आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

अञ्जु पन्त र बिन्ती कुमार गुरुङको चोखो माया सार्वजनिक(भिडियो)

अञ्जु पन्त र बिन्ती कुमार गुरुङको चोखो माया सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाण्डौ, भाद्र ४ | चर्चित गायिका अञ्जु पन्त र गायक बिन्ती गुरुङको स्वरले सुसज्जित चोखो माया बोलको गीत सार्वजनिक भएको छ । गायक बिन्ती कुमार गुरुङको जन्मदिनको अवसर पारी एक कार्यक्रमका बीच सो भिडियो सार्वजनिक गरिएको हो । स्वयम गायक गुरुङकै शब्द, संगीतमा तयार पारीएको गीतमा लाहान सुब्बाको संगीत संयोजन, सन्दिप बान्तवाको मिक्सिङ मास्टरिङ तथा रेद्दी गुरुङ(एमएमपी)ले रेकर्डिङ गरेका हुन । रोमान्टिक शैलीको गीतको भिडियोमा नायिका नम्रता सापकोटा तथा मोडेल कमल को अभिनय तथा भरपुर रोमान्स देख्न सकिन्छ । https://www.youtube.com/watch?v=WKYp0_IXAQw ज्यास्मिन कृयशनको प्रस्तुति रहेको भिडियोलाई लामो समयदेखि भिडियो निर्देशन गरिरहेका निर्देशक र्‍यान कार्कीले निर्देशन गरेका छन भने कोरियोग्राफी सुरेन्द्र बसेलको रहेको छ । भिडियोमा बुद्ध थापाको छांयाकन, बिष्णु खडकाको सम्पादन तथा कलरिङ्ग, पोष्टर डिजाईनिङ ...
नायक संजित भण्डारीलाई स्पाईनी व्याबलर फिल्म फेस्टिवलमा सर्वोत्कृष्ट नायकको अवार्ड

नायक संजित भण्डारीलाई स्पाईनी व्याबलर फिल्म फेस्टिवलमा सर्वोत्कृष्ट नायकको अवार्ड

मनोरन्जन, समाचार
स्पाइनी व्याबलर फिल्म फेष्टिवलमा नेपाली चलचित्र तर्फ चलकलेटी नायकको उपमा पाएका नायक संजित भण्डारीले सर्वोत्कृष्ट नायकको अवार्ड हात पार्न सफल भएका छन । यस अघि चलचित्र लम्फुबाट राष्ट्रिय अन्तराष्ट्रिय गरि १ दर्जन बढि अवार्ड जित्न सफल भैसकेका भण्डारीको पछिल्लो चलचित्र आंधी तुफान- २को छायांकन हिजो मात्र सम्पन्न भएको थियो । उनका केहि बिग व्यानरका प्रोजेक्टहरु पनि आउने तयारीमा रहेको छ ।स्पाइनी मुभिजको प्रस्तुतीमा आयोजना गरिएकोे स्पाइनी ब्याब्लर फिल्म फेष्टिवल २०२१ मा पाकिस्तान, फिलिपिन्स, भारत, अमेरिका, जापान, क्यानेडा, श्रीलंका, बंगलादेश लगायतका देशहरुबाट १२५ भन्दा बढी लामा तथा छोटा चलचित्रहरुको सहभागीता रहेको थियो । फेष्टिवलमा कुईनेटो लगायत अन्य लामा तथा छोटा चलचित्र र डकुमेन्ट्रिहरु सर्वोत्कृष्ट बन्न सफल भएका छन् । राजधानीमा अगष्ट १८ मा सम्पन्न गरिएको कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अ...
मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई ‘उत्कृष्ट मेकअप आर्टिष्ट’को अवार्ड

मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई ‘उत्कृष्ट मेकअप आर्टिष्ट’को अवार्ड

