आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

खेलकुद

सुपर ओभरमा दिल्लीले पञ्जावलाई हरायो

सुपर ओभरमा दिल्लीले पञ्जावलाई हरायो

अन्तराष्ट्रिय, खेलकुद
असाेज ५ काठमाडाैं । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जाबलाई हराएको छ ।दिल्लीले सुपर ओभरको खेलमा पञ्जाबलाई हराएको हो । पञ्जाबले ३ बलमा २ विकेट गुमाएर २ रन मात्र बनायो । केएल राहुल २ र निकोलस पुरन शुन्य रनमा आउट भए । दुवै कागिसो राबा‍डाकाे सिकार भएका थिए ।दिल्लीले तीन बलमा लक्ष्य पुरा गर्यो । दिल्लीका ऋषभ पन्तले विजयी रन प्रहार गरे । यसअघि, दिल्लीले जितका लागि पञ्जाबलाई १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।पञ्जाबले ८ विकेट गुमाएर १ सय ५७ रन बनायाे । पञ्जाबका लागि मयंक अग्रवालले ८९ रनको शानदार पाली खेलेका थिए । ओपनर केएल राहुलले २१, कुष्णप्पा गौतमले २० र सर्फराज खानले १३ रन बनाएका थिए । अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् । दिल्लीका कागिसो राबाडा, रविचन्द्रन आश्विन र मार्कुस स्टोनिसले समान २–२ विकेट लिए । मोहित शर्मा र अक्षर...
लेस्टर सिटीको बर्नलीलाई ४–२ को शानदार जित

लेस्टर सिटीको बर्नलीलाई ४–२ को शानदार जित

अन्तराष्ट्रिय, खेलकुद
असोज ५ काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा लेस्टर सिटीले राम्रो नतिजा निकाल्ने क्रम जारी राखेको छ।लगातार दोस्रो जित निकालेको लेस्टर शीर्ष स्थानमा छ। आइतबार राति भएको खेलमा लेस्टरले बर्नलीलाई ४–२ ले पराजित गरेको हो । लेस्टरको जितमा हार्भी बार्नेसले २० औँ, जेम्स जस्टिनले ६१ औँ मिनेटमा र एरिक प्राएटले ७९ औँ मिनेटमा गोल गरे । त्यसअघि ५० औँ मिनेटमा बर्नलीका पिएटर्सले आत्मघाती गोल गरे । बर्नलीका लागि क्रिस वूडले १० औँ मिनेटमा र ७३ औँ मिनेटमा डुनीले गोल गरे। जितपछि लेस्टर सिटी ६ अंकसहित शीर्ष स्थानमा छ । ...
सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटल्सकाे खेल आज ;आईपीएल

सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटल्सकाे खेल आज ;आईपीएल

अन्तराष्ट्रिय, खेलकुद
असोज ४ काठमाडौँ ।इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा आज नेपाली स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटल्सले  किंग्स इलेभेन पञ्जाबसँग प्रतिस्पर्धा गर्दैछ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार पौने ८ बजे सूरु हुनेछ ।दिल्लीमा रविचन्द्रन आश्विन, अमित मिश्रा र अक्षर पटेल जस्ता अनुभवी स्पिनर भएकाले सन्दीपले आजकै खेलमा स्थान पाउने सम्भावना कम रहेको बताइएको छ । सन्दीप क्यारेबियन प्रिमियर लिग (सीपीएल) सकेर आईपीएल खेल्न दुबई पुगेका हुन् । उनी दिल्लीको प्रशिक्षणमा समेत सहभागी बनेका छन् । सन्दीप प्लेइङ सेटमा बनाउने स्थान र उनको प्रर्दशनमा नेपाली खेल प्रशंसकको खास नजर रहनेछ । किंग्स इलेभेन पञ्जाबलाई अनिल कुंबलले नेतृत्व गर्नेछन् भने दिल्ली क्यापिटल्स रिकी पोन्टिङ्गको योजनामा मैदान उत्रनेछ । दुवै टिममा ठुला सट खेल्ने खेलाडीको कमी छैन । दिल्लीको ब्याटि...
हारबाट सुरु भयो म्यानचेस्टर युनाइटेडको नयाँ सिजन यात्रा

