विजय गुरुङको अभिनय, शव्द र निर्देशनमा ‘तिमी हिँड्ने बाटो’ सार्वजनिक(भिडियो)
काठमाडौं । सुमधुर स्वरकी गायिका तृप्ति खड्का गुरुङ र गायक लिला गौतमको संयुक्त आवाजमा सजिएको नयाँ नेपाली प्रेमगीत ‘तिमी हिँड्ने बाटो’ सार्वजनिक गरिएको छ। लामो समयदेखि प्रतीक्षामा रहेको यो रोमान्टिक गीत डिजिटल प्लेटफर्ममार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको हो।
गीतमा विजय गुरुङको शब्द सिर्जना रहेको छ भने संगीत गायिका तृप्ति खड्का गुरुङ स्वयंले तयार गरेकी हुन्। गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ नरेश पाण्डेले गरेका छन्। गीतको सम्पूर्ण रेकर्डिङ सारेगम स्टुडियोमा सम्पन्न गरिएको निर्माण पक्षले जनाएको छ।
गीतसँगै सार्वजनिक गरिएको म्युजिक भिडियो पनि आकर्षक ढंगले निर्माण गरिएको छ। भिडियोको निर्देशन गीतकार विजय गुरुङले गरेका हुन्। भिडियोमा विजय गुरुङ र उदयमान मोडल निर्जरा केसी मुख्य भूमिकामा देखिएका छन्। उनीहरूको स्वाभाविक अभिनय र रोमान्टिक प्रस्तुतिले गीतको भावलाई प्रभावकारी रूपमा अभ...









