शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

राजनीति

आज संघीय सदनको बैठक बस्दै

आज संघीय सदनको बैठक बस्दै

राजनीति, समाचार
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्नेछ । प्रतिनिधि सभा बैठकको आजको सम्भावित कार्यसूचीमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभामा उत्पत्ति भएका नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६ राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहित टेबुल गर्ने रहेको छ । त्यस्तै, राष्ट्रिय सभा बैठक बिहान ११ बजे बस्ने भएको छ । ...
भाषण र कुराले मात्रै सर्वसाधारणले अब विश्वास गर्दैनन्

भाषण र कुराले मात्रै सर्वसाधारणले अब विश्वास गर्दैनन्

राजनीति, समाचार
-डा. डीआर उपाध्याय बर्तमान सरकारले नागरिकमा आशा र उत्साह जगाउनुपर्छ । बिभिन्न कारणले यति बेला आम नागरिक निराश छन् । आशा र उत्साहले पनि नागरिकलाई बाँच्न सिकाउँछ । नागरिकको अपेक्षा धेरै छन् । ति अपेक्षा पूरा गर्न सरकार गम्भिरताका साथ लाग्नुपर्ने देखिन्छ । समृद्धिको यात्रा तय गर्न पनि नागरिकमा आशा जगाउनुपर्छ । आशाले नै मान्छेमा एक प्रकारको ऊर्जा दिन्छ । लामो समयदेखिको विकासको सपना पूरा नभएपछि नेपालीहरू निराश छन् । यो निराशाको पृष्ठभूमिमा विकासको व्यग्र चाहना र धैर्यता नेपालीमा छ । नागरिकले राज्यलाई कर तिर्छन तर आपत बिपतमा राज्यले नागरिकको समस्या बुझदैन यो नै हाम्रो देशको प्रमुख समस्या हो । नागरिक प्रति जवाफदेही बन्नु राज्यको कर्तव्य हो । यो कर्तव्य सिद्ध गर्न राज्यप्रणाली निरन्तर चुक्दै आएकोले नागरिकमा निराशा बढेको हो । संविधान निर्माणपछि सर्वसाधारणले आर्थिक सामाजिक रूपान्तरणको ठूलो सप...
नेताहरुले अझै जनतालाई भ्रम छर्न छोडेका छैनन्

नेताहरुले अझै जनतालाई भ्रम छर्न छोडेका छैनन्

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, देश बनाउने कुरामा खासै कसैको ध्यान गएको देखिदैन । राजनीतिक दल र तिनका नेताहरुको ब्यबहार र कार्यशैली देख्दा जनता वाक्क दिक्क छन । दल र तिनका नेताहरुले जनतामा खासै आशा जगाउने काम गर्न सकेनन् । नेताहरु धनी बन्दै जाने देश र जनताको अवस्था सधै खोक्रो बन्ने यो पाराले देश बनाउन सकिदैन । जनताको अवस्था दयनीय बन्दै गएको छ । जुन देशमा नेता धनी हुन्छन देश र जनताको अवस्था गरिब हुन्छ त्यो देश कहिले माथि उठदैन । बिश्वको इतिहासवाट यो कुरा पुष्टि हुदै आएको छ । के साच्चै यो देश बनाउने हो भने नेताहरु इमान्दार बन्नै पर्छ । खोक्रो र आर्दशको कुराले मुलुक अघि बढन सक्दैन । सत्ता र कुर्सिका लागी मरिहत्ते गर्ने नेता बाट मुलुक बन्ला भन्ने कुरा नसोचे पनि हुन्छ । हामीले नेताहरुको ब्यबहार र कार्यशैली भोग्दै र देखदै आएका छौं । कुर्सिका लागी एकले अर्कोलाई सिध्याउने खेल बाहेक अरु केहि देखिएन । ...
दम्भको राजनीति ओलीले नगरेको भए न नेकपा फुट्थ्यो न एमाले