मनोरन्जन, समाचार
उत्कृष्ट मेकअप आर्टिष्टको अवार्ड मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई प्रदान गरिएको छ । राजधानीमा सम्पन्न तेस्रो बोस्टर इन्टरटेन्मेट अवार्डको बिशेष समारोहमा उनलाई उक्त अवार्ड प्रदान गरिएको हो । समारोहका प्रमुख अतिथि डा। रामशरण महत्त तथा अन्य विशिष्ट अतिथिले पाण्डेलाई अवार्ड, प्रमाणपत्र, माला र खादा प्रदान गरेका थिए । विगत एक दशक भन्दा लामो समयदेखि मेकअप आर्टिष्ट र मेकअप प्रशिक्षकको रुपमा आफ्नो उत्कृष्टता प्रदान गर्दै आएका पाण्डेले थुपै राष्टि«य अन्तराष्टि«य अवार्ड जितेका छन । राज मेक अप स्टुडियोका प्रमुख समेत रहेका पाण्डेले ईभेन्ट क्षेत्रमा पनि सफलता हासिल गरेका छन । पाण्डेसंगै नेपालका ख्यातिप्राप्त व्यक्तित्वहरुलाई उक्त कार्यक्रममा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो । बैंकिङ म्यानेजमेन्ट ट्रेनिङ इन्स्टिच्यूटको प्रस्तुतिमा शनिबार राजधानीमा तेस्रो बोस्टर इन्टरटेन्मेन्ट अवार्ड सम्पन्न भएको ...
गायिका सिमा शाहको तिज गीत ‘आउ साथी नाचौं गाऔं ‘सार्वजनिक(भिडियो)

गायिका सिमा शाहको तिज गीत ‘आउ साथी नाचौं गाऔं ‘सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
गायिका सिमा शाहले गाएको नयाँ तीज गीत सार्वजनिक भएको छ। तिजको बेला रमाइलो गरौँ भन्ने भाव बोकेको गीत ‘ आउ साथी नाचौं गाऔं’लाई भमा देवकोटा शर्माले लेखेकी हुन्। करन राज कार्किको संगित रहेको गीतमा विजेश्वर तन्डुकरको एरेन्ज रहेको छ। https://www.youtube.com/watch?v=-1KS8V73vnQ ‘आउ साथी नाचौँ गाऔँ’ बोलको गीतको भिडिओमा बिनिता खड्का थापा, भमा शर्मा, सुबास थापा, नम्रता शर्मा, मिनिता श्रेष्ठको अभिनय रहेको छ। यता, बालकलाकारमा भने आर्या भट्टराई, प्रसिस शर्मा र प्रतिश शर्मा रहेका छन्। अभिनेता सुबास थापाले निर्देशन गरेको भिडिओलाई अभिनेत्री बिनिताले कोरीयोग्राफ गरेकी हुन्। अमेरिकाको विभिन्न ठाउँमा रामेश्वर कार्किले छायांकन गरेको भिडिओलाई अराज केशव गिरिले सम्पादन गरेका हुन्। ‘डिएन्डडी रक्स’ नामक युट्युब च्यानलबाट भिडिओ सार्वजनिक भएको छ। ...
स्पाइनी ब्याब्लर फिल्म फेष्टिवल २०२१ भव्य रुपमा सम्पन्न

स्पाइनी ब्याब्लर फिल्म फेष्टिवल २०२१ भव्य रुपमा सम्पन्न

मनोरन्जन, समाचार
स्पाइनी मुभिज प्रा.लीको प्रस्तुतीमा आयोजना गरिएकोे स्पाइनी ब्याब्लर फिल्म फेष्टिवल २०२१ मा पाकिस्तान, फिलिपिन्स, भारत, अमेरिका, जापान, क्यानेडा, श्रीलंका, बंगलादेश लगायतका देशहरुबाट १२५ भन्दा बढी लामा तथा छोटा चलचित्रहरुको सहभागीता रहेको थियो । फेष्टिवलमा कुईनेटो लगायत अन्य लामा तथा छोटा चलचित्र र डकुमेन्ट्रिहरु सर्वोत्कृष्ट बन्न सफल भएका छन् । राजधानीमा अगष्ट १८ मा सम्पन्न गरिएको कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, बरिष्ठ चलचित्र लेखक, निर्देशक एवं कलाकार मोहन निरौला, नायक धिरेन शाक्य, बिजय रत्न तुलाधर, बरिष्ठ गीतकार तथा पत्रकार शान्तिप्रिय , पत्रकार सुमन बैरागी, सुर्यचन्द, ज्योती प्रकाश लगायत नेपाली चलचत्रि तथा गीत संगीत क्षेत्रमा कार्यरत कलाकर्मीहरुको उल्लेख्य सहभागीता रहेको थियो । नेपाली चलचित्रको प्रवद्र्धन लागी विभिन्न कार्यक्रहरु आयोजना गर्दे आएको स्पा...
कृष्ण रसाललाई उत्कृष्ट मोडलको अवार्ड

