कात्तिक १८ काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विदेश विभागका उपप्रमुख विष्णु रिजालले नेकपा पार्टी कदापी नफुट्ने जिकिर गर्दै प्रधानमन्त्री केपी ओलीको नेतृत्व नेकपाको सरकार पॉच बर्ष चल्ने दावी गरेका छन् । नेता रिजालले आज ट्वीटरमार्फत सहमतिको आधारमा मन्त्रिपरिषद् पुनर्गठन हुने र अध्यक्ष प्रचण्डको नेतृत्वमा नेकपा चल्ने दावी समेत गरेका छन् । पार्टीका असहमतिहरुको समाधान बैंठकबाट हुने भएकाले नेताहरूको मनस्थिति र वर्तमान परिस्थितिका आधारमा ढुक्क भएर भन्न सकिन्छ कि नेकपा पार्टी फुट्दैन उपप्रमुख रिजालले भने ।
रिजालको ट्वीट : नेताहरूको मनस्थिति र वर्तमान परिस्थितिका आधारमा ढुक्क भएर भन्न सकिन्छ;
१. नेकपा फुट्दैन ।
२. केपी ओलीको नेतृत्व नेकपाको सरकार पॉच बर्ष चल्छ ।
३. प्रचण्डको नेतृत्वमा नेकपा चल्छ ।
४. सहमतिका आधारमा मन्त्रिपरिषद् पुनर्गठन हुन्छ ।
५. असहमतिहरूको समाधान बैठकहरूबाट खोजिन्छ ।
