हरितालिका तीज–२०८३ मा महिला प्रतिभा उजागर गर्दै एकल नृत्य प्रतियोगिता
नेपाली महिलाहरूको महान् सांस्कृतिक पर्व हरितालिका तीज–२०८३ लाई थप भव्य, आकर्षक र स्मरणीय बनाउने उद्देश्यसहित तिज विशेष कार्यक्रम तथा तिज एकल नृत्य प्रतियोगीता २०८३ आयोजना हुने भएको छ। नेपाली कला, संस्कृति, परम्परा, नृत्य, संगीत, फेसन र महिला प्रतिभालाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले आयोजना हुन लागेको उक्त कार्यक्रमलाई तीज विशेष सांस्कृतिक उत्सवका रूपमा प्रस्तुत गरिने जनाइएको छ।
कार्यक्रम आयोजक प्रमिला खत्री र पूजा खत्रीबाट प्राप्त जानकारी अनुसार, कार्यक्रमको मुख्य उद्देश्य तीजलाई केवल परम्परागत पर्वका रूपमा मनाउने मात्र नभई यसको सांस्कृतिक महत्व, सामाजिक एकता, महिला सशक्तीकरण, प्रतिभा पहिचान र मनोरञ्जनलाई समेत एकसाथ जोड्नु रहेको छ।
हरितालिका तीज नेपाली समाजमा विशेष गरी महिलाहरूको आस्था, संस्कार, पारिवारिक सम्बन्ध, आत्मीयता, प्रेम र सामाजिक सद्भावसँग जोडिएको महत्वपूर्ण पर...








