आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

अमेरिकाले नेपाललाई दिने सहयोगलाई निरन्तरता दिने

अमेरिकाले नेपाललाई दिने सहयोगलाई निरन्तरता दिने

राजनीति
कात्तिक ५ काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीबीच आज भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय आर्थिक सहयोग, कोभिड–१९ महामारीको नियन्त्रण र सोपछिको आर्थिक पुनरुत्थानमा हुने सहयोगलगायत विषयमा छलफल भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पौडेलले नेपाल अमेरिकाबीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै अमेरिकाले नेपालको विकासमा निरन्तर गर्दै आएको सहयोगका लागि धन्यवाद दिनुभयो । राजदूत बेरीले अमेरिकाबाट प्राप्त हुने सहायता कोरोना भाइरस नियन्त्रणमा केन्द्रित गरेकामा नेपाललाई धन्यवाद दिँदै अमेरिकाले आगामी दिनमा नेपाललाई दिने सहयोगलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ । (रासस) ...
गृहमन्त्रीको भाषण सुनेर प्रहरीहरु हाँसिरहे

गृहमन्त्रीको भाषण सुनेर प्रहरीहरु हाँसिरहे

राजनीति
 कात्तिक ५ काठमाडौं । नेपाल प्रहरीको ६५ औं स्थापना दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथी तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बिशेष अतिथी थिए । प्रधानमन्त्री ओलीले कसैको दबाब र प्रभावमा नपरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिए ।गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरीको मनोबल बढाउने गरी भाषण गरे । तर, उनको भाषण सुनेर प्रहरी अधिकारी भने हाँसिरहेका थिए । ‘प्रहरीको सुविधा बढाउन सरकार लागिपरेको छ’, गृहमन्त्री बादलले यस्तो भाषण प्रहरीले खुशी होइन पीडा दियो । किनकि, कोरोना संक्रमण नियन्त्रणमा खटिएका प्रहरीले सात महिना हुँदा पनि कुनै सुविधा पाएका छैनन् । जबकी सरकारले नै उनीहरुलाई जोखिम भत्ता दिने निर्णय गरेको थियो । तर, उपलब्ध गराउन समेत कुनै पहल गरेका छैनन् । दशैंको मुखमा प्रहरीहरु न त भत्ता, न त बिदा पाउने अवस्थामा छन् । प्रहरीको राशनभत्ता नबढेको पाँच वर्ष भइसकेको छ । अपराध अ...
प्रेमराज कार्की विशेष अदालतको अध्यक्षमा नियुक्त

प्रेमराज कार्की विशेष अदालतको अध्यक्षमा नियुक्त

राजनीति
कात्तिक ५ काठमाडौं । सरकारले विशेष अदालतको अध्यक्षमा प्रेमराज कार्की र सदस्यमा अब्दुल्लाह अजिज मुसलमान र  नित्यानन्द पाण्डेलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले कार्कीलाई विशेष अदालतको अध्यक्ष तथा मुसलमान र पाण्डेलाई सदस्यमा नियुक्ती गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। यसैगरी मन्त्रिपरिषद बैठकले सैनिक विशेष अदालतमा लोहिच चन्द शाह, राजश्व न्यायाधीकरणको अध्यक्षका विनोद शर्मा, राजश्व न्यायाधीकरण विराटनगरमा सत्यमोहन जोशी थारु र राजश्व न्यायाधीकरण नेपालगञ्जमा केशवराज जोशीलाई नियुक्त गरेको छ। यसैगरी बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुखमा माधवप्रसाद पोखरेललाई नियुक्ती गर्ने निर्णय गरेको छ। बैठकले विश्व बैंकसँग २४ अर्ब रुपैयाँ ऋण लिन स्वीकृति प्रदान पनि गरेको छ। विशेष अदालतमा उच्च अदालतका न्यायाधीशहरुमध्येबाट सरकारले मागेजति संख्यामा न्यायपरिषदले ...
अहिलेको दसैं विशेष तामझामको साथ मनाउने अवस्था छैन:डा डीआर उपाध्याय

