आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

राष्ट्रपतिसँग २ घण्टा छलफल गरेर फर्के प्रधानमन्त्री ओली

राष्ट्रपतिसँग २ घण्टा छलफल गरेर फर्के प्रधानमन्त्री ओली

राजनीति
कात्तिक ३० काठमाडौं । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका छन्। शनिवार साँझ प्रधानमन्त्री ओलीले करिब २ घण्टा छलफल गरेका हुन। दिउँसो ४ बजेतिर शितल निवास प्रवेश गरेका प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग २ घण्टाभन्दा लामो छलफल गरेर फर्केका छन्। भेटमा के कुराकानी भयो भन्नेबारे खुलाइएको छैन। नेकपाभित्र विवाद चुलिएका बेला राष्ट्रपतिसँग भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। शुक्रबार बसेको नेकपाको सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीबीचको पत्र पेस भएको छ। प्रचण्डले पेस गरेको पत्रप्रति प्रधानमन्त्री निकट नेताहरुले चर्को आपत्ति जनाइरहेका छन् । राष्ट्रपति भण्डारीले नेकपा विवादमा चासो राख्दै आएकी छिन्। ...
कमलपोखरी पुननिर्माणको अनुगमनमा काठमाडौं महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्य

कमलपोखरी पुननिर्माणको अनुगमनमा काठमाडौं महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्य

राजनीति
कात्तिक ३० काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी पुर्ननिर्माणको सन्तोषजनक नभएको भन्दै काममा ढिलासुस्ती नगर्न ठकेदार कम्पनीलाई निर्देशन दिएका छन  । काठमाडौँ महानगरपालिका वडा नम्बर–१ मा पुर्ननिर्माण भैरहेको कमलपोखरीको अनुगमनका लागि पुगेका  प्रमुख शाक्यले यस्तो निर्देशन दिएका छन। ६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको उक्त पोखरी निर्धारित समय भित्रै सम्पन्न गर्ने गरी कामलाई द्रुत रुपमा अघि बढाउन प्रमुख शाक्यले निर्देशन दिएका थिए  । ‘काममा ढिलासुस्ती भयो भन्ने गुनासो आएपछि म आफैँ स्थलगत अनुगमनका लागि आएको हुँ,’ शाक्यले भने , ‘काठमाडौँ महानगरपालिकाले आर्थिक अभाव हुन दिदैन । स्थलगत अनुगमनमा पुगेका प्रमुख शाक्यले करीब २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमल पोखरीको स्वरुप अब फेरिने दाबी समेत गरेका थिए  । ‘कमल पोखरीको अस्थित्व जोगाउँ...
नेकपा संकट : प्रचण्डको प्रस्तावमा छलफल चलाउने कि फिर्ता गर्ने ?

नेकपा संकट : प्रचण्डको प्रस्तावमा छलफल चलाउने कि फिर्ता गर्ने ?

राजनीति
कात्तिक ३० काठमाडौं । २०७४ फागुन २ गते ‘भ्यालेन्टाइन्स डे’ थियो । तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आपसमा रातो गुलाफ साटासाट गरेर प्रेम व्यक्त गरे । त्यही दिन ललितपुरको मानभवनस्थित एक घरमा तत्कालीन एमाले र माओवादीको संयुक्त बैठक बस्यो । बैठकमा ओलीलाई प्रधानमन्त्री बन्न माओवादीले समर्थन गर्ने र जतिसक्दो छिटो पार्टी एकीकरण गर्ने सहमति भयो । चुनावी तालमेललाई नै वाम एकताको आधार बनाएका तत्कालीन एमाले–माओवादीले त्यही दिनलाई नै पार्टी एकीकरणको ‘माइलस्टोन’ मानेका थिए । त्यही साल फागुन ५ देखि जेठसम्म ओली र दाहालबीच पार्टी एकताका लागि गम्भीर संवादहरू भए । त्यसअघि कहिले संसद्मै र कहिले पार्टीका कार्यक्रममा एकअर्काविरुद्ध कटाक्ष र रुखो टिप्पणी गर्दै आएका ओली–दाहालले आपसी सम्बन्धलाई बलियो बनाउँदै लगे । २०७५ जेठ ३ गते यी दुईले नेतृत्व ...
राष्ट्रको समृद्धि र नागरिक सुखका लागि एकताबद्ध बनौं : प्रधानमन्त्री

राष्ट्रको समृद्धि र नागरिक सुखका लागि एकताबद्ध बनौं : प्रधानमन्त्री

राजनीति
कात्तिक ३० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र नागरिकको सुख प्राप्तिका लागि एकताबद्ध हुन आह्वान गरेका छन् । नेपाल सम्वत् ११४१ का अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले एकतामार्फत् नै ‘हामी समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्ष पूरा गर्न समर्थ हुने बताएका छन् । सन्देशमा उनले जननिर्मित संविधानको संस्थागत कार्यान्वयनमार्फत देशलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेको उल्लेख गर्दै सिङ्गो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नव निर्माणको चरणमा प्रवेश गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले सन्देशमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट बच्न विशेष सतर्कता अपनाउँदै नेपाल सम्वत् लगायत पर्व मनाउन विशेष आह्वान समेत गरेका छन् । उनले बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषतायुक्त नेपाली सम...
प्रधानमन्त्रीले गरे डा केसीको स्वास्थ्य लाभको कामना, उपचार खर्च सरकारले व्यहोर्ने

प्रधानमन्त्रीले गरे डा केसीको स्वास्थ्य लाभको कामना, उपचार खर्च सरकारले व्यहोर्ने

