आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक बुधवार बस्ने

कांग्रेस केन्द्रीय समिति बैठक बुधवार बस्ने

राजनीति
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक फागुन ५ गते बुधवार बस्ने भएको छ ।बुधवार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय साने्पामा बस्न लागेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरेका छन् । ...
सरकारले ३ वर्षमा गरेका काम फागुन ३ गते सार्वजनिक गर्ने

सरकारले ३ वर्षमा गरेका काम फागुन ३ गते सार्वजनिक गर्ने

राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन ३ गते सरकारले ३ वर्षसम्म देश विकासका लागि गरेका काम सार्वजनिक गर्ने बताएका छन् । शनिबार बुटबलमा आयोजित नेकपा ओली समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले फागुन ३ गते सिंहदरबारमा तीन वर्षमा सरकारले गरेका काम सार्वजनिक गर्ने बताएका हुन। उनले सरकारले ‘असाधारण’ काम गरेको भन्दै त्यसबाट नेकपा दाहाल–नेपाल समूह आत्तिएरको समेत बताए । नेपालले विकास निर्माणको क्षेत्रमा निकै ठूलो फड्को मारेको बताउए । उनले गुट बलियो बनाउने गलत अभ्यास गर्नेहरुकै कारण यो अवस्था आएको बताए । उनले पार्टी नफुटेको समेत बताए । यो उपस्थितिले नै पार्टी नफुटेको देखाएको बताउँदै कही उद्देश्य नमिलेकाहरु मात्र बाहिरिएको बताए । ‘उनीहरु बाहिरिएर आत्तिएका छन्, डम्फू बजाइरहेका छन्, चुनाव हुने विषयलाई प्रतिगमन भनिरहेका छन् । ताजा जनादेशमा जानै हुँदैन भने तपाइँहरुले कस्तो व...
सभामा आएका मान्छे किन गन्ने, निर्वाचनपछि मतपत्रको बाकस खोलेर गनौँ न : प्रधानमन्त्री ओली

सभामा आएका मान्छे किन गन्ने, निर्वाचनपछि मतपत्रको बाकस खोलेर गनौँ न : प्रधानमन्त्री ओली

राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखमा हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ५० लाख मत प्राप्त गर्ने दाबी गरेका छन् । बुटवलमा आयोजित सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको नेकपाले समानुपातिकतर्फ ५० लाख मत प्राप्त गर्ने दाबी गरेका हुन् । उनले भने, ‘मतपत्रको बाकस खोलेर गनौँ न, कसको समर्थनमा कति भन्ने ? हामी समानुपातिकतर्फ ५० लाख मत ल्याउँछौँ । घटाएर देखाउनुहोस् न त्यो मत ।’ साथै उनले सभामा आएका मान्छे किन गन्ने मतपत्र गनौ न भनेका छन् । त्यस्तै उनले प्रत्यक्षतर्फ बहुमत ल्याउने दाबी गरेका छन् । ...
आवश्यक परे फेरि बलिदान दिन तयार छौँ : प्रचण्ड

आवश्यक परे फेरि बलिदान दिन तयार छौँ : प्रचण्ड

राजनीति
नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हजारौँ शहीदको बलिदानीपछि प्राप्त गणतन्त्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धरापमा पारेको आरोप लगाएका छन् । ओलीले शहीदको रगतले लेखेको संविधान नै धरापमा लाने कोशिस गरेकाले त्यसकाविरूद्ध लड्नु पर्ने अवस्था आएको बताएका छन् । जनयुद्ध दिवसको अवसर पारेर पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा दाहालले भने, शहीदको सपनालाई कुल्चिने प्रयास भएको छ । हामी  मर्नबाट बचेका मान्छेका आँखा अगाडि शहीदको सपना कुल्चने प्रयास भएको छ,’ दाहालले भने, ‘हामी जीवन मरणको अवस्थामा छौँ, उनीहरूको सपनालाई कुल्चिन दिन्नौँ यो प्रण गर्छौँ ।’ आजै दाहालले बारबर्दिया नगरपालिकाले आयोजना गरेको ‘जीवनगाथा’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै शहीदको बलिदानीपछि प्राप्त उपलब्धि रक्षाका लागि एकतावद्ध हुन अपिल गरेका थिए । २५ वर्षअघि ‘जनयुद्ध’ सुरु...
जसपाका केन्द्रीय सदस्य हवारी नेकपा ओली समूहमा प्रवेश

जसपाका केन्द्रीय सदस्य हवारी नेकपा ओली समूहमा प्रवेश

राजनीति
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य इस्लाम हवारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी ओली समूहमा प्रवेश गरेका छन् । प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बिहान हवारीलाई पार्टी प्रवेश गराएका हुन् ।पर्साका हवारी तत्कालिन नेकपा माओवादीबाट संविधानसभा सदस्य थिए । उनी २०७५ साल जेठ ३० गते तत्कालिन नयाँशक्ति पार्टीमा प्रवेश गरेका थिए। ...
अभिव्यक्ति स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्छौं: सञ्चारमन्त्री

अभिव्यक्ति स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्छौं: सञ्चारमन्त्री

