ग्लोकल टीन हिरो नेपाल अन्तर्गत, ग्लोकल २० अन्डर २० को सूची सार्वजनिक
वाई वाई ग्लोकल टीन हिरो नेपाल सातौं संस्करणनमा आवेदन दिने किशोरकिशोरीबाट उत्कृष्ट २० छनोट गरिएको छ । उनीरुलाई ग्लोकल २० अन्डर २० भनी पहिचान गरिएको छ ।
उक्त सुची सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको हो । देश भरीबाट आएको ६११ आवेदनबाट यी किशोर किशोरीहरु छानिएका हुन् । यी २० किशोर किशोरीहरु निर्णायक मण्डलबाट उनीहरुको कामले समाज ल्याएको प्रभावको आधारमा चयन गरिएका हुन् । समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मान गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको जनाइएको छ ।किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो’ नेपालको यो सातौं संस्करण हो । यस वर्ष सेप्टेम्बर १ तारिकका दिन अन्लाइन अवार्ड कार्यक्रम र सम्मेलनमार्फत उनीहरु पुरस्कृत हुने भएका छन् । सोही दिन वाई वाई ग्लोकल टिन हिरो नेपा...