अहिलेको दसैं विशेष तामझामको साथ मनाउने अवस्था छैन:डा डीआर उपाध्याय

राजनीति
कात्तिक ५ काठमाडौं । नेपालीहरूको महान् पर्व विजया दशमी सुरु भएको छ । अघिल्लो बर्ष जस्तो उत्साह र उमंग यस बर्ष छैन । अधिकांश विपन्न नेपालीका लागि यो बर्षको विजया दशमी त्यति उत्साहजनक छैन । बिगत ७ महिनादेखि कोरोना संक्रमणले थलिएका विपन्न वर्गको निम्ति दसैं दशा बनेर खडा भएको छ । विपन्न नागरिक साँझ–बिहानको छाक टार्ने समस्यामा छन । अहिलेको दसैं विशेष तामझामको साथ मनाउने अवस्था छैन । देश संकटमा परेको बेला फजुल खर्च गरेर मात्र हुदैन । अघिल्लो बर्ष जस्तो बजारमा दसैंको चहलपहल त्यस्तो छैन । उपत्यकाबाट बाहिर जाने र बाहिरबाट उपत्यकामा भित्रनेको संख्या गत बर्षको तुलनामा कम छ । तर पनि कोरोना संक्रमणको बढ्दो वृद्धिदरलाई ख्याल गरी सुरक्षा सावधानी अपनाउनु पर्ने आबश्यकता देखिएको छ । यदि हामीले सुरक्षा सावधानी अपनाउन सकेनौ भने समस्या उत्पन्न हुने निश्चित छ । यसको निम्ति हामीले बेलैमा सचेत बन्नु आबश्यक...
विमलेन्द्रलाई गोपालमानको काउन्टर

विमलेन्द्रलाई गोपालमानको काउन्टर

राजनीति
कात्तिक ५ काठमाडौं । फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा हुने गरी तय गरिउको नेपाली काँग्रेसको १४ औं महाधिवेशन अनिश्चित बने पनि नेतृत्वका आकांक्षी भने एकपछि अर्को गर्दै थपिन थालेका छन् । मध्य साउनसम्म संस्थापन समूहबाट शेरबहादुर देउवामात्र सभापतिको एकल उम्मेदवार देखिएका थिए । उनी निकट अन्य कुनै नेताले नेतृत्वका लागि दाबी प्रस्तुत गरेका थिएनन् । तर, उपसभापति विमलेन्द्र निधिले साउन २९ गते देउवालाई भेटर १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न मन बनाएको बताएसँगै संस्थापन समूहबाटै अर्का नेता गोपालमान श्रेष्ठले पनि दाबी प्रस्तुत गरेका छन् । निधिलाई उपसभापतिमा मनोनयन गरेपछि देउवासँग असन्तुष्ट देखिएका श्रेष्ठले नेतृत्व छाड्ने भए सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । देउवा र पौडेलपछि पार्टीमा आफू नै वरिष्ट नेता भएको जिकिर गर्दै आएका श्रेष्ठले सभापति देउवालाई जुनसुकै अप्ठेरो समयमा सा...
कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न कांग्रेसको माग

कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न कांग्रेसको माग

राजनीति
कात्तिक ५ काठमाडौं । नेपाली कांग्रेसले नेपालको संविधान, कानूनी व्यवस्था र चुनावमा जनतासामु गरिएको प्रतिबद्धतानुसार कोभिड–१९ संक्रमणको परीक्षण र उपचारको दायित्वबाट वर्तमान सरकार पन्छिन नमिल्ने जनाएको छ । कांग्रेस केन्द्रीय संगठन विभागले आज विज्ञप्तिमार्फत नेपालको संविधानले स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकका रुपमा व्यवस्था गरेको, जनस्वास्थ्य ऐनले सरुवा रोगको निःशुल्क उपचार गर्ने व्यवस्था गरेको तथा सर्वोच्च अदालतले आधारभूत स्वास्थ्य नागरिकको मौलिक हक भनेको कुरा स्मरण गराएको छ । सरकारले कोरोनाका बिरामीको उपचार खर्च सरकारले नव्यहोरी जनता आफैँले व्यहोर्नुपर्ने भनी गरेको निर्णयप्रति विभागले आपत्ति प्रकट गरेको छ । तत्कालीन बाम गठबन्धन (नेकपा एमाले र माओवादी केन्द्र) को चुनावी घोषणापत्रमा पनि सबै नागरिकलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने लेखिएको स्मरण गराउँदै विभाग प्रमुख गोपालमान श्रेष...
घुस प्रकरणको आरोप लागेका बाँस्कोटामाथिको मुद्दा तामेलीमा

