आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

आम हड्ताल के को लागी ?

आम हड्ताल के को लागी ?

राजनीति, समाचार
-डा.डिआर उपाध्याय नेपाल बन्द,हड्ताल र चक्काजाम सदाको लागि अन्त्य गर्नु पर्छ भनेर प्रतिबद्धता जनाएका दलहरुले नै सरकार देखि बाहिर हुँदा उनैले नै आफुले गरेको प्रतिबद्धतालाई उलङ्घन गर्ने प्रयास गरेका छन् । दलिय स्वार्थका लागि आम हड्ताल गरेर सर्बसाधरणदेखि आम नागरिकलाई सास्ती दिने काम राम्रो होइन । गरि खाने नागरिकलाई यस्ता बन्द, हड्तालले नराम्रो प्रभाव पारेको हुन्छ । एक दिनको बन्द हड्तालले देशको अर्थतन्त्रमा करोडौँ नोक्सान पु–याएको हुन्छ । आम हड्ताल के को लागी ? यो विषयमा राजनीतिक दलहरु किन गम्भिर बन्न सकेनन् ? बन्द हड्तालका कारण बिरामी ,विद्यार्थी ,ज्याला मजदुर लगायत विभिन्न क्षेत्रमा यसको प्रभाव पर्दछ ।बन्दका कारण यातायात सुचारु हुन नसक्दा विगतमा पनि कैयौँ सिकिस्त बिरामी र प्रसुति व्यथाले च्यापेका महिलाले समयमा उपचार नपाउँदा अकालमा ज्यान गुमाउनु परेका प्रशस्त उदाहरण छन् । आज हुने भनिएको...
वर्तमान संकट र यसको निकास

वर्तमान संकट र यसको निकास

राजनीति, समाचार
डा.डिआर उपाध्याय संसद् विघटन पछि देशमा एकाएक सडक आन्दोलनको रमिता भैरहेको छ । संसद् विघटनले देश अस्थिरतातर्फ उन्मुख बनेको छ । अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल नेपाल समूह, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, नागरिक समाज लगायतले आन्दोलन गरिरहेका छन् । यो आन्दोलनमा जनताको त्यति सहभागिता देखिदैन । किनभने जनता राजनीतिक दलसँग असन्तुष्टि छन् । सडकमा उठेको आन्दोलन केवल सत्तामा जान र केपी ओलीको ठाउँमा प्रचण्ड, माधव नेपाल वा शेरबहादुर देउवा प्रधानमन्त्री हुन मात्रै आन्दोलन सञ्चालन भइरहेको हो भन्ने जनताको गुनासो छ । आन्दोलनले नयाँ सरकार बन्न सक्ने अवस्था छैन । वर्तमान संकटको निकास भनेको चुनाव हो । अब मुलुकमा आन्दोलन गरेर द्वन्द निम्ताउने काम कुनै दलले पनि गर्नु हुँदैन । देशमा विकास समृद्धि र सुशासन कायम गर्नु पर्ने आवश्यकता देखिएको छ । अब सरकारले समाजवादको आधार निर्माण गरि प्रभावका...
पेचिलो बन्दै गयो संघीयता

पेचिलो बन्दै गयो संघीयता

राजनीति, समाचार
डा.डिआर उपाध्याय नेपालमा यति बेला संघीयता पेचिलो बन्दै गएको छ । संघीयता लागु गर्नु भन्दा अघि यो बिषयमा कहिल्यै छलफल गरिएन । नेपालमा संघीयताको बारेमा कहिल्यै जनतालाई जानकारी गराइएन । जनआन्दोलनमा संघीयताको विषय कहीँ कतै उठेको थिएन । संघीयता भनेको नै सबै जनतालाई सशक्त बनाउने, सम्पूर्ण अधिकार प्रदान गर्ने माध्यम हो ।संघियताको अभ्यासमा नेपालमा त्यस्तो देखिएन । अन्तरिम संविधान जारी हुँदा समेत यो बिषय उठेको थिएन । संघीयता नेपालमा एक्कासी घुसाइएको एजेन्डा हो । किनकि निरंकुश राजतन्त्रविरुद्ध २०६३ सालमा आन्दोलन भयो तर संघीयताको बारेमा एक शब्द कहीँकतै उच्चारण भएन । आन्दोलन सफल भए पछि देशमा लोकतन्त्र पुनर्वहाली भयो । २०६३ सालमा नेपालको अन्तरिम संविधान जारी भएपछि त्यसबाट असन्तुष्ट भई मधेसमा अकस्मात आन्दोलन भयो । त्यतिबेलाको मधेस आन्दोलनले विशेष गरी पूर्वी तराईका जिल्लामा साम्प्रदायिकता भड्किन...
पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अदालतको अवहेलना मुद्दामा आज  सुनुवाइ हुँदै

पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अदालतको अवहेलना मुद्दामा आज सुनुवाइ हुँदै

