आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

खेलकुद

टोटनह्याम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

टोटनह्याम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

अन्तराष्ट्रिय, खेलकुद
काठमाडौं । टोटनह्याम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्यामले आर्सनलमाथि २–० को जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा सन हेङ्ग–मिन र ह्यारी केनले गोल गरे । जितपछि शीर्ष स्थानमा पुगेको टोटनह्यामको ११ खेलबाट २४ अंक भएको छ।
टी–२० सिरिजको पहिलो खेलामा भारतले अस्ट्रेलियालाई ११ रनले पराजित

टी–२० सिरिजको पहिलो खेलामा भारतले अस्ट्रेलियालाई ११ रनले पराजित

अन्तराष्ट्रिय, खेलकुद
या र भारतबीच भइरहेको टी–२० सिरिजको पहिलो खेलामा भारतले अस्ट्रेलियालाई ११ रनले पराजित गरेको छ । क्यानबेरामा शुक्रबार भएको खेलमा भ्रमणकारी टोली भारतले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । जीतका लागि भारतले अस्ट्रेलियालाई १ सय ६२ रनको लक्ष्य दिएको थियो । तर, अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो । अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले सर्वाधिक ३५ रन जोड्दा म्याथ्यु सर्टले ३४ रन बनाए । यस्तै, मोइसेस हेन्रिक्सले ३० तथा स्टिभ स्मिथले १२ रन बनाए । म्याथ्यु वेडले ७ रन बनाउँदा ग्लेन म्याक्स्वेल २ रनमा आउट भए । सिन एब्बट र मिचेल स्विपसन समान १२/१२ रनमा अविजित रहे । अस्ट्रेलियाविरुद्ध भारतका युजभेन्द्र चाहल र टी नटराजनले ३/३ विकेट लिए । रविन्द्र जडेजा घाइते भएपछि चाहल उनको स्थानमा मैदान प्रवेश गरेका थिए । नटराजनको यो टी-ट्वान्टीमा डेब्यु खेल हो । य...
टोक्यो ओलम्पिक खेलको  लागि थप २ करोड ४० लाख अमेरिकी डलर खर्च लाग्ने : आयोजक

टोक्यो ओलम्पिक खेलको लागि थप २ करोड ४० लाख अमेरिकी डलर खर्च लाग्ने : आयोजक

अन्तराष्ट्रिय, खेलकुद, समाचार
 कोरोनाभाइरस महामारीका कारण स्थगित भएको टोक्यो ओलम्पिक खेलको आयोजनाका लागि थप २ करोड ४० लाख अमेरिकी डलर खर्च लाग्ने आयोजक समितिले शुक्रवार जनाएको छ । आयोजक समिति टोक्यो २०२० ले खेलमा भएको ढिलाईका कारण संचालन खर्चमा थप १ अर्ब ५० करोड डलर लाग्ने तथा कोरोनाभाइरसबाट खेलमा सहभागीलाई जोगाउन थप ९० करोड डलर खर्च हुने बताएको छ । यसै वर्ष २०२० मा हुनुपर्ने टोक्यो ओलम्पिक आगामी वर्ष सन् २०२१ मा हुँदैछ । डलर र जापानी येनको परिवत्र्य दरमा हुने फेरबदलले पनि लागत खर्च अरु बढाउने आयोजकको भनाई छ । टोक्यो ओलम्पिक खेलमा लागत बढ्दै गएपछि जापानी नागरिकबीच मत विभाजन भएको छ । केहीले महामारीको अवस्थामा खेल आयोजना पूरै रोक्ने वा खेल नै रद्द गर्नेतर्फ जापान सरकारले ध्यान दिनुपर्ने बताउँदै आएका छन् । यद्यपी थप लागतको व्ययभार जापान सरकार, टोक्यो शहर र आयोजकले व्यहोर्ने सहमति भएको छ । एजेन्सी ...
नेयमारको उत्कृष्ट प्रदर्शनमा पीएसजीको जित

