मुम्वईमा भारतिय नायिका अमिषा पटेल तथा गायक म्याक्स नेपाल एकै मन्चमा
गायक तथा मोडल म्याक्स नेपाल भारतको मुम्बईमा पूनः विज ग्ल्याम अवार्डसको दोश्रो संस्करणको अवार्ड हात पार्न सफल भएका छन ।मुम्वईको होटल पेननसुला ग्राण्डमा आयोजित भव्य समारोहमा भारतकी चर्चित नायिका अमिषा पटेलको हातबाट उनले उक्त अवार्ड जितेका हुन ।
विगत झण्डै एक दशकदेखि नेपाली गीत गायन तथा नेपाली म्युजिक भिडियो मा अभिनय मार्फत उच्च योगदान दिएका म्याक्सले यस अघि ५ फ्रेबुरीको दिन भारतको मुम्बई स्थित ताज होटलमा आयोजित भव्य समारोहमा दादा साहेब ईण्डियन टेलिभिजन अवार्डबाट समेत सम्मानित भईसकेका थिए ।२०७० सालमा पहिलो एल्बम ‘रहरै रहर’बाट सांगितिक क्षेत्रमा होमिएका नेपालका हाल सम्म करिब ३ दर्जन गीतहरु सार्वजनिक भैसकेको छ । उनको पहिलो गीत र दोश्रो गीत फुलै फुलको डोली चढाईको चाईल्ड भर्सनमा सारेगमका चर्चित वाल गायक प्रितम आचार्यले समेत स्वर दिएका थिए ।
लामो समयदेखि कतारमा रहेर व्यापार व्यवसाय गर्दै आए...









