आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

रंगपत्रकार कुबेर गिरी ‘रंग पत्रकारिता पुरस्कार २०२०’बाट सम्मानित

रंगपत्रकार कुबेर गिरी ‘रंग पत्रकारिता पुरस्कार २०२०’बाट सम्मानित

मनोरन्जन, समाचार
रंगपत्रकार कुबेर गिरी ‘रंग पत्रकारिता पुरस्कार २०२०’बाट सम्मानित भएका छन् । ‘नेशनल पावर न्युज म्युजिक अवार्ड २०२०’ उनलाई सो सम्मान प्रदान गरिएको हो ।  शनिबार ठमेल स्थित भोजन भुमिका आयोजित वार्ड समारोहमा सुचना प्रविधि तथा संचारमन्त्री पार्वत गुरुङ, विशिष्ट संगीतकार शम्भुजित बास्कोटा, राष्ट्रिय गानका लेखक ब्याकुल माइला, गीतकार तथा बरिष्ठ रंगपत्रकार शान्ती प्रियलगायतले गिरीलाई नगद सहित माला, दोसल्ला र प्रमाणपत्रद्धारा सम्मान गरिएको हो ।  रंगपत्रकारिता मार्फत लामो समयदेखि नेपाली कलासंस्कृतिको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै गिरीलाई सम्मान गरिएको कार्यक्रममा बताइएको थियो ।कार्यक्रममा काभ्रेका पत्रकार नवराज बजगाईलाई ‘युवा पत्रकारिता सम्मान २०२०’, बरिष्ठ गायक सिताराम पोखरेललाई गायनमा २५ बर्ष पुरा गरेको उपलक्ष्यमा ‘रजत संगीत सम्मान २०२०’ र रंगपत्रकार डब्बु क्षत्रीलाई ‘कला सम्म...
‘मिस्टर एण्ड मिस टिकटक,२०२०’ को उपाधी सृजना घिमिरेको हातमा

‘मिस्टर एण्ड मिस टिकटक,२०२०’ को उपाधी सृजना घिमिरेको हातमा

मनोरन्जन, समाचार
पुस १२, २०७७। ‘मिस्टर एण्ड मिस टिकटक’ प्रतियोगितामा अष्ट्रेलियामा रहेर टिकटकमा सक्रिय सृजना घिमिरे विजेता भएकी छिन। राजधानीमा शनिवार सम्पन्न प्रतियोगितामा सृजनाले विजेताको अवार्डसहित १ लाख ५० हजार रुपैयाँ हात पार्न सफल भईन। साथै उनले एउटा चलचित्र र दुईवटा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर समेत प्राप्त गरेकी छिन। प्रतियोगिताको फर्स्ट रनरअप काठमाडौं निवासी काजोल नेपाल भएकी छिन। उनले फर्स्ट रनरअपको अवार्डसहित १ लाख रुपैयाँ हात पार्न सफल भईन। साथै नेपालले एउटा वेब सिरिज र एउटा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गरिन । त्यसैगरी पुनम तिरुवाले सेकेण्ड रनरअपको उपाधीसहित ५० हजार रुपैँया हात पारिन। त्यसैगरी पुनम तिरुवा र सम्मान मल्ल श्रेष्ठले सेकेण्ड रनरअपको उपाधीसहित ५० हजार रुपैँया हात पारे । कंडेल कन्सल्टेन्सीको प्रस्तुतीमा द जीएमआई एकेडेमीको आयोजना तथा सही हो ईभेन्ट्सको सहकार्यमा संचा...
मिस हिमालय नेपाल,२०२१” को पहिलो अडिसन सम्पन्न

मिस हिमालय नेपाल,२०२१” को पहिलो अडिसन सम्पन्न

मनोरन्जन, समाचार
कथा ईभेन्टको आयोजनामा राजधानीको चुचेपाटि, चाहबिल केअल टावर मा रहेको हायब्स लन्ज मा “ मिस हिमालय नेपाल,२०२१” को पहिलो अडिसन सम्पन्न भएको छ । नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै आएको कथा ईभेन्टले राजधानीमा “मिस हिमालय नेपाल,२०२१” आयोजना गर्ने भएको हो। अडिसन कार्यक्रममा निर्णायकको रुपमा कथा ईभेन्टका अध्यक्ष गनिका गुरुङ, वरिष्ठ र्ऱ्यापर निरनय ( NSK) र फेन्सी ब्याबसाही अनिता गुरूङ रहेका थिए । अडिसनमार्फत १८ जना प्रतिस्पर्धीहरु छनौट गरी संचालन गरिने “मिस हिमालय नेपाल,२०२१” प्रतियोगिताको लागि यसपटकको छनौट प्रक्रियामा समावेश कुल १८ प्रतिस्पर्धीहरुमध्येबाट ८ जना प्रतिस्पर्धीहरु छनौट गरिएको छ । प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ १७ दिन सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर रोजिन शाख्य बाट प्रतिस्पर्धिहरुलाई सञ्चा...
लोकप्रिय गायक सीताराम पोखरेललाई संगीत रजत सम्मान

लोकप्रिय गायक सीताराम पोखरेललाई संगीत रजत सम्मान

मनोरन्जन, समाचार
विगत तीन दशक देखि नेपाली गीत–संगीत क्षेत्रमा सक्रिय रुपमा निरन्तरता दिदै थुप्रै सुमुधुर गीतहरु गाएर फरक पहिचान बनाएका चर्चित गायक सीताराम पोखरेललाई संगीत रजत सम्मान प्रदान गरिएको छ। नेपाली गीत–संगीतको क्षेत्रमा दिएको अतुलनीय योगदानको कदर स्वरुप नेशनल पावर न्यूज म्युजिक अवार्ड २०२०को तेश्रो संस्करण मा गायक पोखरेललाई संगीत रजत सम्मान प्रदान गरिएको हो। पावर इन्टरनेशनल मिडियाव्दारा शनिवार आयोजित कार्यक्रममा प्रमुख अतिथि सूचना प्रविधि तथा सञ्चार मन्त्री पार्वत गुरुङले गायक पोखरेललाई दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको थियो।राष्ट्रिय अन्तराष्ट्रि थुप्रै अवार्डबाट सम्मानित गायक पोखरेल दर्जनौ संघ संस्थामा आवद्ध भै गीत संगित क्षेत्रको विकास र प्रवद्र्धनका लागि अहोरात्र खटिदै समेत आएका छन । ...
नेपाली हौं भन्दै आए चर्चित गायक सिताराम पोखरेल(भिडियो सहित)

नेपाली हौं भन्दै आए चर्चित गायक सिताराम पोखरेल(भिडियो सहित)

मनोरन्जन, समाचार
लोकप्रिय गायक सीताराम पोखरेलको स्वरमा राष्ट्रिय गीत “नेपाली हौं ” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । फिरन्ते ए ट्राभलर नामक युट्यूब च्यानलबाट सार्वजनिक भिडियोमा गायक स्वयंलाई भिडियोमा राष्ट्रिय झण्डा फहराउदै अभिनय गरेको देख्न सकिन्छ । https://www.youtube.com/watch?v=CZIw1mCfaX4&feature=share&fbclid=IwAR3sm0hcd2rDAJ8AAnopB3zfwwGtNUDU0kyJOAZZRxKOKsELU4l4XDaMPZM राष्ट्रियता झल्कने गीतको भिडियोलाई निर्देशक जिवन श्रेष्ठले निर्देशन गरेका छन । नारायण कुमार आचार्यको शव्द रहेको गीतलाई राहूल प्रधानले एरेन्ज तथा कम्पोज गरेका हुन । जिवन श्रेष्ठकै छायांकन रहेको भिडियोमा काठमाडौ उपत्यका लगायत सम्पदा सूचिमा सूचिकृत प्रख्यात क्षेत्रहरुलाई कैद गरिएको छ । ...
गायक रूद्रसेनको ‘दिल दुखायौ तिमीले’ सार्वजनिक(भिडियो)

गायक रूद्रसेनको ‘दिल दुखायौ तिमीले’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाण्डौ, चर्चित गायक रुद्रसेन विश्वकर्माको दिल दुखायौ तिमीले मेरो सार्वजनिक भएको छ । नेपाली भाषाको मात्र नभई भोजपुरी, मैथिली लगायत विभिन्न भाषाभाषी र जनजाति गीतहरु गाउने उनी नेपालको प्राय सबै ठाउँहरुमा पुगिसकेका छन । https://youtu.be/2-oENno2Oz4 गीतमा उनलाई अनु चौधरीले साथ दिएकी छिन । गीतमा स्वयम् गायक रुद्रसेनकै शब्द तथा संगीत रहेको छ । नीर कुमारी विश्वकर्माको विशेष सहयोगमा निर्माण भएको भिडियोलाई प्रदिप कुमार रसाईलीले निर्देशन रहेको छ । भिडियोमा निर्मल न्यौपाने, रिन्चु क्षेत्री र पवनको अभिनय देख्न सकिन्छ । भिडियोमा योगेश दाहालको छांयाकन तथा अमृत चापागाईको सम्पादन रहेको छ । भिडियोलाई गायक रुद्रसेन विश्वकर्माकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । ...
सुमित्रा र राजुको स्वरमा ‘बिर्से पापिलाई’ (भिडियो)

सुमित्रा र राजुको स्वरमा ‘बिर्से पापिलाई’ (भिडियो)

मनोरन्जन, समाचार
लोकदोहोरी गीत ‘बिर्से पापिलाई…’ सार्वजनिक भएको छ । सुमित्रा सत्याल र राजु बिरही सापकोटाको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गायक सत्यालको लय तथा शब्द र संजय श्रीपालको एरेञ्ज छ गीतमा राजुकै निर्देशन रहेको गीतको भिडियोमा सञ्चारकर्मी अरबिन्द्र गौतम र साबित्री श्रेष्ठको अभिनय छ । मरुभुमी नारायणको छायाँकन रहेको भिडियोमा रोशन धितालको सम्पादन छ भने मेकप राकेश रनपाको छ । https://youtu.be/HxxhtrZ-jgw भिडियोलाई कीर्तिपुरको बिभिन्न रमणिय स्थानमा छायाँकन गरिएको छ । भिडियो मिलन फिल्म प्रोडक्सनको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । ...
अभिनेत्री नीतू कोइराला ‘मदर टेरेसा ह्यूमिनिटी अवार्ड’बाट सम्मानित

अभिनेत्री नीतू कोइराला ‘मदर टेरेसा ह्यूमिनिटी अवार्ड’बाट सम्मानित

मनोरन्जन, समाचार
भारतको फेस ग्रुपले नेपाली अभिनेत्री नीतू कोइरालालाई मदर टेरेसा ह्यूमिनिटी अवार्डबाट सम्मानित गरेको छ । फेस ग्रुपद्वारा क्रिसमस डेको अवसरमा आयोजित दोस्रो वार्षिक मदर टेरेसा ह्यूमिनिटी अवार्ड कार्यक्रममा कोइरारा सम्मानित भएकी हुन् । नयाँ दिल्लीको पटपडगञ्जस्थित जेपी होटलमा आयोजित सम्मान कार्यक्रममा फेस ग्रुपका चेयरम्यान डा.मुश्ताक अन्सारीसहितका व्यक्तित्वले कोइरालालाई उक्त सम्मान अर्पण गरेका थिए । कोइरालालाई मोडल, डान्सर तथा अभिनेत्रीको रुपमा सम्मान गरिएको हो ।यो अवार्ड उनलाई कलाप्रति समर्पण तथा नेपालको संस्कृतिलाई भारतमा समेत जगेर्णा गरिएकोमा प्रदान गरिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । समाचारमा कलाकार कोइराला पछिल्लो १२ वर्षदेखि कला क्षेत्रमा सक्रिय भएको, विभिन्न म्युजिक भिडियोमा अभिनय गरिसकेको तथा केही टेलिचलचित्र तथा चलचित्रहरुमा समेत अभिनय गरिसकेको उल्लेख छ । यसका ...
फेशन कोरियोग्राफर अश्विनी झा राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मानित

फेशन कोरियोग्राफर अश्विनी झा राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मानित

मनोरन्जन, समाचार
देश विदेशका विभिन्न कार्यक्रममा फेसन र डान्स कोरियोग्राफी गर्दै आउँनुभएका अश्विनीकान्त झा राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७ बाट सम्मानित हुनुभएको छ । कविलासी नगरपालिक-७ गौर घर भई हाल राजधानीमा बसी सयौं सौन्दर्य प्रतियोगिता र फेसन शोमा कोरियोग्राफी गर्दै आउनुभएको झालाई मंगलबार युवा तथा खेलकुद मन्त्रालयले सिंहदरबारस्थित मन्त्रालय प्रांगणमा आयोजना गरेको एक समारोहमा सो सम्मानबाट सम्मानित गरेको हो । समारोहमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले कोरियोग्राफर झालाई नगद एक लाख रुपियाँसहित राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७ बाट सम्मानित गर्नुभएको थियो । मन्त्रालयले हरेक वर्ष विभिन्न विधामा राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गर्दै आएबमोजिम यस वर्ष आधा दर्जन विधामा सम्मान गर्ने क्रममा कला तथा कोरियोग्राफी क्षेत्रबाट यस वर्ष झालाई सम्मान गरेको हो । कला तथा कोरियोग्राफी क्षे...
पुजना र सुनिल फिचर्ड ‘मन मान्दैन’ सार्वजनिक (भिडियोसहित)

पुजना र सुनिल फिचर्ड ‘मन मान्दैन’ सार्वजनिक (भिडियोसहित)

मनोरन्जन, समाचार
काठमाडौं : लकडाउनले लामो समय मिडियामा नदेखिएकी नायिका पुजना प्रधानको अभिनय रहेको ‘मन मान्दैन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अरुण देव यादब र सन्जीवनीको स्वर रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो । https://www.youtube.com/watch?v=mcr8Zh47ROM&fbclid=IwAR0YUFPnqJexeHb1Ns887xwtmdXpfW4aO1eTi0N0tyUaqUzTkgTTRG0idiY आनन्द अधिकारीको शब्द, शिखर सन्तोषको संगीत रहेको गीत पूजना फिल्म्स प्रोडक्सन बाट प्रस्तुत गरिएको हो । गीतको भिडियोमा पूजना प्रधानको साथमा सुनिल श्रेष्ठको अभिनय रहेको छ । भिडियोमा कबिराज गहतराजको कोरियोग्राफी, सुदिप बरालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ । गीत जती सुमधुर छ भिडियो पनि उत्तिकै उत्कृष्ट बनेकोले दर्शक/स्रोताहरुले मन पराउनेमा आफु आसाबादी रहेको नायिका प्रधानको भनाइ छ । ...