दम्भको राजनीति ओलीले नगरेको भए न नेकपा फुट्थ्यो न एमाले

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, मिल्न नसकेको एमाले नेपाल कम्युनिष्ट पार्टी एमाले अझै मिल्न सकेको छैन । पाटी भित्र देखिएको बिवाद झन झन उत्कर्षमा पुगेको छ । ओली पक्ष र नेपाल पक्ष बीच फोर्स गठन गर्ने कुरामा प्रतिस्प्रर्धा नै चलेको छ । दुवै खेमा एकले अर्कोलाई सिध्याउने खेलमा लागी रहेका छन । माधब नेपाल फकाउन ओलीको दूत बनेर कहिले सुवास नेवाङ कोटेश्वर पुगेको समाचार आउँछन कहिले बिष्णु पौडेल । तर पनि माधब नेपाल फकिन सकेका छैनन् । माधब नेपाललाई के कुरामा चित्त दुखेको छ त्यो अझैे बाहिर आउन सकेको छैन । पछिल्लो राजनीतिक बाताबरण निर्माण गर्ने कुरामा नेपालको प्रमुख भूमिका छ । ओली सरकार ढाल्ने काम देखि देउवालाई प्रधानमन्त्री बनाउने सम्म नेपालको ठूलो भूमिका र योगदान छ । पाटी भित्रको बिवाद तत्काल समाधान हुने संकेत अझै केहि देखिएको छैन । एमाले पाटी भित्रको अवस्था जटिल छ । अध्यक्ष ओलीको निरङ्कुश शैलीप्रति नेपालल...
सरकारका सामु चुनौती र अवसर पनि सँगसँगै आएको छ

सरकारका सामु चुनौती र अवसर पनि सँगसँगै आएको छ

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा पाँच दलीय गठबन्धनको सानो आकारको सरकार गठन भएको छ । सरकारले पूर्ण आकार अझै पाउन सकेको छैन । अब एक दुई दिनमा सरकारले पूर्णता पाउने आशा गर्न सकिन्छ । वर्तमान सरकारले देश र जनताका पक्षमा ब्यापक लोकप्रिय काम गरेर देखाउनु पर्ने छ । जनता प्रतिको बिश्वास र जनताको मनोभावनालाई बुझेर अघि बढनु पर्ने आबश्यकता पनि देखिएको छ ।विगतमा चारपटक सरकारको नेतृत्व गरिसकेका शेरबहादुर देउवाको आशा र भरोसा जनतामा छ । अघिका कार्याकाल भन्दा यो कार्यकालमा जनताको मन छुने किसिमले काम गरेर देखाउनु पर्ने जिम्मेवारी देउवाको काँध माथि थपिएको छ । सरकारले पूर्णता नपाउँदै किन यो सरकारबारे प्रश्न उठ्न थालेको छ ? खासगरी मन्त्रिमण्डलमा समावेश गरिएका स्वास्थ्य राज्यमन्त्रीको नियुक्ति विषयलाई लिएर जनस्तरबाट प्रश्न उठेको छ ।स्वास्थ्य क्षेत्रमा संलग्न व्याव...
प्रधानमन्त्री देउवाका लागी इतिहास बनाउने अवसर

प्रधानमन्त्री देउवाका लागी इतिहास बनाउने अवसर

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको पनि धेरै दिन भयो । तर पनि अझै सम्म मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । मन्त्रिपरिषदले पूर्णता पाइसके पछि यो सरकारले कोरोना महामारीसँग जुधेर जनतामा आशा जगाउन र भरोसा दिन सक्नुपर्ने छ । सरकार कतै पनि चुक्न हुदैन । देउवाले जनताको मन जित्दै इतिहास निर्माणको दिशामा अग्रसर हुन जरुरी छ । देउवाको अघिल्ला कार्यकाल त्यति सन्तोषजनक भएनन् । जुन कारण जनता उनीप्रति निराश छन । प्रधानमन्त्रि देउवाले यो कार्यकालमा पहिलाका गल्ती जनताले भुल्ने गरी काम गरेर देखाउनु पर्छ । यो एउटा अवसर हो । देउवा सरकारसामु अहिले धेरै अवसर पनि छन् । अहिले देउवाका लागी इतिहास बनाउने अवसर छ । बिगतका गल्ति सच्याउदै उनी अव अघि बढनु पर्छ । अहिले देउवालाई धेरै दलको गठबन्धन हाँक्नुपर्ने बाध्यता छ । राजनीतिको वर्तमान परिस्थिति र प्रतिनिधिसभामा उनले पाएको विश्...
आजको बैठकमा मन्त्रालयको भागबन्डा टुंगो लाग्ने

आजको बैठकमा मन्त्रालयको भागबन्डा टुंगो लाग्ने

राजनीति, समाचार
भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक आज बस्दैछ। आजको बैठकमा मन्त्रालयको भागबन्डा टुंगो लाग्ने सम्भावना छ। सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले तयार पारेको प्रारम्भिक खाकाबारे आजको बैठकमा छलफल हुने नेताहरूले बताएका छन्। सांसद् संख्याका आधारमा कार्यदलले कांग्रेसलाई प्रधानमन्त्रीसहित नौ, माओवादीलाई सात, जनता समाजवादी पार्टी र नेकपा (एमाले)को माधवकुमार नेपाल समूहलाई तीन/तीन मन्त्रालय दिने कार्यदलले प्रस्ताव तयार पारेको छ। तर, यसमा जसपाले असन्तुष्टि जनाएको छ। जसपाले कम्तिमा पाँच वटा मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ। संविधान अनुसार २५ सदस्यीय भन्दा ठूलो मन्त्रिपरिषद् बनाउन मिल्दैन। जसमा प्रधानमन्त्रीसहित २२ मन्त्री र तीन राज्यमन्त्री रहन सक्छन्। कार्यदलका सदस्यहरुका अनुसार कांग्रेस र माओवादी सात/सात तथा जसपा र नेपाल समूहला...
नेकपा एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत

नेकपा एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत

राजनीति, समाचार
नेकपा एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत देखिएको छ। लामो समय आन्तरिक विवादमा रुमलिएपछि माधव नेपाल पक्षले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने र एकताविरोधी अभिव्यक्ति नदिने निर्णय गरेसँगै अल्पकालीन युद्धविरामको संकेत देखिएको हो। नेपाल पक्षको आइतबार र सोमबार काठमाडौंको बुद्धनगरमा बसेको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि भइरहेका प्रयास सकारात्मक रहेको ठहर गर्दै सम्मानजनक एकताका लागि थप प्रयास गर्ने निर्णय गरेको छ। बैठकमा नेताहरूले एकताका लागि भइरहेका विभिन्न प्रयास बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई आग्रह गरेका थिए। ‘बैठकमा यथाशक्य पार्टीको विवाद निरूपण गर्नेबारे सबैको एकमत छ। यसै साताभित्र यी विषय टुंगो लगाएर जानुपर्छ भन्ने हाम्रो धारणा रह्यो। मलाई लाग्छ, यसै साताभित्र पार्टीको विवाद निरूपण हुन्छ,’ पार्टीको सचिवसमेत रहेका भ...
देउवा सरकारले गर्नु पर्ने काम

देउवा सरकारले गर्नु पर्ने काम

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको भाग्य र भबिश्य निर्माण गर्ने कुरामा बिशेष ध्यान दिएर काम गर्नु पर्ने आबश्यकता देखिएको छ । अब गफ गरेर समय कटाउने बेला छैन । अव जनताले देखिने गरी काम गर्नु पर्छ । जनताका धेरै आकाँक्षा र माग छन । ति पुरा पर्ने बाटोमा सरकार अग्रसर हुनु पर्छ । जनताको विश्वासलाई अपमान गर्ने र जनता प्रति बिश्वासघात गर्ने काम कसैले पनि गर्नु हुदैन । सर्वभौमसत्ता सम्पन्न प्रतिनिधि सभाबाट जनादेश प्राप्त सरकार हो यो । सरकारसँग नेपाली जनताले ठूलो अपेक्षा राखेका छन । अब प्रधानमन्त्री देउवाले नेतृत्व गरेको यो सरकारले जनअपेक्षा पूरा गर्न कुनै कसर बाँकी छोड्नु हुँदैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ओली समूहले यो सरकार जनताको जनादेशको होइन, सर्वोच्चको परमादेशबाट बनेको कुरा गरिरहेको छ । वास्तवमा संविधानको भावना विपरीत दुई पटक प्रतिनिधि सभा विघटन गरियो । ...
विकासका लागि राजनीतिक स्थिरता

विकासका लागि राजनीतिक स्थिरता

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, नेपालको राजनीति सहि बाटोमा जाने र सरकार स्थिर रहने हो भने देश बिकासको गति अघि बढन सक्छ । नेपालको भौगोलिक अवस्था मिलेको छ । देश विकास कसरी गर्न सकिन्छ भन्ने कुरामा सवै दलको एक मत हुन जरुरी छ । नेपालजस्तो भौगोलिक अवस्था र भू–परिवेष्ठित अल्पविकसित देशको विकासका लागि दलहरुमा इच्छा शक्तिको मात्र खाँचो छ । दलहरु देश बिकासका लागी सत्ता स्वार्थको राजनीति छाडेर जानु पर्ने हुन्छ । एकले अर्कोलाई सिध्याउने खेल मात्र खेलेर देश बिकास गर्न सकिन्न । देश बिकास गर्न दलहरु एक आपसमा मिल्नु पर्छ । सबैको प्रयासले मात्र देश बनाउन सकिन्छ । एक्लै केहि गर्छु भनेर मात्र हुदैन । देश बिकासका लागी सवै भन्दा पहिला भष्टाचार अन्त्य हुनु पर्छ । भ्रष्टाचार हुने देशमा बिकास हुन कठिन हुन्छ । भष्टाचार देश बिकासको बाधक हो । कर्मचारी देखि नेता मन्त्री सम्म भष्टाचारी भए पछि कसरी देशको बिकास हुन्छ ? यो नै...