हारबाट सुरु भयो म्यानचेस्टर युनाइटेडको नयाँ सिजन यात्रा

अन्तराष्ट्रिय, खेलकुद
असोज ४ काठमाडौँ । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा खराब सुरुवात गरेको छ। लिग अन्तर्गत शनिबार राति भएको सिजनको आफ्नो पहिलो खेलमा म्यानचेस्टर युनाइटेड क्रिष्टल प्यालेससँग ३–१ ले पराजित भएको हो । लगातार दोस्रो जित निकाल्ने क्रममा क्रिष्टल प्यालेसले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरी एक गोल खाएको हो । सातौँ मिनेटमा एन्ड्रोस टाउनसेन्डले गोल गरी क्रिष्टल प्यालेसलाई सुरुवाति अग्रता दिलाए । ७४ औँ मिनेटमा पाएको पेनाल्टीमा विल्फ्रेड जाहाले गोल गरेपछि क्रिष्टल प्यालेसको अग्रता दोब्बर भयो । युनाइटेडका लागि ८० औँ मिनेटमा डोनी भान डी बीकले एक गोल फर्काए । ८५ औँ मिनेटमा जाहाले व्यक्तिगत दोस्रो गोल गरेपछि क्रिष्टल प्यालेस ३–१ ले विजयी भयो । लगातार दुई खेलमा जित निकालेको प्यालेसको ६ अंक भएको छ । ...
बार्सिलोनालाई ८औँ पटक जोआन गाम्पर ट्रफी

बार्सिलोनालाई ८औँ पटक जोआन गाम्पर ट्रफी

अन्तराष्ट्रिय, खेलकुद
असोज ४ काठमाडौँ । बार्सिलोनाले लगातार आठौं पटक जोआन गाम्पर ट्रफी जितेको छ ।शनिबार भएको खेलमा एल्चेलाई १-० ले पराजित गर्दै बार्सिलोनाले ८औँ पटक ट्रफी उचालेको हो । खेलको दोस्रो मिनेटमा नै एन्टोइन ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।मेस्सीले सिर्जना गरेको मुभमा जोर्डी अल्बाको क्रसलाई ग्रिजमनले गोल गरे । एजेन्सी ...
आर्सनलको विजयी यात्रा जारी,वेष्ट ह्याम युनाइटेडमाथि २–१

आर्सनलको विजयी यात्रा जारी,वेष्ट ह्याम युनाइटेडमाथि २–१

अन्तराष्ट्रिय, खेलकुद
असोज ४ काठमाडौँ । आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा विजयी यात्रा जारी राखेको छ। लिग अन्तर्गत शनिबार राति भएको सिजनको दोस्रो खेलमा मिकेल आर्तेताको आर्सनलले वेष्ट ह्याम युनाइटेडमाथि २–१ को दर्ता गरेको हो । घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि २५ औँ मिनेटमा एलेक्सान्डर लाकाजेटी तथा ८५ औँ मिनेटमा एडी एनखेटियाले गोल गरे । वेष्ट ह्यामका लागि ४५ औँ मिनेटमा मिकेल एन्टोनियोले एक गोल फर्काएका हुन् । लगातार दोस्रो जितपछि ६ अंकसहित आर्सनल दोस्रो स्थानमा छ । लिग अन्तर्गत शनिबार राति नै भएको खेलमा लीड्स युनाइटेडले फुलह्यामलाई ४–३ ले पराजित गरेको छ । ...
अर्लिङ हालाण्डको उत्कृष्ट प्रदर्शनमा बोरूसियाको जित

अर्लिङ हालाण्डको उत्कृष्ट प्रदर्शनमा बोरूसियाको जित

अन्तराष्ट्रिय, खेलकुद
असोज ४ काठमाडौँ ।अर्लिङ हालाण्डले उत्कृष्ट प्रदर्शन गर्दा बोरुसिया डर्टमण्डले जर्मन बुण्डेसलिगा फुटबलमा सहज जित निकालेको छ ।शनिबार राति भएको सिजनको पहिलो खेलमा बोरुसिया मुन्छेनग्लाडबाखलाई ३–० गोल अन्तरले पराजित गर्दै डर्टमण्डले सुखद सुरुवात गरेको हो । घरेलु मैदानमा डर्टमण्डलाई जित दिलाउन अर्लिङ हालाण्डले दुई गोल गरे ।यस्तै जियोभानी रेइनाले एक गोल गरे ।खेलको ३५औं मिनेटमा जियोभानीको गोलबाट डर्टमण्डले अग्रता बनाएको थियो । ५४औं मिनेटमा हालाण्डले पेनाल्टीमा गोल गर्दै डर्टमण्डको अग्रता २–० को बनाए ।त्यसपछि खेलको ७७औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को जित दिलाए ।जितसँगै डर्टमण्डले सिजनको सुखद सुरुवात गरेको छ । पहिलो खेलमै डर्टमण्डले महत्वपूर्ण ३ अंक जोडेको छ ।डर्टमण्ड तालिकाको तेस्रो स्थानमा रहेको छ । ...
आईपीएलमा चेन्नईको विजयी शुरुवात, मुम्बई ५ विकेटले पराजित

