आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

अविश्वासको प्रस्ताव सामना गर्ने तयारीमा प्रधानमन्त्री ओली

अविश्वासको प्रस्ताव सामना गर्ने तयारीमा प्रधानमन्त्री ओली

राजनीति, समाचार
डा.डिआर उपाध्याय, सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना भएको केही दिन मात्र भएको छ । अहिले राजनीतिक दलहरू आआफ्ना रणनीति तयार गर्न व्यस्त छन्। सर्वोच्च अदालतले १३ दिनभित्र संसद्को अधिवेशन आह्वान गर्न निर्देशनात्मक आदेशसमेत दिएको छ । यो अवधि भित्र संसद बैठक बस्न नसके राजनीतिक अन्योलता हुनेछ ।त्यसो भएर पनि सरकारले २३ गतेदेखि संसद् बैठक आह्वान गर्ने निर्णय गरेको छ । संसद बैठक बसेर अहिले देखिएको अन्योलतालाई हटाउनु पर्छ । यो अहिलेको आवश्यकता हो । अदालतले संसद् बैठक १३ दिन भित्र बस्ने आव्हान गरे सँगै संसद बैठक फागुन २३ गते ४बजे बस्ने भएको छ । हाम्रो चाहना भनेको राजनीतिक स्थिरता हो । देश विकासको लागि राजनीतिक स्थिरता कायम हुनु पर्छ । भावी प्रधानमन्त्रीका बारेमा अन्योल देखिएको छ । संसद पुनस्थापना पछिको परिस्थिति जटिल अवस्थामा छ । सत्तारुढ दल नेकपा दुई खेमामा विभाजित भएपछि संकट उत्पन्न भ...
नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले  सरकारसँग वार्ताका लागि वार्ता टोली गठन

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग वार्ताका लागि वार्ता टोली गठन

राजनीति, समाचार
नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले पनि सरकारसँग वार्ताका लागि वार्ता टोली गठन गरेको छ । विप्लव नेतृत्वको नेकपाले खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)को नेतृत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको हो । विश्वकर्माको नेतृत्वमा गठन गरिएको ३ सदस्यीय वार्ता टोली आजै सार्वजनिक गरिने विप्लव नेतृत्वको नेकपाका एक नेताले जानकारी दिए । सरकारले पनि बिहीबार गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा २ सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य छन् । वार्ताद्वारा नै सबै समस्या समाधान गर्ने गरी वार्ता टोली गठन भएको मन्त्री गुरुङले जानकारी दिए । केही समय अगाडिदेखि नै सरकारी पक्ष र प्रतिबन्धित विप्लव समूहबीच अनौपचारिक वार्ता हुँदै आएको थियो । अनौपचारिक वार्ता सकारात्मक भएपछि औपचा...
सरकार गठन अहिलेको आवश्यकता होइन

सरकार गठन अहिलेको आवश्यकता होइन

राजनीति, समाचार
डा.डिआर उपाध्याय, माधव भन्दा ओली चर्तुर र शक्तिशाली छन । ओलीलाई सजिलै प्रधानमन्त्रीबाट हटाउने आधार अझै बनेको छैन । प्रतिनिधिसभा पुनस्र्थापनापछि पनि ओली उर्जावान नै छन । उनमा कुनै निराशको संकेत छैन । राजनीति भनेको नै उतार चढाव हो । यसलाई थेग्न सक्नु पर्छ । ओलीले सवै कुरा थेग्न सक्छन । प्रचण्ड माधवमा त्यो क्षमता छैन । ओली आफना कार्यकर्तालाई संरक्षण गर्न सिपालु छन । तर प्रचण्ड माधव त्यसमा असफल छन । नेता भनेको ओली जस्तो हुनु पर्छ । किन भने जस्तो परिस्थितीमा पनि लडन सक्ने क्षमता ओलीमा छ अरु नेतामा छैन । अरु सवै कातर हुन । मैले बेला बेलामा लेखेर भए पनि सुझाव दिने गर्छु तर सुनुवाई हुदैन । समस्या यो हो । ओलीले भरपर्दो आधार तय नभए सम्म प्रधानमन्त्री पदवाट राजीनामा दिनु हुदैन । किन भने मुलुक संकटमा जान्छ । सरकार गठन अहिलेको आवश्यकता होइन । नयाँ सरकारको सम्भावना देख्नु भनेको संसद खरिद बिक्रिको...
दलहरु विभाजन हुनु लोकतन्त्रको लागि खतरा

