषलाई जालझेल भन्दै संविधानको मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले चुनावको घोषणा गरिएको बताए । ‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ । प्रतिगमन दोहोरिएको छ ।’ उनले भने, ‘संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो ।’ उनले व्यवस्था लाई नै कू गर्ने अग्रसरता लिइएको पनि बताए । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको उनको भनाई छ । नेता नेपालले भने, ‘यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ ।’ नेता नेपालले संसद...
कोरोना भाइरस संक्रमणदर बढ्दै गएपछि  काभ्रेपलाञ्चोकका थप पाँच स्थानीय तह आजदेखि ‘सिल’

कोरोना भाइरस संक्रमणदर बढ्दै गएपछि काभ्रेपलाञ्चोकका थप पाँच स्थानीय तह आजदेखि ‘सिल’

समाचार, समाज
 पछिल्ला दिन कोरोना भाइरस संक्रमणदर बढ्दै गएपछि सङ्क्रमणको उच्च जोखिम रहेको जनाउँदै काभ्रेपलाञ्चोकका थप पाँच स्थानीय तहले आजदेखि आफ्नो क्षेत्र ‘सिल’ गरेका छन् । धुलिखेल नगर, पनौती नगर, पाँचखाल नगरपालिका, रोशी र भुम्लु गाउँपालिकाले आजदेखि स्वास्थ्यसम्बन्धी अत्यावश्यक सेवाबाहेक सबै पूर्णरूपमा बन्द गरेको जनाएका हुन् । जिल्लामा अन्य स्थानीय तहभन्दा कोरोना संक्रमणदर उच्च सङ्ख्यामा रहेको जनाउँदै बनेपा नगरले आइतबारदेखि नै एक हप्ताका लागि आफ्नो क्षेत्र शिल गरेको थियो । उसले मर्निङवाकसमेत गर्न दिएको छैन । “अन्य स्थानीय तहभन्दा बनेपामा सङ्क्रमण उच्च रहेपछि औषधि पसल र अस्पताल बाहेकका सबै सेवा बन्द गर्नुका साथै मर्निङवाकसमेत प्रतिबन्ध लगाउनुप¥यो”, बनेपा नगरप्रमुख लक्ष्मीनरसिंह वादेले भने । बनेपा जिल्लाको प्रमुख शहर हो । पाँचखाल नगरले बन्दमा मदिराजन्य पसल सञ्चालन गरे छ महिना अनुमति खा...
पछिल्लाे २४ घण्टामा थपिए ८६०७ संक्रमित

पछिल्लाे २४ घण्टामा थपिए ८६०७ संक्रमित

समाचार
पछिल्लाे २४ घण्टामा देशभर थप ८६०७ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ३५३ जना पीसीआर र ८७३ जनाको एन्टीजेन परीक्षण गर्दा ८६०७ जनामा काेराेना संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख १ हजार ११६ पुगेको छ आज देशभरमा ७८९० जना संक्रमणमुक्त  भएका छन् । योसँगै हालसम्म नेपालमा ३ लाख ७४ हजार ८ सय ३६ जनाले कोरोनालाई जितेका स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  ३ लाख ७४ हजार ८३६ निको भएका छन् । अहिले १ लाख १६ हजार १९२ जना संक्रमित आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १७७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६०२४ पुगेको मन्त्रालयले जनाएको छ । ...