आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

अर्थमन्त्री डा युवराज खतिवडाद्वारा राजीनामा

अर्थमन्त्री डा युवराज खतिवडाद्वारा राजीनामा

राजनीति, समाचार
भदाै १९ काठमाडौं। अर्थमन्त्री डा युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्। उनले शुक्रबार अपराह्न राजीनामा दिएको बालुवाटार स्राेतले जनाएकाे छ।डा खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन्। सांसद नभएको व्यक्ति मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री ओलीले उनलाई गएको फागुन २० मा दोस्रो पटक मन्त्री नियुक्त गरेका थिए। तत्कालीन सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड घुस मागेको अडियाे टेप बाहिरिएपछि बास्कोटाले पदबाट राजीनामा दिएपछि खतिवडाले सञ्चार मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्दै आएका थिए। सांसद नभएको व्यक्ति मन्त्री नियुक्त भएको ६ महिना भित्र सांसद नभए मन्त्री पद स्वतः निष्क्रिय हुने संवैधानिक व्यवस्था भएका कारण डा. खतिवडाको पद शनिबार निष्क्रिय हुँदै थियो। यसरी पद समाप्ता हुनु अघि नै उनले प्रधानमन्त्री समक्ष राजीनामा दिएका हुन्।राष्...
मन्त्रिपरिषद बैठकमा आफ्नो कार्यकालकाे  ब्रिफिङ गरे अर्थमन्त्रीले , आजै राजीनामा दिने

मन्त्रिपरिषद बैठकमा आफ्नो कार्यकालकाे ब्रिफिङ गरे अर्थमन्त्रीले , आजै राजीनामा दिने

राजनीति, समाचार
भदाै १९ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो अढाइ वर्षे कार्यकालको ब्रिफिङ गरेका छ। खतिवडाले आफू नियुक्त भएदेखि आजसम्म गरेको कामको बारेमा ब्रिफिङ गरेको एक मन्त्रीले जानकारी दिए।‘अर्थमन्त्रीले आफ्नो अढाइ वर्षे कार्य कार्यकालको बिफ्रिङ गर्नु भयो,’ ती मन्त्रीले भने, ‘उहाँले आफ्नो कार्यकाल सफल भएको बताउनु भयो र हामीले देखेको पनि त्यही हो।’ मन्त्री खतिवडाले आजै साँझ आफूले राजीनामा दिने मन्त्रिपरिषद बैठकमा बताएका थिए। बैठकमा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्न सिफारिस गर्ने विषयमा भने कुनै छलफल नभएको स्रोतले जनाएको छ। बिहीबार बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने निर्णय गरेको थियो। उक्त निर्णयसँगै अर्थमन्त्री डा. युवराज खतिवडाले आजै साँझ राजीनामा दिन लागेका हुन्। तस्वीर : प्रधानमन्त्रीकाे ...
अर्थमन्त्री खतिवडाद्वारा राजीनामा दिने घोषणा

अर्थमन्त्री खतिवडाद्वारा राजीनामा दिने घोषणा

राजनीति, समाचार
काठमाडौं । अर्थ तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले शुक्रबार साँझ नै राजीनामा दिने घोषणा गरेका हुन। खतिवडाले बैठकमा आफ्ना धारणा राख्ने क्रममा साँझसम्ममा आफूले राजीनामा दिने तयारी गरेको जानकारी गराएका थिए। राष्ट्रियसभाको रिक्त एक सिटमा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने निर्णय भएपछि खतिवडाले राजीनामा दिने बताएका हुन। राष्ट्रिय सभा सदस्यमा नदोहोरिने पक्का भएपछि डा खतिवडाको पद शनिवारबाट स्वत: निष्क्रिय हुने छ। सोही कारण खतिवडा आजै राजीनामा दिएर बिदा हुन लागेका हुन्। नेकपा सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरिसकेको छ। ...
मन्त्रिपरिषद् बैठक सुरु भयाे बालुवाटारमा, वामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने

मन्त्रिपरिषद् बैठक सुरु भयाे बालुवाटारमा, वामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने

राजनीति, समाचार
भदाै १९ - मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।बैठकले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्न भएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद् बैठक सुरु भएको जानकारी दिए। नेकपाको बिहीबार बसेको सचिवालय बैठकले राष्ट्रियसभाको एक रिक्त सदस्यमा उपाध्यक्ष गौतमलाई मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।त्यही निर्णय कार्यान्वयनका लागि आज मनित्रपरिषद् बैठक बसेको हो। उपाध्यक्ष गौतम राष्ट्रियसभामा सिफारिस भएसँगै अर्थमन्त्री डा. युवराज खतिवडा बाहिरिन छन्। उनले आजै मन्त्री पदबाट राजीनामा दिने नेकपाका एक नेताले जानकारी दिए। तस्बिरः प्रधानमन्त्रीको सचिवालय ...
ललितपुरमा आज बिहानैदेखि कर्फ्यू, उल्लंघन गरे गोली हान्ने चेतावनी

