आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

खेलकुद

आईपीएल टी-ट्वान्टी क्रिकेटमा पन्जाबमाथि राजस्थानको रोमान्चक जित

आईपीएल टी-ट्वान्टी क्रिकेटमा पन्जाबमाथि राजस्थानको रोमान्चक जित

अन्तराष्ट्रिय, खेलकुद
असोज १२ काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कीर्तिमानी जित निकालेको छ । आइतबार राति यूएईको सारजहा मैदानमा भएको खेलमा राजस्थान रोयल्सले उत्कृष्ट खेल्दै लगातार दोस्रो जित निकालेको हो । उसले किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले पराजित गर्यो । टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले दिएको २ सय २४ रनको फराकिलो लक्ष्य राजस्थानले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो । आईपीएलको इतिहासमा कुनै पनि टोलीले लक्ष्य पूरा गरेको यो सर्वाधिक योगफल हो । राजस्थानको जितमा सन्जु सामसन, कप्तान स्टिभ स्मिथ, राहुल टेवटियाले अर्धशतकीय पारी खेले । सामसनले ८५ रन, टेवटियाले ५३ रन र स्मिथले ५० रन जोडे । टेवटियाले ३१ बलमा ७ छक्का प्रहार गरे । उनले १८ औं ओभरमा पन्जाबका कोट्रेलको बलमा एकै ओभरमा ५ छक्का प्रहार गरेका थिए । यस्तै जोफ्रा आर्चर १३ रनमा अविजित रहे । पन्जाबका मोहमद शामीले...
राजस्थानले टस जितेर फिल्डिङ रोज्यो ;आइपीएल

राजस्थानले टस जितेर फिल्डिङ रोज्यो ;आइपीएल

अन्तराष्ट्रिय, खेलकुद
असोज ११ काठमाडौं । १३ औँ इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आजको खेलमा राजस्थान रोयल्सले किङ्स–११ पञ्जाबविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ। युएईको शारजँहामा शुरु हुन लागेको खेलमा राजस्थान रोयल्स स्टीभ स्मिथको कप्तानीमा रहेको छ भने पञ्जाब टिमलाई लोकेश राहुलले कप्तानी गरेका छन् । यसअघि राजस्थान र पञ्जाबबीच भएका पछिल्ला पाँच खेलमा पञ्जाबले चार खेल जितेको छ । राजस्थानले एक खेल मात्र जितेको छ । आईपीएलमा यो पञ्जाब तेस्रोपटक खेल्दैछ भने राजस्थानको दोस्रोपटक खेल्दैछ । पहिलो खेलमा दिल्ली क्यापिटल्स्‌सँग पराजित भएको पञ्जाबले दोस्रो खेलमा रोयल च्यालेञ्जर्स बेंग्लोरलाई पराजित गरेको थियो । यता राजस्थानले पहिलो खेलमा जीत हासिल गरेको थियो । राजस्थानले चेन्नई सुपर किङ्सलाई पराजित गरेको थियो । ...
महिला उद्यमीलाई कोभिडबाट सिर्जित प्रतिकुल असर न्यूनिकरण गर्न महिला चेम्बरको परामर्शमुलक कार्यक्रम

महिला उद्यमीलाई कोभिडबाट सिर्जित प्रतिकुल असर न्यूनिकरण गर्न महिला चेम्बरको परामर्शमुलक कार्यक्रम

