आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

पूर्वसभामुख कृष्णबहादुर महरालाई पत्नीशोक

पूर्वसभामुख कृष्णबहादुर महरालाई पत्नीशोक

राजनीति
कात्तिक १९ काठमाडौं । पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महरालाई पत्नीशोक परेको छ । उनकी जीवनसंगीनी सीता महराको कोरोनाका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गएको दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो। नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो। १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार बिहान निधन भएको हो । महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित थिइन् । ...
ओलीका सम्भावित राजनीतिक र संवैधानिक ‘एक्सन’

ओलीका सम्भावित राजनीतिक र संवैधानिक ‘एक्सन’

राजनीति
कात्तिक १९ काठमाडौं । कर्णाली प्रदेशको पछिल्लो संकटले नेकपाभित्रको त्रिपक्षीय शक्ति सन्तुलन संवेदनशील मोडमा छ । कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रचण्ड–नेपालको समीकरण सफल भए त्यसले केन्द्र र प्रदेश सरकारहरूको नेतृत्व फेरबदलको सम्भावना मात्र होइन, महाधिवेशन समेत प्रभावित हुने सम्भावनाका कारण प्रधानमन्त्री ओली त्यसलाई भत्काउन चाहन्छन् । पूर्व एमाले समूहलाई ‘इन्ट्याक्ट’ गर्न ओलीले वरिष्ठ नेता नेपालसँग सहकार्यको कोशिस जारी राखेका छन् । ४ कात्तिकपछि नेपालसँग बालुवाटारमा एक्लाएक्लै भएको दुई पटकको संवाद परिणाममुखी नभएपछि नेपाललाई मनाउन ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेता प्रदीप नेपालमार्फत कोशिस गरिरहेका छन् । प्रधानमन्त्रीको जानकारीमै पोखरेलले गत आइतबार पूर्वमन्त्रीहरू खगराज अधिकारी, आनन्दप्रसाद पोखरेल, महेश बस्नेत, सांसद राजेन्द्र गौतमसहित करिब डेढ दर्जन केन्द्रीय नेतासँग ओली–...
‘रअ’ प्रमुख आउनुको यस्तो पो रै’छ रहस्य ?

‘रअ’ प्रमुख आउनुको यस्तो पो रै’छ रहस्य ?

राजनीति
कात्तिक १९ काठमाडौं । प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अघिल्लो मंगलबार एकापसमा दोषारोपण गर्ने काम मज्जैले भयो । प्रधानमन्त्रीले फकाउने शैलीमा भने, ‘अबको महाधिवेशनपछि म अध्यक्षमा उठ्ने होइन । चुनावमा उठेर फेरि प्रधानमन्त्री हुने पनि होइन । तपाईंलाई दिने भनेर भनिआएकै छु । तपाई–हामी मिलेर यत्रो दुःखका साथ पार्टीलाई यहाँसम्म ल्याइपुर्‍यायौं । अब प्रचण्डलाई पार्टी बुझाउने कुरै हुँदैन । उसलाई बुझाउने कुरा सपनामा पनि नचिताए हुन्छ ।’ माधव नेपाललाई फकाउने नाममा प्रधानमन्त्रीले अर्का अध्यक्ष प्रचण्डको राम्रैसँग बद्ख्वाइँ गरे । ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलको भ्रमणबारे पनि जमेरै छलफल भयो । माधवले भने, ‘तपाईंले यो ठीक गर्नु भएन । म प्रधानमन्त्री र पार्टी प्रमुख भइसकेको मान्छे । यो रुपमा, खुल्लमखुला पार्टीको हुर्मत लिने काम राम्रो भएन । हिजो जसरी आफूलाई मेन्टेन गरिरहन...
अभिनेत्री कोइरालाले भेटिन् प्रधानमन्त्री ओलीलाई

अभिनेत्री कोइरालाले भेटिन् प्रधानमन्त्री ओलीलाई

राजनीति
कात्तिक १९ काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छिन् ।उनी प्रधानमन्त्री ओलीसँग भेट गर्न बालुवाटार पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन् । प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जालमार्फत मनिषा कोइरालाले प्रधानमन्त्री ओलीसँग भेटेको बताउँदै लेखेका छन् – ‘चर्चित बलिउड अभिनेत्री मनिषा काेइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्नु भएको छ ।’ ...
काठमाडौं उपत्यकाका सबै पर्वत शृंखलाहरुलाइ पर्यटकीय गन्तब्यका रुपमा विकास गर्नुपर्छ :योगेश भट्टराई (पर्यटन मन्त्री)

