आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

माैसम

काठमाडौँको तापक्रम दुई डिग्रीमा झर्‍याे

काठमाडौँको तापक्रम दुई डिग्रीमा झर्‍याे

माैसम
उपत्यकाको आजको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको हो।  बिहान हुस्सु लागेको काठमाडौंको दिउँसोको तापक्रम १९ डिग्री सेल्यिससम्म पुग्ने र मौसम सफा रहने मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । तराईका अधिकांश जिल्लामा अहिले अधिकांश जिल्लामा हुस्सु र कुहिरो लागेको छ। यो साँझसम्मै रहने श्रेष्ठ बताउँछन्। अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ।  दिउँसो प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने श्रेष्ठको भनाइ छ।  आज राती प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनि प्रदेशको भू–भागमा आंशिक बदली रहेहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमापातको संभावना रहेको जल तथा मौसम विभागले जनाएको छ।  देशक...
आकाश खुलेपछि चिसो बढ्यो, सुदुरपश्चिम र प्रेदश १ का केहि स्थानमा हिमपातको सम्भावना

आकाश खुलेपछि चिसो बढ्यो, सुदुरपश्चिम र प्रेदश १ का केहि स्थानमा हिमपातको सम्भावना

माैसम
आकाश खुलेपछि काठमाडौंमा फेरि चिसो बढ्न थालेको छ । हिजो ६.१ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको न्यूनतम तापक्रम आज बिहान घटेर ५.५ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आकाश खुलेकाले अब केहि दिन निरन्तर चिसो बढ्दै जाने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले हाल देशको केहि पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहे पनि अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदुरपश्चिम प्रदेश र प्रेदश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति प्रदेश १ र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । ...
देशभर वर्षा र हिमपातको सम्भावना, चिसो थप बढ्ने

देशभर वर्षा र हिमपातको सम्भावना, चिसो थप बढ्ने

माैसम
देशभरको मौसम सोमबार बदली हुने र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण देशभर बदली भएको हो । यस्तै सोमबार बिहानदेखि काठमाडौँ उपत्यकासहित देशभरका अधिकांश पहाडी क्षेत्रमा छिटफुट वर्षा भएको मौसमविद समिर श्रेष्ठले जानकारी दिए । उनले भने, ‘यो हिउँदको पानी पर्न थालेको छ । सोमबार बिहान केहीबेर काठमाडौँ उपत्यकासहित देशभरका पहाडी क्षेत्रमा छिटफुट वर्षा भयो । दिनभर पनि पानी पर्ने सम्भावना छ ।’ अहिले देशभर सामान्य बदली रहेको छ। सोमबार दिउँसो देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू९भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भू–भागका केही स्थान तथा लुम्बिनी, बागमती र प्रदेश १ को भू–भागका थो...
काठमाडौंको  तापक्रम आज बिहान अहिलेसम्मकै सबैभन्दा कम १.१ डिग्री

काठमाडौंको तापक्रम आज बिहान अहिलेसम्मकै सबैभन्दा कम १.१ डिग्री

माैसम, समाचार
काठमाडौंको न्यूनतम तापक्रम आज बिहान एक दशमलव एक डिग्री सेल्सियसमा झरेको छ । यो न्यूनतम तापक्रम अहिलेसम्मकै सबैभन्दा कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिवार काठमाडौंको न्यूनतम तापक्रम एक दशमलव तीन डिग्री सेल्सियस मापन भएको थियो । तापक्रम घटेसँगै काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । तुसारो समेत परेको छ । केही दिनदेखि देशभर चिसो बढने क्रम जारी छ । तापक्रम चिसो रहिरहने तथा तराई र पहाडी भू–भागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...
आज काठमाडौं उपत्यकाको तापक्रम १ दशमलव ३ डिग्री

आज काठमाडौं उपत्यकाको तापक्रम १ दशमलव ३ डिग्री

माैसम, समाचार
काठमाडौं उपत्यकाको तापक्रम आज यो वर्षकै कम भएको छ । आज काठमाडौं उपत्यकाको तापक्रम १ दशमलव ३ डिग्री मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि गएको पुस तीन गते काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री मापन गरिएको थियो । हिजो काठमाडौं तापक्रम २ दशमलव ५ डिग्री रहेको थियो । आज भने काठमाडौं तापक्रम अहिलेसम्मकै कम मापन गरिएको र तापक्रम अझै घट्न सक्ने अनुमान गरिएको छ । आज अधिकतम तापक्रम १८ देखि २० डिग्रीसम्म पुग्ने अनुमान गरिएको महाशाखाले जनाएको छ । आज काठमाडौं उपत्यकासहित प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा दिउँसो बादल लाग्ने मौसमविद्को अनुमान छ । पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशबाहेकका ठाउँहरुमा मौसम भने सामान्यतया सफा रहेको छ । आज राति भने गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश ...
काठमाडौं उपत्यकामा चिसो बढ्दै