खेलकुद, समाचार
नेपाल महिला चेम्बरले ‘नेपालको व्यापार क्षेत्र र कोभिड १९ को सामना’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आईतबार आयोजित उक्त कार्यक्रममा नेपाल महिला चेम्बरकी उपाध्यक्ष अम्बिका शर्माले वक्ताको रुपमा प्रस्तुती दिएकी थिईन् । प्रस्तुती दिने क्रममा शर्माले कोभिड १९ विश्वव्यापी रुपमा फैलिएको हुनाले यसबाट जोगिदै अगाडि बढनुको विकल्प नभएको औल्याउदै नविनतम सोच र आत्मविश्वासका साथ कर्म क्षेत्रमा कृयाशिल हुनुपर्ने बताएकी थिईन । कार्यक्रम माझ उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उपाध्यक्ष शर्माले महिला उद्यमशीलतालाई प्रबर्धन गर्न आपसी समन्वयको खाँचो टड्कारो रहेको बताउदै हाल महिला चेम्बरले गर्दै आईरहेको अन्तर्कृया कार्यक्रमले समस्याको पहिचान गर्दै निदानका लागि मार्ग प्रशस्त गर्ने उल्लेख गरिन । कार्यक्रममाझ नेपाल महिला चेम्बरकी उपाध्यक्ष सुष्मा शर्मा उपाध्यक्ष शर्माको व्यक्तित्व बारे प्रकाश ...
खेलाडी बर्गिकरण बारे बोर्डले निर्णय गर्छ – अध्यक्ष चन्द

खेलाडी बर्गिकरण बारे बोर्डले निर्णय गर्छ – अध्यक्ष चन्द

खेलकुद
असोज ११ काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले अनुमोदन गरेको खेलाडी बर्गिकरणलाई लिएर आलोचना भइरहेको छ ।पुरुष क्रिकेट टीम र महिला टोलीका केही खेलाडीको बर्गिकरणमा असन्तुष्टि जनाउँदै खेलाडीले पनि क्यानलाई ज्ञापन पत्र बुझाइसकेको छ । राष्ट्रिय महिला र पुरुष क्रिकेट टीमका खेलाडीहरुले बर्गिकरणलाई पुनर्विचार गर्न भन्दै ज्ञापन पत्र लेखेको अध्यक्ष चतुरबहादुर चन्दले बताए ।खेलाडीहरुको ज्ञापन पत्रमा कसलाई के गर्नु पर्ने भनेर नाम नतोकिएको तर, केही खेलाडी छुटेकाले तिनीहरुलाई समावेश गर्न भनिएको छ । ‘बोर्डले गरेको निर्णय अब पुनः बोर्ड बस्दा छलफल हुन्छ । त्यसमा छलफल पनि आवश्यक छ,’ क्यान अध्यक्ष चन्दले भने । राष्ट्रिय टोलीका युवा स्पिनर ललितनारायण राजवंशी बर्गिकरणबाट छुट्दा क्यान आलोचित हुन पुगेको छ । सन् २०१९ मा राष्ट्रिय टोलीबाट नखेलेका सुवास खकुरेल र कमलसिंह ऐरीलाई बर्गिकरणमा राखिए...
स्वारेजलाई हटाउने निर्णय मेरो मात्रै होइन – प्रशिक्षक कोइम्यान

स्वारेजलाई हटाउने निर्णय मेरो मात्रै होइन – प्रशिक्षक कोइम्यान

अन्तराष्ट्रिय, खेलकुद
असोज ११ काठमाडौं ।अहिले स्पेनिस महारथी बार्सिलोनामा आफ्ना अनुभवी खेलाडी लुइस स्वारेजलाई विदा गरेको विषयले ठूलो रुप लिइरहेको छ । केही दिन अगाडिमात्रै बार्सिलोनाबाट ला लिगाकै अर्को क्लब एट्लेटिको मड्रिड पुगेका स्वारेजका विषयमा क्रिया–प्रतिक्रिया चलिरहेको छ । यसमा कप्तान लियोनल मेस्सीले भावुक हुँदै स्वारेजलाई निकाल्ने निर्णयको विरोध जनाएका थिए । त्यसको जवाफमा नवनियुक्त प्रशिक्षक रोनाल्ड कोइम्यानले आफ्नो निर्णयले स्वारेजले क्लब छाडेको भन्ने अभिव्यक्तिको खण्डन गरेका छन् । उनले स्वारेजका विषयमा आफुलाई खराब मान्छेका रुपमा देखाउन खोजिएको आरोप लगाएका छन् । यस्तै उनले स्पष्ट के पनि भनेका छन् भने स्वारेज आफ्नो निर्णयले मात्रै बाहिरिएका होइनन् । कोइमयान प्रशिक्षकका रुपमा बार्सिलोना आएपछि उनको योजनामा स्वारेज नरहेको विश्लेषण स्पेनिस पत्रपत्रिकाहरुले गर्दै आइरहेका थिए । ‘यसमा मलाई खराब द...
युनाइटेडले ब्राइटनलाई ३–२ गोल अन्तरले पराजित