ललितपुरमा आज बिहानैदेखि कर्फ्यू, उल्लंघन गरे गोली हान्ने चेतावनी

राजनीति, समाचार
 ललितपुरमा आज एकाबिहानैदेखि कर्फ्यू लगाइएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लगाइएको छ । बिहीबार वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्राका क्रममा केही युवाले रथ तान्न थालेपछि पुल्चोकमा झडप भएको थियो । झडपका क्रममा ललितपुरको पाटन क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो । जिल्ला प्रशासन कार्यालय ललितपुरले ललितपुरको चक्रपथभित्र कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालय ललितपुरबाट जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा कर्फ्यु अवधिमा तोकिएको क्षेत्रभित्र भेला, जुलुस, आवतजावत गरेमा कानुनी कारबाही गरिने भनिएको छ । यसैबिच मच्छिन्द्रनाथको जात्रा छोटो विधिबाट सम्पन्न गर्ने सहमति भएको छ । ललितपुर जिल्लामा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षमा बसेको बैठकले आज १९ गते क्षमा पूजा, २१ गते सुरक्षा सावधानी अपनाउँदै...
राष्ट्रिय सभामा वामदेव गौतमलाई पठाउने नेकपाको निर्णय

राष्ट्रिय सभामा वामदेव गौतमलाई पठाउने नेकपाको निर्णय

राजनीति, समाचार
काठमाडौं-आज बसेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी निर्णय अनुसार नै राष्ट्रिय सभा सदस्य गौतम सिफारिस हुने जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । यसअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रिय सभा सदस्यमा अर्थमन्त्री युवराज खतिवडालाई पठाउने कि गौतमलाई पठाउने भन्नेमा नेकपाभित्र विवाद चलेको थियो । राष्ट्रपतिबाट मनोनित गर्ने एक जना राष्ट्रिय सभा सदस्य पद छ महिनादेखि रिक्त थियो। ...
जुम्लाका सीडीओलाई कोरोना संक्रमण

जुम्लाका सीडीओलाई कोरोना संक्रमण

राजनीति, समाचार
जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार बिहान परीक्षणका लागि स्वाब दिएका उनको साँझ ६ बजे कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो। उनले भने, ‘जनताको जीवनको सुरक्षा गर्ने सिलसिलामा काँधमा आएको जिम्मेवारी पूरा गर्न र जिल्लाभित्रका विभिन्न स्थानीय तहले निर्माण गरेका आइसोलेशन अनुमगन गर्दा कोरोना पुष्टि भयो।’ प्रजिअलाई अहिलेसम्म कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला निर्देशक मंगल रावले बताए। स्रोतका अनुसार संक्रमण पुष्टि भएपछि थापा होम आइसोलेशनमा बसेका छन्। ...
वामदेवलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय

वामदेवलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय

राजनीति, समाचार
 सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ । नेकपा सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यमध्ये राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो । बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा मनोनित गर्न गौतमलाई सिफारिस गर्ने निष्कर्षमा सरकार पुगेको जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ...
निषेधाज्ञा जारी भएका जिल्ला प्रशासन कार्यालयलाई सीसीएमसीको निर्देशन

निषेधाज्ञा जारी भएका जिल्ला प्रशासन कार्यालयलाई सीसीएमसीको निर्देशन

राजनीति, समाचार
काठमाडौं । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय (सीसीएमसी) निर्देशक समितिले निषेधाज्ञा जारी भएका जिल्लामा दैनिक कार्य गर्न दिने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।  बिहीबार सिंहदरबारमा बसेको सीसीएमसी निर्देशक समितिको बैठकले निषेधाज्ञाले जनजीवनमा पारेको असरलाई व्यवस्थापन गर्न दैनिक कार्य गर्न दिने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईले जनसमुदायमा पर्न गएको समस्यालाई मध्यनजर गरी मापदण्ड तोकेर दैनिक कार्य गर्न पाउने व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयले गर्ने निर्णय भएको बताए । बैठकमा एम्बुलेन्सको सेवालाई प्रभावकारी बनाउने र कोभिड अस्पतालमा आइसियु र भेन्टिलेटरको थप व्यवस्था गर्ने विषयमा छलफल भएको छ । यस्तै नेपाल भेन्टिलेटर सेवाले सुरु गरेको भेन्टिलेटर बै...
राहत सामग्री बोकेर सेनाको हेलिकोप्टरमार्फत बागलुङ गए गृहमन्त्री थापा

राहत सामग्री बोकेर सेनाको हेलिकोप्टरमार्फत बागलुङ गए गृहमन्त्री थापा

राजनीति, समाचार
काठमाडौँ-बागलुङमा बाढी पीडितलाई राहत सामग्री बोकेर गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बागलुङतर्फ प्रस्थान गरेका छन् । पीडित परिवारका लागि राहत लिएर गृहमन्त्रीको टोलीमा बागलुङका सांसद देवेन्द्र पौडेल रहेको बताइएको छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङतर्फ टोली प्रस्थान गरेको हो । गएराति बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङ बाढी आउँदा ८ पुरुष र ३ महिला सहित ११ जनाको शव फेला परेको छ भने २४ जना वेपत्ता छन् । त्यस्तै बाढीमा ३ दर्जनभन्दा बढी घर पुरिएको छ । बाढीका कारण सुकेलदुम, लाकुरेबोट, मङ्गलाटोल दुवालदेखि घट्टेचौर, सुप्राङ्ग, भुसान्दे, दुनेपडेरा बगर बस्तीमा परिणत भएका छन् ।अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा बाढी आएको हो । बाढीमा ३ दर्जनभन्दा बढी घर पुरिएको छ । ...