काठमाडौं उपत्यकामा चिसो बढ्दै

माैसम, समाचार
काठमाडौं उपत्यकामा चिसो बढ्दै गएको छ । आज बिहान काठमाडौंको तापक्रम दुई डिग्री मापन गरिएको छ । मौसमविद् सजिना शाक्यका अनुसार यो वर्षको सबैभन्दा न्यूनतम तापक्रम मापन आजै गरिएको छ । पछिल्ला केही दिन लगातार तापक्रम घट्ने क्रम जारी रहेको छ । उनका अनुसार बिहान पौने सातबजे मापन गरिएको तापक्रममा अहिले केहीबेरपछि घटबड हुन पनि सक्नेछ । कस्तो होला मौसम स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रमा आंशिक बदली भए पनि देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।अहिले नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली छैन । हाल नेपालको पश्चिमी तराई भूभागका अधिकांश स्थानमा बाक्लो हुस्सु–कुहिरो र वाँकी तराई भू–भागका एक–दुई स्थानमा हल्का हुस्सु–कुहिरो लागेको छ । शुक्रबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । दे...
पश्चिमी वायुको प्रभावले  देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

माैसम, समाचार
 पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उक्त प्रणालीको प्रभावले बिहीबार बेलुकासम्म देशका अधिकांश स्थानमा आंशिक देखि पूर्ण बदली हुनाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठले बताए । “बिहीबार रातिदेखि मौसममा क्रमिक सुधार हँुदै जाने छ”, मौसमविद् श्रेष्ठले भने । पश्चिमी वायुको प्रभावसँगै देशभर चिसो बढेको छ । राति प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही द...
आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव छ डिग्री

आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव छ डिग्री

माैसम, समाचार
काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम पाँच दशमलव छ डिग्री मापन गरिएको छ । बुधबार काठमाडौंको न्यूनतम तापक्रम छ दशमलव शून्य डिग्री थियो । मौसमविद् मीनकुमार अर्यालका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ । ‘तापक्रम घट्ने क्रममा छ । अब चिसो क्रमशः बढ्दै जान्छ’, मौसमविद् अर्यालले भनिन् । दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुुस भएको छ । मौसमविद्का अनुसार पानी पर्‍यो भने अझै जाडो बढ्छ । तत्काललाई पानी पर्ने सम्भावना रहेको छैन । वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका धेरै स्थानमा न्यूनतम तापक्रम घट्नाका साथै तराईका भूभागमा बिहान पारदर्शितामा कमी भइ सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने...
हुम्लामा लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढयो, माइनस सात डिग्री

हुम्लामा लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढयो, माइनस सात डिग्री

माैसम, समाचार
 जिल्लामा दुई दिन लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढेको छ। यो वर्ष जिल्लामा दोस्रोपटक हिमपात भएको छ। यसअघि कात्तिक १८ गते हिमपात भएको थियो। जिल्लामा आइतबार र सोमबार दुई दिन लगातार हिमपात हुँदा चिसो बढेको स्थानीय राजबहादुर बोहराले बताए। बिहानै तापक्रम माइनस सात डिग्री पुगेको छ । उत्तरी हुम्ला हिमपातले सेताम्मे भएको छ। हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढेको छ। मानिसहरु हिउँमा रमाउन थालेका छन् । आइतबार बिहानै हिमपात हुँदा किसान खुशी भएका थिए । जेठासी बाली जौ, गहुँ र उवा छर्ने समयमा हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुशी भएका हुन्। सोमबार बिहानै हिमपात भएपछि किसानमा खुशीयाली छाएको स्थानीय कमल भण्डारीले बताए। लामो समय पानी नपरेकाले जमिन सुक्खा भएर जोत्न कठिन हुने देखिएका बेला यो हिमपातले त्यसलाई सहज बनाउने भ...
आजको मौसम यी ठाउँमा वर्षा हुन सक्छ

आजको मौसम यी ठाउँमा वर्षा हुन सक्छ

माैसम
मंसिर १ काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन भाइटीका । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही ठाउँमा आंशिकदेखि हल्का बदली छ । देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही ठाउँमा अहिले आंशिकदेखि सामान्य रुपमा मौसममा परिवर्तन आएको छ । यस्तै, केही ठाउँमा हल्का वर्षा र हिमपात भइरहेको महाशाखाले जानकारी दिएको छ । यस्तै, प्रदेश नम्बर १ का पहाडी भू–भागमा बदली हुनुका साथै बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । आज राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का केही स्थानमा वर्षाको सम्भावना रहेक...