आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

माैसम

नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने :जल तथा मौसम विज्ञान विभाग

नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने :जल तथा मौसम विज्ञान विभाग

माैसम, समाचार
नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकादरी दिए । उनले केही वर्षा बढ्न थालेको र आगामी हप्ताबाट भने ठाउँठाउँमा भारी बर्षासमेत हुने राससलाई जानकारी दिए । “हामी अहिले मनसुनको निगरानी गरिरहेका छौँ, एक÷दुई दिनभित्रैमा मनसुन भित्रिएको घोषणा हुनेछ”, पौडेलले थपे, “वर्षा विस्तारै बढ्न थालेको छ, आगामी हप्ता ठाउँठाउँँमा भारी वर्षा भएर बाढी पहिरोसमेत आउनसक्छ, सचेत हुन अनुरोध गर्दछु ।” उहाँका अनुसार पश्चिमी वायुको प्रभाव रहेकाले मनसुन राम्ररी फैलिसकेको छैन। मौसमविद् गङ्गा नगरकोटी हाल देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव कायम रहेको छ । त्यसले वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश नं १ का केही भेगमा वर्षा जारी छ। काठमाडौँ उपत...
चक्रवातको प्रभावः हावाहुरी सहितको असिना पानी पर्ने

चक्रवातको प्रभावः हावाहुरी सहितको असिना पानी पर्ने

माैसम
काठमाडौँमा बुधबार बिहान देखि सिमसिम पानी पर्न थालेको छ । अरब सागरमा विकसित भएको ताउ–ते चक्रवात (सामुद्रिक आँधी)को प्रभावले काठमाडौँको मौसममा बदलि भइ पानी परेको हो । जल तथा मौसम विज्ञान विभागले दिएको सूचना अनुसार चक्रवातको कारणले नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुनेछ । वर्षाको कारणले नदीहरुमा आकस्मिक बाढी आउने भएकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ । अरब सागरमा विकसित भएको चक्रवातले हावाहुरी सहितको असिना पानी पर्ने सम्भावना रहेको पनि मौसम विभागले बताएको छ । ताउ–ते चक्रवात (सामुद्रिक आँधी)को प्रभाव बुधबार देखि शुक्रबार सम्म रहने बताइएको छ । चक्रवातको प्रभाव नेपालको पश्चिम क्षेत्रबाट क्रमस पूर्व तर्फ बढ्दै गएर बाहिरिने छ । ...
काठमाडौं उपत्यकामा मेघगर्जन सहित बर्षा

काठमाडौं उपत्यकामा मेघगर्जन सहित बर्षा

माैसम, समाचार
काठमाडौं उपत्यकामा अहिले मेघगर्जन सहित बर्षा भइरहेको छ। लामो समयपछि उपत्यकामा पानी परेको हो। उपत्यकाका केहि क्षेत्रमा चट्याङ समेत परेको छ। मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा हावाहुरी तथा चट्याङसहित असिनापानीको सम्भावना रहेको उल्लेख गर्दै सचेत रहन आग्रह गरेको छ। शुक्रबार अपरान्ह सामाजिक सञ्जालमार्फत महाशाखाले ‘हाल देशको गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश १ को पहाडी भू–भागका साथै लुम्बिनी प्रदेशको पूर्वी जिल्लाहरुमा मेघ गर्जन, चट्टयाङ, हावाहुरी, असिनासहित वर्षा गराउने बादल विकसित भैरहेकोले सतर्कता अपनाउन’ अनुरोध गरेको छ। ...
अघिल्लो सातादेखि खराब रहेको मौसम क्रमश सुधार हुँदै

अघिल्लो सातादेखि खराब रहेको मौसम क्रमश सुधार हुँदै

माैसम, समाचार
अघिल्लो सातादेखि खराब रहेको मौसम क्रमश सुधार हुँदै गएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । अहिले देशको पहाडी भु-भागहरुमा आंशिक बदली रही वाँकी भू–भागहरुमा मौसम सामान्यातय सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार शनिवार दिउँसो प्रदेश नम्बर १ र गण्डकी प्रदेशका केही भागमा वर्षाको सम्भावना छ । शनिबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ । शनिबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका १–२ स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ । शनिबार राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही...
अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषणको स्तर केही समयसम्म रहन सक्ने

अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषणको स्तर केही समयसम्म रहन सक्ने