नेयमारको उत्कृष्ट प्रदर्शनमा पीएसजीको जित

अन्तराष्ट्रिय, खेलकुद
ब्राजिली स्टार फरवार्ड नेयमारको उत्कृष्ट प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युइएफए च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । पीएसजीले १० खेलाडीमा समेटिएको घरेलु टोलीमाथि ३–१ को शानदार जित हात पार्‍यो । जसमा नेयमारले मात्रै २ गोल गरे । यससँगै पीएसजीले अघिल्लो महिना घरेलु मैदानमा बेहोरेको २–१ को हारको बदला पनि लिएको छ । ओल्डट्राफोर्डमा पीएसजीको जितमा नेयमारबाहेक अर्को एक गोल कप्तान मार्किन्हसले गरे । घरेलु टोलीका लागि मार्कुस रासफोर्डले गरेको गोल सान्त्वना बन्यो । ...
ओलम्पियन दीपक विष्ट कोरोना संक्रमित

ओलम्पियन दीपक विष्ट कोरोना संक्रमित

खेलकुद
ओलम्पियन एवं तेक्वान्दो प्रक्षिक दीपक विष्ट कोरोना भाइरसबाट संक्रमित भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका पूर्वअध्यक्ष समेत रहेका विष्टले आफू कोरोनाबाट संक्रमित भएको आज सामाजिक सञ्जालमार्फत जानकारी दिए । उनीसहित परिवारका ६ जनामा कोरोना सड्क्रमण देखिएको छ । परिवारका अन्य सदस्य कोरोनाबाट मुक्त भइसकेको विष्टले जानकारी दिएका छन् । सड्क्रमणबाट जोगिन शारीरिक दूरी कायम गर्न र मास्कको प्रयोग अनिवार्य रुपमा गर्न उनले आग्रह गरेका छन् । कोरोना पुष्टि भएपछि विष्ट होम आइसोलेसनमा बसेका थिए । उनकी पत्नी एवं १३ औं दक्षिण एसियाली खेलकूद (साग) मा तेक्वान्दोतर्फ दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्य पनि कोरोना संक्रमणबाट मुक्त भएकी छन् । रासस ...
युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले इन्टर मिलानलाई २–० गोल अन्तरले पराजित

युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले इन्टर मिलानलाई २–० गोल अन्तरले पराजित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
गएराति भएको युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिड विजयी भएको छ । रियल म्याड्रिडले इन्टर मिलानलाई २–० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा इडेन हजार्डले एक गोल गरेका थिए भने एक गोल इन्टरका अच्राफ हाकिमीले आत्मघाती गरेका थिए । यस खेलमा खेलको ३३औ मिनेटमा इन्टरका अर्टुरो भिडालले रातो कार्ड पाएपछि इन्टर १० खेलाडीमा सिमित भएको थियो । रियल म्याड्रिडको च्याम्पियन्स लिगमा यो दोस्रो जित हो । ४ खेलमा रियलको ७ अंक भएको छ भने समुह बि मा दोस्रो स्थानमा रहेको छ । त्यस्तै इन्टरको भने ४ खेलमा केवल २ अंक रहेको छ भने इन्टरले एक जित पनि हासिल गर्न सकेको छैन । ...
नेइमारको गोलले पिएसजीलाई महत्वपूर्ण जित