काठमाडौं उपत्यकाका सबै पर्वत शृंखलाहरुलाइ पर्यटकीय गन्तब्यका रुपमा विकास गर्नुपर्छ :योगेश भट्टराई (पर्यटन मन्त्री)

राजनीति
कात्तिक १८ काठमाडौं । शंखरापुर नगरपालिकाको आयोजनामा सोमबार  राजनेता एवं विशिष्ठ व्यक्तित्वहरुको उद्यान पार्क निर्माण सम्बन्धमा स्थलगत अवलोकन तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। कात्तिके देखि  जहरसिंह पौवा सम्मको  करिब ५ हजार रोपनी क्षेत्रफलमा  बन्ने उक्त  पार्क निर्माणको बागमती प्रदेश सरकारबाट ८० लाख र  केन्द्रीय सरकार बाट एक करोडको बजेट व्यवस्थाा गरिएको छ भने आगामी वर्षहरूमा थप बजेट व्यवस्था गरिने भएको छ । बिभिन्न काल खण्डमा परिवर्तनका लागि लडेका राजनेताहरू एवं विशिष्ठ ब्यक्तिहरूको  सालिक सहित उद्यान पार्क बन्न लागेको हो  ।  शंखरापुर नगरपालिका वडा नं ३ स्थित जहरसिंह पौवामा आयोजित उक्त कार्यक्रममा शुभकामना मन्तब्य राख्दै  संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले जहरसिंहपौवा काठमाडौं उपत्यका भित्रको अत्यन्तै सुन्दर ठाउहरु मध्ये एक भएको बताए । उनले काठमाडौं...
जुन सुकै संरचना निर्माण गर्दा पर्यावरणलाइ ध्यान दिनुपर्छ: माधबकुमार नेपाल

जुन सुकै संरचना निर्माण गर्दा पर्यावरणलाइ ध्यान दिनुपर्छ: माधबकुमार नेपाल

राजनीति
कात्तिक १८ काठमाडौं । शंखरापुर नगरपालिकाको आयोजनामा सोमबार  राजनेता एवं विशिष्ठ व्यक्तित्वहरुको उद्यान पार्क निर्माण सम्बन्धमा स्थलगत अवलोकन तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। कात्तिके देखि  जहरसिंह पौवा सम्मको  करिब ५ हजार रोपनी क्षेत्रफलमा  बन्ने उक्त  पार्क निर्माणको बागमती प्रदेश सरकारबाट ८० लाख र  केन्द्रीय सरकार बाट एक करोडको बजेट व्यवस्थाा गरिएको छ भने आगामी वर्षहरूमा थप बजेट व्यवस्था गरिने भएको छ । बिभिन्न काल खण्डमा परिवर्तनका लागि लडेका राजनेताहरू एवं विशिष्ठ ब्यक्तिहरूको सालिक सहित उद्यान पार्क बन्न लागेको हो  ।  शंखरापुर नगरपालिका वडा नं ३ स्थित जहरसिंह पौवामा आयोजित उक्त कार्यक्रममा शुभकामना मन्तब्य राख्दै पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले कुनै पनि संरचना  निर्माण गर्दा पर्यावरणलाइ  ध्यान दिनु पर्ने बताए  । भौतिक संरचना  निर्माण गर्दा हालका रू...
कोरोना संक्रमित कांग्रेस नेता विश्वकर्माको कोरोना रिपोर्ट नेगेटिभ, स्वास्थ्यमा सुधार

कोरोना संक्रमित कांग्रेस नेता विश्वकर्माको कोरोना रिपोर्ट नेगेटिभ, स्वास्थ्यमा सुधार

राजनीति
कात्तिक १८ काठमाडौं । संघीय सांसद एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माको पछिल्लो पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना संक्रमित विश्वकर्माको स्वास्थ्य अवस्था थप जटिल भइ भेन्टिलेटरमा राखि उपचार भइरहेकोमा मंगलवार स्वास्थ्यमा थप सुधार आएको उनी निकट स्रोतले जनाएको छ । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि काठमाडौंको धापासिस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा भेन्टिलेटरमा राखी विश्वकर्माको उपचार भइरहेको छ । गत कार्तिक १ गते कोरोना पुष्टि भएका विश्वकर्मामा फोक्सोमा समस्या र निमोनिया समेत देखिएको थियो । कोरोना पुष्टि भएसँगै नेता विश्वकर्मा केहीदिन होम आइसोलेसनमा बसेका थिए । तीन दिन वीर अस्पतालमा उपचारपछि थप उपचारका लागि ग्राण्डी लगिएको थियो । विगत ६ दिनदेखि होसमा नभएका उनको होस आएको र स्वास्थ्य सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । ...
नेपाली भूमि कब्जा गरिएको भन्ने कुरा हल्ला र आधारहीन: चिनियाँ विदेश मन्त्रालय

