वरिष्ठ गायक सिताराम पोखरेलको “अल्कोहलीक लभ”को म्युजिक भिडियो सार्वजनीक,प्रियंका र विनोदको रोमान्स (भिडियोसहित)
काठमाडौँ — चैत्र २६ ।
तीन दशकभन्दा लामो समयदेखि नेपाली गीत-संगीतमा पृथक पहिचान बनाउँदै आएका वरिष्ठ गायक सिताराम पोखरेलले 'अल्कोहलीक लभ' लिएर नेपाली सांगितिक बजारमा आएका छन ।
हरेक गीतको म्युजिक भिडियोलाई आकर्षक बनाउने गरेका गायक सितारामले यसपटक आफ्नो गितको म्युजिकन भिडियोमा नविनतम दिएका छन ।
चलचित्र अभिनेत्रीहरुले पोखरेलको भिडियोमा अभिनय गर्ने क्रममा यसपटक अल्कोहलीक लभमा चर्चित अभिनेत्री प्रियंका कार्की समेटिएकी छिन । कुनै भिडियोमा नेपाल सुन्दरीलाई त, कुनै भिडियोमा अभिनेत्रीलाई रोज्ने गरेका गायक पोखरेलले यसपटक अभिनेत्री प्रियंका कार्कीलाई रोजेका छन । भिडियोमा प्रियंकाको साथमा विनोद न्यौपाने रहेका छन ।
युट्युवबाट सार्वजनिक 'अल्कोहलीक लभ'मा गायक सिताराम पोखरेललाई गायिका मिना पोखरेलले साथ दिएकी छिन । गितमा संगीत राहुल प्रधानको रहेको छ भने शव्द ललिता कुवँरको रहेको छ ।
खासगरी ...









