आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

नेकपामा व्यक्ति विशेष सर्वेसर्वा हुँदैन : वरिष्ठ नेता माधवकुमार नेपाल

नेकपामा व्यक्ति विशेष सर्वेसर्वा हुँदैन : वरिष्ठ नेता माधवकुमार नेपाल

राजनीति, समाचार
काठमाडौँ — चैत ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा व्यक्ति विशेष हावी हुन नसक्ने बताएका छन् । ‘नेकपा जनवादी केन्द्रीयताको सिद्धान्त र सामूहिक नेतृत्वको आधारमा चल्ने पार्टी हो जहाँ व्यक्तिविशेष सर्वेसर्वा हुँदैन,’ पत्रकार भेटघाटमा नेकपा सचिवालय सदस्यसमेत रहेका नेपालले भने । उनले सरकारलाई विगतका कमजोरीलाई सुधार गर्दै अघि बढ्न सल्लाह दिए । सरकार र पार्टी सञ्चालनबारे सचिवालयमा सरसल्लाह हुनुपर्नेमा उनको जोड थियो । ‘असन्तुष्ट पक्षलाई बोलाई छलफल गरेर विश्वासमा लिनुपर्दछ,’ उनले भने । नेता नेपालले कुनै विषयमा आलोचना भएमा वा केही प्रष्ट गर्नुपर्ने भएमा त्यसलाई प्रष्ट पार्नुपर्ने र नेतृत्व फराकिलो हुनुपर्ने बताए। पार्टीका तल्ला कमिटी र जनवर्गीय सङ्गठनको एकता अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्किएपछि छलफल गरेर टुङ्गो लगाइने उनले जानकार...
प्रधानमन्त्री केपी ओली सिके राउतको प्रवक्ता बने : राजेन्द्र महतो

प्रधानमन्त्री केपी ओली सिके राउतको प्रवक्ता बने : राजेन्द्र महतो

राजनीति, समाचार
काठमाडौँ — चैत ११ । राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली सिके राउतको प्रवक्ता बनेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिमा एकपछि अर्को अपरिपक्कता प्रर्दशन गरिरहेको उनले दावी गरे । आइतबार काठमाडौंमा आयोजित देशको विद्यमान परिस्थितिमा राजनीतिक दलहरुको भूमिका अन्तरक्रिया कार्यक्रममा उनले टिकापुर घटनालाई राजनीतिक घटनाको रुपमा बुझिदिन सबैलाई आग्रह गरे । नेता महतोले तत्कालीन माओवादी सशस्त्र युद्धलाई जनयुद्ध भन्न मिल्ने तर टिकापुर घटनालाई अपराधिक गतिविधि भन्दै रेशम चौधरीलगायतका राजनीतिक व्यक्तिहरुलाई जन्मकैदको सजाय दिइएकोमा आपत्ति जनाए । नेता महतोले झापा आन्दोलनलाई राजनीतिक आन्दोलन भनेजस्तै टिकापुर घटनालाई पनि थरुहट आन्दोलनको रुपमा लिनुपर्ने बताए । (नयाँ पत्रिका)...
प्रधानमन्त्रीले ओलीले दिए विप्लव समूहलाई वार्तामा आउन चैतसम्मको अल्टिमेटम