नेपाली भूमि कब्जा गरिएको भन्ने कुरा हल्ला र आधारहीन: चिनियाँ विदेश मन्त्रालय

अन्तराष्ट्रिय, राजनीति
कात्तिक १८ काठमाडौं । चिनियाँ विदेश मन्त्रालयले नेपालको कुनै पनि भूमि नमिचेको दोहर्‍याएको छ ।मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले चीनले नेपालको भूमि कब्जा गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरु हल्ला र आधारहीन भएको बताएका हुन् । चीनले नेपाली सीमा मिचेको बारे नेपालमा चर्को विरोध भइरहेको बेला चीनको यस्तो धारणा आएको हो ।प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि नेपाली भूमि चिनियाँ पक्षबाट मिचिएको दाबी गरेको थियो। कांग्रेसको अध्ययन टोलीले गरेको स्थलगत अध्ययनपछि यस्तो आरोप लगाएको थियो। नेपालको सीमा मिचिएको बारे चीनले खण्डन गर्दै यो पूर्णरुपमा हल्लामात्र भएको र यसमा विश्वास गर्ने आधार नभएको दाबी गरेका छन्। सोमबार द टेलिग्राफले चीनले नेपालको १ सय ५० हेक्टर जमिन मिचेको र संरचनाहरु निर्माण गरेको भन्दै समाचार प्रकाशित गरेको थियो ।उक्त समाचारको खण्डन गर्दै विदेश प्रवक्ता वेनबिनले न...
नेपाली कांग्रेसको ३ दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय

नेपाली कांग्रेसको ३ दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय

राजनीति
कात्तिक १८ काठमाडौं ।नेपाली कांग्रेसले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनको शोकमा पार्टीको झण्डा आधा झुकाउने भएको छ ।पोखरा महानगरपालिका-७, कास्कीका केसीको सोमबार राति निधन भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले केसीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । साथै १८, १९ र २० गते पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने, १९ गते कार्यालहरु बन्द गर्ने र १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको छ । ...
नेकपा पार्टी कदापी फुट्दैन, प्रम ओलीकै नेतृत्व ५ वर्ष चल्छ : विष्णु रिजाल

नेकपा पार्टी कदापी फुट्दैन, प्रम ओलीकै नेतृत्व ५ वर्ष चल्छ : विष्णु रिजाल

राजनीति
कात्तिक १८ काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विदेश विभागका उपप्रमुख विष्णु रिजालले नेकपा पार्टी कदापी नफुट्ने जिकिर गर्दै प्रधानमन्त्री केपी ओलीको नेतृत्व नेकपाको सरकार पॉच बर्ष चल्ने दावी गरेका छन् । नेता रिजालले आज ट्वीटरमार्फत सहमतिको आधारमा मन्त्रिपरिषद् पुनर्गठन हुने र अध्यक्ष प्रचण्डको नेतृत्वमा नेकपा चल्ने दावी समेत गरेका छन् । पार्टीका असहमतिहरुको समाधान बैंठकबाट हुने भएकाले नेताहरूको मनस्थिति र वर्तमान परिस्थितिका आधारमा ढुक्क भएर भन्न सकिन्छ कि नेकपा पार्टी फुट्दैन उपप्रमुख रिजालले भने ।  रिजालको ट्वीट  : नेताहरूको मनस्थिति र वर्तमान परिस्थितिका आधारमा ढुक्क भएर भन्न सकिन्छ;१. नेकपा फुट्दैन ।२. केपी ओलीको नेतृत्व नेकपाको सरकार पॉच बर्ष चल्छ ।३. प्रचण्डको नेतृत्वमा नेकपा चल्छ ।४. सहमतिका आधारमा मन्त्रिपरिषद् पुनर्गठन हुन्छ ।५. असहमतिहरूको समाध...