शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

प्रधानमन्त्रीले गरे डा केसीको स्वास्थ्य लाभको कामना, उपचार खर्च सरकारले व्यहोर्ने

कात्तिक २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण भएका डाक्टर गोविन्द केसीको स्वास्थ्य लाभको कामना गरेका छन्।

शनिबार बिहान ट्वीट गर्दै प्रधानमन्त्री ओलीले केसीको स्वास्थ्य लाभको कामना गरेका हुन्।

डा केसीको सबै उपचार खर्च पनि सरकारले व्यहोर्ने प्रधानमन्त्री ओलीले जानकारी दिएका छन्।

डा केसीलाई शुक्रबार साँझ कोरोना संक्रमण पुष्टि भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *