मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिलालाई
राजधानीमा सम्पन्न विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीलाई प्रदान गरिएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिवार राती सम्पन्न अन्तिम प्रतिस्पर्धामा २८ प्रतिस्पर्धीलाई पछि पार्दै डेनिलाले सो उपाधि चुम्नुभएको हो । उहाँले उपाधिसँगै एउटा स्कुटर, आगामी जनवरी अमेरिकामा हुने मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अबसर पनि हासिल गर्नुभएको छ ।
सोही समारोहमा हास्य साम्राज्ञी वसन्धुरा भुसाललाई ६ दशकदेखि नेपाली चलचित्रमा निरन्तर योगदान पुर्याएवापत मानार्थ मिसेस नेपाल वर्ल्ड सम्मान २०२४ बाट सम्मानित गरिएको थियो। माईति नेपालकी अध्यक्ष अनुरोध कोईराला, अभिनेता धिरेन शाक्य, आयोजक संस्था रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झा, अफिसियल कोरियोग्राफर अश्विनीकान्त झालगायतले भुसाललाई कार्यक्रममा सम्मान अर्पण गर्नुभएको थि...