युनाइटेडले ब्राइटनलाई ३–२ गोल अन्तरले पराजित

अन्तराष्ट्रिय, खेलकुद
असोज ११ काठमाडौं ।इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले ब्राइटनविरुद्ध जीत हात पारेको छ । शनिबार राति भएको खेलमा युनाइटेडले ब्राइटनलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । रोमाञ्जक बनेको खेलमा युनाइटेडले एक गोल उपहार पाएको थियो । खेलमा सुरुवाती अग्रता बनाएको ब्राइटनले अग्रता जोगान नसक्दा हार व्यहोर्न पुग्यो । खेलको ४० औं मिनेटमा ब्राइटनका निअल मेउपेले गोल गर्दै अग्रता दिलाएका थिए । तर, ब्राइटनका लेविस डङ्को आत्मघाती गोलमा युनाइटेडले खेल १–१ को बराबरीमा ल्याएको थियो । डङ्कोले खेलको ४३ औं मिनेटमा आत्मघाती गोल गरेका थिए । १–१ बराबरीको अवस्थामा रहेको खेलमा युनाइटेडका मार्कस रासफोर्डले टीमका लागि दोस्रो गोल गरेका थिए । उनले खेलको ५५ औं मिनेटमा गोल गर्दै २–१ को अग्रता दिलाएका थिए । युनाइटेडविरुद्ध खेलको अतिरिक्त समयमा ब्राइटनका सोली मार्चले गोल गर्दै खेल २–२ गोलको बराबरीमा पु...
आइपिएलमा कोलकाताको पहिलो जित

आइपिएलमा कोलकाताको पहिलो जित

अन्तराष्ट्रिय, खेलकुद
असोज ११ काठमाडौं । कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई सात विकेटले पराजित गरेर आइपिएलकाे १३ औँ संस्करणमा जितको खाता खोलेको छ। पहिलो खेलमा मुम्बई इण्डियन्ससँग ४९ रनले पराजित कोलकोताले दोस्रो खेलमा सनराइजर्स हैदराबादविरुद्ध शानदार जित निकालेको हो। शनिबार राति आबुधावीमा भएको खेलमा हैदराबादले जितका लागि दिएको १४३ रनको लक्ष्य कोलकाताले १८ ओभरमा तीन विकेट गुमाएर हासिल गर्‍याे। कोलकाताको जितमा शुममन गिलले अविजित ७० रन बनाए। इयान मोर्गनले ४२ रनको योगदान दिए भने नितिस रानाले २६ रन जोडेका थिए। हैदराबादका राशिद खान, खलिल अहमेद र टी नटराजनले १–१ विकेट लिए।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो। आइपिएलमा आज(आइतबार) किंग्स इलेभन पञ्जाब र राजस्थान रोयल्सबीच खेल हुने छ। ...
आज आईपीएलमा सन्दीपले दोस्रो खेल खेल्दै