घुस प्रकरणको आरोप लागेका बाँस्कोटामाथिको मुद्दा तामेलीमा

राजनीति
कात्तिक ५ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको जनाएको छ । संसद्को सार्वजनिक लेखा समितिलाई पत्र पठाउँदै बाँस्कोटाको विषयमा थप छानबिन गर्न पर्याप्त प्रमाण नपुग्ने जनाएको हो । पूर्वमन्त्री बाँस्कोटा र विजयकुमार मिश्रबीच भएको संवादको अडियो र भिडियो प्रारम्भिक परीक्षण गरिएको आयोगले जनाएको छ । घुस लिएको आधार र यथेष्ट प्रमाण कतै नभेटिएकाले थप अनुसन्धान गर्न नसकिएको अख्तियारले जनाएको छ । थप अनुसन्धानका लागि वास्तविक कन्टेनसहितको विवरण आवश्यक भएकाले मिश्रले बुझाउन नसकेको आयोगको दाबी छ । आयोगले पूर्वमन्त्री बाँस्कोटासँग बयान लिइसकेको छ । अख्तियारको बयानमा बाँस्कोटाले आफूले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा घुस न...
सरकारको उपस्थिति काम र परिणाममा देखिएन:डा डिआर उपाध्याय

सरकारको उपस्थिति काम र परिणाममा देखिएन:डा डिआर उपाध्याय

राजनीति, समाचार
सरकारले कोरोना महामारीको उपचार व्यक्ति स्वयंले गर्नुपर्ने निर्णय गरेको छ । सरकारले आफनो देशका नागरिकलाई कोरोना महामारीको उपचार गर्न नसक्ने भन्दै हात उठाएको छ । सरकार आफ्नो दायित्वबाट भागेको छ । सरकारको यो निर्णय गैरजिम्मेवारी छ । यो लज्जाको बिषय हो । सरकारले जुन किसिमले निर्णय गरेको छ यो संविधानको मौलिक हक र सर्वोच्च अदालतको परमादेशको उल्लंघन हो । यस्तो संकटको बेलामा राज्य पन्छिन हुने थिएन । यो त राज्यको दायित्व हो । सरकार भनेको नागरिकको अभिभावक हो । नागरिकले सरकारबाट आश नगरेर कोबाट गर्ने ? आम नागरिकलाई सरकार भएको अनुभूति दिलाउन सक्नु पर्छ ।सरकारको यस्तो कदमले सर्वसाधरण जनता मर्कामा पर्ने निश्चित छ । अहिले पनि अस्पतालमा केही सघन उपचार कक्ष र भेन्टिलेटरको अभाव छ । सरकारले कोरोनाको उपचार नगर्ने निर्णयले सर्वसाधरण जनता निराश छन । पैसा हुनेलाई त केहि फरक नपर्ला , साथमा पैसा नहुनेलाई त समस्य...
दायित्वबाट सरकार विमुख हुन मिल्दैन, संक्रमितको उपचार नगर्ने निर्णय फिर्ता लेऊ : माधव नेपाल

दायित्वबाट सरकार विमुख हुन मिल्दैन, संक्रमितको उपचार नगर्ने निर्णय फिर्ता लेऊ : माधव नेपाल

राजनीति
कात्तिक ४ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कोरोना संक्रमित नागरिकको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै नेता नेपालले कोरोना संक्रमितको नि:शुल्क उपचार गर्नुपर्ने जिम्मेबारीबाट सरकार पन्छिन नमिल्ने पनि बताएका छन् । स‌ंकटका बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने बेलामा संक्रमित नागरिकलाई आफ्नो उपचार आफै गर्नु भन्ने निर्णय अनुचित भएको उनको भनाई छ । ‘यस्तो महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन,’ नेता नेपालले विज्ञप्तीमार्फत भनेका छन् । गरीबी, अभाव र बेरोजगारीले पिल्सिएका, बेसहारा तथा आर्थिक रुपमा विपन्न नागरिकको समस्याप्रति सरकार संवेदनशील हुन नसकेको उनले टिप्पणी गरेका छन् । ‘संक्रामक रोग सम्बन्धी हाम्रा विद्...
अर्थमन्त्री पौडेलको सल्लाहकारमा राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठ नियुक्त

अर्थमन्त्री पौडेलको सल्लाहकारमा राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठ नियुक्त

राजनीति
कात्तिक ४ काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलको सल्लाहकारमा डा. प्रकाशकुमार श्रेष्ठलाई नियुक्त भएका छन् ।पौडेलले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रहेका श्रेष्ठलाई सल्लाहकार नियुक्त गरेका हुन् । श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । अष्ट्रेलियाको कर्टिन विश्वविद्यालयबाट अर्थशास्त्र र फाइनान्समा स्नातकोत्तर र द न्यू स्कुल न्युयोर्कबाट अर्थशास्त्रमा पीएचडी गरेका छन् । ...