राजनीति, समाचार
दाहाल-नेपाल समूहको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अदालतको अवहेलना मुद्दामा आज मंगलवार सुनुवाइ हुँदैछ। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दालाई प्रचण्डले प्रभावित पार्न खोजेको भन्दै नेपाल ल क्याम्पसमा अध्ययनरत समीर हायुले दाहालविरुद्ध रिट दायर गरेका छन्। प्रतिनिधिसभा विघटन सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रचण्डले प्रभावित पार्न खोजेको, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मान्यता र संवैधानिक एवं कानुनी व्यवस्था प्रतिकूल भएको दावी गर्दै उनले अदालतको अवहेलना मुद्दामा निवेदन दायर गरेका हुन्। प्रचण्डको कार्य संवैधानिक सर्वोच्चता, विधिको शासन, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको मान्यता भन्दा विपरीत रहेको हायूको तर्क छ। यसअघि वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीमाथि अपमानपूर्ण भाषा प्रयोग गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली...
लोकतन्त्रलाई संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने दायित्व दलहरुको

लोकतन्त्रलाई संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने दायित्व दलहरुको

राजनीति, समाचार
डा.डिआर उपाध्याय लोकतन्त्रलाई संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने दायित्व दलहरुको हो । नेपालको राजनीतिले २००७ सालको परिवर्तनदेखि अहिले सम्म उतारचढाव व्यहोर्दै आएको छ । नेपाली जनताले हरेक राजनीतिक परिवर्तनमा साथ र सहयोग गर्दै आएका छन् । देशमा जतिसुकै राजनीतिक परिवर्तन भएपनि जनताले त्यसबाट कुनै फाइदा उठाउन सकेनन् । राजनीतिक परिवर्तनबाट फाइदा केबल नेताहरुले मात्र लिए । अहिले पनि मुलुक विषम परिस्थितिबाट गुज्रिदै छ । अब देशको राजनीतिले कुन मोड लिने हो यसको कुनै ठेगान छैन । अहिले मुलुकको राजनीतिक गतिविधि देखेर कतिपयले लोेकतन्त्र खतरामा परेको बताइरहेका छन् । लोकतन्त्र बचाउन सबै लोकतन्त्रवादी शक्तिहरु एक हुनुपर्ने आवश्यकता देखिएको छ । सडकमा नारा जुलुस लगाएर हिड्दैमा लोकतन्त्रको रक्षा हुन सक्दैन । सरकारले मध्यावधि निर्वाचन घोषणा गरेको छ । दलहरु त्यसमा भाग लिई चुनावमा गएमात्र लोकतन्त्र बचा...
नेपाली कांग्रेसका १३ भ्रातृ संगठनले आज सोमवार ७७ वटै जिल्लामा प्रदर्शन गर्ने

नेपाली कांग्रेसका १३ भ्रातृ संगठनले आज सोमवार ७७ वटै जिल्लामा प्रदर्शन गर्ने

राजनीति, समाचार
नेपाली कांग्रेसका १३ भ्रातृ संगठनले आज सोमवार ७७ वटै जिल्लामा प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसको १३ वटै भातृ संगठनले संयुक्त रुपमा देशैभर प्रदर्शन गर्न लागेको हो । नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल तामाङ संघ, नेपाल राष्ट्रिय मगर संघ र नेपाल ठाकुर समाजको संयुक्त अगुवाईमा देशका विभिन्न ठाउँमा काँग्रेसले विरोध सभा आयोजना गरेको हो। कांग्रेसले हिजो आइतवार एक विज्ञप्ति निकालेर प्रदर्शनमा सहभागि हुन नेता तथा कार्यकर्तालाई अपिल गरेको छ। “नेपाल कम्युनिष्ट पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक सिफारिसमा गरिएको प्रतिनिधि सभा...
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ आजदेखि विपक्षीको बहस शुरु

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ आजदेखि विपक्षीको बहस शुरु

राजनीति, समाचार
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ शुरु भएको १३औँ दिन आइतबार रिट निवेदकका तर्फबाट बहस सकिएको छ। रिट निवेदक १३ जना थिए। उनीहरुका तर्फबाट हालसम्म रिट निवेदक र कानून व्यवसायी गरी ६८ जनाले बहस गरे। सोमबारदेखि (आज) विपक्षीको बहस शुरु हुनेछ। रिट निवेदकका तर्फबाट आइतबार गोपाल पाण्डे, अमिता गौतम, कृतिनाथ पौडेल र खडानन्द कँडेलले बहस गरेका थिए। त्यस्तै रिट निवेदक लोकेन्द्रबहादुर ओली र केशरजङ्ग शाहीका तर्फबाट खेमानन्द अधिकारी र पूर्णप्रकाश बस्नेतले तथा रिट निवेदक कमलबहादुर खत्रीका तर्फबाट वरिष्ठ अधिवक्ता यदुनाथ खनालले बहस गरेका थिए। रिट निवेदकहरु मनिराम उपाध्याय र तुलसी सिंखडाले बहस गरेसँगै सम्पूर्ण रिट निवेदकको बहस सकिएको थियाे। आजदेखि विपक्षी महान्यायाधिवक्ता कार्यालय र प्रधानमन्त्रीका तर्फबाट कानून व्यवसायीको बहस शुुरु हुनेछ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश...
(नेकपा) को प्रचण्ड-नेपाल समूहले आज सुदूरपश्चिम प्रदेशको धनगढीमा विशाल विरोध सभा गर्दै