प्रधानमन्त्रीले ओलीले दिए विप्लव समूहलाई वार्तामा आउन चैतसम्मको अल्टिमेटम

राजनीति, समाचार
काठमाडौँ — चैत ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेक्रवित्रम चन्द नेतृत्वको नेकपालाई हतियार बिसाएर वार्तामा आउनका लागि चैत महिनासम्मको अल्टिमेटम दिएका छन् । यो महिनाभित्र हतियार बिसाएर वार्तामा नआए सरकार नियन्त्रणका लागि अझ आक्रामक बन्ने संकेत उनले दिएका छन् । नेकपाको संसदीय दलको सोमबारको बैठकलाई सम्बोधन गर्नै प्रधानमन्त्री ओलीले चन्द समूहका गतिविधि हिंसात्मक भएकाले त्यसलाई रोक्न राज्यले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे। ‘यही चैत महिना भरीमा हतियार बिसाएर कुराकानीमा आउनुपर्‍यो। त्यसको लागि ढोका बन्द भएको छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘हिंसा छाडेर, हतियार बिसाएर नआए सम्पूर्ण रुपमा नियन्त्रणमा लिइन्छ।’ प्रधानमन्त्री ओलीले आइतबार संघीय संसदमा पनि सम्बोधन गर्दै सरकार अघि बढेकाले अब व्याक गियर नलगाउने बताएका थिए। प्रमुख प्रतिपक्षी कांग्रेसले भने राज्यको शक्ति प्रयोग गरे...
‘हतियार बिसाए विप्लव समूहसँग वार्ता सम्भव’- उपप्रधान तथा रक्षामन्त्री पोख्रेल

‘हतियार बिसाए विप्लव समूहसँग वार्ता सम्भव’- उपप्रधान तथा रक्षामन्त्री पोख्रेल

राजनीति, समाचार
मोरङ — चैत ११ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले नेक्रवित्रम चन्द नेतृत्वको नेकपालाई हतियार बिसाएर वार्त्तामा आउन आग्रह गरेका छन् । विराटनगरमा पत्रकारसँग कुरा गर्दै पोख्रेलले हतियार उठाएको चन्द नेतृत्वको समूहसँग अहिले वार्ताको कुनै सम्भावना नरहेको बताउँदै पहिला हतियार बिसाउनु पर्ने बताए । ‘हतियार उठाउनु संवैधानिक व्यवस्था विपरितको कार्य हो,’ उनले भने, ‘वार्ताको सम्भावना त्यो समयमा रहन्छ, जब उहा“हरुले हतियार बिसाउनुहुन्छ ।’ हतियार देखाएर चन्दा उठाउने, बम पड्काएर मान्छे मार्ने जस्ता समूहसँग सरकारले वार्ता नगर्ने उनले स्पष्ट पारे । सरकारले कुनै राजनितिक पार्टी र दललाई निषेध गर्न नखोजेको पोख्रेलको भनाई थियो । उनले प्रधानमन्त्रीले सेना परिचालन गर्ने विषय अनावश्यक हल्ला मात्रै भएको बताए । ‘राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाउन ढिलाइ भएको बेलामा प्रधानमन्त्री परिषदको अध्यक्षक...
संघीयता र गणतन्त्रमा जनमत संग्रह भन्नु गलत : युवा नेता गगन थापा

संघीयता र गणतन्त्रमा जनमत संग्रह भन्नु गलत : युवा नेता गगन थापा

राजनीति, समाचार
काठमाडौँ —चैत ८ । कांग्रेसका युवा नेता गगन थापाले कांग्रेसका महामन्त्री शशांक कोइरालाले ‘संघीयता र गणतन्त्रको विषयमा जनमत संग्रहमा जान सकिने’ अभिव्यक्ति दिएकोमा आपत्ति जनाएका छन् । पार्टी भित्र खुला छलफल नगर्ने तर सार्वजनिक कार्यक्रममा विभिन्न विषयमा जनमत संग्रहमा जान सकिने कुरा जिम्मेवार नेताहरुले गरिरहे पार्टी ठूलो भडखालोमा जाकिने उनले चेतावनी दिए । गिरिजा प्रसाद कोइराला फाउन्डेशनले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले नेताहरुलाई पार्टी भड्खालमा जाने र नेता कार्यकर्तालाई अलमलमा पार्ने अभिव्यक्ति नदिन आग्रह गरे । उनले गिरिजा प्रसाद कोइरालाले लिएको सहमति, सहकार्य र एकताको सुत्रलाई आत्मसात गरेर पार्टीलाई एकतावद्ध बनाउनुपर्ने आवश्यक्ता औंल्याए । सोही कार्यक्रममा कांग्रेस नेता शेखर कोइरालाले संघीयता समाप्त पार्ने काममा सरकार लागिरहेको आरोप लगाए । उनले प्रधानमन्त्री...
प्रधानमन्त्री ओलीले नेत्रविक्रमलाई भने – ‘विध्वंसकारी र आतंककारी गतिविधि छाडेर शान्ति प्रक्रियामा आउनुस्’

