गीतकार कोइरालालाई ईजिप्टमा राजदुतले दिए उत्कृष्ट गीतकारको अवार्ड
ईजिप्ट । गीतकार सीताराम कोइरालालाई ईजिप्टको कायरोमा उत्कृष्ट गीतकारको अवार्ड प्रदान गरिएको छ । कायरोस्थित होटल स्विस ईन नाईल होटलमा आयोजित भव्य समारोहका वीच ईजिप्टका लागी नेपाली राजदुत सुशिल के लम्सालले गीतकार कोईरालालाई उक्त अवार्ड प्रदान गरेका थिए । ग्लोवल ईन्टरनेशनल अवार्डको तेश्रो संस्करणमा गीतकार कोईरालाले उनको शव्दमा तयार भएको ‘पिडा’ वोलको गीतबाट यो वर्षको उत्कृष्ट गीतकारको अवार्ड हात पार्न सफल भएका हुन ।
गायक तथा संगीतकार सरोज कोइराला र वर्षा दासको स्वर तथा सरोज कोईरालाकै सङ्गीत रहेको गीतको भिडियोमा अभिनय गर्ने मोडल श्रीदेव भट्टराईले पनि यसै गीतबाट उत्कृष्ट मोडलको अवार्ड जित्न सफल भएका थिए ।आफुले रचना गरेको पहिलो गीतबाट यसरी दुई वटा अवार्ड जित्न सफल हुनु र त्यसमा पनि अन्तराष्ट्रिय स्तरको अवार्ड प्राप्त गर्नु जिवनकै महत्वपूर्ण सफलता हासिल गरेको महशुस भएको कुरा उनले बताए ।केहि समय...