आज आईपीएलमा सन्दीपले दोस्रो खेल खेल्दै

खेलकुद, समाचार
सन्दीप लामिछाने सम्मिलित दिल्लीले आईपीएलमा आज दोस्रो खेल खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७.४५ मा सुरु हुनेछ । पहिलो खेलको सुपर ओभरमा किंग्स एलेभन पञ्जावलाई पराजित गरेको दिल्ली आज उच्च मनोबलका साथ मैदानमा उत्रिनेछ । दिल्लीले आजको खेल पूर्व भारतीय कप्तान महेन्द्र सिंह धोनी सम्मिलित चेन्नई सुपर किंग्स बिरुद्व खेलदैछ । आईपीएलको यस अघिको सिजनमा चेन्नई बिरुद्व कजोर सावित भएको दिल्लीले जारी सिजनमा चेन्नई बिरुद्व पहिलो खेल खेल्न लागेको हो । यसअघिका खेलहरुमा चेन्नई बिरुद्व दिल्ली कमजोर देखिएपनि यसपटकको सिजनमा दिल्ली टोली बलियो देखिन्छ । दिल्ली र चेन्नईबीच भएको पछिल्लो ५ खेलमा दिल्लीले चारमा हार ब्योहोरेको छ । आईपीएलको पछिल्लो सिजनमा दुबै टोलीबीच भएको तीन खेलमा दिल्लीले दुईमा पराजय भोगेको छ । आजको खेलमा दिल्लीका मुख्य ब्याटसम्यान शिखर धवन र ऋषभ पन्तले केही किर्तिमानहरु बनाउने आशा गरिएको ...
बायर्न म्युनिखले उचाल्यो सुपर कपको उपाधि

बायर्न म्युनिखले उचाल्यो सुपर कपको उपाधि

अन्तराष्ट्रिय, खेलकुद
असोज ९ काठमाडौं। जर्मन क्लब बायर्न म्युनिखले यूईएफए सुपर कपको उपाधि जितेको छ । बिहीबार राति स्पेनिस क्लब सेभियालाई २–१ ले हराउँदै बायर्नले सुपर कपको उपाधि हात पारेको हो । कोरोना महामारीपछि पहिलोपटक मुख्य प्रतियोगितामा दर्शकलाई मैदान प्रवेशको अनुमति दिइएको थियो । मैदानमा झण्डै २० हजार दर्शकको उपस्थिति थियो । खेलमा सेभियाले १३ औं मिनेटमा अग्रता लिँदै लुकास ओकम्पोसको पेनाल्टी गोल लिएको थियो । डभिड अल्बाले इभान राकिटिचलाई डिबक्स भित्र लडाएपछि सेभियाले पेनाल्टीको अवसर पाएको थियो ।बायर्नका लियोन गोरेत्र्जकाले ३४ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।बायर्नका लियोन गोरेत्र्जकाले ३४ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । त्यस...
पञ्जावको सहज जित, बैंग्लोर ९७ रनले पराजित ;आईपीएल

पञ्जावको सहज जित, बैंग्लोर ९७ रनले पराजित ;आईपीएल

अन्तराष्ट्रिय, खेलकुद
असोज ९ काठमाडौं।किङ्स इलाभेन पन्जाबले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग–आईपीएल) टी(ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । गएराति खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले पराजित गर्दै पन्जाबले पहिलो जित निकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा पन्जाबले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको बैंगलोर १७ ओभरमा अलआउट हुँदै १ सय ९ रनमा समेटियो । बैंगलोरका लागि वासिङ्गटन सुन्दरले सर्वाधिक ३० रन जोडे । यस्तै एबी डी भिलियर्सले २८ तथा आरोन फिन्चले २० रन बनाए शिवम डुबे १२ रनमा आउट भए । बैंगलोरलाई सस्तैमा समेट्न पन्जाबका रबि बिश्नोई र मुरुगान आश्विनले ३/३ विकेट लिए । सेलड्रोन कोट्रेलको नाममा २ विकेट रह्यो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ३ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो । पन्जाबका लागि कप्तान केएल राहुलले अविजित रहदै १ सय ३२ रनको शतकीय इनिङ्स खेले ...