नेइमारको गोलले पिएसजीलाई महत्वपूर्ण जित

अन्तराष्ट्रिय, खेलकुद
नेइमारको गोलको सहयोगमा पेरिस सेन्ट–जर्मेन (पिएसजी)ले जित निकालेर च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ । समूह एच अन्तर्गत मंगलबार राति भएको खेलमा घरेलु टोली पिएसजीले आरबी लेइप्जिगलाई १–० ले पराजित गरेको हो । आरबीका खेलाडीले एन्जल डी मारियालाई फउल गरेपछि पाएको पेनाल्टीमा ११ औँ मिनेटमा नेइमारले गोल गरेका हुन् । उनको त्यो गोल नै पिएसजीको जितमा निर्णायक बन्यो । दुई खेल बाँकी हुँदा आरबी ६ अंकसहित तेस्रो स्थानमा झरेको छ र समान ६ अंक नै भएको पिएजसी दोस्रो स्थानमा पुगेको छ। ...
बार्सिलोना र किभबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे, मेस्सीले नखेल्ने

बार्सिलोना र किभबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे, मेस्सीले नखेल्ने

अन्तराष्ट्रिय, खेलकुद, समाचार
यूईएफए च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले युक्रेनी क्लब डाइनामो किभसँग प्रतिस्पर्धा गर्दैछ । बार्सिलोना र किभबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे किभको घरेलु मैदानमा शुरु हुनेछ । किभको मैदानमा बार्सिलोना अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ । समूह जी मा रहेको बार्सिलोना ३ खेलमा ९ अंकसहित शीर्ष स्थानमा रहेको छ । किभविरुद्ध बार्सिलोनाका नियमित कप्तान लियोनल मेस्सीले खेल्ने छैनन् । किभ भने १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।एजेन्स ...
पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै मोनाको फ्रेन्च लिग वान फुटबलको दोस्रो स्थानमा

पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै मोनाको फ्रेन्च लिग वान फुटबलको दोस्रो स्थानमा

अन्तराष्ट्रिय, खेलकुद, समाचार
शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै मोनाको फ्रेन्च लिग वान फुटबलको दोस्रो स्थानमा पुगेको छ । लिग अन्तर्गत शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा मोनाकोले पिएसजीमाथि ३–२ को जित दर्ता गरेको हो । पहिलो हाफमा दुई गोलको अग्रता लिएर पनि पिएसजीले त्यसलाई जोगाउन सकेन । पिएसजीले २५ र ३७ औँ मिनेटमा गोल गरेको थियो । दोस्रो हाफमा पिएसजीले तीन गोल खायो । उसका लागि केविन भोल्याण्डले ५२ र ६५ औँ मिनेटमा गरि दुई गोल गरे । ८४ औँ मिनेटमा पाएको पेनाल्टीमा सेस फाब्रिगासले गोल गरि मोनाकोलाई जित दिलाएका हुन् । त्यसको एक मिनेट पहिले डानिलो सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएर गएपछि पिएसजी १० खेलाडीमा सीमित भयो । पराजित भए पनि शीर्ष स्थानमा रहेको पिएसजीको ११ खेलबाट २४ अंक छ । दोस्रो स्थानमा उक्लिएको मोनाकोको समान खेलबाट २० अंक भएको छ । ...
सन्दीपले होबर्ट हुरिकेन्सबाट बिग ब्यास लिग खेल्ने

सन्दीपले होबर्ट हुरिकेन्सबाट बिग ब्यास लिग खेल्ने

खेलकुद
मंसिर ५ काठमाडौं । नेपाली क्रिकेटका ‘ग्लोबल आइकन’ सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) टी ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन् । होबर्टले आज विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । सम्झौता रकम भने उसले खुलाएको छैन । सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लागेका हुन । यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए । उनले दुवै सिजनमा गरी बीबीएलमा २० खेल खेल्दै २६ विकेट लिएका थिए । गत संस्करणमा सन्दीपको उत्कृष्ट प्रदर्शनकै कारण मेलबर्न फाइनलमा पुगेको थियो । बीबीएलका लागि होबर्टमा सामेल हुन पाउँदा सम्मान महसुस गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन् । अष्ट्रेलियामा आफूले सधैँ माया र सम्मान पाएको उनको भनाइ छ । इन्डियन प्रिमियर लिग (आइपीएल) बाट फर्किनुभएका उ...