दलहरु विभाजन हुनु लोकतन्त्रको लागि खतरा

राजनीति, समाचार
डा.डिआर उपाध्याय, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई खेमामा विभाजित हुँदा मुलुकको राजनीति अन्योलमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा चालेको असंवैधानिक कदमपछि नेकपा दुई खेमामा विभाजित भएको हो ।संसद पुनस्थापना भएपछि पनि नेकपा एक हुने कुनै छाँँटकाँट देखिदैन । नेकपा विभाजनको विषय निर्वाचन आयोगमा विचाराधीन बनेको छ । राजनीतिक दलसम्बन्धी ऐनले जुन समूहतर्फ बहुमत केन्द्रीय कार्य समिति हुन्छ । उसैले नेतृत्व गरेको पार्टीले आधिकारिक मान्यता पाउने भनेर स्पष्ट उल्लेख गरेको छ । तर, अहिले यो विषयमा निर्वाचन आयोगलाई निर्णय गर्न धेरै कठिन भइरहेको छ । प्रमुख ठूला दलहरु विभाजन हुनु लोकतन्त्रको लागि खतरा हो । जनताको ठूलो त्याग, तपस्या र बलिदानबाट लोकतन्त्र प्राप्त भएको हो । यसमा कसैले खेलवाड गर्नु हुँदैन । मुलुकको हरेक राजनीतिक परिवर्तनमा नेपाली जनताको प्रत्यक्ष सहभागिता रहँदै आएको छ । ...
राजनीतिक खिचातानी

राजनीतिक खिचातानी

राजनीति, समाचार
डा.डिआर उपाध्याय, प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम असफल भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको कदम लाई खारेज गर्दै पुनस्र्थापनाको फैसला सुनाएको छ ।अहिले नेपालको राजनीति नयाँ मोडमा प्रवेश गरेको अवस्था छ । दम्भ एवं अहंकारको राजनीति कसैले गर्नु हुदैन भन्ने पाठ सिकाएको छ । प्रतिनिधिसभाको विघटन संवैधानिक, राजनीतिक र नैतिक दृष्टिले अनुचित भएको तथ्य सिद्ध भएको छ । अव मुलुकलाई निकास दिन प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नु अपरिहार्य भएको छ । अहिले मुलुकमा नयाँ सरकार कहिले र कस्को नेतृत्वमा बन्ने भन्ने बिषयमा चर्चा चलेको छ । नयाँ सरकार त्यति सजिलै बन्ने अवस्था देखिँदैन । नयाँ सरकार गठनको बिषयमा अनेकन बाधा र संवैधानिक एवं कानुनी जटिलता देखिएका छन ।केही संवैधानिक र प्राविधिक जटिलताले नेपालको राजनीति अझै पनि गोलचक्करमा फस्ने खतरा देखिएको छ । मुलुक पुनः राजनीतिक खिचातानी र विवादको...
सरकारकाले प्रतिनिधिसभाको बैठक फागुन २३ गते बोलाउने निर्णय

सरकारकाले प्रतिनिधिसभाको बैठक फागुन २३ गते बोलाउने निर्णय

राजनीति, समाचार
सरकारकाले प्रतिनिधिसभाको बैठक बोलाउने निर्णय गरेको छ। आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको आदेश बमोजिम प्रतिनिधिसभा बैठक फागुन २३ गते आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रतिनिधि सभा पुनर्स्थापनापछि आज पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको थियो। संसद बैठक बोलाउनका लागि यसअघि प्रधानमन्त्री केपी ओलीले हिजो साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए। सर्वोच्च अदालतले मन्त्रिपरिषद्को सिफारिसमा गएको पुस ५ गते राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्दै गएको मङ्गगलबार १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो। ...
इमानको राजनीतिले मात्र देशको उन्नती प्रगति

इमानको राजनीतिले मात्र देशको उन्नती प्रगति

राजनीति, समाचार
डा.डिआर उपाध्याय राजनीतिमा इमान्दारिता नहुँदा जनताले दुःख पाउँछन् । बेइमानको राजनीतिले नेपाली जनताले लामो समयदेखि दुःख पाइरहेका छन् । अब नयाँ पुस्ताले इमानको राजनीति गर्नुपर्छ । इमानको राजनीतिले मात्र देशको उन्नती प्रगति हुन्छ । राजनीतिको नाममा कमाउँ धन्दा मौलाएको छ । यो नै देशको लागि सबैभन्दा डरलाग्दो रोग हो । राजनीति भनेको समाजसेवा हो । राजनीतिलाई कमाउँ धन्दा बनाउनु हुदैन । हाम्रो देशको राजनीति बद्नामी बन्दै गएको छ । यसो हुनु हुँदैन् किनभने नीतिमध्ये सबैभन्दा महत्वपूर्ण नीति राजनीति हो । राजनीतिले सही बाटो लिने हो भने अरुनीतिहरु स्वतःसही बाटोमा आउँछन् । २०४६सालको बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछिको राजनीति त्यती सहज रुपका साथ इमान,जमान र नीतिमा चल्न सकेन । राजनीतिक दल र तिनका नेताहरु व्यक्तिगत टकराव र सत्तास्वार्थमा अधिकांश समय बिताए । जसको कारण मुलुक अघि बढ्न सकेन । व्यक्तिगत...
कांग्रेसले संसद् बैठकपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने

कांग्रेसले संसद् बैठकपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने

राजनीति
नेपाली कांग्रेसले प्रतिनिधिसभाको पुनःस्थापनापछि बस्ने संसद् बैठक र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आगामी गतिविधिपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने जनाएको छ । सभापति सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार सम्पन्न पार्टीको पदाधिकारी बैठकले संसद् बैठकपछि निर्माण हुने परिस्थितिअनुसार निर्णय लिनुपर्ने निष्कर्ष निकालेको हो । बैठकले अहिले नै हतारिए कसैलाई समर्थन गर्न नहुने निष्कर्ष निकालेको सहमहामन्त्री डा प्रकाशशरण महतले बताए । नेता महतले भने, “नेकपा कसरी अघि बढ्छ भनेर अहिले परिपक्व स्थिति बनेको छैन् । अहिले पनि नेकपा एउटै छ । नेकपाको संसदीय दलको नेता केपी शर्मा ओली हुनुहुन्छ, यो अवस्थामा उहाँहरुको पार्टी भोलि कसरी अघि बढ्छ । एकै रहन्छ वा अर्काे परिस्थिति आउँछ भन्ने विषय कांग्रेसको नियन्त्रणभित्रको कुरा होइन ।” कांग्रेसलाई विभिन्न दलबाट सरकारको नेतृत्वको प्रस्ता...
प्रचण्ड–माधव समूहलाई जसपाले भन्यो : ‘तपाईंहरूको पार्टी कुन हो ?’

प्रचण्ड–माधव समूहलाई जसपाले भन्यो : ‘तपाईंहरूको पार्टी कुन हो ?’

राजनीति
नेकपाको दाहाल–नेपाल समूहले प्रधानमन्त्रीविरुद्ध साझा अविश्वास प्रस्ताव दर्ता गर्नेदेखि नयाँ सत्ता समीकरणका विषयमा सहकार्यको प्रस्ताव अन्य शक्तिसँग अघि सारेको छ । उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले यही प्रस्ताव लिएर बिहीबार जनता समाजवादी पार्टी (जसपा) नेताहरूसँग छलफल गरेका छन् । तर, नेकपाको विवाद पहिले टुंगिनुपर्नेमा जसपा देखिएको छ । जसपा वरिष्ठ नेता राजेन्द्र महतोले दाहाल–नेपाल पक्षको पार्टी कुन हो ? त्यो स्पष्ट हुनुपर्ने विषयमा कुरा उठाएको जानकारी दिए । ‘उहाँहरू (दाहाल–नेपाल) कसरी अगाडि बढ्ने भन्ने कुरा गर्दै हुनुहुन्थ्यो । सहकार्य गर्न सकिन्छ कि भनेर कुराहरू राख्नुभयो’, नेता महतोले भने, ‘तपाईंको कुन पार्टी हो ? पार्टी सिस्टममा पार्टी चाहियो । त्यो के हो ? त्यो प्रस्ट पार्नुस् पहिले भनेर हामीले जिज्ञासा राख्यौं ।’ दाहाल–नेपालसँग छलफल गर्न जसपा अध्यक्ष महन्थ ...
संसद पुनर्स्थापना गरे सँगै प्रतिनिधि सभाका सांसदहरुले गत पुस ५ गते यताको तलब पाउने

संसद पुनर्स्थापना गरे सँगै प्रतिनिधि सभाका सांसदहरुले गत पुस ५ गते यताको तलब पाउने

राजनीति, समाचार
प्रतिनिधि सभाका सांसदहरुले गत पुस ५ गते यताको तलब पाउने भएका छन्। गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै सांसदहरुको तलब रोकिएको थियो । फागुन ११ गते सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेसँगै सांसदहरुले तलब पाउने भएका हन् । सांसदहरुले पुस महिनाको ५ दिनको तलब प्राप्त गरेका थिए । भने बाँकी रहेको समयको तलब उपलब्ध गराउन लागेको संसद सचिवालयले जनाएको छ । हाल संघीय सांसदहरूको मासिक तलब ५५ हजार २ सय ३० रुपैयाँ छ। त्यस्तै प्रमुख प्रतिपक्षी दलका नेता, समितिका सभापति र दलका सचेतक लगायतको तलब भने त्यसमा केही बढी रहेको छ। यस अवधिमा कुनै बैठकहरु नभएका कारण तलबहरु मात्रै प्राप्त गर्न लागेका हुन् । ...