ओलीलाई मात्र दोष देखाएर नेताहरु पानी माथिको ओभानो बन्न मिल्दैन
-डा.डिआर उपाध्याय
अहिले मुलुक फेरि राजनीतिक अस्थिरतातिर जाने हो की भन्ने चिन्ता छ । लामो संघर्षबाट प्राप्त उपलब्धि गुम्न नदिन लोकतान्त्रिक शक्तिहरुका बिच सहकार्यको जरुरी देखिएको छ । सत्ताधारी दलबीचकै आन्तरिक किचलोका कारण अचानक संसद् विघटन भयो त्यसले समग्र मुलुकलाई क्षति पु¥याएको छ। त्यसमध्ये पनि सबैभन्दा बढी दैनिक ज्याला मजदुरी गर्ने श्रमिक वर्गलाई असर परेको छ । लामो समय लकडाउन झेलेर आर्थिक रूपले थिलथिलो भएका गरिखाने मजदुर वर्ग फेरि राजनीतिक अस्थिरताको मार झेल्नुपर्ने अवस्था सृजना भएको छ। कम्युनिष्टहरुले सर्वहारा श्रमिक वर्गको मुक्तिको लागि भन्दै राजनीति गरे त्यही विश्वासको आधारमा सबै गरिखाने अधिकांश मजदुर वर्गले कम्युनिस्टलाई सहयोग गरेरै बहुमत दिएका हुन्। तर ती श्रमिक मजदुरले आजसम्म कम्युनिस्ट सरकारबाट के पाए ? सर्वसाधारण वा मजदुर वर्ग सबैले अब अस्थिरताको राजनीति अन्त्य होस् र पूर्ण प...








