आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

राज टाइगर र जानु कार्की अभिनित ‘एउटै चाहना’ सार्वजनिक(भिडियो)

राज टाइगर र जानु कार्की अभिनित ‘एउटै चाहना’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
राज टाइगर र जानु कार्की अभिनित गीत ‘एउटै चाहना’को भिडियो सार्वजनिक भएको छ । अन्नु चौधरी र जीवन प्रधानङको स्वर, डिबी लामाको शब्द/संगीत, विशाल निरौलको एरेञ्ज र रञ्जित राईको मिक्सिङ एवं माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/ciX0wMHuGiw गीतमा आफूले मनपराएको मान्छेसँग सँगैसँगै जिउने एउटै चाहना रहेको भाव व्यक्त गरिएको छ । गीतमा शब्द जति प्रमिल छन् गीत सुन्दर दृष्यहरू कैद गरिएको भिडियो पनि उत्कृष्ट रहेको छ । केशवराज भट्टको कोरियोग्राफी एवं निर्देशन रहेको गीतको भिडियोमा नवराज उप्रेतीको छायांकन र प्रकाश दाहालको सम्पादन छ । गीतको भिडियो सदिक्षा फिल्मस्को युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । ...
शंकर लामिछानेको ‘चिलिममा गाँजा भरेको’ गीत सार्वजनिक (भिडियो)

शंकर लामिछानेको ‘चिलिममा गाँजा भरेको’ गीत सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । शंकर लामिछानेको शब्द र संगीतमा राजेशपायल राईले गाएको ‘चिलिममा गाँजा भरेको’ गीत सार्वजनिक भएको छ । मंगलवार ओएसआर डिजिटलबाट गीत सार्वजनिक गरिएको हो । लामिछानकै शब्द र संगीतमा रहेको गीतको एरेन्ज बाबुल गिरीले गरेका हुन् । यस म्यूजिक भिडियोलाई विकास प्रसाईले निर्देशन गरेका छन् । गीतको भिडियोमा मिस पविको रुपमा चर्चा कमाइरहेकी पवित्रा साकी , शंकर लामिछाने , लगायतका कलाकारको अभिनय रहेको छ । गीतको अन्त्यतिर भिडियोमा समावेश गरिएको संवाद सहितको दृश्यले धेरैको ध्यान तान्ने देखिएको छ । https://www.youtube.com/watch?v=-I0ibGOE4CU देशप्रेम र इमान्दारितालाई लामिछानेले बलियो रुपमा प्रस्तुत गरेका छन् । सो संवादमा चर्चित कानुन व्यवसायी स्वागत नेपाललाई समेत अतिथी कलाकारका रुपमा देख्न सकिन्छ । लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका लामिछानेको यसअघि दर्जनौं गीत बजारमा आएका छन् । छमछम , ...
‘सिजल एण्ड सिस्टर’ले वितरण गर्यो सिन्धुपाल्चोक र काभ्रेका ५०० वढि परिवारलाई राहत

‘सिजल एण्ड सिस्टर’ले वितरण गर्यो सिन्धुपाल्चोक र काभ्रेका ५०० वढि परिवारलाई राहत

मनोरन्जन, समाचार
काठमाडौं ।  ‘सिजल एण्ड सिस्टर फाउण्डेसन’ एक पछि अर्को सामाजिक कार्यहरु र गरिव दुखीहरुको सेवामा निरन्तर लागि पर्दै आएको छ । न्यानो कपडा वितरणलाई निरन्तरता दिदै यो साता पनि गत साउन १०,११ र १२ गतेको अविरल वर्षातका कारण सिन्धुपाल्चोक जिल्लाका ३ स्थानीय तह बलेफी गाउपालिका, जुगल गाउपालिका तथा भोटेकोशी गाउपालिकामा पीडित बनेकाहरु र मृतक परिवारलाई सहयोग गरेको छ । अमेरिकी संस्था सिजल एण्ड सिस्टर फाउन्डेसनले  बाढी पहिरोबाट पीडित तथा अति विपन्न परिवारलाई राहत वितरण गर्ने कार्यक्रम अन्तर्गत  बलेफी गाउँपालिका , भोटेकोशी गाउँपालिका , जुगल गाउँपालिका र सुनकोशी गाउँपालिकाकाबाढी पीडित तथा अतिविपन्न परिवारलाई बढ्दै गएको जाडोलाई लक्षित गर्दै प्रत्येक परिवारलाई एकएक वटा ब्ल्याङ्केट तथा मृतक परिवारलाई जनही दश हजारका दरले तथा विपन्न परिवारलाई आर्थिक सहयोग गर्यो । संस्थाले यस अघि पनि रोसी गा...
‘एभरेष्ट टुरिज्म अवार्ड’को तयारी तिव्र,माघ २ मा आयोजना हुदै

‘एभरेष्ट टुरिज्म अवार्ड’को तयारी तिव्र,माघ २ मा आयोजना हुदै

मनोरन्जन, समाचार
काठमाडौं । ‘दिगो पर्यटनका लागि हिमाल बचाऔँ’ भन्ने नाराका साथ नेपालमा पहिलो पटक आयोजना हुन लागेको ‘एभरेष्ट टुरिजम अवार्ड, २०२४’ को तयारी तिव्र पारिएको छ । अवार्ड समारोहलाई व्यबस्थित रुपमा समापन गर्न राजधानीमा एक छलफल कार्यक्रमको आयोजना गरिएको थियो । नेपालका विशिष्ठ पर्यटन व्यबसायी, पर्यटनविज्ञ तथा पर्यटनकर्मीहरुको उपस्थिती रहेको उक्त छलफल कार्यक्रम पूर्व उपराष्ट्रपति एवं अवार्ड समारोहका विशिष्ठ एवं प्रमुख सल्लाहकार नन्द बहादुर पुनको विशेष आतिथ्यतामा सम्पन्न गरिएको थियो । छलफलका क्रममा अवार्डको तयारी तथा अवार्डका विषयमा वृहत छलफल कार्यक्रममा उपस्थितहरुलाई स्वागत गर्दै संस्थाकी अध्यक्ष सत्यकला तामाङ्ग लामाले भनिन् ,’ जसरी निकै चुनौतीका वीच सम्पन्न गरिएको पत्रकार सम्मेलनलाई सवैबाट सहयोग र साथ रह्यो त्यसैगरि अवार्ड समारोहलाई वृहत र भव्य बनाउन पनि सवैबाट साथ सहयोग प्राप्त हुने विश्वास आफुले लिए...
महिला फिल्म मेकरको सिनेमाटोग्राफी कार्यशाला सम्पन्न

महिला फिल्म मेकरको सिनेमाटोग्राफी कार्यशाला सम्पन्न

मनोरन्जन, समाचार
नेपाली फिमेल फिल्म मेकर्स (एनएफएफ) ले यही कार्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म चावहिलस्थित फिल्म विकास बोर्डमा महिला फिल्म निर्माताहरूका लागि आयोजना गरेको सिनेमाटोग्राफी कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ । कार्यशालाका लागि १३० जना इच्छुक फिल्म मेकरहरूबाट आवेदन प्राप्त भएको आयोजक संस्थाले जनाएको छ । फिल्म निर्माण सम्बन्धि प्राथमिक ज्ञान तथा कार्यशालाबाट लाभ उठाउने सम्भावनालाई आधार बनाएर गरिएको छनौट प्रक्रियापछि १२ जनालाई कार्यशालामा सहभागी गराइएको थियो ।प्रशिक्षार्थीहरूलाई शिशिर बिसंखे, अमर महार्जन तथा भारतबाट आएका  बर्खा मुखिया, उज्जल बस्ताकोटी, चक्र बहादुर महर्जन, रोमी तण्डुकार, सञ्जीव रत्न शाक्य तथा मुनमुन धरालियाजस्ता अग्रणी उद्योग विशेषज्ञहरूले मार्गदर्शन गरेका थिए । कार्यशालामा सोनी एफएक्स सिक्स तथा एफ एक्स नाइन फिल्म क्यामेराको प्रयोगसहित सिनेमाटोग्राफीका विभिन्न पक्षहरू...
छैटौं सगरमाथा म्युजिक अवार्ड सम्पन्न

छैटौं सगरमाथा म्युजिक अवार्ड सम्पन्न

मनोरन्जन, समाचार
 छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ मा प्रसिद्ध गीतकार कालीप्रसाद रिजाललाई सगरमाथा लाइफ टाइम अचिभमेन्ट अवार्ड अर्पण गरिएको छ । अर्थ नेपाल प्रालिको आयोजनामा थाइल्याण्डको बैंककमा सम्पन्न छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ को बाँकी विधाका अवार्ड सम्मान समारोहमा प्रसिद्ध गीतकार रिजाललाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको हो । “नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण प्रबद्र्धन हाम्रो अभियान” भन्ने नाराको साथ काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आइतबार सम्पन्न समारोहमा गीतकार तथा पूर्वमन्त्री एसपी कोइराला, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, लायन उद्धव सिलवाल, कुशप्रसाद मल्ली, कार्यक्रम संयोजक मनोज थापालगायतले नगद १७ हजार ६९६ रुपैयाँसहित गीतकार रिजाललाई सम्मान प्रदान गरिएको छ । अवार्ड कार्यक्रममा सगरमाथा कला पत्रकारिता रजत सम्मानबाट पत्रकार रमण घिमिरेलाई आठ हजार,...
तृप्ती खड्काको ‘मन को मान्छे’(भिडियो)

तृप्ती खड्काको ‘मन को मान्छे’(भिडियो)