आईपीएलमा चेन्नईको विजयी शुरुवात, मुम्बई ५ विकेटले पराजित

अन्तराष्ट्रिय, खेलकुद
असोज ४ काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) टी–२० को पहिलो खेल चेन्नई सुपर किंग्सले ५ विकेटले जितेको छ ।मुम्बई इण्डियन्सले दिएको १६३ रनको लक्ष्य पछाएको चेन्नईले १९.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । चेन्नईका लागि अम्बाती रायडूले सर्बाधिक ७१ रन बनाए भने फाफ डुप्लेसीले ५५ रन बनाए ।त्यस्तै साम कुरानले १८ र रविन्द्र जडेजाले १० रन बनाए ।यस अघि मुम्बई इण्डियनले चेन्नई सुपर किंग्सलाई १६३ रनको लक्ष्य दिएको थियो । टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १६२ रन बनाएको हो ।मुम्बईका लागि सौरभ तिवारीले सर्बाधिक ४२ रन बनाए ।सौरभले ३१ बलमा ४२ रन बनाए । त्यस्तै क्वेंटन डिककले ३३ रन बनाए भने सूर्यकुमार यादवले १७, हार्दिक पाण्डेयले १४ तथा कप्तान रोहित शर्माले १२ रन बनाए । त्यस्तै केरन पोलार्डले १८ रन बनाए भने जेम्स पाटिसनके ११ रन बनाए ।त्यसैगरी चेन्नईका बलर...
ब्याडमिन्टनका पूर्व राष्ट्रिय च्याम्पियन पनेरुद्वारा खेल सामग्री सहयोग

ब्याडमिन्टनका पूर्व राष्ट्रिय च्याम्पियन पनेरुद्वारा खेल सामग्री सहयोग

खेलकुद
असोज ३ काठमाडौँ ।ब्याडमिन्टनका पूर्व राष्ट्रिय च्याम्पियन पशुपति पनेरुले खेल सामग्री सहयोग गर्नुभएको छ । नेपाली ब्याडमिन्टनका पूर्व शीर्ष खेलाडी पनेरुले रु ६० हजार बराबरको ब्याडमिन्टनको खेल सामग्री उपलब्ध गराउनुभएको हो । हाल अमेरिकामा रहनुभएका पनेरुले ब्याडमिन्टनका अन्तर्राष्ट्रिय अम्पायर उदय अर्यालमार्फत उक्त सामग्री उपलब्ध गराउनुभएको हो । उक्त खेल सामग्री आज दशरथ रंगशालामा आयोजित एक कार्यक्रममा नेपालका जुनियर ब्याडमिन्टन च्याम्पियन एवं विश्व जुनियर ब्याडमिन्टनतर्फका सातौँ ¥याङ्कीङ खेलाडी प्रिन्स दाहाल र महिला ब्याडमिन्टनकी सिनियर तथा जुनियर च्याम्पियन रसिला महर्जनलाई हस्तान्तरण गरिएको छ । सामग्री हस्तान्तरण कार्यक्रममा अन्तर्राष्ट्रिय अम्पायर अर्याल, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सुवास श्रेष्ठ, काठमाडौँ जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दिपक थापा, योनेक्सका राजु बाँस्तोला, ब्याड...
बायर्नले साल्केलाई ८-० गोल अन्तरको जीत

बायर्नले साल्केलाई ८-० गोल अन्तरको जीत

अन्तराष्ट्रिय, खेलकुद
असाेज ३ काठमाडाैं । साविक विजेता बायर्न म्युनिखले जर्मन बुण्डेसलिगा फुटबलमा शानदार जीत हात पारेको छ ।शुक्रबार राति भएको एकपक्षीय खेलमा बायर्नले साल्केलाई ८-० गोल अन्तरको जीत निकाल्यो । घरेलु मैदानमा बायर्नलाई जीत दिलाउन सेर्जी गनाब्रीले ह्याट्रिक गरे । यस्तै लियोन गोर्टेज्का, रोबर्ट लेवान्डोस्की, थोमस मुलर, लोरी साने, जामल मुसिलाले एक एक गोल गरे ।खेलको चौंथो मिनेटमा गनाब्रीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । १९औं मिनेटमा गोर्टेज्काले गोल गर्दै बायर्नलाई २-० को अग्रता दिलाए । ३१औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै पहिलो हाफमा बायर्नलाई ३-० ले अघि बढाए ।दोस्रो हाफमा बायर्नले थप पाँच गोल गर्‍यो । खेलको ४७औं मिनेटमा गनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दा बायर्न ४-० ले अघि रह्यो । ५९औं मिनेटमा गनाब्रीले ह्याट्रिक पुरा गर्दा बायर्न ५-० ले अघि रह्यो । ६९औं मिनेटमा मुलरले ग...