भदौ ०९ गते बुधबारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो दुरिको शैक्षिक तथा कर्म प्राप्तीको लागी यात्राको तय गर्न सकिनेछ । बिदेशी सामानको व्यापारमा बृद्धि भएर जानेछ भने विदेशमा बसेर पेशा तथा अध्ययन गर्नेहरुका लागी समयले साथ दिनेछ । स्वास्थ्यमा समस्या आई कर्जा बढ्ने योग रहेकोछ । प्रेम तथा मित्रताको बन्धन कसिने तथा अध्ययनको लगावले आर्थिक तथा बौद्धिक क्षेत्र फराकिलो हुनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कामको सवालमा बिशिष्ट व्याक्तिहरुसँग भेटघाट हुनेछ । आफन्त, घरपरिवार तथा साथिभाईहरुका सहयोग पाईनाले मन प्रशन्न रहनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापारमा सानो लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहने जोडीहरुका लागी समय फलदायी रहेकोछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) शुभचिन्तक तथा परिचित व्याक्तीबाट सहयोग जुट्नाले काम गर्न सहज हुने...