कृष्ण रसाललाई उत्कृष्ट मोडलको अवार्ड

मनोरन्जन, समाचार
उत्कृष्ट मोडल लोक आधुनिक अवार्ड खोलीतिरैमा गीतबाट कृष्ण रसाललाई प्रदान गरिएको छ । राजधानीमा सम्पन्न भएको तेस्रो बोस्टर इन्टरटेन्मेट अवार्डको बिशेष समारोहमा उहाँलाई उक्त अवार्ड प्रदान गरिएको हो । समारोहका प्रमुख अतिथि डा. रामशरण महत्त तथा अन्य विशिष्ट अतिथि तथा अतिथिले बोहोरालाई अवार्ड, प्रमाणपत्र, माला र खादा प्रदान गर्नुभएको थियो । कृष्ण रसालले नेपाली गीत संगीतमा आफ्नो उत्कृष्टता प्रदान गर्दै आउनुभएको छ । उहाँका कार्यले प्रशंसा पाइरहँदा उहाँलाई विभिन्न पुरस्कार तथा अवार्ड प्राप्त भइरहेका छन् । बैंकिङ म्यानेजमेन्ट ट्रेनिङ इन्स्टिच्यूट (बीएमटीआई)को प्रस्तुतिमा शनिबार राजधानीमा तेस्रो बोस्टर इन्टरटेन्मेन्ट अवार्ड सम्पन्न भएको हो । बोस्टर मिडियाको आयोजनामा भएको अवार्डमा क्यापिटल इन्टरटेनमेन्टले इभेन्ट म्यानेजमेन्ट गरेको थियो भने टीभी इको वान, म्यूजिक खबर र रेडियो भ्वाइस अफ नेपालको मिडिया सहक...
अन्जु अधिकारीको ‘नाचौं साथी हो’ सार्वजनिक(भिडियो)

अन्जु अधिकारीको ‘नाचौं साथी हो’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
गीतकार अन्जु अधिकारीको तीज गीत नाचौं साथी हो सार्वजनिक भएको छ ।अधिकारीले यो बर्षको हरितालिका तीजलाई बिषेश महत्व दिदै आफ्नै शब्दमा नयाँ तीज गीत बजारमा ल्याउनु भएको हो । गीतलाई गायिका मेलिना राईले मिठो स्वर दिनु भएको छ भने उहाँले भिडियोमा प्रमुख कलाकारको भुमिकामा अभिनय समेत गर्नुभएको छ । बिन्ध्यावासीनी म्युजिक कम्पनीको युटयुब मार्फत सार्वजनिक भएको छ । आफ्नो मातृभूमिलाई छोडेर परदेशी हुनुको पिडा र परदेश पुगेर पनि त्यहाँ हुने बिभीन्न आरोह अवरोह बीचको संघर्षलाई गीतले प्रस्ट पारेको छ । https://youtu.be/cwpAuoT5NXw आफ्नो देशको कला र संस्कृतिलाई जोगाई राख्नुपर्दछ, भन्ने सकारात्मक सोच बोकेर अगाडि बढिरहनु भएकी अधिकारी अस्ट्रेलियामा बस्ने दिदीबहिनीहरूले मिलेर खोल्नु भएको दिदीबहिनी समाज भिक्टोरिया संस्थामा आबद्ध रहेर बिभीन्न सामाजीक कामहरूमा निरन्तर क्रियाशील देखिनुहुन्छ । यसै बर्षको अन्तिम सम...
सुर्खेती सर्जक धर्मराज गिरीकाे ‘शिरफुल मेराे’ सार्वजनिक(भिडियो)

