‘दाग’को विमोचनमा कलाकार शिवन पोखरेल लगायतलाई सम्मान
‘दाग’को विमोचनमा कार्यक्रममा स्रष्टा सर्जकहरूलाई सम्मान गरिएको छ । सोमाबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच प्रतिनिधिसभा उपसभामुख ईन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा स्रष्टा सर्जकलाई सम्मान गरिएको हो । कार्यक्रममा ब्राण्ड यु पिक्चर्स तारकेश्वर कला प्रतिष्ठानबाट मोडल/नृत्य निर्देशक प्रदीपकुमार रसाइली, गीतकार टिका भट्टराई नेपाल र फोटोपत्रकार बद्री थापालाई ‘तार्केश्वर कला सम्मान २०८०’ अर्पण गरिएको थियो ।
सो अवसरमा पि आर इन्टरटेन्मेन्टका संरक्षक दिलकुमारी रसाइली, हिटाकर्मी एवं गीतकार गीता अधिकारी, बिशिष्ठ कलाकारहरू रमा थपलिया, उत्तम केसी, भिडियो निर्देशक प्रदीप रसाइली, संगीतकार पुस्कर सुनुवार, मोडल निर्देशक सिवन पोखरेल, कलाकारहरू समिता गिरी, सरोज गिरी, राजकुमार शाह, सुमिना कार्की, डुपचन लामा, श्रृगार शंकर वराल, सम्पादन/करलरिष्ट अमृत चापागाई लगायतलाई सम्मान गरिएको थियो ।
सो अवसरमा ‘दाग’...









