आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

हास्य कलाकार मनोज गजुरेलले जिते कोरोना

हास्य कलाकार मनोज गजुरेलले जिते कोरोना

मनोरन्जन
कात्तिक ३० काठमाडौं । हास्य कलाकार मनोज गजुरेल कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । दशैँको समयमा कोरोना संक्रमित भएका गजुरेल ११ दिनको अस्पताल बसाइपछि घर फर्किएका हुन् । कोरोना संक्रमित भएर स्वास्थ्यमा समस्या आएपछि गजुरेल बलम्बुस्थित एपीएफ कोभिड विशेष अस्पतालमा भर्ना भएका थिए । ‘११ दिनको अस्पताल बसाइपछि घर फर्किएर आराम गरिरहेको छु’, गजुरेलले सामाजिक सञ्जालमार्फत भने, ‘कोभिड–१९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्कने छु ।’ उनले उपचार सेवा प्रदान गर्ने बलम्बिुस्थित एपीएफ अस्पताल, परिवारका सदस्यका साथै शुभचिन्तकहरुलाई धन्यवाद दिएका छन् । ...
आज लक्ष्मीपूजा, धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदै

आज लक्ष्मीपूजा, धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदै

मनोरन्जन
कात्तिक २९ काठमाडौं । यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजााराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातोमाटाले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भ¥याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । हाल पालामा दियोका स्थानमा मैनबत्ती ...
‘मिस्टर एण्ड मिस टिकटक’मा उत्कृष्ट १२ छानिए

‘मिस्टर एण्ड मिस टिकटक’मा उत्कृष्ट १२ छानिए

मनोरन्जन, समाचार
चितवन — कार्तिक २८, २०७७। पछिल्लो समय चर्चित 'मिस्टर एण्ड मिस टिकटक' प्रतियोगिताको उत्कृष्ट १२ प्रतियोगीहरु छनौट भएका छन् । कंडेल कन्सल्टेन्सीको प्रस्तुतीमा द जीएमआईको आयोजना तथा सही हो ईभेन्ट्सको सहकार्यमा संचालित उक्त प्रतियोगितामा उत्कृष्ट २० मा प्रतिस्पर्धा गरिरहेकाहरुमध्ये बाट निर्णायकहरुको मत पश्चात उत्कृष्ट १० प्रतियोगीहरु र २ जना वाईल्ड कार्डमार्फत छनौट गरिएको हो । प्रतियोगिताको निर्णायकको रुपमा चर्चित हांस्य कलाकार तथा निर्देशक किरण केसी, नायिका प्रियंका कार्की र नृत्य निर्देशक कविराज गहतराज रहेका छन। उत्कृष्ट १२ मा काभ्रेबाट सम्मान मल्ल श्रेष्ठ, चितवनबाट शोना घिमिरे, काठमाडौंबाट काजोल नेपाल, अष्ट्रेलियाबाट पूनम तिरुवा, काठमाडौंबाट जनम परियार, अष्ट्रेलियाबाट सृजना घिमिरे, चितवनबाट अर्बिना ढकाल, रुपन्देहीबाट आरोही अधिकारी, चितवनबाट मनोज बिक र गैंडाकोटबाट रोहित पाण्डे रहेका छ...
अनलाईन डान्स कम्पिटिसन-२०२० को उपाधी सगुन श्रेष्ठ लाई

अनलाईन डान्स कम्पिटिसन-२०२० को उपाधी सगुन श्रेष्ठ लाई

मनोरन्जन, समाचार
काठमाडौं — कार्तिक २६, २०७७। ग्लोवल अनलाईन पे को प्रस्तुती तथा ईनोभेशन ईभेन्ट मेनेजमेन्टको आयोजनामा सम्पन्न ‘अनलाईन डान्स कम्पिटिसन,२०२०’ को बिजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । विश्वव्यापी आतंकको रुपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गरी भौतिक दुरी कायम गर्दै बिजयीहरुलाई राजधानीको नयाँ बानेश्वरमा एक कार्यक्रमविच आयोजकले पुरस्कृत गरेका हुन् । घरबाटै नृत्य प्रतियोगितामा सहभागी भएर प्रथम हुने सगुन श्रेष्ठ, दोश्रो हुने अभिनव श्रेष्ठ , तेश्रो हुने गर्दिष्मा मल्ललाई पुरस्कृत गरिएको हो । यस्तै, उत्कृष्ट ६ भित्र पर्न सफल रहेका सदिक्षा पौडेल, सेरेना महर्जन र सिद्दार्थ श्रेष्ठलाई समेत सम्मानित गरिएको थियो। विजेताले ‘अनलाईन डान्सिङ एण्ड सिङ्गिङ स्टार-२०२०’ को उपाधी सहित नगद रु १५,०००/-, द्धितिय हुनेले नगद रु १०,००/- र तृतिय हुनेले नगद रु ५,०००/- प्राप्त गरेकाछन भने अन्य उत्कृष्ट ६ भित्र पर्न सफ...
बलिउड अभिनेता आसिफ बसरा मृत अवस्थामा फेला

बलिउड अभिनेता आसिफ बसरा मृत अवस्थामा फेला

मनोरन्जन, समाचार
बलिउड अभिनेता आसिफ बसरा मृत अवस्थामा फेला परेका छन्। शुक्रबार हिमाञ्चल प्रदेशको धर्मशाला स्थित एक निजी कम्प्लेक्समा उनी झुण्डिएकोअवस्थामा भेटिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। घटनास्थलमा प्रहरी टोली पुगेको र प्रहरीले अनुसन्धान गरिरहेको भारतीय प्रहरीले जनाएको छ। आसिफको ५३ बर्षको उमेरमा निधन भएको हो। बसरा पछिल्लो ५ वर्षदेखि म्याक्लोडगन्जस्थित एक घरमा भाडामा बस्दै आएका थिए। उनीसँग एक विदेशी महिला पनि बस्थिन्। आसिफ बसरा मौलिक र फरक अभिनयका कारण बलिउडका रुचाइएका कलाकार हुन्। अमेरिकी कमेडी फिल्म आउटसोर्स्डमा खेलेपछि उनी चर्चाको शिखरमा पुगेका थिए। यसका अलावा उनले कयौँ हिन्दी फिल्ममा पनि काम गरेका थिए। उनले परजानिया, ब्ल्याक फ्राइडे, वन्स अपन अ टाइम इन मुम्बई, कृष–३, एक भिलेन, जब वी मेट आदि चलचित्रमा काम गरेका छन्। उनका थुप्रै टिभी सिरियल पनि प्रशारित छन्। ...
तिहारको चलहपहल सुरु : कोरोना प्रभावले बजार सस्तियो

तिहारको चलहपहल सुरु : कोरोना प्रभावले बजार सस्तियो

मनोरन्जन
कात्तिक २७ काठमाडौं । उपत्यकामा कोरोना भाइरस संक्रमण बढ्दो क्रममा छ । मृत्युदर पनि बढेको छ । यही समयमा नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु भइसकेको छ । बजारमा सामान किन्नेहरूको भिड गत वर्षझैँ देखिएको छ । उज्यालो पर्वका रूपमा लिइने तिहारमा भाइमसाला, सुनका गरगहना, मैनबत्ती, बिजुली बत्ती, तामाका भाँडा तथा मिठाई बढी प्रयोगमा आउँछन् । त्यसैले यस्ता सामग्री पाइने पसलमा भिडभाड बढेको हो । कोरोनाले चौपट हुन लागेको बजारमा दसैँ र तिहार जस्ता ठूला चाडले व्यवसायीलाई केही राहत प्रदान गरेको छ । तुलनात्मक रूपमा दसैँभन्दा तिहारमा न्युरोड, असन, भोटाहिटी, मखन गल्लीलगायतका मुख्य बजारमा उपभोक्ताको भिड देखिन्छ । तर, भित्री सहरमा किनमेल गर्नेले सुरक्षा सतर्कता अपनाएको देखिन्न । कसैले पनि स्यानिटाइज गर्ने वा हात धुने गर्दैनन् । कतिको त मुखमा मास्कसमेत हुन्न । काठमाडौं महानगर र वडा कार्यालयले चोक–चोकमा...
राजा राजेन्द्रको गीत ‘पिरतीको चस्मा’मा टिकटक भाईरल जोडी संगै जितु नेपाल(भिडियो)

राजा राजेन्द्रको गीत ‘पिरतीको चस्मा’मा टिकटक भाईरल जोडी संगै जितु नेपाल(भिडियो)

मनोरन्जन, समाचार
राजा राजेन्द्र पोखरेलको स्वर रहेको ‘पिरतीको चस्मा’को भिडियो सार्वजनिक भएको छ । लोकप्रिय कलाकार तथा होष्ट समेत रहेका राजा राजेन्द्रको गीतको भिडियोमाअभिनेता जीतु नेपालले आफ्नो अभिनय करियर मै पहिलो पटक एउटा म्युजिक भिडियोमा अभिनय गरेका छन् । अभिनेता नेपालको अभिनय रहेको उक्त गीतको म्यूजिक भिडियो राजा राजेन्द्र पोखेरलको आफ्नै आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ।टिकटकमा पछिल्लो समय भाइरल भएका जुम्ल्याहा दिदीबहिनी समारिका र स्मारिका ढकाल र जितु नेपालको अभिनय रहेको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/2OgNQEY73UE समारिका र स्मारिकाले पनि यही भिडियो मार्फत औपचारिक रुपमा अभिनय यात्रा प्रारम्भ गरेका हुन् ।राजुबाबु श्रेष्ठको शब्द तथा राजनराज शिवाकोटीको संगीत तथा राजन इशानको संगीत संयोजन रहेको छ । अहिलेका व्यस्त भिडियो निर्देशक तथा कोरियोग्राफर माइकल चन्दको निर्देशनमा बन...
गायक सुगम पोखरेलको नयां गीत ‘मायालु साबुन’चांडै सार्वजनिक हुने

गायक सुगम पोखरेलको नयां गीत ‘मायालु साबुन’चांडै सार्वजनिक हुने

मनोरन्जन, समाचार
सुगम पोखरेलको स्वरमा रहेको गीत ‘मायालु साबुन’ स्रोता/दर्शकमाझ आउँदैछन् । उक्त गीतको भिडियोको ४० सेकेण्ड लामो टिजर सार्वजनिक भएको छ । सार्वजनिक भिडियोको टिजरमा गायक पोखरेललाई भन्न गेटअपमा प्रस्तुत भएको देखिएको छ । https://youtu.be/D7XTt94D4Sg गायक पोखरेलले उक्त टिजरलाई आफ्नै युट्यूब च्यालनमार्फत अपलोड गरेका हुन् । मायालु साबुनको भिडियो पनि सोही च्यानलबाट अपलोड हुने बताइएको छ । नितिन चन्दद्वारा निर्देशित उक्त गीतको भिडियोमा अन्तर्राष्ट्रिय मोडलको रुपमा स्थापित दीपक घिमिरेका साथमा पूजा गिरी तथा नीभा अधिकारी फिचर्ड छन् । पदम सुवेदीले उक्त भिडियो सम्पादन गरेका हुन् भने रुपेश थापा यसका छायांकार हुन् । विशाल महराले भिडियोमा कोरियोग्राफी गरेका छन् । ...
कविन्द्र श्रेष्ठको ‘नयां तिहार गीत’को भिडियो सार्वजनिक(भिडियो)

कविन्द्र श्रेष्ठको ‘नयां तिहार गीत’को भिडियो सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
गायक कविन्द्र, विश्व र प्रविशाको ‘मखमली तिहार’ सार्वजनिक काठमाण्डौ नेपाली संगीतिक क्षेत्रमा ३ दशक बिताईसकेका चर्चित गायक कविन्द्र श्रेष्ठ, प्रबिशा अधिकारी र विश्व प्रधानको स्वर रहेको मखमली तिहार’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा महेश ज्ञवालीको संगीत तथा सन्दिप दाङगीको शब्द रहेको छ । सैलेन्द्र प्रधान ‘बाबु’को एरेन्ज रहेको गीतलाई श्रेयस प्रधानले रेकर्ड गरेका छन । https://www.youtube.com/watch?v=B3TzL3PCFSs&feature=youtu.be&fbclid=IwAR1n3-IIoNTenuQrrowxHi50gIWPN5X-H3rd-HWxjrzsJuqPJd9UpX2g0qw मिक्सिङ मास्टररिङ्ग युगल खोंजुले गरेका छ । भिडियोलाई स्वयम गायक विश्व प्रधानले नै निर्देशन गरेका छन भने कबिन्द्र श्रेष्ठ , बिश्व प्रधान, महेश ज्ञवली, क्रिस्टिना श्रेष्ठ, राजन थापा, सोनी लामा, बिधा कार्की, शंकर सेढाई, रश्मी श्रेष्ठ, नारायण पौडेल लगायतलाई फिचर्ड गरिएको छ । तिहारक...
गितकार यसु थापाको ‘बदनाम’मा नायक आयुष र मोडल बर्षा खड्काको अभिनय(भिडियो)

गितकार यसु थापाको ‘बदनाम’मा नायक आयुष र मोडल बर्षा खड्काको अभिनय(भिडियो)

मनोरन्जन, समाचार
गीतकार यशु थापाको गीति एल्बम ‘नाम’ तथा एल्बममा समावेश ‘बदनाम’ बोलको गजल भिडियो बेल्जियमको राजधानी ब्रसेल्समा एक साथ सार्वजनिक गरिएको छ । बेल्जियमका लागि नेपाली राजदुत लोकबहादुर थापाले उक्त गजल संग्रह तथा भिडियोको सार्वजनिक गर्दै विदेशमा पनि गीत संगीतको माध्यमद्वारा नेपाली कला संस्कृति जगेर्ना गरिनु राम्रो कुरा भएको बताउनुभएको थियो ।विमोचित एल्बम‘नाम’मा गितकार यसु थापाद्वारा रचित पाँच वटा गीत रहेका छन् ।उक्त गीतमध्ये दुई वटामा राज सागरले तीन वटा र सुरज थापाले दुई वटामा संगीत दिनुभएको छ भने गायकमा आनन्द कार्की, अन्जु पन्त, निशा देसार, सुरज थापा र राज सागर रहनुभएको छ । https://www.youtube.com/watch?fbclid=IwAR2pSsb8jiiCTVpIbToVgE7fy57FcdcPNQUhTUfF00WX2ra2BxaDrL9Z5RE&feature=share&v=ocmWI0_AwG4&app=desktop#dialog सोही कार्यक्रममा सार्वजनिक गरिएको भिडियो भने राज सागरको स...