मनोरन्जन, समाचार
गायीका तृप्ती खड्का ‘मन को मान्छे’ बोलको गित सार्वजनिक भएको छ । गायीका तृप्ती खड्का गुरुङको आवाजमा मनको मान्छे आजभोली बोल्न छोडेको छ मलाई किन अन्तै पाइला मोडेको छ भन्ने बोलको गित तृप्ती https://youtu.be/EtYtAtF8I9k खड्का गुरुङ युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । एकदमै मार्मिक रहेको गितको शव्द गण्डकी पुत्राले गर्नु भएको छ भने म्युजिक पनि तृप्ती खड्का गुरुङकै रहेको छ । एरेञ्ज र मिक्सिङमा नरेश पाण्डेले साथ दिनुभएको छ भने सारेगम स्टुडियोमा गितको रेकडिङ गरिएको गायीका तृप्तीले बताउनुभयो । ...
बालसाहित्य समाज सर्वाेत्कृष्ट बालपुस्तक पुरस्कार स्रष्टा राईको कृति ‘साङ्केनको खुलदुली’लाइ

बालसाहित्य समाज सर्वाेत्कृष्ट बालपुस्तक पुरस्कार स्रष्टा राईको कृति ‘साङ्केनको खुलदुली’लाइ

मनोरन्जन, समाचार
काठमाडौं २३ कात्तिक । बालसाहित्यले सामाजिक सद्भाव, सांस्कृतिक अन्तर्घुलन, प्रकृतिसित तादात्म्य, श्रमप्रति सम्मान भाव, आत्मविश्वास जस्ता अनेकौं पाटामा सकारात्मक परिवर्तन ल्याउन सक्छ । उनीहरूको जीवनपद्धति सभ्य शिष्ट भई सोच्ने क्षमता बढाउँछ । प्राणीहरूप्रति सहिष्णु रहेर देशप्रेमी भावना जागृत गराउँछ । सिर्जना र साहित्य कहिल्यै पनि बासी हुन्न, त्यसमाथि बालसाहित्य सदाबहार हुने गर्दछ । यही सदाबहार साहित्यको रूपमा रहेको बालसाहित्य प्रति पछिल्लो पुस्ताकी लेखिका सृर्जना राईको कृति ‘साङ्केनको खुलदुली’ पुरस्कृत घोषणा भएको छ । कोपिला किताबबाट प्रकाशित पुस्तक साङ्केनको खुलदुली ‘चित्रकथार सृजना राई’ कृति २०७९ सालको नेपाल बालसाहित्य समाज सर्वाेत्कृष्ट बालपुस्तक लेखन पुरस्कार घोषणा गरेको हो । गीति लेखनमा समेत आफुलाई अब्बल सावित गरिसकेकी खोटाङकी स्रष्टा सृर्जना राईका शब्द संगीत र स्वरमा लोकप्रिय गायक रा...
‘त्यो पारी डाँडैमा हिउँ पर्‍यो’ सार्वजनिक (भिडियो)

‘त्यो पारी डाँडैमा हिउँ पर्‍यो’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
वाङ्ग्याल लामा (योन्जन)को स्वरमा रहेको गीत ‘त्यो पारी डाँडैमा हिउँ पर्‍यो’ सार्वजनिक भएको छ । कर्म लामा स्याङ्तानको शब्द रचना, विक्रम थापाको कम्पोज र बिशन मान्नधरको मिक्सिङ/माष्टरिङ एवं एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/BWb2QiDM0K4 जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा सोम लामा र रेनुका लामालाई फिचरिङ गरिएको छ । दिपेश एसकेको कोरियोग्राफी रहेको भिडियोमा रशेम दलार्मीको छायांकन र टेकेन्द्र शाहको सम्पादन छ । गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । ...
ममता र टेकको स्वरमा ‘डिम्पल सुहाउने’ (भिडियो)

ममता र टेकको स्वरमा ‘डिम्पल सुहाउने’ (भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । ममता नेपालीको स्वरमा रहेको गीत ‘डिम्पल सुहाउने’ सार्वजनिक भएको छ । ममतालाई टेक विसीले स्वरमा साथ दिएको गीतको भिडियो सार्वजनिक भएको हो । भीम विसीको शब्द र संगीत, केशव बडुको म्युजिक रेकर्ड एवं श्याम श्वेत रसाइलीको मिक्सिङ÷माष्टरिङ रहेको छ गीतमा । विक्रम चौहानको निर्देशन एवं कोरियोग्राफ रहेको गीतको भिडियोमा आश्मा विश्वकर्मा र सुन्दर घलानलाई फिचरिङ गरिएको छ । https://www.youtube.com/watch?v=iFejXzrmFmc पवन सुशलिङ र टिमको छायांकन रहेको गीतको भिडियोमा मनोज कार्कीको सम्पादन र कलर रहेको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो सिर्जना दर्शक÷श्रोतामाझ ल्याएका छौँ, सबैले मन पराइदिनुहुन्छ भन्नेमा आशावादी छौँ’, संगीतकार भीमले भन्नुभयो । ममता नेपालीको औपचारिक रूपमा सार्वजनिक यो पहिलो सार्वजनिक गीत हो । यस गीतलाई लिएर आफू निक्कै...