राजनीति
कात्तिक २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण भएका डाक्टर गोविन्द केसीको स्वास्थ्य लाभको कामना गरेका छन्। शनिबार बिहान ट्वीट गर्दै प्रधानमन्त्री ओलीले केसीको स्वास्थ्य लाभको कामना गरेका हुन्। डा केसीको सबै उपचार खर्च पनि सरकारले व्यहोर्ने प्रधानमन्त्री ओलीले जानकारी दिएका छन्। डा केसीलाई शुक्रबार साँझ कोरोना संक्रमण पुष्टि भएको थियो। ...
‘ओली विरुद्ध प्रचण्डको संगीन आरोपले पार्टी एकता गम्भीर मोडमा’

‘ओली विरुद्ध प्रचण्डको संगीन आरोपले पार्टी एकता गम्भीर मोडमा’

राजनीति
कात्तिक २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सचिवालय बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको एकल प्रस्तावले पार्टी एकता गम्भीर मोडमा पुगेको बताएका छन् । नेकपाको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रथम अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संगीन आरोपसहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूती भएको मुख्यमन्त्री पोखरेलले बताएका हुन् । ‘कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गंभीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको छ ।’ उनले भनेका छन् । उनले बैठकमा प्रस्तुत गरिएका एकल प्रस्ताव फिर्ता गरी पार्ट एकताको रक...
प्रधानमन्त्रीको प्राथमिकतामा मेलम्ची ,स्थलगत निरीक्षणमा सल्लाहकारहरु

प्रधानमन्त्रीको प्राथमिकतामा मेलम्ची ,स्थलगत निरीक्षणमा सल्लाहकारहरु

राजनीति
प्रधानमन्त्रीका सल्लाहकार सहितको टोलीले मेलम्ची खानेपानी आयोजनाको सुरुङ सहित योजनाका अन्य पूर्वाधारहरुको निरीक्षण गरेको छ।प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, सम्बन्धित क्षेत्रबाट प्रतिनधिसभाका सांसद शेरबहादुर तामाङ, विकास पूर्वाधार विज्ञ ई. गजेन्द्र थपलिया, जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गाेपाल तामाङ, खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासे, आयाेजना प्रमुख तिरेश खत्रीसहितकाे टाेलीले यस आयाेजनाकाे कार्य प्रगतिकाे स्थलगत  निरीक्षण गरेको हो। राष्ट्रिय गाैरवकाे मेलम्ची खानेपानी आयाेजना पूरा हुने अन्तिम चरणमा रहेको यो योजना सम्पन्न गरी   सिन्धुपाल्चोकको मेलम्ची खाेलाकाे पानी काठमाडौंकाे सुन्दरीजल ल्याई राजधानीबासीलाई स्वच्छ र स्वस्थ खानेपानी वितरणको पहल स्वरूप सो निरीक्षण गरिएको हो। सो आवसरमा  केही समयअघि इटालि...
मुख्यमन्त्री गुरुङबाट स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई तिहारको शुभकामना

मुख्यमन्त्री गुरुङबाट स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई तिहारको शुभकामना

राजनीति
कात्तिक २८ काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तिहार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । आज दिनुभएको शुभकामना सन्देशमा उहाँले विश्वव्यापीरुपमा पैलिएको कोभिड–१९ कारण यसपालिको तिहारमा परिवारका सदस्यबाहेक अन्यसंँग भेटघाट कम गर्ने, गर्नैपर्ने भएमा भौतिक दूरी अनिवार्य कायम गर्ने र मास्क प्रयोग गर्दै सरकारले जारी गरेका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्न आग्रह गर्नुभएको छ । ...
नेता गौतमको मुद्धामा न्यायाधीशहरुको राय बाझियो

नेता गौतमको मुद्धामा न्यायाधीशहरुको राय बाझियो

राजनीति
कात्तिक २८ काठमाडौं । सर्वोच्च अदालतमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा जारी भएको आदेशमा राय बाँझिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वभरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले बुधबार जारी गरेको आदेशको आज लिखित आदेश सार्वजनिक भएको छ । आदेशमा प्रधानन्यायाधीश जबरा, न्यायाधीश कार्की द्धय र श्रेष्ठले नेता गौतमलाई थप संवैधानिक काम गर्न रोक्ने अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश गरेका छन भने न्यायाधीश खतिवडाले फरक मत राखेका छन। न्यायाधीश खतिवडाले फरक मत राखेता पनि चार जना न्यायाधीशले गरेको आदेश कार्यान्वयन भएको छ । न्यायाधीश खतिवडाले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा बर्दियाबाट पराजित भएका कारणबाट राष्ट्रियसभाको सदस...
आ–आफ्नै रणनीतिमा ओली र प्रचण्ड–नेपाल समूह

आ–आफ्नै रणनीतिमा ओली र प्रचण्ड–नेपाल समूह

राजनीति
कात्तिक २८ काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला आज शुक्रबार सचिवालय बैठक बस्दै छ । नेकपा महासचिव विष्णु पौडेलले शुक्रबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा सचिवालय बैठक बस्न लागेको बताए । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको सहमतिमै बैठक बस्न लागेको उनले बताए । नेकपा अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठसहितको बहुमत सचिवालय सदस्यहरूले बैठक माग गर्दै आएका थिए । गत २२ कातिकमा लिखित रूपमै बहुमत सचिवालय सदस्यहरूले बैठकका लागि प्रधानमन्त्री ओलीलाई आग्रह गर्दा उनले अस्वीकार गरेका थिए । त्यसपछि २५ कात्तिकमा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई भेटेरै बैठकका लागि पुनः आग्रह गर्दा समेत ओलीले अस्वीकार ग...