(नेकपा) को प्रचण्ड-नेपाल समूहले आज सुदूरपश्चिम प्रदेशको धनगढीमा विशाल विरोध सभा गर्दै

राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले आज (शनिबार) सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा विशाल विरोध सभा गर्दैछ । प्रतिनिधि सभा विघटन विरुद्ध नेकपाको सुदूरपश्चिम प्रदेश कमिटीले धनगढीमा विशाल विरोध सभा गर्न लागेको हो । विरोध सभालाई सम्बोधन गर्न अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल शनिबार बिहान धनगढी पुग्दैछन् । धनगढीस्थित पुरानो एयरपोर्ट मैदानमा दिउँसो १ बजे हुने विरोध सभाको तयारी पुरा भएको नेकपा प्रचण्ड–नेपाल समूह सुदूरपश्चिमले जानकारी दिएको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपाको प्रचण्ड नेपाल समूह, प्रमुख प्रतिपक्ष नेपाली कांगेस र जनता समाजवादी पार्टी आन्दोलनमा छन् । ...
प्रधानमन्त्री केपी शर्मा ओलीको अकर्मण्यताबाट मुक्ति पाउन ताजा जनादेशमा जानु उपयुक्त: राप्रपा अध्यक्ष कमल थापा

प्रधानमन्त्री केपी शर्मा ओलीको अकर्मण्यताबाट मुक्ति पाउन ताजा जनादेशमा जानु उपयुक्त: राप्रपा अध्यक्ष कमल थापा

राजनीति, समाचार
 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको अकर्मण्यताबाट मुक्ति पाउन ताजा जनादेशमा जानु उपयुक्त हुने टिप्पणी गरेका छन् । सामाजिक संजाल ट्वीटरमा टिप्पणी गर्दै अध्यक्ष थापाले ओलीको असफलता र अकर्मण्यताबाट मुक्ति पाउन भए पनि निर्वाचनमा जानुपर्ने धारणा राखेका हुन् । उनले निर्वाचनमा जानु ओली वा सरकारको समर्थन नभई संसदीय प्रजातन्त्र र संवैधानिक मूल्य मान्यताप्रतिको विश्वासको अभिव्यक्ति बताएका छन् । “नयाँ चुनावमा जांदा संविधानको हत्या हुन्छ भन्नु संविधान/प्रजातन्त्र सम्मत छैन,” उनले लेखेका छन्, “नयाँ चुनावको समर्थन केपी ओली वा सरकारको समर्थन होइन। संसदीय प्रजातन्त्र र संवैधानिक मूल्यमान्यता प्रतिको बिश्वासको अभिव्यक्ति हो। केपी ओलीको असफलता/अकर्मण्यताबाट मुक्तिको लागि पनि ताजा जनादेश उपयुक्त हुन्छ ।” ...
परम्परागत विकृतिको अन्त्य गर्न जरुरी

परम्परागत विकृतिको अन्त्य गर्न जरुरी

राजनीति, समाचार
-डा.डिआर उपाध्याय परम्परागत विकृतिको अन्त्य गर्न जरुरी देशमा राजनीतिक परिवर्तन भएपछि जनतामा एक खालको उत्साह पलाएको थियो । अब देशमा केही हुन्छ कि भन्ने आशा पलाएको थियो । अहिले ती आशा र उत्साह निराशामा परिणत भएका छन् ।अहिले मुलुकको भविष्य अन्धकार तर्फ उन्मुख भएको संकेत देखिन्छ ।दल र तिनका नेताहरु निजी स्वार्थभन्दा माथि उठ्न सकेनन् । उनीहरुले जनताको हितलाई सर्वोपरि ठानेनन् । अब देशमा आशलाग्दा नयाँ अनुहारको नेतृत्व आवश्यकता छ । किनभने उनै पात्र, उही प्रवृति भएका नेताबाट देशको विकास हुन सकेन । अब नयाँ सोच, नयाँ शैली र दुरदर्शी नेतृत्वको खाँचो छ । स्वार्थी व्यक्तिहरूको नेतृत्व बाट देश माथि उठ्न नसकेको पुष्टि भै सकेको छ । यो राजनीतिक विकृतिको पराकाष्ठा हो ।राजनीतिमा दलीय सिद्धान्तभन्दा व्यक्तिगत स्वार्थले बढावा पाउँदै आएको छ । गुटगत राजनीतिलाई बलियो बनाउन नेताहरु जस्तोसुकै हतकण्डा प्रयोग ग...