प्रधानमन्त्री ओलीले नेत्रविक्रमलाई भने – ‘विध्वंसकारी र आतंककारी गतिविधि छाडेर शान्ति प्रक्रियामा आउनुस्’

राजनीति, समाचार
भैरहवा —चैत ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टीले विध्वंसकारी र आतंककारी गतिविधि छाडेर शान्ति प्रक्रियामा आउनु पर्ने बताएका छन् । शुक्रबार भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले चन्द समूहलाई शान्ति प्रक्रियामा आउन अनुरोध गरिएको बताए।चन्द समूहलाई आतंककारी गतिविधि नगर्न भन्दा विरोध जनाउनु आश्चर्यको विषय भएको उनले बताए। ओलीले सिके राउत समूहले विखण्डनको राजनीति छोडेर भौगोलिक अखण्डता र सार्वभौम सत्ताको रक्षा गर्नु पर्छ भनेर मूलधारको राजनीतिमा आएको उनले बताए। लुम्बिनीलाई प्रदुषण गर्ने खालका गतिविधि नियन्त्रण गरेर स्वच्छ र वास्तविक धार्मिक थलोको रुपमा विकास गरिने ओलीको भनाइ थियो। निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माण सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय उडान सञ्चालनकोलागि आवश्य...
पार्टी एकता आकस्मिक रुपमा टुंगिन्छ : प्रधानमन्त्री

पार्टी एकता आकस्मिक रुपमा टुंगिन्छ : प्रधानमन्त्री

राजनीति, समाचार
भैरहवा—चैत ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी एकता आकस्मिकरुपमा टुंगिने बताएका छन् । भैरहवा विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नेकपाको स्थानीय तहको एकता आकस्मिकरुपमा टुंगिने बताएका हुन् । ‘चुनावी गठबन्धन, पार्टी एकता घोषणाजस्ता नेकपाका धेरै गतिविधि आकस्मिकरुपमा टुंगिएका छन्,’ नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘स्थानीय तहका एकता पनि आकिस्मकरुपमा नै टुंगिनेछ ।’ विखण्डन छाडेर र विकासको बाटोमा आउन सीके राउत सहमत भएको स्मरण गर्दै प्रधानमन्त्रीले नेत्रविक्रम चन्द ‘विप्लव’लाई पनि शान्तिपूर्ण मार्गमा आउन सरकारले अपिल गरेको बताए । ‘तर, विप्लव समूहले विध्वंसात्मक गतिविधि छाडेको छैन,’ उनले भने, ‘विप्लवलाई त्यसो नगर्नु भन्दा चित्त दुखाउनेहरु पनि छन्, उनीहरु देशका हितमा छैनन् ।’ प्रधानमन्त्रीले भैरहवास्थित गौतम...
अंगीकृत नागरिकताका विषयमा सुझाव दिन उपसमिति गठन

अंगीकृत नागरिकताका विषयमा सुझाव दिन उपसमिति गठन

राजनीति, समाचार
काठमाडौँ —चैत ७ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अंगीकृत नागरिकता दिने विषयमा सुझाव दिन ५ सदस्यीय उपसमिति गठन गरेको छ । समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलको क्रममा समितिका सदस्यहरुबीच मतभेद भएपछि समस्या समाधानका लागि सुझाव दिन पाँच सदस्यीय उपसमिति गठन गरिएको हो । उपसमितिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट विजय सुब्बा, यशोदा सुवेदी र नवराज सिलवाल, कांग्रेसका तर्फबाट देवेन्द्रराज कँडेल र संघीय संमाजवादी फोरम, नेपालका तर्फबाट रामसहाय प्रसाद यादव रहेको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन् । बैठकमा समितिका सदस्यहरुले नेपाली नागरिकसँग विवाह गरेको १० वर्ष पूरा नभएका विदेशी महिलालाई अंगीकृत नागरिकता दिन नपाउने व्यवस्था गर्न सरकारसँग माग गरेका थिए । समितिका सदस्य झपड रावलले नेपालीसँग व...
पञ्जाब नेसनल बैंकको २ अर्ब डलर घोटाला गरेको आरोपमा नीरव मोदी लन्डनमा पक्राउ

