आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

नायक संजित भण्डारी निर्देशक माधव खरेलको चलचित्रमा अनुबन्धित

नायक संजित भण्डारी निर्देशक माधव खरेलको चलचित्रमा अनुबन्धित

मनोरन्जन, समाचार
चलचित्र निर्देशक माधव राज खरेलले आफ्नो नयाँ चलचित्रमा मुख्य नायकको भुमिकामा नायक संजित भण्डारीलाई अनुबन्धीत गरेका छन् भाद्र  पहिलो सातावाट  छायांकन हुनलागेको चलचित्रको नाम भने केही दिनमा सार्वजानिक गर्ने बताए । यस अघि कमेडियन कलाकार खड्गबहादुर पुनमगर ‘खबपु’, गोपाल ढकाल ‘छन्दे’, कंचन चालिसे, लगायतका कलाकारहरु अनुबन्धित भईसकेका छन् ।पिम नेपालको प्रस्तुति रहने फिल्मका लागि वरिष्ठ चलचित्रकर्मी मोहन निरौला, नवराज थापा, मुस्कान लामा, नम्रता खरेल पौडेल, डेविड सिंह राजपुत  समेत कलाकारको रुपमा छानिएको र थप कलाकारहरु छनौट प्रकृयामा रहेको निर्माण कम्पनीले जनाएको छ । कमेडी जनारामा निर्माण हुन लागेको फिल्मको कथा सस्पेन्स र थ्रीलर रहने निर्देशक खरेलले वताए ।यस अगाडि मौन फिल्म ‘ढुङ्गे युग’, ‘विरानो माया’, ‘कुइनेटो’, ‘ढुङ्गे युग–२’ निर्देशन गरेका खरेलले गतवर्ष ‘द हिमालयन गोल्ड रस’ सिनेमा निर्माणको तयारी ...
शिला अभिनित ‘झल्को मात्रै आँखामा’ सार्वजनिक (भिडियो)

शिला अभिनित ‘झल्को मात्रै आँखामा’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
काठ क्षेत्रमा घाँसे गीतको नामले पनि चिनिने मौलिक लयमा आधारित ‘झल्को मात्रै आँखामा’ बोलको असारे गीत जिनियस म्युजिक मार्फत सार्वजनिक भएको छ। यस गीतमा पुरु लम्सालको शब्द,सुशील सिंह ठकुरीको कम्पोज, नारायण दंगालको एरेन्ज अनी बहु प्रतिभशाली गायक रमेश पाठकको आवाज रहेको छ। https://youtu.be/j5YJSQ9aDl4 गीतले परदेशीको मन धेरैनै छुनेछ । यस गीतमा नव मोडल शिला गजुरेल र कम्पोजर सुशील सिंह ठकुरीको उत्कृष्ट अभिनय देख्न सक्नु हुनेछ। यस गीतमा परदेशमा रहेर आफ्नो ठाउँ अनी आफ्नो परिवार सँग टाढा हुँदाको पिडा देखाइएको छ। यस भिडियोमा राज पोखरेल र नबिन बाबु गुरुङको छायान्कन अनी रोशन धितालको सम्पादन रहेको छ। भिडियोको निर्देशन पनि पुरु लम्सालले नै गरेका हुन्। यस गीतको एकदमै राम्रो प्रतिकृयाआइरहेको गायक रमेश पाठकले जानाकरी गराउनु भयो । यो गीतको सबैको मनमा बस्न सकोस् अझै सफलताको शुभकामना ब्यक्त गर्दछौ । ...
गीतकार टिआर गौडेलको ‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक(भिडियो)

गीतकार टिआर गौडेलको ‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
माईकल चन्द  निर्देशित तथा गीतकार टिआर गौडेलको नयाँ गीत ‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक भएको छ। आज शुक्रबार गीतको भिडिओ युट्युबमा सार्वजनिक भएको हो। बाबुल गिरीको स्वर रहेको यो डान्स नम्बरका संगीतकार तथा संगीत संयोजक पनि उनै हुन्। पुष्प खड्का, गरिमा शर्मा र प्रथम खड्काको अभिनय रहेको छ । https://youtu.be/9Q9ysb-MTuQ माइलक स्टेप र आर्ट एकेडेमीको कोरियोग्राफी रहेको भिडियो उत्सव दाहालको छायांकन, साइलेन लम्सालको सम्पादनमा तयार भएको हो। ...
डा. डीआर उपाध्यायको नयाँ गीत ‘जन्मौ जन्म न छुटिने नाता…’ सार्वजनिक(भिडियो)