राजनीति
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याउन लागेको बताएका छन् । मन्त्रालयद्वारा आज यहाँ आयोजित दोलखाली पत्रकारसँगको अन्तक्रिया कार्यक्रममा उनले भने, ‘सामाजिक सञ्जालबाट दैनिकजसो विभिन्न किसिमका अपराधजन्य क्रियाकलाप बढ्दै गएको हुँदा उक्त निर्देशिका ल्याउने लागेको हो ।’ यसले अभिव्यक्ति स्वतन्त्रतालाई कुनै पनि असर नपर्ने उनले स्पष्ट पारे । ‘सामाजिक सञ्जाललाई व्यवस्थित गर्नका लागि निर्देशिका ल्याउने तयारी मात्र गरेको हो, सरोकारवालापक्षसँग छलफल गरेर मात्र यसलाई अन्तिम रुप दिने हो’, मन्त्री गुरुङले भने ‘प्रचलित कानूनअनुसार नेपालमा दर्ता गरेर मात्र सामाजिक सञ्जाल चलाउने व्यवस्था होस भन्ने उद्देश्य हो ।’ उनले पत्रकारिताको गरिमालाई उठाउनका लागि काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । उनले...
झलनाख खनाल भारतको दिल्ली प्रस्थान

झलनाख खनाल भारतको दिल्ली प्रस्थान

राजनीति
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनाल भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा नेता खनाल नेपाल एयरलाइन्सको शुक्रबारको उडानमार्फत दिल्ली उडेका हुन् । नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार शरीर काप्ने रोगका उपचारका लागि खनाल दिल्ली गएका हुन् । रोगको उपचारका लागि खनाल चीन जाने तयारीमा थिए । तर, कोरोना भाइरस संक्रमणको जोखिमका कारण बाहिरी देशबाट आएका व्यक्तिले चीनमा अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम भएका कारण उनी भारत जान लागेका हुन् । भारत जाँदा पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ भएमा क्वारेन्टाइन बस्नैपर्ने नियम छैन । खनालले भारतको कुन अस्पतालमा उपचार गराउन लागेका हुन् भन्ने विषय भने खुलेको छैन । खनालले यसअघि अमेरिका र चीनमा आफ्नो उपचार गराएका थिए । ...
नियन्त्रणमा लिएको ५ घण्टामा नेकपाकी नेतृ रामकुमारी झाँक्री  रिहा

नियन्त्रणमा लिएको ५ घण्टामा नेकपाकी नेतृ रामकुमारी झाँक्री रिहा

राजनीति, समाचार
प्रचण्ड-माधव नेपाल नेतृत्वको नेकपाकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छन्। राज्य विरुद्धको कसुरमा प्रहरीले सोधपुछका लागि उनलाई शंखमुल स्थित घरबाटै बिहान पक्राउ गरेको थियो। महानगरीय अपराध महाशाखाले पशुपति पुरीको जिम्मा जमानीमा नेत्री झाँक्रीलाई रिहा गरेको हो। उनलाई प्रहरीले नियन्त्रणमा लिएको ५ घण्टामा रिहा गरेको हो। गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै झाँक्रीलाई प्रहरीले राज्य विरुद्धको कसूर गरेको आरोपमा पक्राउ गरेको थियो। राष्ट्रपतिको मानमर्दन गरेको आरोपमा पक्राउ परेकी नेतृ झाँक्रीले संवैधानिक राष्ट्रपतिप्रति आफ्नो सम्मान रहेको लिखित बयान दिएपछि रिहा गरिएको हो। ...
सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्ने:पुष्पकमल दाहाल

सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्ने:पुष्पकमल दाहाल

राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्ने अवस्था आउने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका पीडा नबुझ्ने हो भने अब सिंहदरबार र बालुवाटार घेर्ने प्रचण्डले बताए । बुधबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपीजी देख्नुभयो, सभा कस्तो हुन्छ। विरोध र प्रदर्शन कस्तो हुन्छ? जनताको पीडा बुझ्नुभएन भने सिंहदरबार र बालुवाटार घेर्न आउँछन्। जरूरी पर्‍यो भने सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्नेछौं।’ प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए। उक्त कदमविरूद्ध आज प्रचण्ड-नेपालले विरोध प्रदर्शन गरेका हुन्। ...
अब देशलाई दुरदर्शी र विकासप्रेमी नेताको आवश्यकता

अब देशलाई दुरदर्शी र विकासप्रेमी नेताको आवश्यकता

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, यति बेला देशको राजनीतिक अवस्था जटिल मोडमा छ । अहिलेको राजनीतिक गतिविधि हेर्दा जनता निराश देखिन्छन । जनतामा निराशा आउनु भनेको राम्रो संकेत होइन । देशको राजनीतिक संकटका कारण देशी–विदेशी हस्तक्षेप बढिरहेको देखिन्छ । आज देशको अवस्था बिग्रदै गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले राजनीतिक धुव्रिकरण बढेर गएको छ । प्रतिनिधिसभा विघटनपछि केहि दलहरु प्रतिनिधिसभा पुनस्र्थापना हुनु पर्ने माग राखि सडक आन्दोलनमा छन । आन्दोलन किन र के को लागी ? नेपाली जनता आन्दोलनका पक्षमा छैनन् । देशको हितमा छैन आन्दोलन । दलहरुका आन्दोलन कुर्सीका लागी हो । बिगतमा आन्दोलनका बलमा भएका परिवर्तनबाट जनताले के पाए ? जनताको जीवन शैलिमा परिवर्तन आयो कि आएन ? यी प्रश्नको जवाफ नेताहरुले दिनु पर्छ । आन्दोलन नेताहरुको कुर्सीको लागी हो । वर्तमान समस्याको समाधान दलहरुले खोज्नु पर्छ । यो बहुमतप्राप्त स...