पञ्जाब नेसनल बैंकको २ अर्ब डलर घोटाला गरेको आरोपमा नीरव मोदी लन्डनमा पक्राउ

राजनीति, समाचार
काठमाडौँ —चैत ७ । पञ्जाब नेसनल बैंकको २ अर्ब डलर घोटाला गरेको आरोपमा भारतीय हीरा व्यापारी नीरव मोदी लन्डनमा पक्राउ परेका छन् । मोदीलाई लन्डन प्रहरीले होल्बोर्न क्षेत्रबाट मंगलबार गिरफ्तार गरेको हो । बुधबार वेस्टमिनिस्टर अदालतमा पेस गरिएकामा उनको धरौटीको माग अस्वीकार गरिएको छ । उनलाई अब ९ दिन हिरासतमा राखिनेछ भने अर्को सुनुवाइ २९ मार्चमा हुनेछ । अब उनलाई लिन भारतीय अधिकारीहरू सुपुर्दगीसम्बन्धी कागजात लिएर अर्को साता लन्डन जानेछन् । पञ्जाब बैंकको घोटाला सार्वजनिक हुनुपूर्व नै उनी गतवर्ष लन्डन भागेका थिए । यही मार्चको पहिलो साता बेलायतको टेलिग्राफ पत्रिकाले उनी लन्डनको वेस्ट इन्डस्थित ८० लाख पाउन्डको अपार्टमेन्टमा बस्दै आएको खुलासा गर्दै भिडियोसहितको समाचार प्रकाशित गरेपछि नीरवको सुपुर्दगीका लागि बेलायती अदालतमा कानुनी प्रक्रिया सुरु गरिएको थियो । यसअघि गत अगस्टमै उनलाई सुपुर्दगी गर्...
गिरिजाप्रसादको सभामुख महराले गरे प्रशंसाः ‘कोइराला नेपालको शान्तिप्रक्रियाका नायक’

गिरिजाप्रसादको सभामुख महराले गरे प्रशंसाः ‘कोइराला नेपालको शान्तिप्रक्रियाका नायक’

राजनीति, समाचार
काठमाडौँ —चैत ७ । सभामुख कृष्णबहादुर महराले गिरिजाप्रसाद कोइराला नेपालको शान्तिप्रक्रियाका नायक भएको बताएका छन् । गिरिजाप्रसाद कोइरालाको नवौं स्मृति दिवसको सन्दर्भमा आज काठमाडौंमा गरिएको कार्यक्रममा सभामुख महराले राष्ट्रिय र अन्तर्राष्ट्रिय चुनौतिका बीच उनले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्‍याएको स्मरण गरे । १२ बुँदे सम्झौतादेखि पछाडिका शान्ति प्रकृयाका महत्वपूर्ण काम पूरा गर्न कोइरालाको भूमिका महत्वपूर्ण रहेको उनको भनाई थियो । सेना समायोजनदेखि हतियार ब्यवस्थापनसम्म चुनौति भए पनि उनले सहज रुपमा काम गरेको महराको भनाइ थियो । सभामुख महराले गिरिजाप्रसाद कोइराला सबै राजनीतिक दललाई साथ लिएर अगाडि बढ्न सक्ने नेताको रुपमा आफूले पाएको बताए । कार्यक्रममा नेपाली कांग्रेसका नेता गगन थापा र भीमसेनदास प्रधानले गिरिजाप्रसाद कोइरालाले देखाएको बाटोमा हिँड्नुपर्ने आवश्यकता औंल्याए । ...