डा. डीआर उपाध्यायको नयाँ गीत ‘जन्मौ जन्म न छुटिने नाता…’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘जन्मौ जन्म न छुटिने नाता…’ सार्वजनिक भएको छ । सागर अधिकारीको सङ्गीत, राधिका भण्डारीको स्वर, संजय श्रीपालीको एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा डा. डीआर आफैँ र नायिका अनु शाहलाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा आफूले एकदमै मन पराएको मान्छे आफूदेखि टाडा भएको विषयलाई निक्कै कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । उत्सव दाहालको छायाँकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ । https://youtu.be/H3BrFenfRCY ‘गीत जति मन छुने खालको छ भिडियो पनि त्यतिकै राम्रो बनाउने कोशिस गरेको छु’, निर्देशक चन्दले भन्नुभयो । भिडियो डीआर म्युजिक एण्ड क्रियशनको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले सार्वधिक विश्व रेकर्ड काय...
‘ठूल्दाइको  फूलमाला’सार्वजनिक(भिडियो)

‘ठूल्दाइको फूलमाला’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
म्यूजिक भिडियो निर्देशनमा पछिल्लो पटक व्यस्त निर्देशकमा पर्ने चर्चित कोरियोग्राफर माईकल चन्दको निर्देशनमा मेलिना राई र आरसी रिमालको स्वरमा ‘ठूल्दाइको फूलमाला’बोलको गीतको भिडियो सार्वजनिक भएको छ । दिपक सिलवालको शब्द एवं संगीत रहेको गीतको एरेन्ज सहस शाक्यले गरेका छन् । https://youtu.be/2E63qV3bQno शुक्रबार गीतको म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएको छ। सो भिडियोमा डान्स ग्रुप ‘द कार्टुन क्रु’का सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय छ । साथमा शिशिर भण्डारी, रीता कट्टेल र बाल कलाकार किञ्जल रसाईलीलाई भिडियोमा हेर्न सकिन्छ । एमएनटिभी अष्टे«लिया युट्यूब च्यानलबाट सार्वजनिक भिडियो ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकन रहेको छ भने सिलन लम्सालले सम्पादन गरेका हुन् । भिडियोलाई माईकल आर्ट्स एण्ड एकेडेमीले कोरयोग्राफी गरेको छ । ...
चर्चित गायक खुमन अधिकारीको तीज गीत ‘अब होला केही’… सार्वजनिक(भिडियो)

चर्चित गायक खुमन अधिकारीको तीज गीत ‘अब होला केही’… सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
चर्चित गायक खुमन अधिकारीको तीज गीत ‘अब होला केही’… सार्वजनिक भएको छ । गायिका शान्तिश्रीको समेत स्वरवद्ध उक्त गीतको भिडियोमा गायक अधिकारीको पनि अभिनय रहेको छ भने उनलाई मोडल अन्जली अधिकारीले साथ दिएकी छिन । प्रकाश पराजुलीको शव्द रहेको गीतको संगीत संकलन खुमन तथा प्रेमदेवी गिरीको रहेको छ । https://youtu.be/P4ooF9bJ-7Q ‘शिवदर्शन फिल्मस्’ युट्यूब च्यालनबाट सार्वजनिक भिडियोको निर्देशन तथा कोरियोग्राफी स्मृति तिमल्सिना ‘गुरुआमा’ले गरेकी हुन । करन चैसिरको छायांकनको रहेको भिडियोलाई नविन घर्ति मगरले कलर तथा सम्पादन गरेका छन । यो गीतमा गायक अधिकारी महादेवको रुपमा प्रस्तुत भएका छन् भने मोडल अन्जलीसंग नृत्य पनि गरेका छन्। खुमन अधिकारिको केहि दिन अगाडी मात्र मरिन्छ कि बोलको गीतमा स्वरसंगै अभिनय गरेका थिए। उक्त गीतले बजारमा दर्शकको राम्रो साथ पाएको थियो। ...
रेश्मा बोम्जन र प्रदिप ग्लानको स्वरमा“मेरो एउटै चाहना” सार्वजनिक (भिडियो)

रेश्मा बोम्जन र प्रदिप ग्लानको स्वरमा“मेरो एउटै चाहना” सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
गायिका रेश्मा बमजन र गायक प्रदिप ग्लानको स्वरमा“मेरो एउटै चाहना”बोलको आधुनिक गीत सार्वजनिक भएको छ । उक्त गीतमा शब्द र सङ्गीत प्रदिप ग्लानको रहेको छ भने सङ्गीत एरेन्ज पुष्कर सुनुवारले गरेका छन् । https://www.youtube.com/watch?v=W1SHABrsvQE भिडियोको छायाङ्कन, निर्देशन तथा सम्पादन भबिन्द्र तामाङले गरेका हुन् । राजेन्द्र थापा र प्रिन्सेस कोईरालाको अभिनय रहेको भिडियो हाईलाईट्स नेपालको युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो । ...
फेसियल हाउसको ‘असार १५ को रोपाँई थिम’मा फोटो शुट