माैसम, समाचार
 काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा शुक्रबारदेखि अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषणको स्तर केही समयसम्म रहन सक्ने देखिएको छ । वायु प्रदूषण मौसममा पनि भरपर्छ ।  मौसम यस्तै भइरहे केही समयसम्म प्रदूषण यस्तै रहने वा अझै खराबसमेत हुने सम्भावना रहेको विज्ञहरुले बताएका  छन् ।  वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले यस्तो अवस्थामा सावधानी अपनाउन आग्रह गरेको छ । यसबाट जनस्वास्थ्यमा प्रतिकूल असर पर्नसक्छ ।  विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी जस्ता श्वासप्रस्वास सम्बन्धी  विरामी र मुटुका रोगीहरु बढी प्रभवित हुने भएकाले विभागले विशेष सावधानी अपनाउन सबैमा अपिल गरेको छ । विभागका उपमहानिर्देशक इन्दुबिक्रम जोशीले सकेसम्म सबै उमेर समूहका नागरिकलाई सम्भव भएसम्म घर बाहिर नकिस्कन, निस्कनैपर्ने अवस्थामा विशेष सावधानी अपनाउन आग्रह गरे। आगो बाल्दासम...
पहाडी भेगमा मेघगर्जन र चट्टयाङसहित वर्षा

पहाडी भेगमा मेघगर्जन र चट्टयाङसहित वर्षा

माैसम
अहिले प्रदेश १ का पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ भने अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै भू–भागहरूमा हस्सु र कुहिरो लागेको छ। हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो प्रदेश १, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भू–भागका एक/दुई स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ । यसैगरी आज राती प्रदेश १, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा ...
पहाडी भेगमा बर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात

पहाडी भेगमा बर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात

माैसम
नेपालभर पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले बताएका छन् । पश्चिमी वायुको प्रभाव अझै एक–दुई दिन रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुनेछ । थोरै स्थानमा हल्का वर्षा र केही स्थानहरुमा हिमपातको सम्भावना रहेको छ । काठमाडौं उपत्यकामा पनि आज दिउँसो २–३ बजेपछि फाट्टफुट्ट वर्षाको सम्भावना रहेको महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिएकी छिन् । ‘काठमाडौंमा २–३ बजेपछि फाट्टफुट्ट वर्षाको सम्भावना छ । यो निरन्तर वा बेलाबेलामा हुँदैन । छोटो समय मात्र हुन्छ’, उनले भनिन्, ‘भिजाउने खालको पनि वर्षा हुँदैन ।’ उनले आज देशका सबैजसो हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको बताइन् । पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको उनको भनाइ छ । आज बिहान पौने ६ बजे गरिएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको मौसमव...
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना

माैसम, समाचार
 अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश तथा प्रदेश नं १ र वाग्मती प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै आज राती वाग्मती, गण्डकी, प्रदेश नं २ र प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आँशिक बदली रहनेछ । वाग्मती, गण्डकी र प्रदेश नं १ का पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार मध्य र पुर्वी उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । ...
चिसो वर्षा र हिमपातका कारण देशभर चिसो बढ्दा जनजीवन प्रभावित

चिसो वर्षा र हिमपातका कारण देशभर चिसो बढ्दा जनजीवन प्रभावित

माैसम
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा र हिमपात भएको छ। शुक्रबारदेखि नै वर्षा र हिमपात सुरु भएपनि शनिबार तुलनात्मक रुपमा बढी वर्षा र हिमपात भएको हो। यसैबीच उपत्यकाका आसपासका डाँडा फूलचोकी, चन्द्रगिरि, नगरकोटलगायत स्थानमा पनि हिउँ परेको छ । वर्षा र हिमपातले चिसो बढेको छ। पश्चिमी वायुको प्रभावले चिसो बढेसँगै काठमाडौं उपत्यका आसपासका पहाड तथा डाँडाहरुमा हल्का हिउँ परेको हो । चिसो वर्षा र हिमपातका कारण देशभर चिसो बढ्दा जनजीवन प्रभावित भएको छ। दोलखामा भने हिमपातले व्यवसायी हरु खुशी भएका छन्। उच्च हिमाली भेगमा परेको हिमपातले होटल व्यवसायी र किसान उत्साहित भएका हुन्। कोरोनाको कारण ९ महिनासम्म बन्द रहेको होटल व्यवसायी हिउँ परेपछि आन्तरिक पर्यटकहरु जिल्ला भित्रने आशामा उत्साहित भएका हुन्। त्यस्तै जिल्लामा राम्रो उत्पादन हुने आलु,...
आजबाट मौसममा क्रमिक रुपमा सुधार हुँदै जाने

आजबाट मौसममा क्रमिक रुपमा सुधार हुँदै जाने

माैसम, समाचार
केही दिनदेखि मौसममा भएको बदली आजबाट क्रमिक रुपमा सुधार हुँदै जाने मौसम विभागले जनाएको छ । दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने मौसमविदले जानकारी दिएका छन्। यस्तै आइतबार राति प्रदेश १ को पहाडी भूभाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। काठमाडौं उपत्यकाको आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस रहेको छ । भाेलि सोमबार दिउँसो – सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । त्यसैगरी राति– सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । पर्सी मंगलबार दिउँसो – सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र...