सुर्खेती सर्जक धर्मराज गिरीकाे ‘शिरफुल मेराे’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
‘हाे मेराे साडी मैदानै लर्काउने, काकरीकाे अचार, माईतिकाे सम्झना, यु.के काे सहरमा किनेकाे सारी जस्ता सुपहिट गित काे अपार सफलता संगै यस बर्ष पनि धर्मराज गिरिकै लय शब्द संगै चर्चित गाईका टीका पुनकाे स्वरमा शिरफुल मेराे रिलिज गरिएकाे छ । https://youtu.be/ys83CYGGmZQ यस गितमा अभिनय दीक्षा गिरीकाे रहेकाे छ, छायांकन अर्जुन सापकाेटाले गरेका छन् , सम्पादन तथा रंग संयाेजन निर्मल प्याकुरेलले गरेका छन् भने नृत्य निर्देशन बरिष्ठ नृत्य निर्देशक चन्द्र मन्दिरकाे रहेकाे । गितकाे पाेस्ट प्राेडक्सन श्रीनाथ फिल्मस् ले गरेकाे हाे भने ईकुमेन्ट बराहाता मुभी हाउसले ब्यबस्थापन गरेकाे हाे । भिडियाे श्रीनाथ अनलाईन टि.भी काे युटुब च्यानलबाट रिलिज गरिएकाे छ । ...
मिस्टर एण्ड मिस नेपाल एसईई २०२१ सम्पन्न

मिस्टर एण्ड मिस नेपाल एसईई २०२१ सम्पन्न

मनोरन्जन, समाचार
अभ्यानी प्रोडक्सनको आयोजनामा सुरक्षा मापदण्ड अपनाउंदै मिस्टर एण्ड मिस नेपाल एसईई २०२१ को ग्राण्ड फिनाले काठमाडौमा समपन्न भएको छ । उक्त आयोजनमा मिस तर्फको उपाधि निकिसा खड्काले चुमेकी छिन् साथै उनले मिस क्याटवाक पनि हात पारिन्। प्रिया गौतमले फस्ट रनर अप र वेस्ट फिगरको उपाधि हात पारिन्। त्यसैगरी प्रमिसा सेजुवाल सेकेन्ड रनर अप हुन सफल भएकी छिन्। मिस्टर तर्फको उपाधि भने सविन निरौलाले जिते, उनले मिस्टर मल्टिमिडिया र ह्यान्डसम विथ परपोस को उपविधा पनि जित्न सफल भएका छन्। फस्ट रनर अपको उपाधि अपुर्व गौतमले जितै साथै उनले मिस्टर ट्यालेन्ट पनि हात पारेका छन्। त्यसैगरी रिन्जिन स्यानंबोले सेकेन्ड रनर अप उपाधि हात पारे र भ्युअर्स च्वाइस अवार्ड पनि जितेका छन्। प्रोभिन्सतर्फको उपाधिमा प्रोभिन्स १ मा पेमा डोल्मा तामांग, प्रोभिन्स २ मा सुभेक्षा लामा, प्रोभिन्स ३ मा प्रिन्सा आचार्य, प्रोभिन्स ४ मा दिक्षा थाप...
बुद्ध लामा र शशिकलाको ‘बौद्ध पिपलबोट’सार्वजनिक(भिडियो)

बुद्ध लामा र शशिकलाको ‘बौद्ध पिपलबोट’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
विभिन्न गित संगितका म्युजिक भिडियोहरु निक्लिने क्रममा गायक बुद्ध लामा र शशिकला मोक्तानको आवाजमा स्वर बद्ध तामाङ सेलो नेपालि भाषाको गित ‘बौद्ध पिपल बोट’को म्युजिक भिडियो हालै मात्र जिग्मे मेडिया मार्फत बजारमा आएको छ । https://youtu.be/Bu25TL1UDtA प्रबिन लामा र निरन्जली लामा अभिनित यस भिडियो मा छांयाक्न धन योन्जन तामाङ,सम्पादन माधन बेल्बासे, श्रींगार अरुणा घिमिरे ,नृत्य निर्देशक विशाल खड्गी को रहेको छ । नगरकोट को रमणिय बुद्ध पार्कमा छायांकन गरिएको यस गितका रचनाकार सन्ध्या सुस्केरा मोक्तान र संगित संयोजन सानू बाबू घिसिङको रहेको छ । भिडियो लाई अमृत सुनुवारले निर्देशन गरेका हुन । ...