फेसियल हाउसको ‘असार १५ को रोपाँई थिम’मा फोटो शुट

मनोरन्जन, समाचार
फेसियल हाउसले सौंन्दर्यलाई विशेष महत्व साथ हेर्ने र आफ्ना ग्राहकहरुलाई विभिन्न माध्याम वाट जानकारी दिदै आएको छ । यस्तै फेसन शो र फोटो शुटको माध्यम वाट पनि आफ्नो सौंन्दयलाई कसरी फिट राख्न सकीन्छ भन्ने हेर्न र बुझ्न सकिने फेसियल हाउसकी प्रवन्ध निर्देशक तथा बरिष्ठ सौंदर्यविद सुषमा महरा बताउछिन। यसै अन्तरगत फेसियल हाउसले असार १५ को अवसर पारेर माटो थिममा फोटो शुट गरेको छ । असारमा हुने रोपाँईलाई लोकेशन बनाएर गरीएको फोटो शुटमा मोडेलको रुपमा नायिका तथा मोडेल करुणा श्रेष्ठ रहेकी छन् । करुणा मिस कलेज २०११ को विजेता, एक्नेस नेपालका राजदूतको विजेता हुनुका साथै टिभी कार्यक्रम प्रस्तुतकर्ता समेत रहेकी छन् । केहि फिल्ममा अभिनय समेत गरीसकेकी करुणा निकट भविष्यमा आफै सम्मेलित भएर फिल्म निमार्णमा काम गर्न लागेको बताउँछन् । असार १५ को माटो थिमको फोटो ग्राफि चर्चित फोटो ग्राफर कुबेर डंगोलले गरेका छन् ।...
गायक शिवसागर खड्काको ‘निष्ठुरी भयौ रे’सार्वजनिक(भिडियो)

गायक शिवसागर खड्काको ‘निष्ठुरी भयौ रे’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
गायक शिवसागर खड्काको  गीत ‘निष्ठुरी भयौ रे’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । आजै सार्वजनिक यस गीतको भिडियो निर्देशन विशाल नेपालीले गरेका हुन् । नयाँ पुस्ताका प्रेमी-प्रेमिकाबीचको प्रणय प्रसङ्ग समेटिएको गीतमा एलिना चौहान र शिवसागर खड्काको स्वर रहेको छ । https://youtu.be/_ifTmBsqVEo निर्देशक विशालको शब्द रहेको गीतमा गायक खड्काले नै सङ्गीत दिएका छन् । बिग नेपाली फिल्ममार्फत आजै सार्वजनिक म्युजिक भिडियाेको छायाङ्कन हेलो बर्गर र केएफसी चिकेनमा गरिएको गायक खड्काले बताएका छन् । यस गीतको भिडियो छायाङ्कन दिनेश पराजुलीले गरेका हुन् । यसअघि खड्काका ‘ट्राफिक जाम, यो नयाँ जोडी र भन सरकार धरहरा खोइ’ गीतका म्युजिक भिडियोहरू सार्वजनिक भइसकेका छन् । ...
गायक राजन श्रेष्ठको  “त्यो मन” मा रोशनी र भानू  (भिडियो)

गायक राजन श्रेष्ठको “त्यो मन” मा रोशनी र भानू (भिडियो)

मनोरन्जन, समाचार
लामो समयको अन्तरालमा गायक तथा संगितकर्मी राजन श्रेष्ठ  “त्यो मन” लिएर आएका छन । गायक श्रेष्ठकै शव्द तथा संगीत रहेको गीतको भिडियो निर्देशन समेत गायक श्रेष्ठलेनै गरेका हुन । तेजना ईन्टरटेनमेन्टको युट्यूब च्यानलबाट सार्वजनिक गरिएको भिडियो स्टुडियो कुवेरले निर्माण गरेको हो । रोशन बालुवाको एरेन्ज रहेको गीतको भिडियोको छायांकन नेत्र गुरुङ्गले गरेका हुन । अविनाश डिसीको सम्पादन रहेको भिडियोको मेकअप जय गुरुङ्ग र ड्रोन अपरेटिङ्ग दिपेश केसीको रहेको छ । चर्चित मोडल रोशनी कार्कीको जिवन्त अभिनय रहेको भिडियोमा मोडल भानु पाण्डेको समेत अभिनय रहेको छ ।पोखराको रमणीय दृश्यहरु कैद भएको भिडियोलाई दर्शकले रुचाएका छन । https://youtu.be/a20wt6XMoC0 सांगीतिक क्षेत्रमा एक समय गीत तथा भिडियो निर्माण संग संगै गायनमा समेत चर्चा कमाएका गायक राजन श्रेष्ठ ६ वर्ष पछि यसै गीत मार्फत पुनः सांगीतिक क्षेत्रम...